Comments Add Comment

समाचार

List Grid
हेटौंडाबाट पथलैया हिँडेको बस दुर्घटना , १ को मृत्यु, २२ यात्रु घाइते

२ असार, हेटौंडा । मकवानपुरको हेटौंडाबाट पथलैया हिँडेको बस सोमबार बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा १ जनाको ज्यान गएको छ भने २१ यात्रु घाइते भएका छन् । ना ५ ख ४०१५ नम्बरको यात्रुवाहक बस सोमबार बिहान मकवानपुर र बाराकाे सीमाक्षेत्र चुरीयामाई मन्दिर नजिकै दुर्घटना हुँदा १ जनाकाे ज्यान गएकाे हाे । दुर्घटनामा गम्भीर घाइते १ […]

प्रदेश १ को बजेट मुस्कान हैन, रोदन : कांग्रेस

२ असार, बिराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले आइतबार प्रदेश सभामा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट प्रस्तुत गरे । सरकारले ल्याएको बजेटलाई विपक्षी नेपाली कांग्रेसले कडा विरोध गरेको छ भने बिराटनगरका उद्योगी व्यवसायीहरुले कार्यान्वयन हुनेमा आशंका गरेका छन् । प्रदेश १ सरकारले ल्याएको बजेटमा मुख्यमन्त्रीलाई […]

एसईईको उत्तरपुस्तिका परीक्षण सकियो, नतिजा असार दोस्रो साता

२ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष प्रदेश २ को लफडाले प्रकाशनमा केही दिन ढिलाइ हुन गएको बोर्डले जनाएको छ । प्रदेश २ का प्रश्नपत्र परीक्षाअगावै सार्वजनिक भएपछि […]

प्रदेश २ मा लफडा : संसद अवरुद्व पार्ने नेकपाको चेतावनी

२ असार, जनकपुरधाम । प्रदेश २ सरकारले आगामी आर्थिक वर्षका लागि आइतबार प्रस्तुत गरेको बजेट विपक्षी सांसदको अनुपस्थितिमै टेबल भयो । विपक्षी नेकपाका सांसदहरु बाहिर गएपछि सत्तासीन सांसदहरुको मात्रै उपस्थितिमा बजेट टेबल गरिएको हो । सत्ता पक्षले विपक्षी सांसदहरु निर्धारित समयमा नआएकाले तोकिएको समयमा बजेट टेबल गरिएको बताएका छन् । विपक्षी सांसदहरुले भने आफूहरु केहीबेरका […]

विपक्षी भन्छन्– प्रदेश ५ को बजेट वितरणमुखी, पहाडमुखी !

२ असार, बुटवल । प्रदेश ५ सरकारले आर्थिक बर्ष २०७६/०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट ल्याएपछि बजेटका बिषयमा टीकाटिप्पणी शुरु भैसकेको छ । प्रदेश ५ का सांसदहरुले बजेटबारे मिश्रित प्रतिक्रिया दिएका छन् । सत्ताधारी प्रदेशसभा सदस्यहरुले बजेट समग्रमा राम्रो रहेको रहेको प्रतिक्रिया दिइरहँदा प्रमुख प्रतिपक्षी दलका सांसदहरुले भने बजेट वितरणमुखी, पहाडमुखी […]

प्रदेश ५ मा कृषि कार्यक्रम : आधुनिक आरनदेखि किसान कल सेन्टरसम्म

२ असार, बुटवल । प्रदेश ५ सरकारको आइतबार सार्वजनिक बजेट कार्यक्रममा कृषिले पहिलो प्राथमिकता पाएको छ । आवधिक योजनामार्फत् समृद्ध प्रदेशका लागि प्रदेश सरकारले कृषिलाई पहिलो आधार विन्दु मानेको हुँदा कृषिमा धेरै कार्यक्रम ल्याइएको हो । कुल ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेटमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि पुँजीगततर्फ २ अर्ब […]

प्रदेश ५ याेजना आयोगका उपाध्यक्ष  डा.श्रेष्ठले दिए राजीनामा 

२ जेठ,बुटवल ।  प्रदेश ५ योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।  श्रेष्ठले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा दिएका हुन् । डा. श्रेष्ठलाई  ०७४ चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा नियुक्ति गरेको थियो । श्रेष्ठले १५ महिना प्रादेशिक योजना आयोगको उपाध्यक्षको जिम्मेवारीमा रहँदा प्रदेशको वस्तु विवरण (स्थितिपत्र) र आवधिक योजना […]

प्रधानमन्त्री फर्किए, गुठी आन्दोलन रोकिएन

२ असार, काठमाडौं । साताव्यापी युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित गुठी विधेयक आवश्यक परे सच्याउन सरकार तयार रहेको प्रतिक्रिया दिए । तर, प्रधानमन्त्रीको आश्वासनको कुनै वास्ता नगरी आइतबार साँझ नै भक्तपुरमा मसाल जुलुस निस्कियो । असार ४ गते माइतीघर मण्डलामा हुने प्रदर्शन अझै स्थगित भएको छैन । त्रिभुवन अन्तराष्ट्रिय […]

विश्वकप क्रिकेटमा भारतसँग पाकिस्तान पराजित

२ असार, काठमाडौं । विश्वकप क्रिकेटमा भारतसँग पाकिस्तान पराजित भएको छ । इंग्ल्यान्डको म्यान्चेस्टरमा भएको खेलमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएको हो । ३३७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ब्याटिङ गरिरहेकै बेला पानी परेपछि खेल ४० ओभरमा छोट्याइएको थियो । अब ४० ओभरमा पाकिस्तानले ३०२ रनको लक्ष्य पाएको थियो । पाकिस्तानले ४० ओभरमा ६ […]

विश्वकप क्रिकेट : वेष्ट इन्डिज र बंगलादेश भिड्दै, पल्लाभारी कसको ?

२ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज वेष्ट इन्डिजले बंगलादेविरुद्ध प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा आज नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा वेष्ट इन्डिज र बंगलादेशबीचको खेल सुरु हुनेछ । बंगलादेश र वेष्ट इन्डिज दुवै टिमले दुई खेलमा हार, एक खेलमा जित र एक खेलमा भने अंक बाँडेका छन् । […]

कोपा अमेरिका फुटबल : उरुग्वेको फराकिलो जित, पाराग्वेलाई कतारले रोक्यो

२ असार, काठमाडौं । कोपा अमेरिका फुटबलको समूह सी को खेलमा उरुग्वेले इक्वेडरलाई फराकिलो अन्तरले पराजित गरेको छ । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा आज (सोमबार) बिहान भएको खेलमा उरुग्वेले इक्वेडरलाई ४–० गोलअन्तरले पराजित गरेको हो । उरुग्वेको जितमा निकोलस लोडेरो, इडिन्सन काभनी र लुइस स्वारेजले गोल गरे । त्यस्तै, एक गोल भने उपाहारस्वरुप पाएको […]

राजधानीमै झार उखेलेर झारा टार्दै प्रधानमन्त्री रोजगार कार्यक्रम !

१ असार, काठमाडौं । बेरोजगारी घटाउने भनेर यस वर्षबाट कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रमका थरीथरीका झाँकी देशभरका स्थानीय तहमा देखिएका छन् । काठमाडौं महानगरपालिकाले पनि आर्थिक वर्षको अन्तिम महिनामा यो कार्यक्रमको ‘रिहर्सल’ गरेको छ । स्थलगत अवलोकनका क्रममा हामी आइतबार वडा नम्बर ५ स्थित गहनापोखरी पुग्दा प्रधानमन्त्री रोजगार कार्यक्रमको विद्रूप दृश्य देखियो । बेरोजगारी हटाउने […]

सांसदलाई रकम बाँड्न ६ वटा प्रदेशमा होडबाजी

१ असार, काठमाडौं । संघीय सरकारले जेठ १५ मा सार्वजनिक गरेको बजेटमा संघीय सांसदहरुलाई विकास निर्माणमा प्रत्यक्ष सहभागी गराउने भन्दै प्रतिसांसद ६ करोड रुपैयाँका दरले बजेट विनियोजन ग¥यो । संघीय सरकारको यो ‘ट्रेन्ड’ लाई प्रदेश सरकारले पनि पछ्याएका छन् । तीन तहका सरकार भएका बेला सांसदलाई बजेट बाँड्नु उपयुक्त नहुने भन्दै संघीय सांसदहरुले विरोध गरिरहेका […]

तालिमलाई १७ करोड, औद्योगिक क्षेत्र बनाउन २ करोड !

१ असार, पोखरा । गण्डकी प्रदेश सरकारले बजेटमा ५० हजारलाई रोजगारी र १ लाखलाई स्वरोजगारीका अवसर सिर्जना गर्ने घोषणा गरेको थियो । आइतबार अगामी आर्थिक वर्षका लागि ३२ अर्ब १३ करोड बजेट पेश गर्दा गत वर्ष कतिले रोजगारी पाए भन्नु कुनै तथ्यांक पेश गर्न सकेन । किनकी कृषि, होमस्टे लगायतमा केही अनुदान बाँड्ने र केही […]

सात प्रदेशको बजेट : सातथरी नारा, दशथरी वितरण

१ असार, काठमाडौं । सातवटै प्रदेशले आइतबार आगामी आर्थिक वर्ष २०७६/७७ का लागि बजेट सार्वजनिक गरेका छन् । चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष प्रदेशहरुको कूल बजेट २०.३३ प्रतिशतले बढेको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनको प्रावधानअनुसार असार १ गतेभित्र सबै प्रदेशले बजेट ल्याउनुपर्ने बाध्यता छ । आगामी आर्थिक वर्षका लागि सातवटै प्रदेशको कूल […]

घट्यो पेट्रोल र डिजेल र मटितेलको मूल्य

१ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल र मटितेलको मूल्य घटाएको  छ । सबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । जसअनुसार काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलको १ सय ८ रुपैयाँ कायम भएको छ । डिजेल र मटितेल ९६.५० रुपैयाँ प्रतिलिटरमा झरेको छ । […]

गुठीबारे प्रधानमन्त्री : मौका पायौं भन्ठान्या होलान्,चान्स छैन !

१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा गएका बेला काठमाडौंमा गुठी विधेयकविरुद्ध आन्दोलनको सुरुवात भयो । काठमाडौंको बसन्तुपरमा उर्लिएको जनसागर अनि पाटनमा निस्किएको मसाल जुलुसले सरकारलाई  झस्कायो । काठमाडौंका आदिवासीहरुमा देखिन थालेको आक्रोशका कारण सरकार एकाएक गलेको महसुस स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले दिएको छ । प्रधानमन्त्री ओलीले आइतबार स्वदेश फर्केकै […]

गुठी विधेयकविरुद्ध भक्तपुरमा पनि आन्दोलन

काठमाडौं । गुठी विधेयकको विरोधमा भक्तपुरमा पनि आन्दोलन सुरु भएको छ । काठमाडौंबाट सुरु भएको आन्दोलन ललितपुर हुँदै भक्तपुरसम्म पुगेको हो । आइतबार थिमीमा प्रदर्शन भएको हो । प्रदर्शनकारीले थिमीमा मसाल समेत बालेका थिए ।

‘होसियार ! सरकारका अरिङ्गालबाहेक कोही सुरक्षित छैनन्’

१ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सूचना प्रविधि विधेयकविरुद्ध उत्रिन अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई संसदबाट आह्वान गरेका छन् । बहुमतको बलमा यो विधेयक पास हुने हो भने सरकारका अरिङ्गालबाहेक कोही सुरक्षित नहुने उनको दाबी छ । संसदको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले सूचना प्रविधि विधेयकको विरोध गरे । विधेयकमा सामाजिक […]

टुँडिखेलमा भूमेको राैनक (फोटो फिचर)

१ असार, काठमाडाैं । खामभाषी मगरहरुको मुख्य चाड भूमे  आइतबारबाट काठमाडौँको टुडिखेलमा धुमधामका साथ सु भएको छ ।  सोमबारसम्म चल्ने यो चाडमा भूमि तथा प्रकृतिको पूजा गरिन्छ । वर्षातको समयमा बाढीपहिरो जाने र धनजनको क्षति हुने हुँदा यस्तो दैवी प्रकोस नहोस् र बालीनाली सप्रियोस् भनेर भूमे पूजा गर्दै आएको मगर समुदायका अगुवाहरु बताउँछन् । भूमे पर्वमा बाजागाजा […]

प्रदेश ३ को बजेट : ४७ अर्ब ६० करोड (पूर्णपाठसहित)

१ असार, हेटौंडा । प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षका लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ । कुल नियोजित बजेटमध्ये चालु खर्चतर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार अर्थात् ५१.३९ प्रतिशत बजेट छुट्टएिको छ । त्यसैगरी पुँजीगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार अर्थात […]