Comments Add Comment
No ads found for this position

प्रदेश ५

List Grid
बजेटमा आर्थिक मामिलामन्त्रीको स्पष्टीकरण : हतारमा केके छुट्यो-छुट्यो

२ असार, पोखरा । गण्डकी प्रदेश सरकार गठन भएदेखि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निकै जोड दिएको योजना हो, ‘हजार शैय्याको अस्पताल बनाउने ।’ यसले प्रदेश सरकारको पहिलो र दोस्रो बजेटमा स्थान पनि पायो । तर, आइतबार प्रदेशसभामा पेश भएको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटले भने यसलाई सम्बोधन गरेन । अघिल्ला बजेटले सम्बोधन गरेका र यसपटक […]

प्रदेश ५ सरकारले ल्यायो ३६ अर्ब ४१ करोडको वजेट

१ असार, बुटवल । प्रदेश ५ सरकारले कृषि, पर्यटन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिँदै आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि ३६ अर्ब ४१ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभा वैठकमा ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । […]

काफल बेचेर घरखर्च जोहो गर्दै महिला

३१ जेठ, लमही (दाङ)। दाङका सदरमुकाम र राजमार्ग आसपास क्षेत्रमा गाउँका न्यून आयस्रोत भएका परिवारका महिलाले काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका छन् । विपन्न परिवारका महिलाका लागि यस याममा पाक्ने काफल आम्दानीको राम्रो स्रोत बनेको छ । मौसम अनुसारका फलफूलको व्यापार गरेर आम्दानी गर्दै आएका महिलाले अहिले काफलबाट राम्रो आम्दानी गरिरहेका छन् । दाङका […]

३८ वर्ष पुरानो बस्तीमा उपमहानगरले चलायो डोजर

३० जेठ, बुटवल । बुटवलको जामे मस्जिद अगाडि तत्कालीन श्री ३ बडामहारानीको जग्गामा वर्षौंदेखि बसिरहेका बस्तीमा बुटवल उपमहानगरले डोजर चलाएर हटाएको छ । बुटवल-१ स्थित साविक बिटौरी कित्ता नंं ८३ को २ कठ्ठा बढी जग्गामा २०२८ सालदेखि बस्दै आएका १६ परिवारको टहरामाथि उपमहानगरले सुरक्षाकर्मीको सहयोगमा डोजर लगाएको बस्ती हटाएको हो । उपमहानगरले ३५ दिने सूचना […]

प्रदेश ५ को नाम र राजधानी तोक्न बिलम्ब, समितिको म्याद थपेको थप्यै

३० जेठ, बुटवल । प्रदेश ५ ले छिट्टै नाम र स्थायी राजधानी पाउने सम्भावना टरेको छ । प्रदेशको स्थायी राजधानी र नामाकरण सिफारिस गर्न गठित विशेष समितिको पुनः म्याद थपिएपछि प्रदेशको स्थायी राजधानी र नामको विषय लम्बिनी निश्चित भएको हो । समितिले प्रतिवेदन बुझाउन यही जेठ २६ गतेसम्मलाई तोकिएको म्याद सकिएपछि तेस्रोपटक ६ महिना थप गरिएको […]

रामकाजी गुरुङ : पैसा कमाएर गाँठो पारेर राख्नेले सिकुन्

२५ जेठ, बुटवल । पर्वत जिल्लाको फलामखानी घण्टेगाउँका रामकाजी गुरुङको पृष्ठभूमि ब्यापार हो । एक पैसा उधारो नदिने तर अन्तभन्दा सस्तोमा सामान बेच्ने उनले गाउँमा एकैपटक ५ वटासम्म कपडा पसल चलाए । पछि उनी ब्रिटिस लाहुरे पनि भए । तर क्षयरोग लागेपछि ४ वर्षमै घर फर्केर ब्यापारलाई निरन्तरता दिए । ब्यापारबाट राम्रै कमाई गरेका उनी […]

गुल्मीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२५ जेठ, गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर १३ भँगारी घुम्तीमा लु ४ त २८४६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । ट्याक्टर चालक नवलपरासीको सुनवल घर भएका २१ वर्षीय अम्मरबहादुर कुमालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक […]

तिनाउ नदी उत्खननमा स्थानीयको बिरोध

२३ जेठ, बुटवल । तिनाउ नदीमा भइरहेको ढुंगा र गिट्टी उत्खनन्मा स्थानीय बासिन्दाले विरोध गरेका छन् ।बुटवल उपमहानगरपालिका-१७ रानीगंजतर्फ बुटवल उपमहानगरपालिकाको स्वीकृतिमा भइरहेको उत्खनन्ले तीनहजार घरधुरी रहेको बस्ती र निर्माणाधीन पुल जोखिममा पर्ने भन्दै स्थानीय अवरोधमा उत्रेका हुन् । बुटवल उपमहानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि स्वसाम कन्स्ट्रक्सन प्रालि काठमाडौंलाई तिनाउको मिलनचोकघाटबाट १७ हजार सात […]

गुल्मीको नगर बाल उद्यानमा ३०० बिरुवा रोपियो

२२ जेठ, गुल्मी । विश्व वातावरण दिवसको अवसरमा गुल्मीमा रहेको नगर बाल उद्यान पार्कमा बिरुवा रोपिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ९ मा रहेको नगर बाल उद्यान पार्कमा रेसुङ्गा नगरपालिका र जिल्ला युवा समितिको आयोजनामा बृक्षारोपण तथा सरफाइ गरिएको हो । नगर बाल उद्यान पार्कमा तेजपत्ता, बेवदार, धुपीलगायतका झण्डै ३ सय बढी बिरुवा रोपिएको […]

पाण्डेलाई वातावरण पत्रकारिता पुरस्कार

२२ जेठ, बुटवल । विश्व वातावरण दिवसको अवसरमा रुपन्देहीमा उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार २०७५ वितरण गरिएको छ । भैरहवाका अग्रज पत्रकार नारायणप्रसाद सापकोटाले स्थापना गरेको पुरस्कार पत्रकार छवि पाण्डेलाई प्रदान गरिएको हो । तीन दशकदेखि पत्रकारिता गरिरहेका पाण्डे गोरखापत्र दैनिकका बुटवल संवाददाता हुन् । नेपाल पत्रकार महासंघ रुपन्देहीको सहकार्यमा हरेक वर्ष वितरण हुने उक्त पुरस्कारको […]

बुटवलको फूलबारीमा रोपियो १ सय बिरुवा

२२ जेठ, बुटवल । विश्व वातावरण दिवसको अवसरमा बुटवल उपमहानगरपालिका-१ मा रहेको मणिमुकुन्द सेन उद्यान फूलबारीमा १ सय बिरुवाहरु रोपिएको छ । मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले आँप, कटहर, नीम, धुपी, फूलहरुलगायत प्रजातिका बिरुवाहरु रोपेको हो । कार्यक्रममा बोल्दै मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोबिन्द खनालले प्रकृतिको संरक्षणले मात्र मानव जीवनको अस्तित्व रहने […]

महेन्द्रनगर जाँदै गरेको बस दाङमा दुर्घटना, १० जना घाइते

२० जेठ, लमही । दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहारमा यात्रु बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । चितवनको नारायणगढबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ६ ख १२६४ नम्बरको बस गएराति करिब सवा बाह्र बजेतिर दुर्घटना भएको हो । यात्रुले शौच गर्ने भनेपछि चालकले रिहार नजिकै […]

तिलोत्तमा नगरमा शिक्षा,स्वास्थ्य र कृषिलाई प्राथमिकता

१५ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम ल्याएको छ । नगरपालिकाले बुधबारबाट सुरु पाँचौं नगरसभा वैठकमा पेश भएको वाषिर्क नीति तथा कार्यक्रममा शिक्षासँगै स्वास्थ्य, कृषि, वातावरण र पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख बासुदेव घिमिरेले […]

मुख्यमन्त्री पोखरेल भन्छन्- अब हामीले पराजित गर्नुपर्ने कुनै शक्ति छैन

१५ जेठ, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अब नेपालमा पराजित गर्नुपर्ने कुनै शक्ति नभएको दावी गरेका छन् । गणतन्त्र दिवसका अवसरमा बुटवल मण्डपमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘हिजो राजतन्त्र फाल्न र परिवर्तनका लागि धेरै त्याग र योगदान गर्‍यौं, अब भने मुलुकमा देखिएको गरिबी, अशिक्षा, पछौटेपन, बिभेद र असमानता निर्मूल गर्नुपर्नेछ । […]

बुटवलमा पनि मनाइयो गणतन्त्र दिवस

१५ जेठ, बुटवल । प्रदेश ५ सरकारले १२ औं गणतन्त्र दिवस बुटवलमा मनाएको छ । प्रदेश ५ को अस्थायी मुकाम बुटवलमा बुधवार विहान विभिन्न झाँकीसहित र्‍याली निकालेर गणतन्त्र दिवस मनाइएको हो । राजमार्ग चौराहाबाट दर्जनौं संघसंस्थाको सहभागितामा निस्केको र्‍याली बुटवल मण्डपमा पुगेर मुल समारोहको आयोजना गरिएको थियो । र्‍यालीमा नेपाल प्रहरी, नेपाली सेना, सशत्र प्रहरी […]

बर्दियाबाट तीन युवती बेपत्ता

१५ जेठ, राजापुर । बर्दियाको मधुवन नगरपालिका–५ गाउँ नं. ११ बाट तीन महिला बेपत्ता भएका छन् । गत बुधबार बिहान ५ बजेदेखि उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा मधुवन नगरपालिका–५ की १७ वर्षीया विनिता सापकोटा, १९ वर्षीया सुनिता ओली र १५ वर्षीया टीका नेपाली रहेका छन् । उनीहरुमध्ये विनिता र सुनिता विवाहित हुन् भने टीका […]

गुल्मी कारागारका कैदीबन्दीलाई एक महिने हाउस वायरिङ् तालिम

१३ जेठ, गुल्मी । जिल्ला कारागार गुल्मीमा कैदी बन्दीलाई हाउस वायरिङ् तालिम दिन सुरु गरिएको छ । जिल्ला कारागारमा रहेका पुरुष बन्दीहरुको लागि एक महिने हाउस वायरिङ्ग तालिम र महिला बन्दीको लागि सुइटर बुन्ने तालिम दिन सुरु गरिएको हो । सोमबार योग शिविरको समापन भएसँगै कारागारमै एक महिने हाउस वायरिङ्ग रसुइटर बुन्ने तालिम सुरु गरिएको […]

काठमाडौंपछिकै भव्य प्रदर्शनी केन्द्र बुटवलमा बन्दै, लागत एक अर्ब

१२ जेठ, बुटवल । उद्योगी व्यवसायीका संस्थाहरुले वर्षौंदेखि माग गर्दै आएको स्थायी प्रदर्शनी केन्द्र बुटवलमा बन्ने भएको छ । रामनगरस्थित बुटवल मण्डपको ६.४ बिघा क्षेत्रफलमा शहरी विकास मन्त्रालयले अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बनाउने भएको हो । एक अर्ब २ करोड रुपैयाँ लागतमा बन्ने प्रदर्शनी केन्द्र काठमाडौंको भृकुटीमण्डपपछि सरकारीस्तरबाट बन्ने पहिलो हुनेछ । बुटवल सभा हल […]

तिलोत्तमाले बनायो भू-उपयोग मापदण्ड

९ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषियोग्य र आवासीय क्षेत्र निर्धारण गरी भू­­­-उपयोग मापदण्ड-२०७६ जारी गरेको छ । कृषि, वन, नापी, तथा सरोकारवालाहरुको प्रतिनिधित्व रहेको जग्गा उपयोगिता विश्लेषण प्राविधिक समितिको सिफारिसको आधारमा नगर कार्यपालिकाले भू-उपयोग मापदण्ड जारी गरेको हो । नगरपालिकाले यसअघि लागु गरेको जग्गा विकास तथा प्लटिङ्ग सम्बन्धी मापदण्ड-२०७४ खारेज गरी भू­­­-उपयोग मापदण्ड-२०७६ […]

लुम्बिनीमा ४६ हजार विरुवा रोपिने

८ वैशाख, बुटवल । लुम्बिनी विकास गुरुयोजनाभित्र ४६ हजार विरुवा रोपिने भएको छ । भैरहवा-लुम्बिनी-तौलिहवा सडक सुधारका क्रममा काटिएका रुखको क्षतिपूर्ति स्वरुप लुम्बिनीमा ४६ हजार बिरुवा रोपिने भएको हो । मंगलबार लुम्बिनी विकास कोष, रुपन्देही डिभिजनल वन कार्यालय र भैरहवा लुम्बिनी तौलिहवा सडक सुधार आयोजनाबीच भएको समझदारीमा लुम्बिनी विकास गुरुयोजना भित्र ४६ हजार ५ सय […]

मानसरोबर जाने मार्ग अब नेपालगञ्ज

६ वैशाख, बाँके । कैलाश मानसरोवर पुग्न चाहने तीर्थालुहरुका लागि हिजोआज नेपालगञ्ज केन्द्र बन्न थालेको छ । नेपालगञ्जमा पर्यटकको ओइरो लाग्न थालेपछि यहाँ एक पछि अर्को नयाँ होटलहरु बनिरहेका छन् । पर्यटनसँग सम्बन्धित अनेक व्यवसाय चम्किएका छन् । लाग्छ, नेपालगञ्जमाथि कैलाशपति महादेवको बरदान वर्षिएको छ । नेपालगञ्जको भाग्य चम्किनुको अर्काे कारण हो, मुगुको राराताल । यो ताल […]