Comments Add Comment

राष्ट्रिय समाचार

List Grid
प्रदेश १ को बजेटमाथि कांग्रेसको प्रतिक्रिया : उद्देश्यहीन र वितरणमुखी

२ असार, विराटनगर । प्रदेश १ सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई प्रतिपक्षी नेपाली कांग्रेसले अनुदानमा आधारित र वितरणमुखी भएको टिप्पणी गरेको छ । प्रदेश सरकारले आइतबार प्रस्तुत गरेको ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट प्रदेश सभामा प्रसतुत गरेको थियो । संसदीय पत्रकार मञ्च प्रदेश १ ले सोमबार गरेको पत्रकार सम्मेलनमा […]

लोकसेवाको विज्ञापनविरुद्ध सर्वोच्चमा फेरि अर्को रीट

२ असार, काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि निकालेको विज्ञापन रोक्न माग गर्दै सर्वोच्च अदालतमा अर्को रिट निवेदन दायर भएको छ । देशभरका स्थानीय तहमा कार्यरत रहेका ११ हजार करार र अस्थायी कर्मचारीको तर्फबाट १२१ जनाले सोमबार सर्वाेच्चमा रिट दायर गरेका हुन् । लोकसेवा आयोगको विज्ञापनको विरुद्धमा दायर भएको यो चौथो मुद्दा हो । […]

प्रकृति र परम्पराको संगमस्थल नार्च्यांङ

नार्च्यांङ यस्तो गाउँ हो जहाँ प्रकृतिसँग मानिसको मिठो सम्बन्धको सुवास भेटिन्छ । परम्परा र संस्कृतिको जीवन्त रुप देखिन्छ । अनि धनुषबाण र भीरमौरीको मह काढ्ने परम्परासँग साक्षात्कार गर्न सकिन्छ । हो, हामी म्याग्दी जिल्लामा पर्ने यही सुन्दर गाउँको यात्रामा जाँदैछौं । पहिलो दिन पोखरातर्फ अघि बढ्यौं । पोखरामा रहेको होटल ग्रान्डेमा हाम्रो पहिलो दिनको बास […]

उद्योग मन्त्रालय अर्थ मन्त्रालयको शाखाजस्तो भयो : विनोद चौधरी

२ असार, काठमाडौं । सांसद विनोद चौधरीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अर्थ मन्त्रालयको महाशाखा जस्तो बनेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले उद्योगमा देखिएका समस्या समाधान गर्न सक्ने हैसियत उद्योग मन्त्रालयले राख्नुपर्ने बताए । ‘उद्योग मन्त्रालयको आकार र औकात अर्थमन्त्रालयको महाशाखा भन्दा अलि माथि उठ्न सक्नु पर्यो […]

नेपाली नानो स्याटेलाइटले थाल्यो पृथ्वीको परिक्रमा

२ असार, काठमाडौं । नेपालको पहिले भू-उपग्रह ‘नेपालीस्याट-१’ले सोमबारबाट पृथ्वीको परिक्रमा गर्न सुरु गरेको छ । अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रबाट नानो स्याटेलाइट अन्तरीक्षमा छाडिएको हो । जापानको जाक्साबाट सोमबार अपरान्ह  ४ बजेर १९ मिनेटमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘गो’ भनेका थिए । ‘नेपालीस्याट-१’ प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउनेछ । दिनमा १६ पटक […]

गुठीबारे सिंहदरबारमा माधव नेपालको बेग्लै परामर्श

२ असार, काठमाडौं । नेकपाका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रस्तावित गुठी विधेयकका सम्बन्धमा काठमाडौं उपत्यकाका सांसदहरुसँग सोमबार सिंहदरबारमा छलफल गरेका छन् । सिंहदरबारस्थित कृषि समितिको हलमा नेता नेपालले प्रस्तावित विधयेकबारे सांसदरुसँग करिब डेढ घण्टा छलफल गरेका हुन् । प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा गुठी विधेयकबारे छलफल गर्ने तयारी गरिरहेका बेला त्यसको ठीक दुईघण्टा पहिले […]

धापासीमा ‘स्वीमिङ पुल’मा डुुबेर एक जनाको मृत्यु

२ जेठ, काठमाडौं । टोखा नगरपालिकाको धापासीमा ‘स्वीमिङ पुल’ मा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भएको छैन । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंका अनुसार नेचर क्लबमा रहेको ‘स्वीमिङ पुल’मा डुबेर आइतबार अपरान्ह ४ बजे उनी गम्भीर घाइते भएका थिए । ‘घाइते भएपछि उहाँलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको रहेछ’, […]

बजेट कार्यान्वयनमा कुनै कसर बाँकी रहन्न : मन्त्री ढुङगेल

३ असार, हेटौंडा । प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आइतबाट प्रस्तुत भएको आर्थिक वर्ष ०७६/७७ को बजेट कार्यान्वयनमा कुनै कसर बाँकी नराख्ने बताएका छन् । उनले चालु आर्थिक वर्षमा सरकारले सोचेअनुसार बजेट खर्च गर्न नसकेपनि आउँदो आर्थिक वर्षमा त्यसो नहुने बताए । ‘चालु आर्थिक वर्षमा कार्यान्वयनका आधार थिएनन,अब कार्यान्वयनको आधार बनेको […]

केरुङ-काठमाडौं रेलमार्गको डीपीआर बनाउनेबारे चीनमा छलफल हुँदै

२ असार, काठमाडौं । केरुङ-काठमाडौं रेलमार्ग परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)बारे छलफल गर्न नेपाली टोली चीन गएको छ । बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)मा सूचीकृत नेपाल र चीनलाई जोड्ने यो रेलमार्ग निर्माणको प्रक्रिया अघि बढाउनेबारे छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्की नेतृत्वको टोली चीन गएको हो । चीनमा चौंथो नेपाल चाइना […]

लोकसेवाको विज्ञापनविरुद्ध आन्दोलनको चेतावनी

२ असार, काठमाडौं । स्थानीय तहका लागि सामान्य प्रशासन मन्त्रालयले ९१६१ कर्मचारी भर्ना गर्न लोकसेवा आयोगलाई पत्राचार गरेपछि आयोगले खुलाएको विज्ञापन विवादित बनिरहेको छ । यही सिलसिलामा विभिन्न ७ वटा सामुदायिक संगठनहरुले आन्दोलनको तयारी गरेका छन् । उनीहरुको मागबारे सोमबार बिहान नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवगत गराएका छन् […]

भारतीय गाडीलाई सीमा प्रवेशमा कडाइ गर्न गृहकै असहयोग !

२ असार, काठमाडौं । तराईका सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले भारतीय गाडी चेकजाँचमा कडाइ गरेसँगै गृह मन्त्रालयले निर्वाध आवागमन गर्न दिन निर्देशन दिएको छ । पर्सामा भारतीय सवारीलाई चेकजाँच गरेर ७ वटा गाडी भन्सार कार्यालयमा बुझाइएपछि मन्त्रालयले सवारी साधानको निर्वाध आवागमन गर्न दिन निर्देशन दिएको हो । एउटै व्यहोराको पत्र झापा, मोरङ, […]

विदेशमा पानी बेच्ने गृहकार्यमा सरकार, १३ वटा मुहान भेटिए

२ असार, काठमाडौं । नेपालका एक दर्जनभन्दा बढी क्षेत्रबाट विदेशमा निर्यातयोग्य पानीको उत्पादन गर्न सकिने देखिएको छ । खानेपानी विभागले गरेको एक अध्ययनबाट ती क्षेत्रको पहिचान भएको हो । विभागले ‘बेबी वाटर’ भनिने नेपालको हिमनदी र पहाडी क्षेत्रको ठूला मुहानका पानीलाई खाडीसहित युरोपियन देशहरुमा निर्यात गर्न सकिने सम्भावनाबारे ‘डेस्क स्टडी’ गरेको थियो । उक्त अध्ययनका […]

प्रधानमन्त्रीले बोलाए उपत्यकाका सांसदको बैठक

२ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे परामर्श तीव्र बनाएका छन् । साताब्यापी युरोप भ्रमणबाट फर्किए लगतै विधेयकमा कुनै कमजोरी रहेछ भने सच्याउन सकिने प्रतिकृया दिएका प्रधानमन्त्री ओलीले छलफल थालेका हुन् । सोमबार विहान भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेकी थिइन् । प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे उपत्यकाका जनप्रतिनिधिहरुको बैठक बोलाएका […]

फुटबलरको पीडा : घाइते भएपछि न तलव, न उपचार खर्च

२ असार, काठमाडौं । करिब ५ वर्षपछि ए डिभिजन लिग सुरु हुने भएपछि जावलाखेल युथ क्लब प्रतियोगिताको तयारीमा होमियो । जावलाखेलबाटै फुटबल खेल्दै आएका समिर विष्ट पनिसँग ६ महिनाका लागि जोडिए । ए डिभिजन लिगको तयारीको लागि भनेर जावलाखेल युथ क्लब कास्कीमा प्रतियोगिता खेल्न गएको थियो । खेलकै दौडमा डिफेन्डर विष्टको देब्रे खुटामा गम्भिर चोट […]

डाक्टर दम्पत्तिको घरझगडा : निलमले मागिन् सुरक्षा र न्याय

२ असार, वीरगञ्ज । श्रीमान डा. राजेशकुमार साहविरुद्ध घरेलु हिंसाको मुद्धा लडिरहेकी डा. निलमकुमारी साहले आफूले कतैबाट न्याय पाउन नसकेको गुनासो गरेकी छन् । वीरगञ्ज महानगरपालिका-६ स्थित ससुरा गम्भिरा साहको घरमा बस्दै आएकी उनले आफू असुरक्षित बनेको समेत बताइन् । जिल्ला प्रहरी कार्यालय पर्सा अन्र्तगत रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा ०७५ माघ २० गते दर्ता […]

बजेटमा आर्थिक मामिलामन्त्रीको स्पष्टीकरण : हतारमा केके छुट्यो-छुट्यो

२ असार, पोखरा । गण्डकी प्रदेश सरकार गठन भएदेखि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निकै जोड दिएको योजना हो, ‘हजार शैय्याको अस्पताल बनाउने ।’ यसले प्रदेश सरकारको पहिलो र दोस्रो बजेटमा स्थान पनि पायो । तर, आइतबार प्रदेशसभामा पेश भएको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटले भने यसलाई सम्बोधन गरेन । अघिल्ला बजेटले सम्बोधन गरेका र यसपटक […]

पुँजीगत खर्च ८० प्रतिशत पुर्‍याउने प्रदेश १ सरकारको दाबी

२ असार, विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ मा ८० प्रतिशत विकास बजेट खर्च हुने दाबी गरेको छ । आइतबार आर्थिक वर्ष ०७६/७७ का लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट प्रस्तुत गरेको प्रदेश सरकारले त्यसको भोलिपल्ट ८० प्रतिशत विकास खर्च गर्ने दाबी गरेको हो । चालु आर्थिक बर्षको […]

एकनाथ ढकालले मागे राष्ट्रियसभा सदस्य

२ असार, काठमाडौं । परिवार दलले संघीय संसदमा आफ्नो दलको प्रतिनिधित्व सुनिश्चित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ । परिवार दलका अध्यक्ष एकनाथ ढकालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर चुनावका बेला भएको तीनबुँदे सहमति कार्यान्वयनको माग गरेका हुन् । सहमतिमा परिवार दलको संघीय संसदमा प्रतिनिधित्व सुनिश्चित गरिने उल्लेख रहेको परिवार […]

माथिल्लो तामाकोसी सम्पन्न हुने दिशातर्फ, जोडियो तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप

२ असार, काठमाडौं । स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसीको सबैभन्दा चुनौतिपूर्ण मानिएको काम सफलतापूर्वक अघि बढेको छ । आयोजनाको तल्लो ठाडो सुरुङमा  पेनस्टक पाइप जडान सुरु भएको हो । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा आइतबार सफलतापूर्वक पाइप जडान भएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक […]

‘गुठी विधेयक विरोधी आन्दोलनलाई कांग्रेसको ऐक्यबद्धता’

२ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद् दिलेन्द्रप्रसाद बडुले गुठी विधेयकको विरोधमा भइरहेको सडक आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताएका छन । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उनले भने, ‘गुठी विधेयकको विरोधमा सडकमा स्वस्फूर्त रुपमा चलिरहेको अत्यन्त जायज आन्दोलनमा कांग्रेस ऐक्यबद्धता जनाउन चाहन्छ र समर्थन गर्दछ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले विधेयक विरोधीतर्फ इंगित […]

प्रदेश ३ सरकारले बनाउने भयो नौ जिल्लालाई जोड्ने प्रदेश चक्रपथ

३ असार, हेटौंडा । प्रदेश ३ सरकारले ९ वटै जिल्लालाई समेटेर प्रदेश चक्रपथ निर्माण गर्ने भएको छ । यसको नाम पुष्पलाल प्रदेश चक्रपथ राखिएको छ । आइतबार ४७ अर्ब ६० करोडको बजेट पेश गर्दा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेश चक्रपथ बनाइने बताएका हुन् । संघीय सरकारको समन्वय र सहकार्यमा बनाइने प्रदेश चक्रपथले रामेछाप, […]