Comments Add Comment
No ads found for this position

राष्ट्रिय समाचार

List Grid
सुदूरपश्चिम प्रदेशको बजेट २८ अर्ब १६ करोड (पूर्णपाठसहित )

१ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०६६/७७ का लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री झपडबहादुर बोहोराले आइतबार प्रदेशसभा बैठकमा २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड […]

सुध्रिँदैनन् पाकेटमार ! जेलबाट निस्किने वित्तिकै उही धन्दा

१ जेठ, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले पाँच महिनाअघि सार्वजनिक गरेको ७७ पाकेटमार मध्ये एक थिए, कालिमाटी बस्ने लालध्वज जिम्बा । केही दिन जेल बसेर छुटेका उनी फेरि चोरी धन्दामा सामेल भए । पछिल्लो पटक धनुषाका लक्ष्मेश्वर यादवको साथबाट ७७ हजार रुपैयाँ लुट्दालुट्दै २१ जेठमा पक्राउ परेका छन् । बल्खुको बयोदा हस्पिटल जानका लागि […]

मजदुर-व्यवस्थापन विवादले होटल हायात ४ दिनदेखि बन्द

१ असार, काठमाडौं । सेवा सुविधा कटौती गरिएको भन्दै कार्यरत मजदुरले आन्दोलन थालेपछि पाँच तारे होटल हायातको सेवा ठप्प भएको छ । चार दिनदेखि होटल बन्द भएपछि त्यहाँका पाहुनालाई अन्यत्रै सारिएको होटल व्यवस्थापनले जनाएको छ । आन्दोलनका कारण होटलका सबै बुकिङसमेत रद्ध गरिएको होटलका जनसम्पर्क अधिकृत गोविन्दराम परियारले बताए । हायातका पाहुनालाई याक एण्ड यती […]

प्रदेश १ ले ल्यायो ४२ अर्ब २० करोडको बजेट (पूर्णपाठ )

१ असार, बिराटनगर । प्रदेश १ ले ४२ अर्ब २० करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार […]

अदालतको आदेशपछि छुटे प्रनेश गौतम

१ असार, काठमाडौं । युट्युब भिडियोमा गरिएको फिल्म समीक्षालाई लिएर पक्राउ परेका युवा प्रनेश गौतमलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । आइतबार जिल्ला अदालत, काठमाडौंले साधारण तारेखमा उनलाई छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि गौतमलाई छाडिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी उत्तरराज सुवेदीले बताए । चलचित्र वीर विक्रम २ का निर्देशक मिलन चाम्सले दिएको […]

प्रदेश ५ सरकारले ल्यायो ३६ अर्ब ४१ करोडको वजेट

१ असार, बुटवल । प्रदेश ५ सरकारले कृषि, पर्यटन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिँदै आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि ३६ अर्ब ४१ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभा वैठकमा ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । […]

बजेट कार्यान्वयनमा पुरानै रोग : ११ महिनामा विकास खर्च आधा पनि भएन

१ असार, काठमाडौं । चालु आर्थिक वर्षमा पनि पूँजिगत खर्चको अवस्था उस्तै दयनीय देखिएको छ । ११ औं महिनासम्मको आँकडा हेर्दा बजेटको आधा हिस्सा पनि खर्च हुन सकेको छैन । जेठ मसान्तसम्मको तथ्यांकमा सरकारले मात्र ४८.२३ प्रतिशत पूँजिगत बजेट खर्च गरेको देखिन्छ । चालु आवमा कूल ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ पूँजिगत वजेट […]

गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड

१ असार, पोखरा । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०६६/७७ का लागि ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजारको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १२ अर्ब २८ करोड ९० लाख र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० […]

कर्णाली प्रदेशले ल्यायो ३४ अर्ब ३५ करोडको बजेट (पूर्णपाठसहित )

१ असार, सुर्खेत । कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेशसभा बैठकमा ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार विनियोजन […]

जग्गा हदबन्दीबारे विज्ञ : बालुवाटारलाई देखाएर अन्यत्र लाठो !

१ असार, काठमाडौं । संसदको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले भूमिसम्बन्धी हालको व्यवस्था र सरकारले ल्याएको भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक, २०७५ का सम्बन्धमा आइतबार विज्ञहरुसँग छलफल गर्‍याे। छलफलमा विज्ञहरु केशव बडाल, जगत देउजा र महेन्द्र श्रेष्ठ सहभागी थिए । बडाल उच्चस्तरीय भूमि सुधार आयोगका पूर्वअध्यक्ष तथा पूर्वसांसद हुन् । देउजा र श्रेष्ठ भूमि […]

गुठी विधेयकविरूद्ध प्रदर्शन गर्ने भाडाका मान्छे : सत्तारुढ सांसद

१ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरी सत्गौवाले गुठी विधेयकको विरोधमा भाडाका मान्छेले काठमाडौंको माइतीघर मण्डला घेराउ गर्ने गरेको बताएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले भनिन्, ‘मण्डला घेर्न आएका छन् । ती भाडाका मान्छेको कुरा मानेर गुठी विधेयक फिर्ता लिने काम नगरियोस् ।’ स्वर्गद्वारी गुठीको जग्गा महन्तले किनेको […]

प्रदेश १ पनि बजेट खर्च गर्न असफल, ११ महिनाको खर्च २९ प्रतिशत

१ असार, बिराटनगर । विकास बजेट खर्च गर्न नसक्ने केन्द्र सरकारको रोग प्रदेश सरकारहरुमा पनि देखिएको छ । चालू आर्थिक वर्ष सकिन एक महिना मात्रै रहँदा विकासतर्फ प्रदेश-१ सरकारको प्रगति पटक्कै चित्तबुझ्दो छैन । चालू आवका लागि प्रदेश सरकारले ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, जेठसम्ममा जम्मा १० […]

प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट : प्रदेश र स्थानीय तहलाई २ अर्ब २८ करोड

१ असार, काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटबाट तीनवटै तहका सरकारले पाउने बजेटको हिस्सा टुंगो लगाएको छ । यसअनुसार प्रदेश र स्थानीय तहले २ अर्ब २८ करोड रुपैयाँ प्राप्त गर्ने भएका छन् । आयोगका अनुसार नेपालमा ६ प्रकारका प्राकृतिक स्रोतबाट राज्यले रोयल्टी प्राप्त गर्छ । आगामी आर्थिक वर्ष २०७६/७७ मा […]

वाइडबडीबारे फेरि बोले प्रधानमन्त्री ! छानविन हुँदैछ, धेरै के भनौं !

१ असार, काठमाडौं । वाइडबडी प्रकरणबारे बेलाबखत विरोधाषपूर्ण अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले यही विषयमा फेरि मुख खोलेका छन् । यसअघि तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको बचाऊ गर्दै बोल्ने क्रममा प्रधानमन्त्री ओलीले तत्कालीन मन्त्री अधिकारी निर्दोष रहेको बताएका थिए । छानविन हुँदै गरेको विषयमा प्रधानमन्त्रीले कसैलाई दोषी वा निर्दोष किटान गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीको […]

‘त्रिपक्षीय सन्धी पुनरावलोकनको प्रस्ताव बेलायतले स्वीकारेन’

१ असार, काठमाडौं । गोरखा सैनिकहरुका सम्बन्धमा नेपाल, भारत र बेलायतवीच भएको सन् १९४७ को त्रिपक्षीय सन्धीको पुनरावलोकन गर्ने नेपालको प्रस्तावलाई बेलायतले स्वीकार नगरेको प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पारेका छन् । बेलायतले सजिलोसित स्वीकार नगरेकै कारण यो प्रस्ताव संयुक्त वक्तव्यमा नसमेटिएको प्रधानमन्त्री ओलीको भनाइ छ । बेलायत भ्रमणका बेला प्रधानमन्त्री ओलीले त्रिपक्षीय सन्धीको पुनरावलोकन […]

ज्वाइँहरु बेइमान परेछन् !

१ असार, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले जनता-जनता भिडाउने काम नगर्न सरकारलाई आग्रह गरेका छन् । गुठी विधेयकलाई लिएर आन्दोलन भइरहेका बेला सत्तारुढ सांसदहरुले किसानहरु पक्षमा भन्ने तर्क गरेपछि सांसद थापाले त्यसको प्रतिवाद गरे । सरकारले गुठी भनेको जग्गा र सम्पत्ति मात्र बुझेको भन्दै उने भने, ‘गुठी जग्गा होइन, सम्पत्ति हुँदै […]

३२ अर्बको बजेट ल्याउँदै गण्डकी प्रदेश, प्राथमिकतामा पूर्वाधार विकास

१ असार, पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जम्मा २५ प्रतिशतमात्र बजेट खर्च गरेको छ । गण्डकी प्रदेश सरकारले महत्वकांक्षी योजनासहित २४ अर्बमाथिको बजेट ल्याएको थियो । त्यसमा अहिलेसम्म ६ अर्ब २४ करोड ६४ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ । जेठ मसान्तसम्म कुल बजेटको २५ प्रतिशत खर्च गर्न सकेको […]

विद्युत प्राधिकरणमा एकैपटक १ हजार ५७४ सय कर्मचारीको सरुवा (सूचीसहित)

१ असार, काठमाडौं । नेपाल विद्युत प्राधिरकणले एकैपटक झण्डै १६ सय कर्मचारीको सरुवा गरेको छ । प्राधिकरण व्यवस्थापनले नियमित सरुवालाई निरन्तरता दिँदै १५ सय ७४ कर्मचारी कर्मचारीहरुलाई नयाँ कार्यालयमा खटाएको हो । २०७४ भदौमा पनि प्राधिरकणले १५ सय कर्मचारीको एकपटक सरुवा गरेको थियो । त्यसअघि वितरण केन्द्र प्रमुखहरुको पनि सरुवा भएको थियो । २०७३ सालमा […]

सत्तारुढ सांसदले गुहारे सभामुख

१ असार, काठमाडौं । सत्तारुढ नेकपा सांसद विरोध खतिवडाले सरकार र गुठियारबीच वार्ताका लागि हस्तक्षेपकारी भूमिका खेल्न सभामुखलाई आग्रह गरेका छन् । संसदको शुन्य समयमा बोल्दै सांसद खतिवडाले गुठी विधेयकलाई लिएर सरकार र गुठियारको बीचमा ३६ को आँकडा रहेको तर हाम्रो कुरा बुझेन भनेर दुबैले गाना चाहिँ एउटै गाइरहेका बताए । उनले भने, ‘बुझ्नेले कुरा […]

९ दिनसम्म प्रधानमन्त्रीले युरोपमा केके गरे ?

१ असार, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा युरोपको ९ दिने भ्रमण गरेर आइतबार स्वदेश फर्केका छन् । प्रधानमन्त्री ओलीको यो भ्रमणलाई तयारीविनाको फजुल भ्रमणका रुपमा समेत कूटनीतिक क्षेत्रबाट आलोचना भइरहेको छ । सत्तापक्षका नेता एवं सरकारको दाबी चाहिँ कूटनीतिक सम्बन्धमा भ्रमण उपलब्धीपूर्ण रहेको दाबी गरिँदैछ । आफ्नो भ्रमण उपलब्धीपूर्ण रहेको दाबी गर्दै प्रधानमन्त्री ओलीले आइतबार भने, […]

काठमाडौंका चोकमा ‘मोटरसाइकल बक्स’को परीक्षण गरिँदै

१ असार, काठमाडौं । बढ्दो सवारी जाम र दुर्घटनाको समस्या कम गर्न सरकारले काठमाडौंको मुख्य चोकमा ‘मोटरसाइकल बक्स’ बनाउने भएको छ । यसको परीक्षण पहिलो चरणमा नयाँबानेश्वर चोकमा गरिँदैछ । सडक विभागले हाल एकैपटक काठमाडौंको रिंगरोड र त्यसभित्रका क्षेत्रमा एक करोड ५७ लाख खर्चेर सडकको सिग्नल मार्किङ र सडक आसपास पेन्टिङको काम गर्न लागेको हो […]