Comments Add Comment
No ads found for this position

विचार

List Grid
बजेट सुन्दर सपनामा निदाएको खरायो जस्तो !

नेपालको बहु प्रतिक्षित आर्थिक बर्ष ०७६/७७ को बजेट जेष्ठ १५ गते संघीय ब्यवस्थापिका संसदमा नेपाल सरकारको अर्थमन्त्रीद्वारा प्रस्तुत भएको छ । आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न नेपाल सरकारको अर्थमन्त्रीद्वारा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाको अनुमानित आय ब्यय बिवरण ब्यवस्थापिका संसदमा पेश गरिएको हो । जसमध्ये चालु खर्चतर्फ […]

जनताबाट उठेको पैसा खाने, विकास गर्न ऋण लिने ?

जति राजस्वको लक्ष्य छ, लगभग त्यति नै चालु खर्चका लागि छुट्याइएको छ । यो कर उठाएर खाएर सक्ने प्रवृत्ति हो । उठेको राजस्व चालु खर्चमा लगाउनु भनेको एकदमै खराब अभ्यास हो । पुँजीगतभन्दा चालु खर्चलाई जोड दिने बजेटलाई आदर्श बजेट मानिँदैन । जनताबाट उठेको कर आफूले खर्च गर्ने र विकासका लागि ऋण खोज्ने लक्ष्य राखिएको […]

गणतन्त्रको गरिमा र राजनीतिक व्यवहार

गणतन्त्र आम नागरिकले आफ्ना प्रतिनिधिमार्फत आफू शासित हुने शासन व्यवस्था हो । नागरिकका प्रतिनिधिले देशको सार्वभौमसत्ता, शासकीय अधिकार र शासनप्रणाली चयनको अधिकार आफूमा आएको अनुभूति गर्ने शासन व्यवस्थाका रुपमा नेपालमा ०६३ जेठ १५ गतेबाट गणतन्त्र आएको हो । २०७ वर्ष लामो शाहवंशीय परम्परालाई समाप्त पार्दै नागरिक आन्दोलनले शासन व्यवस्था परिवर्तन गरेसँगै नागरिक र राजनीतिक दलका […]

सुधीर बस्नेतको वित्तीय अपराधमा सरकारको लाचारी

सहकारी ऐन ०४८ अन्तर्गत ०५३ सालमा दर्ता भई देशका प्रमुख शहरमा १३ वटा शाखा विस्तार गरेर सुधीर बस्नेतले मैतिदेवी काठमाडौंमा प्रधान कार्यालय राखेर ओरेन्टल को-अपरेटिभ लिमिटेड चलाएका थिए । बस्नेतले ०६९ साउनदेखि करिब ११ हजार बचतकर्ता तथा निक्षेपकर्ताहरुको रगत पसिनाको कमाइ लगभग सवा ४ अर्ब रुपैयाँको सावाँ तथा ब्याज भुक्तानी दिन नसकेको भयावह स्थिति छ […]

अमेरिकासँग किन सम्बन्ध बिगार्दै छ सरकार ?

अमेरिकी राजदुत र्‍याण्डी बेरीले आफ्नो दूतावासकाे फेसबुक पेजमा जोडिएका करिब ४० लाख फलोअर्ससँग उनीहरुको जिज्ञासा सम्बोधन गर्न खोजेको भिडियो सन्देश दिएसँगै उनी विवादमा तानिए । सम्वाद भनेको लोकतन्त्रको सुन्दर पक्ष हो भन्ने सामान्य हेक्कासम्म नराखी सरकार राजदूतलाई बोलाएर त्यसबारे बुझ्नुअघि नै बुझ्नुअघि नै अघि नै सार्वजनिक वक्तव्यवाजीमा उत्रियो । राजदूतले गर्ने गफगाफका विषय र क्षेत्रबारे परराष्ट्र […]

को हुन् पत्रकारका शत्रु ? कसले गर्दैछ विरोध ?

एकजना सरकारी कर्मचारी सेतो नम्बर प्लेटको गाडीमा चढेर वनभोज वा बिहेभोजमा गए भने उनी कोसँग सबैभन्दा बढी डराउँछन् ? ताप्लेजुङका मेयरले सरकारी गाडी दुरुपयोग गर्दा कसले खबरदारी गर्‍यो ? कर्मचारी/नेताले भ्रष्टाचार गर्दा कसले औंलो ठड्याइरहेको हुन्छ ? जवाफ प्रष्ट छ– पत्रकार । खुलामञ्चमै सटर हालेर सार्वजनिक स्थल बेचिँदा यो दृश्य दुईतिहाईको सरकारले देखेकै थिएन । […]

अहिले भत्ता बाँड्ने होइन, पटुका कस्ने बेला हो

बजेट बहसको चौथो श्रृङ्खलामा पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालालाई समेटेका छौं । उनी राष्ट्रिय योजना आयोगको स्रोत समितिले दिएको सिलिङ अनुसार १५ खर्ब आसपासमै सीमित गर्दा उत्तम हुने धारणा राख्छन् । ‘१६ खर्बसम्म पुग्दा खासै फरक नपर्ला’ कोइरालाले भन्छन्, ‘सांसदलाई बजेट बाँड्ने काम भने अब रोक्नुपर्छ ।’ पूर्वअर्थमन्त्री कोइरालाको विचार उनकै शब्दमाः बजेटको आकार र स्रोत व्यवस्थापन […]

‘यो सरकारलाई लोकप्रियता मात्र हेर्न छुट छैन’

वृद्धभत्ता पाँच हजार पुर्‍याउने लोकप्रिय नारा अघि सारेको नेकपा सरकारले नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा भत्ता बढाउने बाचा गरिसकेको छ । वृद्धभत्ता बढाउने तयारी छ । तर, बढ्दो चालु खर्च, प्रदेश र स्थानीय तहमा थप रकम पठाउनु पर्ने दबावमा रहेको सरकारका लागि यो सजिलो पनि छैन । नेकपा सांसदसमेत रहेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे भने वृद्धभत्ता […]

१६ खर्बको बजेट ल्याऔं, सांसदलाई पैसा बाँड्न बन्द गरौं

एकल बहुमतको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार दोस्रो बजेट ल्याउने तयारीमा छ । अर्थ मन्त्रालय आर्थिक वर्ष २०७६/०७७ को बजेट बनाउन व्यस्त छ । योजना आयोग उपाध्यक्ष र राष्ट्र बैंकका गभर्नर भइसकेका युवराज खतिवडाले सम्हालेको अर्थमन्त्रालयले कस्तो बजेट ल्याउला भन्ने चासो छ । गत वर्ष लोकप्रिय कार्यक्रमबाट जोगिएको अर्थले यसवर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता, कर्मचारीको […]

विवाहेत्तर यौन सम्वन्धमा किन लिप्त हुँदैछ समाज ?

केही पहिले पथरी, मोरङमा भएको महिला हत्याको विषय र उनीसँग जोडिएका पात्र र परिवेशहरुको समाचारले फेसबुक र अनलाइन समाचारका भित्ताहरु सजिएका थिए । समाचारमा लेखिए अनुसार उनी एक पसल चलाएर बसेकी व्यवसायी थिइन् । जसका श्रीमान बैदेशिक रोजगारीको लागि विगत लामो समयदेखि विदेशमा थिए । उनका एक छोरा उनीसगैँ डेरामा बस्थे ।उनी वैदेशिक रोजगारबाट श्रीमानले […]

नेकपाको जबज : ‘कलियुगको धर्म’

यस आलेखमा चर्चा गर्न खोजिएको मुख्य विषय हो– मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद अर्थात जबजको सार । र, सहायक विषय हो– मदन भण्डारीद्वारा प्रतिपादित जबज र हाल नेकपाको संस्थापन पक्षले प्रयोग गँर्दै आएको ‘जबज’वीचको विरोधाभाष । पूर्वीय शास्त्रमा ‘धर्म’ र ‘कलिधर्म’ वीच जुन प्रकारको सारभूत भिन्नता छ, मदन भण्डारीको जबज र वर्तमान नेकपा नेताहरुले […]

नेकपामा बहस : जबज, जज अथवा एशज ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सांगठानिक एकता करिब टुंगिएको छ । जनवर्गीय संगठन र जिल्ला कमिटीहरुले मिलाउन बाँकी आधारभूत तहका एकता केही समयमै मिलाइसक्नेछन् । तत्कालीन एमाले र माओवादी केन्द्रका सम्पूर्ण संगठित सदस्यहरुको नामावलीको केन्द्रीकरण र व्यवस्थापन गरेपछि सांगठानिक एकताले पूर्णता पाउनेछ । सांगठानिक एकता नटुङ्गिदै वैचारिक समायोजन प्रक्रिया शुरु भएको छ । यही अवधिमा […]

सरकारले जे भनोस्, म्यानपावरको ठगी धन्दा जारी छ

कहिल्यै पराधीन नरहेको नेपाल सानै भए पनि बिदेशमा छाउने सोंच र परम्परा पुरानै हो ।आज पनि दशैंमा आशिर्वाद दिँदा “सन्तानले डाँडा काँडा ढाकुन्” भनिन्छ, जसको आशय नेपालीहरू बिदेश पनि जाउन् र जानुपर्छ भन्ने नै हो । अरनिको आफ्नो शीप (कला) प्रस्तुत गर्न बिदेशिएका थिए, पछि ठूलो संख्यामा नेपालीहरू ‘लाहुरे’ बन्न थाले । हाल पाकिस्तानमा पर्ने लाहोर जाने तत्कालीन नेपालीले पाएको यो उपनाम […]

दासढुंगा–गाँजीपुर क्षेत्रमा अब एकीकृत विकास

चितवन दासढुंगा र गाँजीपुर जननेता मदन भण्डारी र जीवराज आश्रितको निधन भएका कारण चर्चामा आए । दासढुंगा नेताद्वय सवार जीप दुर्घटना भएको ठाउँ हो भने, गाँजीपुर मदन भण्डारीको शव भेटिएको स्थान । चर्चामा आए पनि दासढुंगा र गाँजीपुरमा विकासको पहल नभएको तीतो यथार्थ छ । दुवै ठाउमा सामान्य किसिमको मदन–आश्रित पार्क मात्र छन् । समकालिन […]

कृषि क्षेत्रमा लगानी बढाउन बैंकहरु किन उदासिन ?

नेपाली वित्तीय प्रणालीमा बैंक तथा वित्तीय संस्थाहरूको बलियो पकड छ । ०७५ फाल्गुण मसान्तसम्म वित्तीय कारोवार सञ्चालन गर्न नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या १६७ पुगेकोे छ । यसमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनीहरू तथा लघु वित्तको कारोवार गर्ने ८२ संस्थाहरू समाविष्ट छन् । संख्यात्मक हिसाबमा कम […]

जनताले टेलिफोन पाएको ऐतिहासिक दिन !

टेलिफोन खुल्यो ! ‘बडो हर्षको कुरा छ कि, परम विवेकी प्रजाहितेच्छु श्री ३ महाराजबाट सकललाई सब कुराको सुविस्ता होस भन्ना निमित्त नेपालमा अनेक काम निकाली बक्सेको छ । केही दिन भयोे टेलिफोनको काम पनि शुरु गराई बक्सियेको थियो । यसको सूचना ८ र १० महिना पहिले पाठक महाशयमा जाहेर गरी सकेका छौँ । अब फेरि […]

स्थानीय सरकारको दोस्रो वर्ष : के भयो, के भएन ?

स्थानीय निर्वाचन पछिका दुईवर्ष गाउँ/नगरपालिकाहरुले निर्वाचित प्रतिनिधिमार्फत विकास र सार्वजनिक सेवाको नेतृत्व पाइरहेका छन् । अनेकौ जटिलता, द्धिविधा र अवरोधका बावजुद यस अवधिमा स्थानीय जनप्रतिनिधिहरुले उल्लेख्य पहलकदमी लिएका छन् । आजका दिनसम्म आइपुग्दा स्थानीय सरकारहरु संविधानले गरेको मार्गनिर्देश अनुरुप नै अघि वढिरहेका देखिन्छन् । प्रतिनिधिहरुबाट दोस्रो वर्षमा के उपलब्धी हासिल भयो र के गर्न नसकेको […]

बालुवाटार जग्गा प्रकरणः कति पानीमा छन् विष्णु पौडेल ?

२९ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव, पूर्वमन्त्री एवं बहालवाला सांसद विष्णु पौडेल बालुवाटार जग्गा प्रकरणमा विवादित बन्दै आएका छन् । पौडेलका छोरा नवीन पौडेलका नाममा बालुवाटारमा ८ आना  जग्गा फेला परेपछि उनी विवादमा तानिएका हुन् । यसवीचमा नेकपा महासचिव पौडेलले दुईपटक लिखित स्पष्टीकरण दिइसकेका छन् । साथै औपचारिक कार्यक्रमहरुमा बोल्दाखेरि पनि दोष प्रमाणित […]

मिडिया काउन्सिलले उठाएका मुद्दाको छिनोफानो

लोक सेवा आयोग, मानव अधिकार आयोगको अधिकार कटौती गरेका समाचारहरु तातताता भैरहेकै बेलामा प्रेस काउन्सिलको अधिकार र स्वतन्त्रता कटौतिको मुद्दा पनि उठेको छ । कानून बनाउन विधायिकालाई विषयवस्तु दिने सरकारको जिम्मेवारी भित्र पर्ने गर्दछ । लोक सेवा आयोगको अधिकार कटौति गर्ने हो भने आयोगलाई आफ्नो जिम्मेवारी निष्पक्ष, तटस्थ र गुणस्तरीय ढंगले पूरा गर्न आपत पर्छ […]

यो वर्ष १४ खर्बको बजेट पर्याप्त हुन्छ

सरकारले यस वर्षका लागि पेश गरेको नीति तथा कार्यक्रमलाई मैले मिश्रित हिसाबले लिएको छु । नीति तथा कार्यक्रम बजेटअगावै आउनुपर्ने थियो, आयो । यसले परम्परा धानेको छ । केही महत्वाकांक्षी कुराहरु पनि परेका छन् । केही विषय छुटेका र केही दोहोरिएको पनि देखिन्छ । उठाउनै पर्ने विषय भनेको संघीयता कार्यान्वयनको कुरा थियो । संघीयता कार्यान्वयनमा […]

बजेट : सपनालाई यथार्थमा परिणत गर्न संकल्प चाहिन्छ

नेपालको आगामी आर्थिक बर्ष ०७६/०७७ को बजेट केही समयपछि संसदमा प्रस्तुत हुनेछ । बजेटमा आम मानिसका आशा र अपेक्षा पनि जोडिएको हुन्छ । चालु खर्च र विकास खर्चका आधारमा आउने बजेटले आगामी आर्थिक बर्षमा राजस्व कति उठाउने भन्ने लक्ष्य पनि राखेको हुन्छ । बचत बजेट र घाटा बजेटको परम्परा विश्वभरि नै छ । नेपालको सन्दर्भमा […]