Comments Add Comment

प्रवास समाचार

List Grid
लण्डनमा प्रधानमन्त्री ओलीले गरे गोर्खा सैनिकको प्रशंसा

बार्सिलोना । प्रधानमन्त्री केपी शर्मा ओलीले गोर्खा सैनिकको प्रशंसा गरेका छन् । लण्डन दूतावासमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै बन्दुक देख्दा नतर्सिनेहरु खुकुरी देख्दा तर्सिने गरेको भन्दै गोर्खा सैनिकको प्रशंसा गरेका हुन् । ‘नेपालीहरु बहादुर थिए, गोर्खा सैनिकको बहादुरीका कारण बन्दुक देख्दा नर्तसिनेहरु खुकुरी देख्दा तर्सिन्थे’, उनले थपे, ‘गोर्खा सैनिकको बहादुरीका कारण यो सम्भव […]

टोकियोमा ‘नेपाल-जापान डाइलग’को चौथो शृङखला

काठमाडौं । जापानको टोकियोमा ‘नेपाल-जापान डाइलग’ को चौथो शृङखला सम्पन्न भएको छ । जापानमा रहेका विभिन्न क्षेत्रका नेपाली विज्ञहरु र नेपाली राजदूतावास जापानको सहकार्यमा टोकियोको इचिगायामा चौथो शृङखला आयोजना गरिएको हो । कार्यक्रममा जापानको आइटी क्षेत्रमा कार्यरत नेपाली र जापानी विज्ञहरुबीच नेपालको आइटी प्रणालीको विभिन्न सुक्ष्म र बृहत तहका विषयमा छलफल गरिएको थियो । कार्यक्रमलाई […]

एनआरएन महिला फोरम चीन गठन

२७ जेठ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन), चीनमा रन्जिता आचार्यको नेतृत्वमा नौ सदस्यीय महिला फोरम गठन भएको छ । नवगठित फोरममा सविता बर्तौला, रश्मी झा, मनिषा शर्मा, जुना ज्ञवाली, डा. करुणा राई, डा. कृषिता राजलावत, रक्षा संग्रौला र सेरिका सापकोटा कँडेल सदस्य चयन भएको संघका महासचिव सुशील वेल्बासेले जानकारी दिए । यस्तै, अमृता थापा (कञ्चन) […]

पत्रकार थापालाई अमेरिकामा प्रेसिडेन्स सर्भिस अवार्ड

२७ जेठ, अमेरिका । पत्रकार सूर्य थापा अमेरिकाको प्रेसिडेन्स सर्भिस अवार्डबाट सम्मानित भएका छन् । समुदायका हितका लागि काम गर्ने व्यक्तिहरुलाई अमेरिकी राष्ट्रपतिको सर्भिस अवार्ड प्रदान गर्ने गरिएको छ । अमेरिकामा रहेर पत्रकारिता गरिरहेका थापालाई नेपाली समुदायको हितका लागि गरेको कार्यको हौसला स्वरुप उक्त अवार्ड प्रदान गरिएको हो । पत्रकार थापालाई शिकागोमा आइतबार आयोजित एक […]

भिजिट नेपाल र नेपालमा लगानी बारे बेल्जियममा अन्तरक्रिया

२६ जेठ, वीरगञ्ज । बेल्जियममा ‘भिजिट नेपाल २०२० र नेपालमा लगानी’ सम्बन्धमा अन्र्तक्रिया भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि र बेल्जियममा रहेका नेपाली समुदायबीच अन्तरक्रिया भएको हो । अन्तरक्रियामा बेल्जियममा रहेका नेपाली समुदायले मुलुकको आर्थिक समृद्धिमा भूमिका निर्वाह गर्न तयार रहेको बताएका छन् । उनीहरुले नेपालको समृद्धिका लागि नेपालमा लगानी गर्ने चाहना आफूहरुको […]

‘एनआरएनए फ्यामिली मेम्बर कार्ड’ वितरण गर्न सुरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्ना सदस्यहरुलाई ‘एनआरएनए फ्यामिली मेम्बर कार्ड’ वितरण गर्न सुरु गरेको छ । आइतबार काठमाडौंमा भएको कार्यक्रममा संघका अध्यक्ष भुवन भट्टले कार्ड वितरण शुभारम्भ गरेका हुन् । एनआरएनएमा आवद्ध सदस्य तथा उनीसँग सम्बन्धित नागरिकहरुलाई विपद् परेका बेला आर्थिक सहायता उपलब्ध गराउन सो कार्ड वितरण कार्यको पनि सुरुवात गरिएको अध्यक्ष भट्टले […]

मिलान रातोलाई एनआरएन कपको उपाधि

बार्सिलोना। साबिक बिजेता नेपाली मितेरीमञ्च मिलान (रातो)ले एनआरएनए कप न्टरसिटी फुटबल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार मिलानमा सम्पन्न फाइनल खेलमा कोलेकियो नेपाली परिवार पारमालाई १०-२ को फराकिलो गोल अन्तरले पराजित गर्दै  मितेरी मञ्च (रातो)ले ट्रफी उचालेको हो। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इटालीको आयोजनामा शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको प्रतियोगितामा ६ वटा […]

डा. खनालको पहलमा पाँचथरका दुई विद्यालयमा अक्षयकोष स्थापना

फिदिम । अमेरिकाको फ्लोरिडास्थित तम्पा विश्वविद्यालयका सहप्राध्यापक डा. नेत्र खनालको अगुवाइमा पाँचथरको लुम्फाबुङ्ग मावि लुम्फाबुङ्ग र सिद्धदेवी मावि नवमीडाँडामा अक्षय कोष स्थापना गरिएको छ । डा. नेत्र खनाल र उनका साथीहरुले दुवै विद्यालयमा डेढ-डेढ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । दिवंगत गुरुहरु तेजमान आङ्गदेम्बे र देवी प्रसाद खनालको नाममा अक्षयकोष स्थापना गरिएको र त्यसबाट […]

अष्ट्रेलियाको डार्बिनमा अन्धाधुन्ध गोली चल्यो, ४ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियाको डार्बिन शहरको एक होटलमा मंगलबार साँझ अन्धाधुन्ध गोली चल्दा ४ जनाको मृत्यु भएको छ  । दुईजना घाइते भएका छन् । प्रत्यक्षदर्शीहरुका अनुसार डार्बिनस्थित पाल्म्स होटलमा एक अधबैंशे व्यक्तिले होटलका हरेक कोठामा गोली चलाउँदै हिँडेका थिए । अष्ट्रेलियाका सञ्चारमाध्यमका अनुसार करिब ४५ वर्षीय युरोपियन मूलका ती व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । ‘एक्कासी […]

सडक दुर्घटनामा परी पोर्चुगलमा एक नेपालीको मृत्यु

पोर्चुगलमा भएको एक सवारी दुर्घटनामा नेपालीको ज्यान गएको छ । मुसीकोट नगरपालिका–६ का ३६ वर्षीय रमेशकुमार शर्मा रिजालको पोर्चुगलको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा शुक्रबार सवारी दुर्घटनामा परी ज्यान गएको हो । मिल्फन्तोस लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा पर्छ । साइकलमा सवार शर्मा रिजाललाई शुक्रबार स्थानीय समयानुसार राति ९ः३० बजेतिर तीव्र गतिको मोटरसाइकलले ठक्कर दिएपछि उनी […]

म्यानचेष्टरका मेयरले भने–बेलायतीलाई नेपाल भ्रमण गर्न प्रोत्साहन दिन्छौं

२० जेठ,लण्डन । गणतन्त्र दिवसको अवसरमा बेलायतस्थित नेपाली दूतावासले भ्रमण वर्ष २०२० लाई लक्षित गरी म्यानचेष्टर शहरमा नेपाली संस्कृति तथा कला प्रदर्शनसहित विशेष समारोह आयोजना गरेको छ । नेपालको पर्यटन र संस्कृति प्रबर्द्धन गर्न म्यानचेष्टर सिटीमा दुवै देशका अधिकारीहरु सहमभागी भएका थिए । नेपाली दूतावास आयोजक रहेको गणतन्त्र दिवस तथा विशेष समारोहमा म्यानचेष्टर सिटीका लर्ड […]

सिड्नीमा नेपालीलाई स्वास्थ्य चेतना : डाक्टरको सल्लाह मान्न वकिलको सुझाव

सिड्नी । शनिबार सिड्नीमा आयोजित स्वास्थ्य जागरण कार्यक्रममा यहाँका चर्चित कानून व्यवसायी डा. शम्सेरसिंह थापाले सहभागीहरुलाई सुझाव दिए- आफ्नो स्वास्थ्यबारे सल्लाह नजिकका साथी वा सामाजिक सन्जालबाट होइन कि डाक्टरसँग लिनुपर्छ । अहिले सामाजिक सन्जालमा हरेक रोगको उपचारबारे अनावश्यक कुरा प्रकाशित हुने गरेका भन्दै ती सुझाव मान्न थलियो भने स्वस्थ हुने होइन कि झन् थला परिने […]

नेपाली मनमा रंग भर्ने एक अस्ट्रेलियन शिक्षक

सिड्नी । यी युवक अनौठा छन् । नाम हो उनको ग्याबिन मकोर्म्यक । पेशाले शिक्षक । सिड्नीको उत्तरी समुदि्रतट (नोदर्न बिचेज)को एउटा स्कूलको प्रिन्सिपल । त्यो स्कूलका दुई सय बालबालिका उनका साथी । हो, साथी । अर्थात् उनलाई हरेक मोडमा साथ दिने तिनै विद्यार्थी । ग्याबिनको नेपाल साइनो सुरु हुन्छ, सन् २०१५ को भूकम्पपछि । […]

नेपालमा लगानी गर्न अष्ट्रियाका नेपालीलाई वनमन्त्रीको आग्रह

भियना । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रवासमा रहेका नेपालीहरुलाई समृद्ध नेपाल निर्माणमा योगदान गर्न आग्रह गरेका छन् । नेपाली प्रवासी एकता मञ्च, अष्ट्रियाले बिहीबार साँझ आयोजना गरेको स्वागत समारोहमा बोल्दै मन्त्री बस्नेतले आफ्ना सन्ततिको भविष्यको आत्मसम्मानका लागि भए पनि विदेशमा सिकेको सीप र आर्जन गरेको पुँजी नेपालमा लगानी गर्न आग्रह गरेका हुन् । ‘समृद्ध […]

‘मिनी नेपाल’ बन्यो कोपनहेगन

कोपनहेगन । डेनमार्कको राजधानी कोपनहेगनस्थित वाकिङस्ट्रिट भट्ट देख्दा लाग्थ्यो नेपाल नै हो । परिवेश र वातावरण दुरूस्त नेपाल जस्तै थियो । नेपाल चिनाउने स्टलहरू । सहभागीहरू पनि ढाकाटोपी र नेपाली पोशाकमा सजिएका । बुधबार आयोजित कार्यक्रममा नेपाली कला र संस्कृतिको झझल्कोले कोपनहेगनलाई ‘मिनी नेपाल’ झैँ बनाएको हो। नेपाली दूतावास डेनमार्कले गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसर पारेर ब्यस्त खुल्ला […]

मिनी नेपाल झैँ बन्यो कोपनहेगन

१७ जेठ, कोपनहेगन । डेनमार्कको राजधानी कोपनहेगनस्थित वाकिङस्ट्रिट बुधबार साँझ मिनी नेपाल झैँ बन्यो। नेपाल चिनाउने स्टल,नेपाली पोशाकसहित ढाकाटोपीमा सजिएका सहभागीहरु । नेपाली कला र संस्कृतिको झझल्को दिएको उक्त कार्यक्रमले कोपनहेगनलाई मिनी नेपाल झैँ बनाएको हो। नेपाली दूतावास डेनमार्कले गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसर पारेर ब्यस्त खुल्ला ठाउँमै पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रमको आयोजना गरेको […]

अष्ट्रियाका हिमालको काखमा मनाइयो सगरमाथा दिवस

इन्सब्रुक (अष्ट्रिया) । अष्ट्रियाको इन्सब्रुक शहरमा सगरमाथा दिवस मनाइएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को उपस्थितिमा चारैतिर हिमालले घेरिएको इन्सब्रुक शहरमा सरगरमाथा दिवस मनाइएको हो । अष्ट्रियाको राजधानी भियनास्थित नेपाली राजदूतावासले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले नेपालका हिमाल आरोहीहरु आफ्नो पाहुनामात्रै नभएर नेपाललाई संसारभर चिनाउने हिमाली दूतहरु भएको बताए । नेपाल हिमालहरुको […]

अष्ट्रियामा नेपाली समुदायलाई उपराष्ट्रपतिको आग्रह : नेपालको प्रचार गरिदिनू

१५ जेठ, भियना । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अष्ट्रियाको राजधानी भियनास्थित नेपाली राजदूतावासले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् । स्थानीय समय अनुसार मंगलबार राति आयोजित समारोहमा उपस्थित भएर उपराष्ट्रपतिले अष्ट्रिया र नजिकका यूरोपियन मुलुकमा बसोबास गर्ने नेपाली समुदायसँग अन्तरक्रिया गरे । उपराष्ट्रपति पुनले नेपाल स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अगाडि […]

साउदीमा नेपाली राहदानीको पीडा

‘साउदी अरब जंगलमा भेडा चराउँछु’ सानोमै यो गीत सुनेको थिएँ । गीतकारले साउदी अरवको जंगलमा भेडा चराएर आफ्नो पीडा लेखेका हुन् या त नेपालमा बसेरै कल्पना गरेर लेखे थाहा छैन । मलाई पनि ब्यवहारले हान्यो । म पनि भेडा चराउने साउदी पुगें । ३ वर्षअघि साउदीमा पाइला टेकें । तर, जंगल देखिन । भेडा त […]

अष्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई भन्यो : नेपाल भ्रमणमा उच्च सावधानी अपनाउनू

१४ जेठ, काठमाडौं । अष्ट्रेलिया सरकारलेे नेपाल भ्रमणमा रहेका र आउन चाहने आफ्ना नागरिकलाई सचेत गराएको छ । काठमाडौंमै बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएपछि अष्ट्रेलियाले आफ्ना नागरिकलाई यस विषयमा जानकारी गराउँदै भ्रमण गर्दा सचेत हुन आग्रह गरेको हो । अष्ट्रेलिया सरकारको परराष्ट्र मामिला तथा व्यापार विभागको स्मार्ट ट्राभलर वेवसाइटमा बम विस्फोटको सूचना राखेर […]

सडक दुर्घटनामा परी स्पेनमा एक नेपालीको मृत्यु

बार्सिलोना। स्पेनको बार्सिलोना बस्दै आएका २२ वर्षीय एक नेपाली युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ। स्याङ्जा विरूवा गाउँपालिका–६, चिन्नेबास स्थायी घर भएका पुजन कोइरालाको शनिबार राति दुर्घटनामा परी ज्यान गएको हो। साइकलमा सवार कोइरालालाई नगरपालिकाको फोहोर बोक्ने सवारीले बार्सिलोनास्थित ग्रानभिया र बाल्मेस जक्सनमा ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको गुआर्डिया उर्बाना प्रहरीलाई उद्धृत […]