Comments Add Comment

प्रवास

List Grid
अष्ट्रियाका हिमालको काखमा मनाइयो सगरमाथा दिवस

इन्सब्रुक (अष्ट्रिया) । अष्ट्रियाको इन्सब्रुक शहरमा सगरमाथा दिवस मनाइएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को उपस्थितिमा चारैतिर हिमालले घेरिएको इन्सब्रुक शहरमा सरगरमाथा दिवस मनाइएको हो । अष्ट्रियाको राजधानी भियनास्थित नेपाली राजदूतावासले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले नेपालका हिमाल आरोहीहरु आफ्नो पाहुनामात्रै नभएर नेपाललाई संसारभर चिनाउने हिमाली दूतहरु भएको बताए । नेपाल हिमालहरुको […]

अष्ट्रियामा नेपाली समुदायलाई उपराष्ट्रपतिको आग्रह : नेपालको प्रचार गरिदिनू

१५ जेठ, भियना । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अष्ट्रियाको राजधानी भियनास्थित नेपाली राजदूतावासले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् । स्थानीय समय अनुसार मंगलबार राति आयोजित समारोहमा उपस्थित भएर उपराष्ट्रपतिले अष्ट्रिया र नजिकका यूरोपियन मुलुकमा बसोबास गर्ने नेपाली समुदायसँग अन्तरक्रिया गरे । उपराष्ट्रपति पुनले नेपाल स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अगाडि […]

साउदीमा नेपाली राहदानीको पीडा

‘साउदी अरब जंगलमा भेडा चराउँछु’ सानोमै यो गीत सुनेको थिएँ । गीतकारले साउदी अरवको जंगलमा भेडा चराएर आफ्नो पीडा लेखेका हुन् या त नेपालमा बसेरै कल्पना गरेर लेखे थाहा छैन । मलाई पनि ब्यवहारले हान्यो । म पनि भेडा चराउने साउदी पुगें । ३ वर्षअघि साउदीमा पाइला टेकें । तर, जंगल देखिन । भेडा त […]

अष्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई भन्यो : नेपाल भ्रमणमा उच्च सावधानी अपनाउनू

१४ जेठ, काठमाडौं । अष्ट्रेलिया सरकारलेे नेपाल भ्रमणमा रहेका र आउन चाहने आफ्ना नागरिकलाई सचेत गराएको छ । काठमाडौंमै बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएपछि अष्ट्रेलियाले आफ्ना नागरिकलाई यस विषयमा जानकारी गराउँदै भ्रमण गर्दा सचेत हुन आग्रह गरेको हो । अष्ट्रेलिया सरकारको परराष्ट्र मामिला तथा व्यापार विभागको स्मार्ट ट्राभलर वेवसाइटमा बम विस्फोटको सूचना राखेर […]

सडक दुर्घटनामा परी स्पेनमा एक नेपालीको मृत्यु

बार्सिलोना। स्पेनको बार्सिलोना बस्दै आएका २२ वर्षीय एक नेपाली युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ। स्याङ्जा विरूवा गाउँपालिका–६, चिन्नेबास स्थायी घर भएका पुजन कोइरालाको शनिबार राति दुर्घटनामा परी ज्यान गएको हो। साइकलमा सवार कोइरालालाई नगरपालिकाको फोहोर बोक्ने सवारीले बार्सिलोनास्थित ग्रानभिया र बाल्मेस जक्सनमा ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको गुआर्डिया उर्बाना प्रहरीलाई उद्धृत […]

ओमानमा दुई नेपाली महिलाको शंकास्पद मृत्यु

युएई । वैदेशिक रोजगारका लागि ओमान पुगेकी एक नेपाली महिलाको हत्या भएको छ भने अर्की एक महिलाको शंकास्पद मृत्यु भएको छ । मोरङको लेटाङकी अप्सरा दाहालको हत्या भएको  नेपाली दूतावास ओमानले जनाएको छ । यो घटना गएको यही जेठ ३ गते भएको हो। चक्कु लागेर घाइते भएकी अप्सराको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको दूतावासले जनाएको छ […]

अष्ट्रेलियाकै पहिलो चालकविहीन रेल सेवा सुरु

सिड्नी । अष्ट्रेलियाकै पहिलो चालकविहीन रेल सेवा आइतबारबाट सुरु भएको छ । करिब ४० मिनेट लामो यात्रा दुरी भएको यो मेट्रो रेलले सिड्नीका १३ वटा स्थानलाई जोड्छ । सिड्नीको च्यास्वुडदेखि तलावोंगसम्म चल्ने रेलको न्यू साउथ वेल्सकी प्रिमियर ग्ल्याडज बेरेजिक्लिनले आइतबार बिहान नेपाली समयअनुसार बिहान ७ बजेर २० उदघाटन गरिन् । रेल चढेर उदघाटन गर्दै उनले […]

विश्वभरका कांग्रेस कार्यकर्ताको भेला डेनमार्कमा

कोपहेगन । नेपाली कांग्रेसका विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुको तीनदिने प्रशिक्षण भेला डेनमार्कको कोपनहेगनमा हुने भएको छ । जून २१ तारिखदेखि २३ सम्म विश्वभरबाट जनसम्पर्क समितिका प्रतिनिधिहरु कोपनहेगन आउने भएका हुन् । पार्टीको केद्रीय नीति, अनुसन्धान, तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमको संयोजन नेपाली जनसम्पर्क समिति डेनमार्कले गरेको छ । कार्यक्रममा नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधी, महामन्त्री […]

‘कम्पन’को दोस्रो संस्करण सगरमाथामा विमोचन

अमेरिका / अमेरिकाको न्यूयोर्कलाई कर्मभूमि बनाउँदै आएका पत्रकार किशोर पन्थीको पुस्तक ‘कम्पन’को दोश्रो संस्करण सगरमाथामा विमोचन गरिएको छ ।सगरमाथा आरोही कामीरिता शेर्पाले २४औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको विमोचन गरेका हुन् । शेर्पाले२३ औं पटक सगरमाथा आरोहणको आफ्नो पुरानो कीर्तिमान तोडेर २४औं पटक सगरमाथाको शिखर चुम्न सफल भएका थिए । सोही अवसरमा ‘कम्पन’को पनि विमोचन गरेका […]

स्पेनको कृषि प्रणाली नेपाल भित्र्याउन दुई देशका कृषि उत्पादकबीच सम्झौता

१० जेठ, बार्सिलोना । स्पेनको आधुनिक कृषि प्रणाली नेपालमा भित्रिने भएको छ। स्पेनको अग्रणी कृषि फर्म फ्रुतास क्यान्डिल मार्काम्याड्रिड र बुद्व लुम्बिनी ग्रुप नेपाल लिमिटेडबीच स्पेनको कृषि प्रणाली भित्र्यान बुधबार एक सम्झौता भएको हो । फ्रुतास क्यान्डिल मार्काम्यियाड्रिड स्पेनको ठूलो कृषि उत्पादक कम्पनीमध्ये एक हो । यसले सन् १९७५ देखि आलमरिया, मुर्सिया, ग्रानाडा, मालागालगायतका शहरहरुमा […]

‘च्याम्पीयन अफ इनक्लूज्हन’ अवार्ड विजय जोशीलाई

एडीलेड / एडीलेड नेप्लिज क्रिकेट एशोसियसन (एनका)का अध्यक्ष विजय जोशी ‘च्याम्पीयन अफ इनक्लूज्हन अवार्ड’बाट सम्मानित’ भएका छन। इनक्लूसिभ स्पोर्ट साउथ अस्ट्रेलियाले आयोजना गरेको आईडियस १९ ( Inclusion and Diversity in Sport ) सम्मेलनमा नेपाली समुदायका विजय जोशी अवार्डबाट सम्मानित भएका हुन। यहाँ रहेको बहुसाँस्कृतिक समाजमा खेलको माध्यम बाट समुदायमा दिएको योगदानको कदर गर्दै उक्त अवार्डबाट सम्मान […]

एनआरएन म्यासाचुसेट्सको अध्यक्षमा तामाङ विजयी

९ जेठ, अमेरिका । गैरआवासीय नेपाली संघ, अमेरिकाको हालै सम्पन्न निर्वाचनबाट म्यासाचुसेट्स राज्यको अध्यक्षमा प्रेम तामाङ निर्वाचित भएका छन् । बोष्टनको नेपाली समाजमा लामो समयदेखि क्रियाशील तामाङले आफ्ना प्रतिद्वन्द्वीलाई फराकिलो मत अन्तरले पराजित गर्दै च्याप्टर अध्यक्षका रुपमा विजय हासिल गरेका हुन् । तामाङले यसअगाडि लामो समय ग्रेटर बोष्टन नेपाली सोसाइटीको नेतृत्व गरेका थिए । तामाङले […]

राष्ट्रिय टिममा फर्किने अमृतको धोको

अस्ट्रेलिया । नेपालक फाष्ट बलर अमृत भट्टराईको कुनै एक बेला नेपालमा राम्रै चार्म थियो । तर, उनी एकाएक गायब जस्तै बने । उनले क्रिकेट छोडेका भने होइनन् । बाध्यात्मक परिस्थितिले उनलाई क्रिकेटबाट टाढा बनायो । तर फेरि उनी नेपाली घरेलु लिगबाट क्रिकेट करिअरलाई निरन्तरता दिने सोचमा छन् । अष्ट्रेलियामा बस्दै आएका अमृत नेपालका लिग खेल्ने […]

पोर्चुगलका राष्ट्रप्रतिसँग एनआरएन प्रतिनिधिहरुको भेटवार्ता  

बार्सिलोना । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दि सोउजासँग एनआरएनए पोर्चुगलका प्रतिनिधिहरुले भेटबार्ता गरेका छन्। मंगलबार राष्ट्रप्रतिको कार्यकक्ष बेलइ प्यालेसमा उनीहरुले भेटवार्ता गरेका हुन्। एनआरएनए पोर्चुगलको सक्रियतामा भएको भेटबार्तापछि संघका अध्यक्ष कुवेर कार्कीले नेपाली समुदायको ३० वर्षको इतिहासमै उपलब्धीमुलक क्षण भएको बताए। उनले भने, ‘एनआरएनए पोर्चुगलको इतिहासमा नै पहिलो पटक राष्ट्रप्रमुखलाई भेटघाट गर्ने अबसर मिल्यो, राष्ट्रप्रतिसमक्ष […]

अर्घाखाँचीका आगलागी र मिर्गाैला पीडितलाई युएईबाट ६० हजार सहयोग

युएई । अर्घाखाँची बाल्काेट दुबई सम्पर्क समितिका युवाहरुले आफ्नो गाँउका आगलागी र मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेका छन् । समितिका संरक्षक उमाकान्त पाण्डेकाे पहलमा संकलित ७० हजार रुपैयाँ मध्ये ६० हजार रुपैयाँ पीडितलाई सहयोग गरिएकाे हाे । संकलित रकम मध्ये छत्रदेब ८ अर्घातोषका गोपाल रिमालको परिवारलाई ३५ हजार र सोही गाँउकै मिर्गौला पीडित १४ वर्षीया मनिसा नेपालीलाई […]

माझी बस्तीका लागि अष्ट्रेलिया र अमेरिकाबाट १ लाख ३२ हजार सहयोग

काठमाडौं । नायिका स्वेता खड्काको अगुवाइमा निर्माण भएको सिन्धुपाल्चोकको माझी बस्तीका लागि अष्ट्रेलिया र अमेरिकामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । दुई देशबाट संकलन भएको रकम लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले एक कार्यक्रमबीच स्वेतालाई एक लाख ३२ हजार ५०० रुपैयाँ हस्तान्तरण गरेका हुन् । संयोजक श्रेष्ठले उक्त रकम यसअघि छोरीको जन्म दिनमा […]

युद्धग्रस्त लिवियाबाट १५ नेपालीको उद्धार (नामावलीसहित)

६ जेठ, काठमाडौं । रोजगारीको आश्वासन दिएर अवैध रुपमा लिविया पुर्‍याइएका १५ नेपालीको ट्रिपोलीबाट उद्धार गरिएको छ । डर त्रास देखाएर काममा लगाएको र नेपाल फर्कन खोज्दा राहदानी नदिएका कामदारहरूलाई उद्धार गरेर अन्तराष्ट्रिय श्रम संगठन (आइओएम) मा राखिएको कायरोस्थित नेपाली दूतावासले जनाएको छ । उद्धार हुनेहरूमा पूर्णबहादुर गुरुङ, गणेश थापा मगर, अमृत गुरुङ, भुवन आचार्य, […]

शोभायात्रासहित पोर्चुगलमा मनाइयो बुद्ध जयन्ती

लिस्बन / विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६३ औं जन्मजयन्तीको अवसरमा पोर्चुगलमा बृहत शोभा यात्रा र सभा सम्पन्न भएको छ। राजधानी लिस्बनमा शनिबार रोसियोस्थित काजा दि लाफोइसको हलमा मध्याह्न बुद्धको पूजा र आराधना गर्दै सुरु भएको कार्यक्रम शहरको मूख्य पर्यटकीय केन्द्र रोसियोस्थित समुन्द्र किनारबाट बृहत शोभायात्रामा परिणत भएको थियो । बुद्धका तस्बीर, प्लेकार्ड, बुद्ध […]

न्यूयोर्कका नेपाली कविका एउटै पुस्तक

६ जेठ, काठमाडौँ । अमेरिकाको न्यूयोर्कमा रहेर नेपाली साहित्यमा सक्रिय कविका कविताको संयुक्तसङ्ग्रह प्रकाशन भएको छ । व्याकुल पाठक र किशनसिंह धामीले सम्पादन गरेको ‘न्यूयोर्कका नेपाली कवि र कविता’ कृतिको विमोचन न्युयोर्कको ज्याक्सन हाइट्समा शनिबार गरियो । कार्यक्रममा ज्योतिकुमार श्रेष्ठ, पुष्कर बराल, पुनम काफ्ले, शकुन ज्ञवाली, राजेन्द्र श्रेष्ठ, पद्मा लिंखा मगर, आनन्द श्रेष्ठ, पुष्पा अधिकारी, कमला प्रसाईं, […]

अष्ट्रेलियाको विश्वविद्यालयले स्थापना गर्‍यो शेष र जमुनाका नाममा छात्रवृत्ति

सिड्नी । नेपाली मुलका अष्ट्रेलियन अर्बपति शेष घले र जमुना गुरुङका नाममा अष्ट्रेलियाको फेडरेसन युनिभर्सिटीले छात्रवृत्ति स्थापना गरेको छ । उनीहरुका नाममा स्थापित छात्रवृत्तिअन्र्तगत पहिलोपटक तीनजना छात्राहरुले छात्रवृत्ति पाएका छन् । गत बिहीबार साँझ विश्वविद्यालयले एक नेपाली, एक भारतीय र एक अष्ट्रेलियन छात्रालाई जनही ७–७ हजारका दरले छात्रवृृत्ति प्रदान गरेको हो । केही साताअघि फेडेरेसन […]

छोरा मलेसियाको जेलमा, नेपाल ल्याइदिन आमाको बिलौना

५ जेठ, बेझाङ (पाल्पा ) । सानो टिनले छापेको झुप्रो, त्यही झुप्रोमा दुई छोरा, दुई छोरी, एक सासूआमासहित रामपुर नगरपालिका– ५ बाङ्गेपसल बस्ने जमुना नेपालीले मजदूरी गरेर जीवन गुजारा चलाउँदै आएकी छन् । छ जनाको परिवारको लालनपालन र छोराछोरीलाई उचित शिक्षादिक्षा दिन जमुनाका श्रीमान् मटनबहादुर नेपाली तीन वर्षअघि मात्रै वैदेशिक रोजगारीका निम्ति मलेसिया पुगे । […]