Comments Add Comment

प्रवास

List Grid
श्रीलंका विस्फोटमा मृत्यु भएकाहरूको सम्झनामा दीप प्रज्वलन

५ जेठ, काठमाडौं । श्रीलंकामा भएको शृङखलाबद्ध विस्फोटमा मृत्यु भएकाहरुको सम्झनामा नेपालीहरु समुदायले दीप प्रज्वलन गरेका छन् । विस्फोट भएको मध्ये कोलम्बोको कोच्चिकाडेमा रहेको एसटी.एन्थनी चर्चमै नेपाली समुदायले आइतबार दीप प्रज्वलन गरेका हुन् । ‘हामी यस कठिन परिस्थितिमा श्रीलंकाका नागरिकको साथमा छौं’ भन्ने श्लोगनका साथ नेपाली विद्यार्थी समाज श्रीलंकाको अगुवाइमा दीप प्रज्वलन गरिएको कार्यक्रमका सचिव […]

अष्ट्रेलियाको प्रधानमन्त्रीमा मोरिसनको चमत्कारिक जित

५ जेठ, काठमाडौं । अष्ट्रेलियाको प्रधानमन्त्रीमा फेरि पनि स्कट मोरिसन निर्वाचित भएका छन् । कन्जरभेटिभ गठबन्धनलाई नै चुनेको भन्दै मोरिसनले मतदातालाई धन्यवाद दिएका छन् । अष्ट्रेलियाको लेबर पार्टीका नेता बिल शोर्टनले आफ्नो पार्टीको पराजयलाई स्वीकार गरेका छन् । उनले पार्टीको नेताको रुपमा आफूले पदबाट राजीनामा दिने घोषणा पनि गरेको बीबीसीले जनाएको छ । अष्ट्रेलियामा आम […]

कम्पनीले तलब नदिएपछि यूएईमा १२ नेपाली अलपत्र

१ जेठ, यूएई । २ महिनादेखि कम्पनीले तलब नदिएपछि आबुधाबीमा १२ जना नेपाली अलपत्र परेका छन् । आबुधाबी मुसाफा आइकार्ड ८ स्थित कन्ट्याक्टिङ्ग मेन्टिनेन्स् कम्पनीमा कार्यरत नेपालीहरु तलब नपाएपछि अलपत्र परेका हुन् । कम्पनीले तलब नदिएपछि खाने तथा बस्ने समस्या भएको मोरङका लालध्बज राईले अनलाइनखबरलाई बताए । मासिक तलबबाहेक ३ देखि ६ महिनासम्मको ओभर टाइमको […]

स्याङ्जाका २९ वर्षीय शोभितको इटालीमा मृत्यु

स्पेन । स्याङ्जा स्थायी घर भएका २९ वर्षीय शोभितबहादुर बिश्वकर्माको उपाचारको क्रममा इटालीमा मृत्यु भएको छ । क्यान्सर रोगले पीडित बिश्वकर्माको शुक्रबार उपचारको क्रममा अस्पतालमै निधन भएको हो । लगातार बान्ताको समस्या देखिएपछि उनी अस्पताल पुगेका थिए । तर, उपाचारको क्रममा उनलाई क्यान्सर लागेको पत्ता लागेको थियो। हाल दक्षिण इटालीको फोज्जिया प्रान्तमा बस्दै आएका उनि […]

प्रधानमन्त्रीको जेनेभा भ्रमण उपलब्धीमुलक बनाउँछौ – राजदूत भट्टराई

बार्सिलोना/ स्विट्जरल्याण्डका लागि नवनियुक्त नेपाली राजदूत मणिप्रसाद भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न जेनेभा भ्रमणलाई सफल र उपलब्धीमुलक बनाउने बताएका छन् ।  स्विट्जरल्याण्डको नेपाली समुदायले बर्नमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै राजदूत भट्टराईले प्रधानमन्त्रीले जुन महिनाको पहिलो साता जेनेभा भम्रण गर्न लागेको जानकारी दिदै यस्तो बताएका हुन्। एनआरएनए स्विट्जरल्याण्डले आयोजना गरेको कार्यक्रममा भट्टराईले भने, ‘अन्तर्राष्ट्रिय श्रम […]

एनआरएन भन्छ– सरकारले क्षतिपूर्ति दिनुपर्छ

२९ वैशाख, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बालुवाटारमा जग्गा किन्ने र भवन बनाउने काम गलत ठहर गरिएमा सरकारले क्षतिपूर्ति दिनुपर्ने बताएको छ । आवश्यक सबै प्रक्रिया पूरा गरेर जग्गा किनिएको र भवन बनाइएको एनआरएनएको स्पष्टोक्ति छ । सरकारले अधिग्रहण गरेको ललिता निवासको जग्गा भूमाफियाले व्यक्तिको नाममा पारेको विवाद आएपछि एनआरएनले यस्तो धारणा सार्वजनिक गरेको […]

एनआरएनएको सम्पत्ती हानी हुँदैन : शेष घले

२९ वैशाख, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले व्यक्तिलाई हानी भए पनि संस्थागत सम्पत्तीमा हानी हुन नहुने बताएका छन् । अष्ट्रेलियाको सिड्नीमा आयोजित ओसियाना तेस्रो बैठकमा बोल्दै घलेले सो धारणा राखेका हुन् । कार्यक्रममा उनले भने, ‘कहिलेकाहिँ कुनै समाचारले व्यक्तिगत रुपमा कसैलाई हानी नोक्सानी हुनसक्छ, तर संस्थागत सम्पत्तीमा हानी हुनु हुँदैन […]

अष्ट्रेलियाका मन्त्रीद्वारा सिड्नीका नेपालीलाई १० लाख डलर सहयोग

सिड्नी । अष्ट्रेलियाका अध्यागमन मन्त्री डेभिड कोलम्यानले सिड्नीमा नेपाली सामुदायिक भवन निर्माणका लागि १० लाख डलर दिने घोषणा गरेका छन् । सिड्नी र गैरआवासीय नेपाली संघको ओसिनिया रिजनल सम्मेलनलाई शनिबार सम्बोधन गर्दै मन्त्री कोलम्यानले सहयोगको घोषणा गरेका हुन् । यहाँको सबैभन्दा पुरानो संस्था नेप्लीज अष्ट्रेलियन एसोसिएसन (एनएए)मार्फत् उनले रकम सहयोग गर्ने छन् । यो सहयोगलाई […]

कालीप्रसाद र पुष्पन शुक्रबार सिड्नीमा गुञ्जिदै

सिड्नी/नेपाली गीतसंगीतका स्थापित गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा र छोटो समयमा नेपाली समुदायमाझ ख्याती कमाएका गायक पुष्पन प्रधान अष्ट्रेलिया टूरमा छन् । उनीहरु दुबैजनाको संयुक्त प्रस्तुती शुक्रबार सिड्नी हुने छ । कार्यक्रमका बारेमा जानकारी दिन मंगलबार सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित भएका उनीहरुले अष्ट्रेलिया आफूहरुको लागि विशेष भएको बताएका छन् । अष्ट्रेलियामा नेपाली संगीतका शुभचिन्तकहरुसँग […]

अब न्यू साउथ वेल्समा पनि मापसे गरी सवारी चलाए लाइसेन्स निलम्बन

सिड्नी / सवारी चालकहरुका लागि अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा नयाँ नियम लागू भएको छ । नयाँ नियम लागू भएसँगै मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेहरुलाई जरिवानासहित लाइसेन्स निलम्बनको कारबाही हुने छ । राज्यका सडकमन्त्री एन्ड्रु कन्स्टेन्सले सुरु गरेको ‘जिरो टोलरेन्स’ नीति अनुसार सवारी चालकहरुका लागि पनि नयाँ नियम बनाइएको हो । यो नियम […]

३ तलाबाट खसेर गम्भीर घाइते भएका विकासको एक महिनापछि उपचार

युएई । उपचार अभावमा एकमहिनादेखि दुबईको अस्पतालमा थलिएका एक नेपालीको नेपाली दूतावास आबुधाबीको पहलमा उपचार सुरु भएको छ । दुबई डीआईपीको एनएमसी अस्पतालमा उपचार अभावले थलिएका काठमाडाैंका विकास केसीको शुक्रबारबाट उपचार सुरु भएको हो । केसी दुबईको क्यु विजी कम्पनीमा कुक पदमा कार्यरत छन् । घरको तीन तला माथिबाट खसेर अशक्त बनेका उनको उपचारमा कम्पनीले […]

अल अहलिया एक्सचेन्ज युएईको समर प्रोमोसन योजना : १ केजी सुन र १० वटा कार उपहार

युएई। अल अहलिया एक्सचेन्ज युएईले गतवर्ष जस्तै आफ्ना ग्राहक लक्षित समर प्रोमोसन योजना ल्याएको छ । यो प्रोमोसनमा सहभागी ग्राहकले १ केजी सुन र १० वटा कार उपहार जित्नेछन् । योजना मे ५ देखि जुलाई ३ तारिखसम्म चल्ने छ । यो अवधिमा अल अहलिया एक्सचेन्ज युएईको कुनैपनि शाखाबाट आफ्नो देशमा पैसा पठाउने ग्राहक योजनामा सहभागी हुने […]

एनआरएन ओसिनिया रिजनल सम्मेलन मे ११ र १२ मा

सिड्नी / गैरआवासीय नेपाली संघको ओसिनिया रिजनल सम्मेलन अर्को हप्ता सिड्नीमा हुने भएको छ । नेपालको संघीय सरकारका कानून मन्त्री भानुभक्त ढकाल, अस्ट्रेलियाको संघीय सरकारका अध्यागमन मन्त्री डेबिड कोल्म्यान, गैरआवासीय नेपाली संघका नेताहरु र ब्यवसायीहरुको सहभागिता हुने उक्त सम्मेलनका आयोजक तथा गैरआवासीय नेपाली संघ ओसिनिया संयोजक धर्मराज अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । ‘इन्भेस्टमेन्ट , इनोभेसन र […]

बलात्कारको आरोपमा नेपाली युवा अमेरिकामा पक्राउ, अष्ट्रेलिया लगियो

२२ वैशाख, काठमाडौं । अष्ट्रेलिया पुलिसले बलात्कारको आरोप लागेका एक नेपालीलाई अमेरिकामा पक्राउ गरी सिड्नी ल्याएको छ । पर्यटक भिसामा अस्ट्रेलिया घुम्न गएका नेपाली नागरिकमाथि सन् २०१७ को जुनमा कार्लटनस्थित एक अपार्टमेन्टमा स्थानीय महिलालाई यौन हिंसा गरेको आरोप लागेको थियो । घटनाको केही दिनमा उनी अमेरिका फर्किए । अस्ट्रेलियन युवतीले प्रहरीले उजुरी दिएपछि आरोपितको खोजी […]

दुबईमा सांस्कृतिक कार्यक्रम गरेर तनहुँमा छात्रबृत्ति अक्षयकोष

युएई । तनहुँ सेवा समाज युएईले तनहुँका जेहेन्दार तथा विपन्न विद्यार्थीका लागि छात्रबृत्ति  अक्षयकोष स्थापना गर्ने भएको छ । दुबईमा भएको संस्कृति कार्यक्रमबाट जुटेको रकमले अक्षयकोष स्थापना गरिने भएको हो । समाजले छात्रबृत्ति अक्षयकोष स्थापनाका लागि दुबईमा शुक्रबार सांस्कृतिक कार्यक्रम गरेको थियो । कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका देबी घर्ती, लोक गायक राजु ढकाल […]

दुबई पुगेर लिङ्देनले भने- उच्च तहका नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्छ

युएई । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री एवंम प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले नेता तथा उच्च तहका कर्मचारीको सम्प्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । लिङ्देनले २०४६ सालको परिवर्तनपछि सत्तामा रहेका नेता तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका हुन् । प्रवासी नेपाली एकता समाज युएईको प्रथम अधिवेशनलाई दुबईमा सम्बोधन गर्दै उनले नेपालमा नीतिगत भ्रष्टाचार […]

डा. तुलसी धरेल क्यानडामा उत्कृष्ट आप्रवासीको दौडमा

टोरोन्टो । सयभन्दा बढी देशका हजारौं आप्रवासीलाई पछि पार्दै नेपाली समुदायबाट डा. तुलसी धरेल क्यानडामा उत्कृष्ट आप्रवासीको उपाधि नजिक पुगेका छन् । नेपाली समुदायमात्र नभएर क्यानडियन समाजलाई समेत पुर्‍याएको योगदानको आधारमा हरेक वर्ष २५ जना उत्कृष्ट आप्रवासीहरु छनौट गरिन्छ । यसपटक भने नेपाली समुदायबाट डा. धरेल ७५ औं स्थानमा उक्लन सफल भइसकेका छन् । यही […]

गैरआवासीय नेपालीको नागरिकताबारे लण्डनमा बहस

२० वैशाख, लण्डन । बेलायतमा गैरआवासीय नेपालीहरुबीच ‘एनआरएन बहस’ आयोजना हुने भएको छ । बहसमा गैरआवासीय नेपाली संघका विश्वभरका नेताहरुसमेत सहभागी हुने आयोजक ट्वान्टीफोर न्युज प्रेस डटकममा अध्यक्ष तथा एनआरएनए बेलायतका उपमहासचिव बिनय अधिकारीले बताए । आगामी मे २५ तारिखका दिन लण्डनमा आयोजना हुने ‘एनआरएन बहस’मा बेलायतस्थित नेपाली राजदूत दूर्गाप्रसाद सुवेदी, एनआरएनएका पूर्वअध्यक्षद्धय शेष घले, […]

युएईमा पर्यटन प्रचारका लागि नेपाली साँझ

युएई । पर्यटन वर्ष २०२० को प्रचारका लागि युएईमा नेपाली साँझ सम्पन्न भएको छ । नेपाल पर्यटन वोर्ड, नेपाल एयरलाइन्स र नेपाली दूतावास आबुधाबीको संयुक्त आयोजनामा दुवईमा कार्यक्रम भएको हो । कार्यक्रममा उपस्थित विभिन्न  देशका नियोग प्रतिनिधि तथा पर्यटन व्यवसायीहरु माझ नेपालको पर्यटकीय गन्तव्य तथा विभिन्न संस्कृति झल्कने वृतचित्र प्रस्तुत गरिएको थियो । पर्यटन विकास वोर्डका […]

एनआरएनए अष्ट्रेलिया बन्यो सबैभन्दा धेरै सदस्य भएको शाखा

अष्ट्रेलिया / गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सदस्यताको म्याद सकिएको छ । मंगलबार रातिदेखि सदस्यता फारम भर्ने म्याद सकिएको हो । तोकिएको समयमा ११ हजार ८१८ जनाले फाराम भरेका छन् । यो सँगै एनआरएनए अष्ट्रेलिया शाखा सबैभन्दा धेरै सदस्य भएको शाखा बनेको छ । एनआरएनएका विश्वभरका अन्य शाखाको भन्दा धेरै सदस्य भएको शाखा बनेको भन्दै […]

दुवईमा नेपालको पर्यटन प्रचार, मध्यपूर्वबाट हरेक वर्ष भित्रिन्छन् ६ हजार पर्यटक

युएई । नेपाल पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउने लक्ष्यका साथ युएईमा पर्यटन प्रचार अभियान सुरु भएको छ । दुबईमा आइतबारदेखि सुरु भएको अरबियन पर्यटन बजार (एटीएम) पर्यटन प्रदर्शनीमा नेपालले आफ्नो सहभागिता जनाएर पर्यटन प्रवर्धन तथा प्रचार गरेको हो । मध्यपूर्व क्षेत्रकै सवैभन्दा ठूलो पर्यटन प्रदर्शनी मेलाको रुपमा एटीएमलाई लिने गरिन्छ । प्रर्दशनी हरेक […]