Comments Add Comment

रोजगार

List Grid
नेपाल र यूएईबीच श्रम समझदारी, सबै खर्च रोजगारदाताले व्यहोर्ने

३१ जेठ, काठमाडौं । नेपाल र यूएईबीच पुनः श्रम समझदारी भएको छ । कामदार छनोट र भर्ना प्रक्रियामा लाग्ने सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्ने गरी समझदारी भएको हो । स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न एक बिशेष कार्यक्रमका बिच नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल […]

कोरियन भाषा परीक्षामा ४७ जना परीक्षार्थी पक्राउ

२५ जेठ, काठमाडौं । शनिबारबाट रोजगार अनुमति प्रणाली ईपीएस अन्तरगतको कोरियन भाषा परीक्षा सुरु भएको छ । आइतबारसम्म काठमाडौं र पोखरामा चल्ने भाषा परीक्षामा ९२ हजार ३५६ जना परीक्षार्थी सहभागी हुनुपर्ने हो । पहिलो दिन शनिबार ४६ हजार १९६ जनाले परीक्षा दिनुपर्ने पालो परेकोमा ४ हजार ३७ जना सहभागी नभएको वैदेशिक रोजगार विभागले जनाएको छ […]

पछि हटे म्यानपावर व्यवसायी

२३ जेठ, काठमाडौं । सरकारले आफ्नो माग सुनुवाई नगरेपछि म्यानपावर व्यवसायी पछि हटेका छन् । विभिन्न माग राख्दै बिहीबारसम्म विदेशिने कामदारको टिकट नकाट्ने गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको वैदेशिक रोजगार व्यवसायी संघले भोलिदेखि कामदारको टिकट काट्न सुरु गर्ने बताएको छ । एक सूचना जारी गर्दै संघले ततकाल अरु आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छैन । म्यानपावरले […]

व्यवसायीको आन्दोलनले विदेशिने कामदारलाई प्रभाव नपारेको सरकारको दावी

२३ जेठ, काठमाडौं । यतिबेला म्यानपावर व्यवसायी कामदारको टिकट नकाट्ने आन्दोलनमा छन् । र, भनिरहेका छन्, ‘हामीले टिकट नकाट्दा विदेशिने काकदार घटेर विमानस्थल सुनसान छ । तर, सरकारले भने रमदानमा कारण विदेशबाट यो समय हुने कामदार आपूर्ति सुस्त भएको समयमा पनि विदेश जाने क्रममा खासै असर नपरेको दावी गरेको छ । ‘नेपाली कामदारहरुको मुख्य श्रम […]

प्रधानमन्त्रीको जेनेभा यात्रा : अफ्रिकी मुलुकसँग पहिलोपटक श्रम समझदारीको तयारी

२२ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को कार्यक्रममा सहभागी हुन जेठ २५ गते प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्ड जाँदैछन् । यस भ्रमणका क्रममा नेपालले दुई वैदेशिक रोजगारीका गन्तव्य देशसँग श्रम समझदारी हुने तय भएको छ । हाल मन्त्रिपरिषदमा विचाराधीन रहेका यूएई र मोरिसससँगको श्रम समझदारीमा जेनेभामा दुई पक्षबीच हस्ताक्षर हुन लागेको हो । […]

श्रमिकको सुनिश्चित भविश्यका लागि सामाजिक सुरक्षा ऐनः ढकाल

२१ जेठ, हेटौडा । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालले नयाँ श्रम र सामाजिक सुरक्षासम्बन्धी ऐनले श्रमिकहरूको भविष्यको प्रत्याभूति गरेको बताएका छन् । ‘श्रम ऐन र सामाजिक सुरक्षा ऐन’ विषयक तीन नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई मंगलबार प्रदेश नम्बर तीनको राजधानी हेटौंडामा सम्बोधन गर्दै उनले यी ऐनले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चितताका […]

मलेसियाको रोजगारी खुलाउन सार्वजनिक महत्वको प्रस्ताव दर्ता

२१ जेठ, काठमाडौं । संसदमा मलेसियाको रोजगारी खुलाउन सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । कांग्रेस सांसद तथा छाया सरकारकी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिला संग्रौलाले यस्तो प्रस्ताव दर्ता गराएकी हुन् । लाखौं नेपाली युवाहरुको गन्तव्यको रुपमा रहेको मलेसियामा कूटनीतिक माध्यमद्वारा नेपाली कामदारको हकहित सुरक्षित हुने गरी जति सक्दो चाँडो रोजगार खुला गर्नेबारे […]

म्यानपावरको आन्दोलनले खाडी उड्ने यात्रु घटे

२० जेठ, काठमाडौं । विभिन्न माग राखेर आन्दोलन थालेका म्यानपावर व्यवसायीले विदेश जाने कामदारको टिकट काट्न बन्द गरेपछि त्यसको प्रभाव विमानस्थल र वायु सेवा कम्पनीमा पनि देखिएको छ । केही दिन यता विदेशीने यात्रुको चाप घटेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले बताए । व्यवसायीले गत १७ जेठबाट विदेश जाने कामदारको टिकट काट्न छाडेका हुन् […]

गुल्मीको धुर्कोटमा १५० जनालाई ३० दिने रोजगारी

१७ जेठ, काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको छ । धुर्कोट गाउपालिकाका प्रमुख भुपाल पोखरेलले कार्यक्रमको सुरुआत गरे । कार्यक्रम अन्तरगत यो गाउँपालिकामा १५० जनालाई ३० दिनको रोजगारी प्रदान गरिएको पोखरेलले जानकार दिए । गाउँपालिकाले सडक मर्मतमा ८१ जना कामदारलाई  रएक महिने रोजगारी दिएको छ । यस्तै शिक्षण सस्थामा १३ जना, […]

म्यानपावर व्यवसायी आन्दोलनमा, कामदारको टिकट काट्न बन्द

१७ जेठ, काठमाडौं । विभिन्न माग राखेर आन्दोलन घोषणा गरेका म्यानपावर व्यवसायीले विदेश जाने भिसा लागेका कामदारको टिकट काट्न बन्द गरेका छन् । अब एक हप्ताभरि कुनै पनि कामदारको विदेश जाने टिकट काटिने छैन । वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङले एक हप्तासम्म कामदारलाई विदेश जान रोकिएको बताए । जेठ २३ गतेसम्म पनि माग […]

कतारको भिसा सेन्टर खुल्दै, कामदारमाथि अर्को सिन्डिकेट लादिँदैछ ? 

१५ जेठ, काठमाडौं । कतारले अन्ततः नेपालमा भिसा सेन्टर खोल्ने भएको छ । यसले मलेसियाको जस्तै सिन्डिकेट भित्र्याउने भन्दै केही म्यानपावर व्यवसायीले विरोध सुरु गरेका छन् । भिसा सेन्टर खोल्न अदृश्य शक्तिले काम गरेको आरेाप लगाएका छन् । यसअघि श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले ‘कतार भिसा सेन्टर’ खोल्न नदिने बताएका थिए । […]

विदेश जान सीप अनिवार्य गर्दा किन दुख्यो म्यानपावर व्यवसायीको टाउको ?

९ जेठ, काठमाडौं । सरकारले असार १५ गतेदेखि विभिन्न १२ वटा क्षेत्रका कामदारलाई वैदेशिक रोजगारीमा जान सीप जानेकै हुनुपर्ने नियम लागू गर्न घोषणा गरेको छ । सीपमुलक तालिम लिएको प्रमाणपत्र पेश नगरी अन्तिम श्रम स्वीकृती नपाइने भएपछि म्यानपावर व्यवसायी यसको विरुद्धमा उभिएका छन् । उनीहरुले सरकारले विना तयारी यस्तो घोषणा गरेको भन्दै तत्कालै यो व्यवस्था […]

एक रुपैयाँ लगानी नगरी व्यवसायी बनाउने जस्मिनको अफर

३ जेठ, काठमाडौं । तपाईं बेरोजार हुनुहुन्छ ? केही उद्यम व्यवसाय गर्ने सोचमा हुनुहुन्छ तर लगानी जुटाउन नसकेर पिरोलिनु भएको छ भने अब चिन्ता नलिनुस् । नेपालको अग्रणी रंग कम्पनी जस्मिन पेन्ट्सले यस्तै बेरोजगार युवाको समस्यालाई ध्यानमा राखेर गज्जबसँग स्वरोजगर व्यवसायी बन्ने अफर ल्याएको छ । अब पुँजी, सिप, र अनुभव नभएर स्वरोजगार बन्न नसकेका […]

बेरोजगारलाई यसैवर्ष ३० दिनको रोजगारी ‘ग्यारेन्टी’

१ जेठ, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि एकैपटक स्थानीय तहमा दुई अर्ब ३६ करोड ससर्त अनुदान पठाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पठाएको यो अनुदानबाट स्थानीय तहले आफ्नो क्षेत्रमा बेरोजारका रुपमा दर्ता भएका युवालाई न्युनतम् १ महिनाको रोजगारी दिनुपर्नेछ । हालसम्म सरकारले एक लाख भन्दा बढी बेरोजगारलाई यो सूचीमा समेट्न […]

ओमान जाँदा नेपाली श्रमिकलाई ‘शून्य लागत’

२० वैशाख, काठमाडौं । ओमानसँगको श्रम समझदारीको मस्यौदामा सहमति जुटेको छ ।  योसँगैै नेपाल र ओमानबीच पहिलो पटक श्रम समझदारी (एमओयु) हुने भएको छ । बिहीबार र शुक्रबार काठमाडौंमा सप्पन्न नेपाल र ओमानका अधिकारीहरु बीचको छलफलपछि मस्यौदालाई अन्तिम रुप दिइएको हो । शून्य लागतसहित श्रमिकका हक अधिकार सुनिश्चित हुने गरी सहमति जुटेको छ । मस्यौदाको […]

के हुँदैछ सामाजिक सुरक्षा कार्यक्रम ? रोजगारदाताको बोली फेरियो !

१९ वैशाख, काठमाडौं । सरकारले निजी क्षेत्रमा कार्यरत श्रमिकलाई लक्षित गर्दै तामझामसाथ घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रम असफलताउन्मुख देखिएको छ । ५ महिनासम्म न्यून संख्यामा मात्रै रोजगारदाताहरु सामाजिक सुरक्षा कोषमा दर्ता हुन आएका छन् । गत मंसिर ११ गते भव्य समारोहको आयोजना गरेर सरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको थियो । […]

श्रम समझदारीको मस्यौदा टुंग्याउन ओमानको टोली नेपाल आउँदै

१७ वैशाख, काठमाडौं । युएईपछि ओमानसँग श्रम समझदारी (एमओयू)को मस्यौदाको छिट्टै टुंगो लाग्ने भएको छ । यसका लागि छलफल गर्न ओमानका श्रम तथा मानव संशाधन अधिकारीलाई बुधबार नेपाल आईपुग्दैछ । यो टोलीसँग काठमाडौंमा दुई दिनसम्म वार्ता हुनेछ । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका अनुसार सम्भवतः यसै चरणको वार्तामार्फत दुबैदेशसँग श्रम समझदारीको मस्यौदामा सहमति जुट्नेछ । […]

सफलताका लागि स्किल, स्केल र स्पिडः विनोद चौधरी

१५ वैशाख, काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवम् सांसद विनोद चौधरीले सफलताका लागि जीवनको लक्ष्य निर्धारण गर्न विद्यार्थीहरूलाई सुझाव दिएका छन् । आईतबार त्रिभूवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभागका करिब सात सय विद्यार्थीलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयबाट विदाई हुनु अगाडि नै आफ्नो भविष्यको गन्तव्य तय गर्न पनि उनीहरूलाई सुझाव दिए । ‘आजको विश्व ३० बर्षभन्दा कम […]

युएईसँग नयाँ श्रम समझदारी गर्न जुट्यो सहमति

१२ वैशाख, काठमाडौं । युएईसँग नयाँ श्रम समझदारी (एमओयू)को मस्यौदामा सहमति जुटेको छ । दुई दिनदेखि युएईका श्रम अधिकारीसँग काठमाडौंमा भएको बैठकमा समझदारीका लागि सहमति जुटेको हो । दुबै देशका प्राविधिक टोली सन् २००७ को श्रम समझदारीलाई विस्थापन गर्ने गरी नयाँ एमओयू गर्न सबै विषयमा सहमतिमा पुगेको रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय स्रोतले जनाएको छ […]

दुई देशमा परीक्षणपछि मात्रै नेपालमा जापानी भाषा परीक्षा

१२ वैशाख, काठमाडौं । धेरै नेपाली कामदारलाई चासो छ, रोजगारीका लागि जापान कहिलेबाट खुल्छ ? तर कामदार लैजाने प्रक्रिया सुरु गर्ने विषयमा कुनै टुंगो लागि नसकेको सरकार बताउँछ । दुई देशले कामदार आपूर्तिबारे समझदारी पत्रमा हस्ताक्षर गरे पनि जापानले अझै भाषा परीक्षाको मोडालिटी टुंगो लगाएको छैन । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव महेश […]

म्यानपावरको धरौटी कहाँ राख्ने भन्नेमा सरकार र व्यवसायीबीच विवाद

५ वेशाख, काठमाडौं । वैदेशिक रोजगार व्यवसाय सञ्चालनका लागि सरकारले लिने धरौटी रकम कहाँ राख्ने भन्ने विषयमा सरकार र वैदेशिक रोजगार व्यवसायीबीच विवाद भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरबाट गठन गरिएको वैदेशिक रोजगार ऐन संशोधन कार्यान्वयन कार्यदलको बैठकमा धरौटी कहाँ राख्ने भन्ने विषयमा विवाद भएको हो । कानूनमा भएको व्यवस्था विपरीत […]