Comments Add Comment

सम्बन्ध

List Grid
यसरी हेर्नुहोस्, तपाईंलाई सबै प्रिय लाग्नेछन्

‘यदि तपाईं अर्को व्यक्तिसँगको सम्बन्धबाट केही पाउनुपर्ने आवश्यक्तालाई हटाउनुहुन्छ, यदि तपाईं आनन्दले स्वतः भरिपूर्ण बन्नुहुन्छ भने, तपाईं सबैथरी मानिसहरुसँग अद्भूत सम्बन्ध बनाउन सक्नुहुन्छ ।’ – सद्गुरु । हामी अरुसँग रिसाइरहेका हुन्छौं, ठुस्किरहेका हुन्छौं । अरुलाई हामी नराम्रो देखिरहेका हुन्छौं । हामीभित्र बैरभाव जाग्छ । रिस एवं इष्र्या पलाउँछ । यो सत्रु, त्यो सत्रु । किन […]

खै त बच्चाको घर ? घरलाई बनाऔं बालमैत्री 

एकपटक ससर्ती आफ्नो घरको याद गर्नुहोस् त । भान्साको ग्याँस चुहिने पो हो कि ? सलाई, लाइटर व्यवस्थित छैन कि ? धारिलो चक्कु, हतियार लथालिंग छ कि ? टिभी, फ्रिज वा विद्युतिय उपकरणको तार ठिकठाक छैन कि ? घरको वार्दली वा भर्‍याङ असहज पो छ कि ? छत असुरक्षित छ कि ? बेलाबखत यिनै कुराले […]

दम्पतीबीच पनि आवश्यक छ शिष्टचार

अरुको सामुन्ने हामी आफुलाई शिष्ट देखाउने यत्न गर्छौ । अरुकै खातिर सानोतिनो कुरामा पनि शिष्टचार पालना गरिरहेका हुन्छौ । कसरी बोल्ने, कस्तो सम्बोधन गर्ने, कसरी हिँड्ने, कसरी खाने, कसरी बस्ने, कसरी बोल्ने इत्यादि कुरामा हामी आफुलाई सकेसम्म शिष्ट रुपमा पेश गरिरहेका हुन्छौ । यस्तो लाग्छ, मानौ शिष्टता भनेको अरुको सामुन्ने गरिने नाटकिय शैली हो । […]

जीवनमा कसरी नयाँपन ल्याउने ?

हामी जहिले पनि नयाँ कुरा खोजिरहेका हुन्छौ । नयाँ कुराप्रति हाम्रो उत्सुकता बढी हुन्छ । जस्तो कुनै नयाँ परिकार भेटेमा हामी रमाउँछौ । नयाँ लुगा लगाउँदा हामी फुरुंग हुन्छौ । नयाँ ठाउँ घुम्न जाँदा हामी दंग पर्छौं । नयाँ चिज देख्दा हामी उत्सुक हुन्छौ । नयाँ काम गर्दा हामी जागरुक हुन्छौ । मानविय स्वभाव हो, […]

पाँच संकेत, जसले बताउँछ तपाईंको सम्बन्ध दिगो हुनेवाला छैन

विवाहलाई बन्धन पनि भनिन्छ । यो प्रेमको बन्धन हो । मर्यादाको बन्धन हो । भरोसाको बन्धन हो । विश्वासको बन्धन हो । सद्भावको बन्धन हो । तर, सबै दम्पतीबीच यस्तो बन्धन कसिलो हुँदैन । रसिलो हुँदैन । उनीहरुको सम्बन्धमा अविश्वास, असहयोग, आशंकाले जब प्रवेश पाउँछ, त्यो खुकुलो र कमजोर हुँदै जान्छ । र, यस्तो सम्बन्धमा […]

बच्चालाई सोशल मिडियामा कति ‘भाइरल’ बनाउने ?

तपाईंले देख्नुभएकै होला, अहिले सोशल मिडियामा कतिपय बालबालिकाको भिडियोले उधुम मच्याएको छ । बच्चाहरु हाँसेको, खेलेको, खाएको, गाएको, उफ्रेको, नाचेको, रोएको, लडेको भिडियोमा कैद गरिन्छ । त्यसलाई सोशल मिडियाबाट सबैसामु साझेदार गरिन्छ । यहीमध्येका कतिपय भिडियो ‘भाइरल’ भइदिन्छ । ‘नेम र फेम’ कमाउने छुटै प्लेटर्फम पनि हो यो । अतः नाम र चर्चाका लागि अहिले […]

धन ठूलो कि मन ?

‘धन ठूलो कि विद्या ?’ हामीले विद्यालय तहमा यही विषयमाथि वाद-विवाद गर्दै आयौ । अक्सर हामीलाई धन भन्दा विद्या ठूलो भनेर बुझाइयो । सानै उमेरदेखि हामीलाई भनियो कि, धन भनेको ठूलो कुरो होइन । तर, जब हामी व्यवहारिक जीवनमा प्रवेश गर्‍यौ, हामीलाई धनको खाँचो पर्‍यो । छाना, माना र नानाका लागि धन अपरिहार्य भयो । […]

विकराल बाल विवाहः भयानक जोखिम

एकपटक सोच्नुहोस् त, विवाहको अर्थ र आवश्यक्ता नबुझी तपाईंको जोडी बाँधिदिए के हुन्छ ? दाम्पत्य जीवनको महत्व नबुझ्दै विवाह गर्नुपरे के हुन्छ ? हामी यी कुरा सोच्न मात्र सक्छौं । हाम्रै मुलुकका कतिपय बालबालिका भने भोगिरहेका छन् । धेरै टाढा पुग्नुपर्दैन, दिपायलस्थित सिलगढीको समाजलाई नियाले पुग्छ । खासगरी मुक्त हलिया परिवारलाई । उक्त समुदायमा कलिलै […]

विवाहेत्तर यौन सम्वन्धमा किन लिप्त हुँदैछ समाज ?

केही पहिले पथरी, मोरङमा भएको महिला हत्याको विषय र उनीसँग जोडिएका पात्र र परिवेशहरुको समाचारले फेसबुक र अनलाइन समाचारका भित्ताहरु सजिएका थिए । समाचारमा लेखिए अनुसार उनी एक पसल चलाएर बसेकी व्यवसायी थिइन् । जसका श्रीमान बैदेशिक रोजगारीको लागि विगत लामो समयदेखि विदेशमा थिए । उनका एक छोरा उनीसगैँ डेरामा बस्थे ।उनी वैदेशिक रोजगारबाट श्रीमानले […]

बच्चालाई आपसमा झगडा गर्न छुट दिने कि ? 

घरमा बालबच्चा आपसमा झगडा गर्छन् । दाजु-भाई, दिदी-बहिनीबीच सानोतिनो कुरामा मनमुटाव हुन्छ । उनीहरु एकअर्कासँग झगडा गर्छन् । कुटाकुट गर्छन् । रुन्छन् । घुक्र्याउँछन् । त्यसपछि ? त्यसपछि उनीहरु आफै सम्हालिन्छन् । कसैले फकाउन पर्दैन, कसैले फुल्याउनु पर्दैन । आफै सम्हालिन्छन् । पुन उनीहरु एकअर्कासँग बोल्छन् । घुलमिल हुन्छन् । खेल्न थाल्छन् । रमाउन थाल्छन् […]

भुवन भर्सेस अनमोलः कति भिन्न छ बाबुछोराको आनीबानी ?

भुवन केसी आफ्ना जमनाका सुपरस्टार । अनमोल वर्तमानका । यी बावुछोराबीच यति एउटा समानता छ । बाँकी त, ठीक विपरित । भुवन केसीले ‘सदबहार नायक’को तक्मा पाए, अनमोलले ‘मेगास्टारको ।’ भलै यसमा कतिको बिमती हुनसक्ला । अब यी दुईबीच फरक छुट्याउँ। हिजो भुवनको जमना थियो, आज अनमोलको । भुवनसँग भिड्ने राजेश हमाल, शिव श्रेष्ठ, सरोज […]

कस्तो छ ‘भष्मे डन’को दाम्पत्य जीवन ?

‘भष्मे डन’ भनेपछि धेरैको स्मृतिमा एउटा अनुहार आउँछ, चिन्डे टाउको भएका एक अधवैंशे । बागमति किनारलाई आफ्नो साम्राज्य बनाएर बस्ने उनी मूर्ख तर जब्बर छन् । तर, भष्मे डनको भूमिका निर्वाह गर्ने विपिन कार्की फरक छन् । कति फरक ? संभवत यसको जवाफ रेश्मा कटुवालले दिन सक्छिन् । विपिनसँग सबैभन्दा नजिक रहने उनै रेश्मा हुन् […]

श्रीमान्-श्रीमतीको झगडाः किन टुट्दैछ सम्बन्ध ?

सिन्धुपाल्चोक, भोटेकोसी गाउँपालिकाको न्यायिक समितिमा धेरैजसो उजुरी यस्ता छन्, जुन दम्पतीले एक-अर्कामाथि दोषारोपण गरेका छन् । अर्थात श्रीमान्-श्रीमतीबीच हुने मनमुटाव एवं खटपट न्यायिक समितिसम्म पुगेको छ । सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पाले अनलाइनखबरसँग भनेकी छिन्, ‘न्यायिक समितिमा श्रीमान्-श्रीमतीको झगडा धेरै आउँछन् । त्यसमा कुटपिटदेखि यौन सम्बधसम्मका विवाद हुनेगर्छ ।’ बाहिरी घटना अर्थात, चोरी, डकैती, […]

दाम्पत्य सुखः माया त यस्तो होस्

विवाहको सन्दर्भमा दार्शनिक सुकरातले घतलाग्दो जवाफ दिएका छन् । एक प्रसंगमा उनले भनेका छन्, ‘एक असल पत्नी प्राप्त भएमा तिम्रो जीवन सुखमय हुनेछ । ठीक यसैगरी खराब वा दुर्गुण भएकी पत्नी पाएमा तिमी दार्शनिक हुनेछौं ।’ भनिन्छ, सुकरातकी पत्नी असल थिइनन् । एकदम कर्कश र क्रोधी थिइन् । अबुझ थिइन् र क्रुर पनि । त्यही […]

तपाईंको कारणले अरुलाई कष्ट त भइरहेको छैन ?

तपाईंले लगाएको परफ्युमको सुगन्ध सबैलाई मनपर्छ होला ? नपर्न सक्छ । तपाईंले तानेको चुरोटको सर्कोले सबैलाई स्वाद लाग्छ होला ? नलाग्न सक्छ । तपाईंले मोवाइलमा गरेको गन्थन सबैलाई सुन्न मन लाग्छ होला ? नलाग्न सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यसले अर्को दोस्रो व्यक्तिलाई असर गरिरहेको हुनसक्छ । जस्तो तपाईं चुरोट तान्नुहुन्छ, त्यसको धूवाँ […]

जाँच्नुहोस्, कतै तपाईंको आनीबानी कुरुप त छैन ?

हामी कस्तो छौ ? हाम्रो रंग कस्तो छ ? हाम्रो अनुहारको बान्की मिलेको छ/छैन ? हामीले लगाएको लुगा सुहाएको छ कि छैन ? यी कुराहरुमा त हामीलाई चासो हुन्छ । हेक्का पनि हुन्छ । आफ्नो अनुहार, आफ्नो ठाँट, आफ्नो पहिरन हामीलाई थाहा हुन्छ । यसमा कुनै द्विविधा भए ऐना अगाडि ठिंग उभिन्छौ । आफुलाई हरेक […]

के चाहन्छन् पुरुष, कामकाजी श्रीमती कि गृहणी ?

आफ्नी श्रीमतीले घर-गृहस्थी सम्हालेर बसुन् । भात पकाइदिए, छोराछोरी स्यहारसुसार गरिदिए, आमाबुवाको ख्याल राखे, लुगाफाटो धोइदिए, घर सफा गरिदिए, पाहुनापात टारिदिए पुग्छ । कतिपय पुरुषले भने आफ्नी श्रीमती भात र भान्सामा खुम्चिएर नबसुन् । घरबाहिरको काम गरुन् । पेशा-व्यवसाय गरिदिए हुन्थ्यो । आयआर्जनको मेलोमेसो मिलाए हुन्थ्यो । आफुले जस्तै पैसा कमाइदिए हुन्थ्यो । घरको आर्थिक […]

कतै तपाईं पनि ‘टक्सिक रिलेशनसिप’को शिकार त हुनुहुन्न ?

तपाईंकी श्रीमातीको व्यवहार कस्तो छ ? तपाईंका श्रीमान्को प्रवृत्ति कस्तो छ ? यो प्रश्न किनपनि उठ्छ भने श्रीमान् र श्रीमतीले जबसम्म एकअर्कालाई बुझ्दैनन्, एकअर्कालाई खुला रुपमा स्विकार्दैनन्, एकअर्कालाई सम्मान गर्दैनन्, तबसम्म उनीहरुको सम्बन्ध बोझिलो भइरहन्छ । अक्सर दम्पतीबीच मनमुटाव हुने, गुनासो रहने, झै-झगडा हुने, दोषारोपण हुने कारण भनेको एकअर्कालाई राम्ररी नबुझ्नु नै हो । श्रीमान्-श्रीमतीले […]

नव विवाहित दम्पतीमा किन हुन्छ यस्तो डर ?

यसपाली विवाह बन्धनमा बाँधिनुभएको छ । तपाईं केही रोमाञ्चक पक्कै हुनुहुन्छ । किनभने हिजो तपाईं जुन ढंगले बाँचिरहनुभएको थियो, अहिले त्यस्तो छैन । हिजो एक्लो हुनुहन्थ्यो । मनमौजी जीवन बाँच्नुहुन्थ्यो । साथीभाई, आफन्त जहाँ गएपनि हुन्थ्यो । खान र बस्नमा बेपर्वाह हुनुहुन्थ्यो । तर, आज तपाईंको कोही साथी छन् । जीवनभर साथ रहने वाचा गर्दै […]

अन्तरंग पल कसरी साट्ने ? यी हुन सात फाइदा

यौन एक जैविक प्रक्रिया हो । प्राकृतिक आवश्यक्ता हो । यद्यपी हामी यौनको कुरा गर्नसाथ लज्जावती झार झै खुम्चन्छौ । किन ? किनभने यौनलाई हामीले गलत ढंगले व्याख्या गर्‍यौं । यौनप्रतिको बुझाई गलत भयो । तर, त्यो भन्दा पनि हाम्रो यौन-व्यवहार सही र सन्तुलित भएन । यौन भन्नसाथ क्षणिक आवेग शान्त गर्ने मेलो भनेर बुझ्यौं […]

माया पिरतीमा किन यस्तो हुन्छ ?

तपाईं प्रेममा पर्नुभएको छ ? कसैलाई औधी मनपराउनुहुन्छ ? यदि त्यसो हो भने, तपाईंले अनुभूत गरेकै हुनुपर्छ कि प्रेममा परेपछि मनमा बेग्लै उथलपुथल आउँछ । जब तपाईं आफ्ना प्रेमी/प्रेमिकाको नजिकमा पुग्नुहुन्छ, तपाईंको धड्कन बढ्न थाल्छ । तपाईर्को अनुहारको भाव बद्लिन्छ । प्रेम एक भावनात्मक कुरा हो । तर, यसको प्रभाव शरीरमा देखिन्छ । प्रेम भाव र […]