Comments Add Comment

फिचर

List Grid
सारीले एकै सिजनमा किन छाडे चेल्सी ?

२ असार, काठमाडौं । इंग्लिस क्लब चेल्सीलाई युरोपा लिग जिताएका प्रशिक्षक माउरिजियो सारी अहिले सिरी ए विजेता टिम युभेन्टसको प्रशिक्षक बनेका छन् । तीन वर्षका लागि गएका सारीले युभेन्टसको च्याम्पियन्स लिग सपना पूरा गर्लान् ? सारी २०१८ को जुलाईमा नापोलीबाट चेल्सी गएका थिए । जहाँ प्रिमियर लिगमा तेस्रो स्थानमा रहेको चेल्सीलाई युरोपा लिग जिताएर सफल […]

जब युवराजलाई छक्का हान्न प्रतिबन्ध लगाइयो ….

२७ जेठ, काठमाडौं । ‘क्रिकेट एक आनन्दित खेल हो.. । साँचो यो हो कि मैले कहिले अभ्यासमा पनि ६ छक्का हानेको थिइन । सबैले मलाई धेरै माया दियो । टाउँकोमा राख्यो काँधमा बोक्यो ।’ ‘सधैँभरी प्रदर्शन राम्रो नहुदा सवाल पनि उठायो । नाम राम्रो गर्दा सबैको साथ हुन्छ तर जब चोट लाग्छ तब दुःख पत्ता […]

अष्ट्रेलियामाथि भारतीय जितको पाँच कारण

२७ जेठ, काठमाडौं । विश्वकपमा भारत र अष्ट्रेलिया भिड्दा धेरैलाई अनुमान गर्न गाह्रो थियो कि कसले बाजी मार्छ ? एकातिर भारत राम्रो फर्ममा थियो भने अर्कातिर अष्ट्रेलियाले भारतसँग खेल्नुअघि लगातार १० खेल जितेको थियो । त्यति मात्र होइन, आईपीएलअघि भारतलाई उसकै घरेलु मैदानमा भएको एकदिवसीय सिरिज ३–२ ले जितेको थियो । इतिहास पनि उसकै पक्षमा […]

विशालको नजर : पुलिस क्लबपछि राष्ट्रिय टिमतिर

२६ जेठ, काठमाडौं । भलिबल विशालको विकको प्यासन हो । तर यति छाटो समयमा राष्ट्रिय टिमको महत्वपूर्ण सदस्य भइएला भन्ने उनले पनि सोचेका थिएनन् । २२ वर्षका विशाल नेपाली भलिबलका ‘विशाल’ सम्भावनाका रुपमा उदाएका छन् । २०६९ सालमा एसएलसी पास गरेपछि काठमाडौं आएका थिए । काठमाडौं आउनुको बाहिरी उद्देश्य कलेज पढ्नु भएपनि भित्री उद्देश्य भलिबल […]

हाजार्ड आएपछि कस्तो होला रियल मड्रिड ?

२४ जेठ, काठमाडौं । इंग्लिस क्लब चेल्सीका स्टार खेलाडी इडन हाजार्ड स्पेनिस क्लब रियल मड्रिड जाने लगभग पक्का भएको छ । उनलाई अन्य सुविधासमेत गरी झण्डै १०० मिलियन युरोमा तिरेर रियल मड्रिडले ल्याउन लागेको हो । आर्सनललाई हराएर चेल्सीले युरोपा लिगको उपाधि जितेपछि हाजार्ड मड्रिड आउने बाटो फराकिलो बनेको थियो । गएको सिजन नै हाजार्डलाई […]

३५५ दिनपछि रोनाल्डोको फ्रिकिक गोल !

२३ जेठ, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकमा स्वीटरजल्याण्डलाई ३–१ ले हराउँदै पोर्चुगल युईएफए नेसन्स लिगको फाइनलमा पुगेको छ । त्यसमा रोनाल्डोको ५५ दिनपछिको ह्याट्रिकसँगै चर्चामा छ, ३५५ दिनपछि उनले गरेको फ्रिकिक गोल । रोनाल्डोले गएको मार्चमा च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा एथ्लेटिको मड्रिडविरुद्ध युभेन्टसबाट ह्याट्रिक गरेका थिए । यसपछि नेसन्स लिगमा स्वीटरजल्याण्डविरुद्ध नै […]

एक जटिल कथा : बालोन डि’ओरका दाबेदार डिफेन्डर

काठमाडौं । इंग्लिस क्लब लिभरपुलका डिफेन्डर भर्जिल भ्यान डाइक गत वर्षदेखि नै चर्चामा छन् । यसवर्ष टोटनह्यामलाई हराएर च्याम्पियन्स लिगको उपाधि जितेपछि त उनलाई बालोन डि’ओरमा दाबेदारका रुपमा समेत हेर्न थालिएको छ । फुटबलमा सर्वाधिक ठूलो व्यक्तिगत पुरस्कारका रुपमा लिइने बालोन डि’ओरमा सिजनका सर्वाधिक गोलकर्ता बार्सिलोनाका लियोनल मेस्सीसँगै भ्यान डाइकको नाम किन आइरहेको छ त […]

‘कमजोर’ पाकिस्तानसँग किन हार्‍यो बलियो इंग्ल्यान्ड ?

२१ जेठ, काठमाडौं । आफ्नै घरेलु मैदान, त्यही माथि उच्च लयमा रहेको टिम इंग्ल्यान्ड कमजोर मानिएको पाकिस्तानसँग के कारणले हार्‍यो ? सायद यही जिज्ञासाले सबैलाई सताएको हुनुपर्छ । हुन पनि हो, आयोजक इंग्ल्यान्ड विश्वकपमा भाग लिएका १० टिम मध्येकै उत्कृष्ट टिम हो । एकदिवसीय क्रिकेट बरियताले पनि यही देखाउँछ । इंग्ल्यान्ड एक नम्बरमा छ । […]

उत्कृष्ट खेलाडी, जसले विश्वकप जितेनन्

१६ जेठ, काठमाडौं । विश्वकप जित्नु सहज काम होइन । विश्वास नलागेसचिन तेन्दुलकरलाई सोध्नुस् । विश्व क्रिकेटका उत्कृष्ट खेलाडी तेन्दुलकरले छैठौं र अन्तिम पटकको प्रयासमा मात्रै विश्वकप जित्न सके । तेन्दुलकरले अन्तिमतिर विश्वकप उपाधि जितेर नयाँ खुशी पाए पनि यस्ता केही क्रिकेट खेलाडी छन् जो सधैंभरि उत्कृष्टको चर्चामा रहेर पनि विश्वकप जित्नबाट चुकेका छन् । […]

विश्वकप नजर : २७ वर्षपछि उपाधि जित्ने लक्ष्यमा पाकिस्तान

१२ जेठ, काठमाडौं । पाकिस्तानका लागि कप्तान इमरान खानले विश्वकप जिताएको २७ वर्ष पुगिसक्यो । १९९२ मा उपाधि जितेको विश्वकपपछि १९९९ मा पनि पाकिस्तान फाइनलमा अस्ट्रेलियासँग पराजित भयो । यसपटक पाकिस्तानी टिम यिनै इतिहासभन्दा अघि जान चाहन्छ । सन् १९९२ यो वर्ष पाकिस्तानको लागि क्रिकेटमा स्वर्णीम काल नै हो । अहिले प्रधानमन्त्री रहेका इमरान खान […]

पौडीबाज शुुभम : सानो उमेरमा ठूलो सफलता

१२ जेठ, काठमाडौं । पौडी पोखरीमा डुबुल्की मारेको सुरुवाती दिनदेखि शुभम श्रेष्ठलाई लाग्यो, ‘पौडीमा अरुभन्दा राम्रो छु ।’ यही आत्मविश्वासले उनलाई घन्टौं पोखरीकै वरपर राखिरह्यो । तैरँदै वारपार गर्ने अभ्यास निरन्तर भयो । यसैले त आठौं राष्ट्रिय खेलकुदमा पाँच पदक जितेपछि उनको रहरमा मेहनत देखियो । नेपालगञ्जमा आठौं राष्ट्रिय खेलकुदको तयारी हुँदै गर्दा कक्षा १२ […]

विश्वकप नजर : दाबेदार न्युजिल्यान्डको नमिठो यथार्थ

१० जेठ, काठमाडौं । ६ दिनपछि विश्वकप क्रिकेटमा खेलप्रेमीको ध्यान इंग्ल्यान्ड र वेल्समा हुने छ । जसमा सधैँ फरक तर राम्रो देखिने टिम न्यु जिल्यान्डको पनि बलियो दाबेदारी देखिँदैछ । सन् २०१५ को विश्वकप फाइनल । इतिहास रच्न आतुर न्युजिल्यान्ड । विपक्षमा थियो अष्ट्रेलिया । सेमिफाइनल र समूह चरणमा पाएको सफलताले जितमा न्युजिल्यान्डलाई अघि देखाउँथ्यो […]

मुलपानी मोहले प्रधानमन्त्री कप नै खल्लो !

१० जेठ, काठमाडौं । दुई पटक मिति सार्दा पनि मुलपानी मैदान तयार नभएपछि प्रधानन्त्री कप एकदिवसीय क्रिकेटको उद्घाटन खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै खेलाइएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) जसरी पनि मुलपानीको तल्लो मैदानमा नै उद्घाटन खेलाउने भन्दै जेठ १ लाई तोकिएको प्रतियोगिता ८ हुँदै १० गतेलाई सारेको थियो । तर, अवकल्चो अवस्थामा रहेको […]

यी हुन् वनडे वर्ल्डकप खेलाइने ११ मैदान, लर्ड्समा पाँचौ पटक फाइनल

१० जेठ, काठमाडौं । इंग्ल्याण्डको वेल्समा ३० मेदेखि १४ जुलाईसम्म १२ औं वन डे विश्वकप प्रतियोगिता हुँदैछ । यो ४५ दिनको अवधिमा ४८ म्याच हुनेछन् । खेल १० शहरका ११ स्टेडियममा खेलाइने छ । तीमध्ये ८ स्टेडियम एक सय वर्षभन्दा पुराना छन् । कूल ४८ मध्ये ३६ म्याच तीनै १ सय वर्ष पुराना ८ स्टेडियममा […]

नेयमार र एमबाप्पे – कसको छायामा को ?

९ जेठ, काठमाडौं । लिग वानको ‘प्लेयर अफ दि एयर’ बनेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार स्ट्राइकर केलियन एम्बाप्पेले भनेका छन्, ‘यही इतिहास अर्को वर्ष पनि कायम रहन्छ ।’ फ्रान्सलाई विश्वकप जिताएका एम्बाप्पे आउँदो सिजन पीएसजीमा नहरने अडकलबाजी चलिरहँदा आएको उनको अभिव्यक्ति अर्थपूर्ण छ । किनकी २० वर्षको उमेरमा एम्बाप्पे फ्रान्समा सर्वाधिक गोलकर्ता बनेर […]

घरसहितको मैदानमा प्रधानमन्त्री कप क्रिकेट !

८ जेठ, काठमाडौं । नेपालले एकदिवसीय मान्यता पाए पनि घरेलुको संरचना लथालिंग छ । क्रिकेट संघको निलम्बन कहिले हट्छ कुनै टुंगो छैन । एकाध फ्रेन्चाइज लिग र आईसीसीको तालिकाअनुसारको खेल खेलेर बस्नुबाहेक अरु विकल्प छैन । त्यस्तो बेला राष्ट्रिय केलकुद परिषद् (राखेप) ले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता गर्दैछ । त्यसैले होला यसअघि दुई संस्करण नलेखेका […]

विश्वकप नजर : कप्तान विराट र धोनीले बनाउलान् इतिहास ?

८ जेठ, काठमाडौं । आईपीएलको रौनक सकिएपछि भारतीय क्रिकेट टिम अहिले विश्वकपको तयारीमा जुटेको छ । तुलनात्मक रुपमा अन्य टिमले भन्दा ढिलो गरी विश्वकपमा केन्द्रित भएको भारत उपाधि रक्षा गर्न कतिको सक्षम छ त ? विश्वका सबैभन्दा महँगो फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आईपीएल) को माहोल सेलाएपछि अब विश्वकप क्रिकेटले झण्डै दुई महिना क्रिकेटप्रेमीलाई मनोरञ्जन […]

जिदानको फेरिएको व्यवहार

८ जेठ, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानका लागि नयाँ सिजनमा चुनौती थपिएका छन् । पुनरागमनपछिको साढे नौ हप्तामा जे अपेक्षा गरिएको थियो, व्यवहार त्यसअनुरुप देखिएको छैन । रियल मड्रिडलाई लगातार तीन सिजन च्याम्पियन्स लिग उपाधि जिताएर हिँडेका प्रशिक्षक जिनेदिने जिदान सिजनको ११ खेल बाँकी हुँदा पुनः क्लब भित्रिएका थिए । क्लबमा […]

राष्ट्रिय टिमको जर्सी लगाउन आतुर अभिषेक

५ जेठ, काठमाडौं । आउँदो जूनमा मलेसिया र चाइनिज ताइपेसँग हुने मैत्रीपूर्ण खेलका लागि ४० जना फुटबलर बन्द प्रशिक्षणमा छन् । उनीहरु मध्ये एक हुन्, १९ वर्षीय किशोर अभिषेक रिजाल । राष्ट्रिय टिमबाट खेल्ने सपना पूरा गर्ने हुटहुटी अभिषेकको अनुहारमा पढ्न सकिन्छ । उदयमान फुटबलरअभिषेकका लागि सिनियर टिमसँग अभ्यास गर्न पाउनु ठूलो कुरा हो । […]

च्यासल मैदानमा बल्ल प्याराफिट ठडिँदै, कहिले सकिन्छ काम ?

३ जेठ, काठमाडौं । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको ललितपुरस्थित च्यासल फुटबल मैदानको स्तरोन्नतिको काम चार वर्षसम्म पनि पुरा भएको छैन । भूकम्पले दशरथ रंगशाला भत्काएपछि ठुला फुटबल प्रतियोगिता आयोजना गर्ने मैदानको खोजीका क्रममा सरकारले च्यासलको स्तरोन्नती थालेको थियो । तर, मुस्किलले आधा काम पनि भएको छैन । २०७५ फागुनसम्म प्याराफिट, नाली, गेट, शौचालय […]

दोस्रो आईपीएलमा सन्दीप कति सफल ?

३० वैशाख, काठमाडौं । टी–२० क्रिकेटका ग्लोबल स्टारको छवि बनाएका नेपाली स्पिनर सन्दीप लामिछाने दोस्रो आईपीएल यात्रा सकेर स्वदेश फर्किसकेका छन् । चेन्नई सुपर किङ्ग्स र मुम्बई इन्डियन्सबीचको फाइनल भिडन्त उनले टेलिभिजनमै हेरे । सन्दीपको टिम दिल्ली क्यापिटल्स इतिहास रच्दै पहिलोपटक क्वालिफायर्ससम्म पुग्यो । तर, सन्दीपको व्यक्तिगत प्रदर्शन भने अपेक्षाकृत भएन । प्रतियोगितामा ६ वटा […]