Comments Add Comment

खेलकुद समाचार

List Grid
टोटीले ३० वर्षपछि छाडे क्लब

२ असार, काठमाडौं । इटालियन क्लब रोमाका फ्रान्चेस्को टोटीले ३० वर्षपछि क्लब छाडेका छन् । १९९८ मा युवा खेलाडी हुँदै रोमा पुगेका टोटी २०१७ सम्म खेलाडीका रुपमा र त्यसपछि क्लबको डाइरेक्टरका रुपमा थिए । क्लबका अध्यक्ष जेम्स पालोटासँगको उनको सम्बन्ध पछिल्लो समय बिग्रिएका कारण उनले क्लब छाडेको जनाइएको छ । पछिल्लो हप्ता भने पालोटाले टोटीलाई […]

विश्वकप क्रिकेटमा भारतसँग पाकिस्तान पराजित

२ असार, काठमाडौं । विश्वकप क्रिकेटमा भारतसँग पाकिस्तान पराजित भएको छ । इंग्ल्यान्डको म्यान्चेस्टरमा भएको खेलमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएको हो । ३३७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ब्याटिङ गरिरहेकै बेला पानी परेपछि खेल ४० ओभरमा छोट्याइएको थियो । अब ४० ओभरमा पाकिस्तानले ३०२ रनको लक्ष्य पाएको थियो । पाकिस्तानले ४० ओभरमा ६ […]

कोपा अमेरिका फुटबल : उरुग्वेको फराकिलो जित, पाराग्वेलाई कतारले रोक्यो

२ असार, काठमाडौं । कोपा अमेरिका फुटबलको समूह सी को खेलमा उरुग्वेले इक्वेडरलाई फराकिलो अन्तरले पराजित गरेको छ । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा आज (सोमबार) बिहान भएको खेलमा उरुग्वेले इक्वेडरलाई ४–० गोलअन्तरले पराजित गरेको हो । उरुग्वेको जितमा निकोलस लोडेरो, इडिन्सन काभनी र लुइस स्वारेजले गोल गरे । त्यस्तै, एक गोल भने उपाहारस्वरुप पाएको […]

कोपा अमेरिका फुटबलमा कोलम्बियासँग अर्जेन्टिना स्तब्ध

१ असार, काठमाडौं । विश्व चर्चित खेलाडी लियोनल मेस्सी कप्तानी रहेको अर्जेन्टिना कोपा अमेरिका फुटबलको पहिलो खेलमै पराजित भएको छ । ब्राजिलमा जारी प्रतियोगितामा आइतबार बिहान भएको खेलमा अर्जेन्टिना कोलम्बियासँग २–० गोलअन्तरले पराजित भएको हो । कोलम्बियाको जितमा रोजर मार्टिनेज र डुभान जापटाले समान १–१ गोल गरे । पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका […]

पहिलो जितको खोजीमा दक्षिण अफ्रिका र अफगानिस्तान

३२ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले यति कमजोर प्रदर्शन गर्छ भनेर कमैले सोचेका थिए । तर, यस्तै भयो । लगातार तीन खेल हारेको उसले बनाएको एक अंक पनि पानीले खेल रद्द भएपछि पाएको हो । अघिल्लो चरण पुग्ने सम्भावना कायम राख्ने उसलाई बाँकी सबै खेल जित्नुपर्ने दबाव छ, जुन कठिनभन्दा पनि कठिन छ […]

कोपा अमेरिका फुटबल भोलिदेखि, उद्घाटनमा ब्राजिल र बोलिभिया भिड्दै

३१ जेठ, काठमाडौं । ब्राजिलमा कोपा अमेरिका फुटबल शनिबारबाट सुरु हुदैछ । उद्घाटन खेलमा ब्राजिल र बोलिभियाबीच प्रतिस्पर्धा हुदैछ । समूह ए अन्तर्गत ब्राजिल र बोलिभियाबीचको खेल नेपाली समयअनुसार बिहान ६ बजेर १५ मा सुरु हुनेछ । आयोजक ब्राजिल नेयमारविनै कोपा अमेरिका फुटबल खेल्दैछ । आफ्नो पहिलो खेलमा नै जित हात पार्दै शुखद सुरुवात गर्ने […]

रियल मड्रिडले किन्यो जापानी मेस्सी

३१ जेठ, काठमाडौं । जापानी मेस्सीका रुपमा चिनिने युवा फुटबलर ताकेफुसा कुबोलाई स्पेनिस क्लब रियल मड्रिडले किनेको छ । कुबोलाई ल्याउन स्पेनिस क्बल बार्सिलोनाले पनि लगातार प्रयास गरिरहेको थियो । जापानी क्लब टोक्यो एफसीबाट लोनमा योकाहामा क्लबमा रहेका १८ वर्षका कुबोलाई मड्रिडले ६ वर्षको सम्झौता गर्दै ल्याएको हो । दुई मिलियन युरोमा ल्याइएका उनले प्रत्येक […]

विश्व बरियतामा नेपाल ४ स्थान तल झर्‍यो

३१ जेठ, काठमाडौं । विश्व बरियतामा नेपाली फुटबल चार स्थान तल झर्दै १६५औं स्थानमा पुगेको छ । विश्व फुटबल महासंघ (फिफा) ले आज सार्वजनिक गरेको विश्व र्‍याङकिङमा नेपाल चार स्थान तल झरेको हो । यसअघि नेपाल १६१औं स्थानमा थियो । नेपालले यही जुन महिनामा मलेसियासँग २-० गोलको हार ब्यहोरेको थियो भने अर्को मैत्रीपूर्ण खेलमा चाइनिज […]

रियल मड्रिड भित्रिएपछि हजार्डले भने– म सुपरस्टार होइन

३१ जेठ, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले बेल्जियमका स्टार खेलाडी इडेन हजार्डलाई आफ्नो क्लबमा भव्य स्वागत गरेको छ । चेल्सीबाट रियल आएका हजार्डले पाँच वर्षका लागि सम्झौता गरेका थिए । गत साता नै हजार्ड रियल आउने टुंगो लागे पनि उनी मेडिकल टेष्टमा थिए । १५० मिलियन पाउण्ड खर्चर गरेर ल्याएका हजार्डलाई आफ्नो घरेलु मैदानमा […]

सर्री र युभेन्टसबीच आज सम्झौता हुँदै

३१ जेठ, काठमाडौं । इंग्लिस क्लब चेल्सीका मुख्य प्रशिक्षक माउरिजियो सरीले अब युभेन्टस हेर्ने भएका छन् । इटालियन क्लब युभेन्टस र सरीबीचमा आज सम्झौता हुँदैछ । चेल्सी र युभेन्टसबीचमा बिहीबार छलफल भएको थियो । चेल्सीसँग तीन वर्षको सम्झौता रहेको सरीलाई आफ्नो क्लबमा लानका लागि अतिरिक्त ५ मिलियन पाउन्ड क्षतिपूर्ति युभेन्टसले तिर्नु पर्ने सहमति भएको हो […]

रियल मड्रिड आए मेन्डी

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले फ्रान्सेली डिफेन्डर फर्ल्यान्ड मेन्डीलाई अनुबन्धन गरेको छ । रियलले बुधबार लियोनका २४ वर्षीय मेन्डीलाई ४७ मिलियन पाउण्डमा क्लबमा भित्र्याएको हो । रियलले यसअघि बेल्जियम तथा चेल्सीका इडेन हजार्ड र सर्वियाका फरवार्ड लुका जोभिकलाई भित्र्याइसकेको छ । हजार्ड १५० मिलियन पाउण्ड र जोभिकलाई ५३ मिलियन पाउण्डमा अनुबन्धन गरेको थियो । […]

खेल संघको अध्यक्षमा २ कार्यकाल भन्दा बस्न नपाउने !

३० जेठ, काठमाडौं । संसदको विधायन व्यवस्थापन समितिले एउटै व्यक्तिलाई दुई कार्यकाल भन्दा बढी खेल संघको पदाधिकारीमा रहन नदिने विषयमा सहमति जुटाएको छ । तर, हाल बहालका पदाधिकारीको हकमा के गर्ने भन्नेमा भने सांसदहरुको मत बाझिएको छ । राष्ट्रिय खेलकुद विकास विधेयक २०७५ को दफा १८ को ४ मा एउटै ब्यक्ति दुई कार्यकाल भन्दा संघको […]

उपमेयर कप महिला फुटबल भोलिदेखि, विजेतालाई ५ लाख

३० जेठ, काठमाडौं । उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिता भोलिदेखि सुरु हुदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) महिला समितिले आयोजना गर्ने प्रतियोगितामा भोलि (विहीबार) हुने उद्घाटन खेलमा समूह ए को बाँसगढी नगरपालिकाले घोराही तुल्सीपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल विहान ९ बजे एपीएफको खेल मैदानमा हुनेछ । त्यस्तै, बिहीबार नै हुने अर्को […]

इंग्लिस प्रिमियर लिगको खेल तालिका सार्वजनिक

३० जेठ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल २०१९-२० को खेल तालिका सार्वजनिक भएको छ । आज (बिहीबार) सार्वजनिक भएको खेलतालिका अनुसार उद्घाटन खेलमा च्याम्पियन्स लिगको विजेता लिभरपुल र प्रिमियर लिगमा बढुवा भएको क्लब नर्विच सिटीबीच प्रतिस्पर्धा हुने भएको छ । खेल २०१९ का अगष्ट ९ तारिखमा हुनेछ । त्यस्तै, इंग्लिस प्रिमियर लिगको विजेता म्यान्चेस्टर […]

खेलकुदमन्त्रीको प्रश्न – खेल संघको नेतृत्वमा एउटै ब्यक्ति ३०-४० वर्ष रहिरहने ?

३० जेठ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेल संघहरुमा लामो समयदेखि एकै ब्यक्तिले नेतृत्व गर्ने प्रवृति रहेको भन्दै यसलाई रोक्नुपर्ने बताएका छन् । बिहीवार संसदको विधायन व्यवस्थापन समिति उनले भने, ‘एकै ब्यक्तिले ३०औं, ४०औं वर्षसम्म नेतृत्व गरिराख्ने हुनुहुन्न । यसलाई रोक्नुपर्छ । यो अहिलेको आवश्यकता हो ।’ तर, मन्त्री बिश्वकर्माले कुन संघमा कसले […]

न्युजिल्यान्ड र भारतको खेलमा वर्षा ?

३० जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल हुन्छ या हुँदैन ? त्यो केही बेरपछि नै थाहा हुनेछ । तर आज टे्रन्ट ब्रिजमा पानी पार्ने निकै प्रवल सम्भावना रहेको छ । दुबै टिम जित हात पार्ने लक्ष्यमा हुँदा आजको खेल निकै प्रतिस्पर्धात्मक हुने निश्चित छ । तर यो […]

महिला विश्वकप फुटबल : अमेरिकाको कीर्तिमानी गोल

२९ जेठ, काठमाडौं । अमेरिकाले फिफा महिला विश्वकप फुटबलमा सर्वाधिक गोलको कीर्तिमान कायम गर्दै जित निकालेको छ । फ्रान्समा जारी विश्वकप फुटबलमा अमेरिकाले थाइल्यान्डलाई १३-० गोलअन्तरले पराजित गर्दै विश्वकप फुटबलमा सर्वाधिक गोलको रेकर्ड राखेको हो । यो विश्वकपमा एक खेलमा भएको सर्वाधिक गोल हो । अमेरिकाका लागि एलेक्स मोर्गनले पाँच गोल गरिन् । त्यस्तै सामन्था […]

मेस्सी बने सर्वाधिक कमाउने खेलाडी

काठमाडौं । बार्सिलोना तथा अर्जेन्टिनाका फवार्ड लिओनल मेस्सी सर्वाधिक कमाउने खेलाडी बनेका छन् । अमेरिकी पत्रिका फोर्ब्सले पछिल्लो १२ महिनाको कमाइका आधारमा सर्वाधिक कमाउने खेलाडीहरुको सूची सार्वजनिक गरेको छ । १२७ मिलियन डलर कमाइसहित मेस्सी पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा रहेका युभेन्टस तथा पोर्चुगलका क्रिष्टियानो रोनाल्डोको कमाइ १०९ मिलियन डलर छ भने तेस्रो स्थानमा […]

बेल्जियमको जितमा लुकाकुको दुई गोल, अर्को खेलमा इटालीको जित

२९ जेठ, काठमाडौं । बेल्जियमले युरोकप छनोट फुटबलमा स्कटल्यान्डलाई पराजित गरेको छ । बुधबार बिहान समूह आईअन्तर्गत भएको खेलमा बेल्जियमले स्कटल्यान्डलाई ३–० गोलअन्तरसले पराजित गरेको हो । बेल्जियमको जितमा रोमेलु लुकाकुले दुई गोल गर्दा एक गोल भने केभिन डे ब्रुयनको नाममा रह्यो । खेलको पहिलो हाफमा एक गोलको अग्रता बनाएको बेल्जियमले दोस्रो हाफमा थप दुई […]

विश्वविजेता फ्रान्ससँग एन्डोरा पराजित

२९ जेठ, काठमाडौं । विश्वविजेता फ्रान्सले युरोकप छनोट फुटबलमा एन्डोरामाथि सहज जित निकालेको छ । मंगलबार राति समूह एचको खेलमा फ्रान्सले एन्डोरालाई ४–० गोलको जित निकालेको हो । फ्रान्सको जितमा केलियन एम्बाप्पे, बेन यडर, फ्लोरियन थाउभिन र कर्ट जुमाले गोल गरे । खेलको ११औं मिनेटमा नै एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यस्तै, […]

युरोकप छनोट फुटबल : स्टोनियाविरुद्ध जर्मनीको आठ गोल

२८ जेठ, काठमाडौं । जर्मनीले युरोकप छनोट फुटबलमा स्टोनियाविरुद्ध ८–० गोल अन्तरको फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा जर्मनीले स्टोनियामाथि फराकिलो जित निकालेको हो । जर्मनीका लागि मार्को रिउस र सर्ज गनाब्रीले समान २–२ गोल गरे । त्यस्तै, टिमो वर्नर, लिरो साने, लियोन गोरोत्जका र इल्के गुन्डोगोनले समान १–१ गोल गरे । […]