Comments Add Comment

Cricket News

List Grid
जासन रोयले अफगानिस्तान र श्रीलंकासँगको खेल गुमाउने

२ असार, काठमाडौं । इंग्ल्यान्डका ओपनिङ ब्याट्सम्यान जासन रोयले आगामी दुई खेल गुमाउने भएका छन् । मंगलबार दिउँसो ३ बजेर १५ मिनेटमा आयोजक टिम इंग्ल्यान्डले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । तर इंग्ल्यान्डका भरपर्दा ओपनर ब्याट्सम्यान जासन रोय भने टीममा हुने छैनन् । उनी वेष्ट इन्डिजविरुद्धको खेलमा घाइते हुन पुगेका थिए । उनको खुट्टामा समस्या देखिएको थियो […]

विश्वकप क्रिकेट : वेष्ट इन्डिजले बंगलादेशलाई दियो ३२२ रनको लक्ष्य

२ असार, काठमाडौं । विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले बंगलादेशलाई ३२२ रनको लक्ष्य दिएको छ । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३२१ रन बनाएपछि बंगलादेशले ठूलो लक्ष्य पाएको हो । वेष्ट इन्डिजका लागि साई होप शतक बनाउनबाट चुके । उनी १२१ बलमा […]

विश्वकप क्रिकेट : टस हारेर वेष्ट इन्डिज ब्याटिङ गर्दै

२ असार, काठमाडौं । विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले टस हारेर ब्याटिङ थालेको छ । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा बंगलादेशले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि वेष्ट इन्डिजले ब्याटिङको निम्तो पाएको हो । बंगलादेश र वेष्ट इन्डिज दुबै टिम जित हात पार्ने लक्ष्यमा छन् । बंगलादेश र वेष्ट इन्डिज दुबै टिमले दुई खेलमा हार, […]

भारतसँग पाकिस्तान हार्नुका तीन कारण

काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तान फेरि भारतसँग हार्‍यो । अहिलेसम्म भारतलाई हराउन नसकेको पाकिस्तान यो पटक बदला लिन चाहन्थ्यो तर, वर्षाले प्रभावित खेलमा ८९ रनले हार्‍यो । भारत पाकिस्तानसँग हावी हुनु र पाकिस्तान हार्नुका केही कारण छन् । भारतको ओपनिङ जोडी जम्यो टस हारेर ब्याटिङ गर्न उत्रिएको भारतका रोहित शर्मा र केएल राहुलले उत्कृष्ट ब्याटिङ […]

भारतलाई खेलाडी चोटकै चिन्ता ! भुवनेश्वर पनि घाइते

२ असार, काठमाडौं । उपाधि रक्षा गर्ने लक्ष्यसहित इंग्ल्यान्ड पुगेको भारतीय क्रिकेट टिमले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै अघि बढिरहेको छ । तर समूह चरणको चार खेल सकिदासम्म दुईजना मुख्य खेलाडी घाइते हुनुले भारतलाई चिन्ता पनि बढेको छ । यसअघि मात्रै भारतीय क्रिकेट टिमको ओपनर ब्याट्सम्यान शिखर धवन चोटग्रष्ट हुँदै मैदानबाट बाहिरिएका थिए । यसले भारतलाई […]

पाकिस्तान र भारतबीचको खेल पानी परेपछि रोकियो

१ असार, काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तान र भारतबीचको खेल पानी परेपछि रोकिएको छ । इंग्ल्यान्डको म्यान्चेस्टरमा टस हारेर ब्याटिङ गरेको भारतले ४६.४ ओभरमा चार विकेटको क्षतिमा ३०५ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो । भारत निकै बलियो स्थितिमा पुगेको छ । भारतको लागि ओपनर रोहित शर्माले शतक बनाउँदै उकासेका थिए । रोहितले १४० […]

पाकिस्तानविरुद्ध रोहितको शतक, भारत बलियो स्कोरतर्फ

काठमाडाैं । विश्वकप क्रिकेट अन्तरगत जारी भारत र पाकिस्तानबीचको म्याचमा भारतीय ओपनर ब्याट्सम्यान रोहित शर्माले शतक प्रहार गरेका छन् । रोहितको आक्रमक ब्याटिङसँगै भारत बलियो स्कोरतर्फ अघि बढेको छ । जारी विश्वकपमा उनको यो दोस्रो सतक हो । रोहितले ८५ बलमा ३ छक्का र ९ चौकासहित सतक बनाएका थिए । यो समाचार लेख्दासम्म भारतले ३१ ओभर […]

पाकिस्तानविरुद्ध भारत टस हारेर ब्याटिङ गर्दै

१ असार, काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध भारतले टस हारेर ब्याटिङ गर्ने भएको छ । इंग्ल्यान्डको म्यान्चेस्टरमा पाकिस्तानले टस जितेर बलिङ रोजेपछि भारतले ब्याटिङको निम्तो पाएको हो । दुबै टिम आफ्नो देशको प्रतिष्ठाको लडाईँको रुपमा लिदै जित हात पार्ने दाउँमा हुनेछन् । विश्वकप क्रिकेटकै सबैभन्दा रोचक र उत्कृष्ट खेल आज पाकिस्तान र भारतबीच हुनेछ । […]

पाकिस्तानविरुद्ध धेरै भावुक हुन सक्दैनौंः कप्तान विराट

काठमाडौं । विश्वकप क्रिकेटको बहुप्रतिक्षीय मध्येको एक खेल आज म्यानचेष्टरमा हुँदैछ । पाकिस्तान र भारतबीच हुने प्रतिस्पर्धा जहिल्यै यस्तै हुन्छ । भारत र पाकिस्तानका नागरिकहरु यस्ता देशलाई देशप्रेमसँग जोड्न पनि पछि पर्दैन । तर भारतीय कप्तान विराट कोहलीले भने खेलका क्रममा देखिन माहोलमा खेलाडीहरु भावुक हुन नहुने बताएका छन् । उनले भने, ‘म समर्थकलाई कुनै […]

विश्वकप क्रिकेटमा आज पाकिस्तान र भारत भिड्दै

१ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज पाकिस्तान र भारतबीच खेल हुँदैछ । इंग्ल्यान्डको म्यान्चेस्टरमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा दुई कट्टर प्रतिद्वन्द्वी पाकिस्तान र भारतबीचको खेल हुँदैछ । दुवै टिम आफ्नो देशको प्रतिष्ठाको लडाईँको रुपमा लिँदै जित हात पार्ने दाउमा छन् । विश्वकप क्रिकेटकै सबैभन्दा रोचक र उत्कृष्ट खेल आज पाकिस्तान र […]

विश्वकप क्रिकेट : अष्ट्रेलियासँग श्रीलंका पराजित

१ असार, काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगितामा विश्वविजेता अष्ट्रेलियाले श्रीलंकालाई ८७ रनले पराजित गरेको छ । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले श्रीलंकामाथि सहज जित हात पारेको हो । ३३५ रनको चुनौती पछ्याउँदै ब्यािटङ गरेको श्रीलंकाले ४५.५ ओभरमा सबै विकेटको क्षतिमा २४७ रन मात्रै बनाउन सकेपछि अष्ट्रेलियाले जित हात पारेको हो । श्रीलंकाका लागि […]

खेलाडीको चोटका कारण आत्तिनु पर्दैनः मोर्गान

शुक्रबार इयान मोर्गान र जेसन रोय चोटका कारण साउथह्याम्पटनको मैदान छाड्नुपर्‍यो । तर इग्ल्याण्डका कप्तान टिममा बढ्दो घाइते खेलाडीहरुको संख्याले कुनै उथलपुथल नहुने बताएका छन् । वेष्टइण्डिजविरुद्ध भएको खेलका क्रममा मोर्गानले मैदान छाड्नु परेको थियो । इंग्ल्याण्डले सहज जित हात पारेको उक्त खेलमा उनले ब्याटिङ गरेनन् । दुई जना बाहिर हुँदा मानिसहरुमा चिन्ता देखिएको तर […]

पहिलो जितमा केन्द्रित हुन टिममेटलाई डुप्लेसिसको अपील

काठमाडौं । दक्षिण अफ्रिकाका कप्तान फाफ डुप्लेसिसले विगतलाई विर्सिएर पहिलो जितका लागि केन्द्रित हुन टिममेमलाई आग्रह गरेका छन् । दक्षिण अफ्रिकाले शनिबार कार्डिफमा अफगानिस्तानसँग खेल्नेछ । दुबै टोली यो विश्वकपमा जितविहीन छन् । इंग्ल्याण्ड, बंगलादेश र भारतसँग हारेको दक्षिण अफ्रिकाले वेष्टइण्डिजसँग भने पानीका कारण अंक बाँड्यो । अघिल्लो चरण प्रवेशको सम्भावना नै कमजोर भएपछि कप्तान […]

पहिलो जितको खोजीमा दक्षिण अफ्रिका र अफगानिस्तान

३२ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले यति कमजोर प्रदर्शन गर्छ भनेर कमैले सोचेका थिए । तर, यस्तै भयो । लगातार तीन खेल हारेको उसले बनाएको एक अंक पनि पानीले खेल रद्द भएपछि पाएको हो । अघिल्लो चरण पुग्ने सम्भावना कायम राख्ने उसलाई बाँकी सबै खेल जित्नुपर्ने दबाव छ, जुन कठिनभन्दा पनि कठिन छ […]

विश्वकप क्रिकेट : वेष्ट इन्डिजद्वारा इंग्ल्यान्डलाई २१३ रनको लक्ष्य

३१ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले आयोजक इंग्ल्यान्डलाई २१३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले इंग्ल्यान्डलाई सामान्य चुनौती दिएको हो । इंग्ल्यान्डका लागि निकोलस पुरनले ६३ रन बनाएपनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । सिमरन हिटम्यारले ३९ र क्रिस गेलले ३६ रन बनाए । त्यस्तै, एन्ड्रे […]

धवन चाँडै फर्किने छन्- कप्तान विराट

३१ जेठ, काठमाडौं । चोटकै कारण करिब तीन साता मैदान बाहिर रहने भारतीय क्रिकेट टिमका महत्वपूर्ण सदस्य शिखर धवन छिट्टै निको हुने र टिममा फर्किने कप्तान विराट कोहलीले बताएका छन् । अष्ट्रेलियाविरुद्ध भारतले ३६ रनको जित हात पार्दा धवनले शतकसहित ११७ रन बनाएका थिए । अष्ट्रेलियाका बलर नाथन कउल्टर नाइलले बलिङ गरेको बाउन्सर बलले लागेर […]

लामो समयदेखि शतकको पर्खाइमा थिएँ : वार्नर

३१ जेठ, काठमाडौं । पाकिस्तानविरुद्ध १०७ रनको पारी खेलेर अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नर निकै सन्तुष्ट छन् । उनले शानदार पारीसँगै अष्ट्रेलियाले पाकिस्तानमाथि ४१ रनले जित निकालेको थियो । भारतविरुद्ध सुस्त ब्याटिङ गरका कारण आलोचकको निशानामा परेका वार्नरले बुधबार शानदार प्रदर्शन गर्दै वन डे करियरको ५१ औं शतक बनाएका थिए । पाकिस्तानविरुद्ध उनको लगातार तेस्रो शतक […]

विश्वकप क्रिकेटमा आज वेष्ट इन्डिज र इंग्ल्यान्ड भिड्दै

३१ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज आयोजक इंग्ल्यान्डले वेष्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्दैछ । साउथह्याम्पटनमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा इंग्ल्यान्ड र वेष्ट इन्डिजबीच प्रतिस्पर्धा हुन लागेको हो । दुवै टिम स्पष्ट जित हात पार्ने लक्ष्यमा हुनेछन् । पहिलो खेलमा दक्षिण अफ्रिकालाई १०४ रनको फराकिलो जित निकालेको इंग्ल्यान्ड दोस्रो खेलमा भने पाकिस्तानसँग नराम्ररी […]

पानीले बिथोल्यो अर्को खेल, भारत र न्युजिल्याण्डले अंक बाँडे

३० जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा अर्को एउटा खेल पानीले विथोलेको छ । बिहीबार नटिङघममा हुनुपर्ने भारत र न्युजिल्याण्डको खेल पानीका कारण एक बल पनि नखेली रद्ध भयो । दुबै टिमले एक एक अंक बाँडेका छन् । यो विश्वकपमा पानीले बिथोलेको यो चौथो खेल हो । अब विश्वकपमा पानीले प्रभावित हुन बाँकी टिममा अफगानिस्तान, इंग्ल्याण्ड […]

पाकिस्तानका कप्तान भन्छन् : भारतविरुद्ध यस्तो गल्ति गर्नु हुँदैन

३० जेठ, काठमाडौं । बुधबार राति विश्वकप क्रिकेटमा विश्वविजेता अष्ट्रेलियासँग ४१ रनले पराजित भएपछि पाकिस्तानका कप्तान सर्फराज अहमदले भारतलाई पराजित गर्न फिल्डिङ बलियो बनाउनु पर्ने बताएका छन् । भारत र पाकिस्तानबीचको खेल यही आइबार वल्ड ट्राफोर्डमा दिउँसो हुदैछ । यी दुई राष्ट्र सधै कट्टर प्रतिद्धन्दी टिम हुन् । आफ्नो देशको प्रतिष्ठासँग यी दुई टिमले खेललाई […]

वेष्ट इन्डिजविरुद्ध आत्मविश्वासी इंग्ल्यान्ड

३० जेठ, काठमाडौं । विश्वकप क्रिकेटको चौथो खेलमा आयोजक इंग्ल्यान्डले शुक्रबार वेष्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशमाथि १०६ रनको फराकिलो अन्तरले पराजित गरेको इंग्ल्यान्ड त्यही नतिजालाई दोहोर्‍याउन चाहन्छ । साउथह्याम्पटनमा दिउँसो ३ बजेर १५ मिनेटमा हुने खेलमा इंग्ल्यान्ड पनि खेल आफ्नो आफ्नो पक्षमा पार्न चाहन्छ । पहिलो खेलमा दक्षिण अफ्रिकालाई १०४ रनको फराकिलो जित निकालेको […]