Comments Add Comment
No ads found for this position

Cricket News

List Grid
भारतले म्याच जित्यो, बिराट कोहलीले मन !

विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई हराउँदा कप्तान विराट कोहलीले मन पनि जितेका छन् । भारतको जितमा निर्णायक पारी शिखर धवनको रह्यो । कोहलीले ८२ रन बनाउँदा धवनले ११७ रनको शतकीय पारी खेलेका थिए । तर खास कारण कोहलीको प्रशंसा भयो । भारतीय पारीका क्रममा केही भारतीय समर्थकले दर्शक सीमामा फिल्डिङ गरिरहेका अष्ट्रेलियाका स्टिभ स्मिथलाई चिढ्याउन खोजे […]

अष्ट्रेलियामाथि भारतीय जितको पाँच कारण

२७ जेठ, काठमाडौं । विश्वकपमा भारत र अष्ट्रेलिया भिड्दा धेरैलाई अनुमान गर्न गाह्रो थियो कि कसले बाजी मार्छ ? एकातिर भारत राम्रो फर्ममा थियो भने अर्कातिर अष्ट्रेलियाले भारतसँग खेल्नुअघि लगातार १० खेल जितेको थियो । त्यति मात्र होइन, आईपीएलअघि भारतलाई उसकै घरेलु मैदानमा भएको एकदिवसीय सिरिज ३–२ ले जितेको थियो । इतिहास पनि उसकै पक्षमा […]

विश्वकप क्रिकेट : वेष्ट इन्डिजलाई गेल, होपलगायतको भर, दक्षिण अफ्रिकालाई डरै डर

२७ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिकाले वेष्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्डको साउथह्याम्पटनमा नेपाली समयअनुसार दक्षिण अफ्रिकाले वेष्ट इन्डिजसँग ३ बजेर १५ मिनेटमा प्रतिस्पर्धा गर्दैछ । वेष्ट इन्डिजविरुद्ध दक्षिण अफ्रिकाको प्रदर्शन कस्तो होला ? किनभने दक्षिण अफ्रिकाले यसअघिका तीनै खेलमा हार ब्यहोरी सकेको छ । पहिलो खेलमा आयोजक इंग्ल्यान्डसँग १०४ रनको फराकिलो […]

विश्वकप क्रिकेटमा भारतद्वारा अष्ट्रेलिया पराजित

२६ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा भारतले विश्वविजेता अष्ट्रेलियालाई पराजित गरको छ । लन्डनस्थित केनिङटन ओभलमा भएको खेलमा भारतले अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको हो । ३५३ रनको ठूलो चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा ३१६ रन मात्रै बनाएपछि भारतले जित हात पारेको हो । अष्ट्रेलियाका लागि स्टिेभन स्मिथले ६९, […]

विश्वकप क्रिकेटमा भारतद्वारा अष्ट्रेलियालाई ३५३ रनको लक्ष्य

२६ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई ३५३ रनको ठूलो लक्ष्य दिएको छ । लनडनस्थित केनिङ्टन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा २५२ रन बनाएपछि अष्ट्रेलियाले ठूलो लक्ष्य पाएको हो । भारतको लागि शिखर धवनले १०८ बलमा १६ चौका प्रहार गर्दै ११७ रन बनाए । त्यस्तै, कप्तान […]

विश्वकप क्रिकेट : अष्ट्रेलियाविरुद्ध ब्याटिङ गर्दै भारत

२६ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियाविरुद्ध टस जितेर ब्याटिङ थालेको छ । लनडनस्थित केनिङटन ओभलमा भारतले टस जितेर ब्याटिङ गर्न थालेके हो । बलिङको निम्तो पाएको अष्ट्रेलिया भारतलाई कम स्कोरमा समेट्न चाहन्छ । तर, भारतको ब्याटिङ लाइन निकै बलियो छ । अष्ट्रेलिया लगातार तेस्रो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ । यता, भारत […]

अष्ट्रेलियाविरुद्धको खेल कठिन : रोहित शर्मा

२६ जेठ, काठमाडौं । भारतीय क्रिकेट टिमका ओपनर रोहित शर्माले विश्वविजेता टीम अष्ट्रेलियाविरुद्ध भारतलाई कठिन रहेको बताएका छन् । अष्ट्रेलिया र भारतले आइतबार ३ बजेर १५ मिनेटमा प्रतिस्पर्धा गर्दैछ । अष्ट्रेलिया भारतलाई पराजित गर्दै लगातार तेस्रो जितको खोजिमा हुनेछ । यता, भारतको भने यो दोस्रो खेल हो । पहिलो खेलमा अफगानिस्तानलाई ७ र दोस्रो खेलमा […]

विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र भारत भिड्दै

२६ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज विश्वविजेता अष्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयानुसार दिउँसो ३ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । यो खेल विश्वकपकै सबैभन्दा उत्कृष्ट हुनेछ । किनभने दुवै टिम विश्वकपको उपाधि दाबेदार हुन् । अष्ट्रेलिया लगातार तेस्रो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ । यता, भारत भने दोस्रो जित […]

लयमा फर्कियो इंग्ल्याण्ड, बंगलादेशमाथि शानदार जित

काठमाडौं । पाकिस्तानसँग अप्रत्यासित हार व्यहोरेको इंग्ल्याण्ड लयमा फर्किएको छ र बंगलादेशमाथि १०६ रनको शानदार जित हात पारेको छ । विश्वकप क्रिकेट अन्तरगत शनिबार भएको खेलमा इंग्ल्याण्डले जेसन रोयको १५३ रनको मदतमा बंगलादेशलाई २८७ रनको विशाल लक्ष्य दिएको थियो । बंगलादेशले भने ४८.५ ओभरमा सबै विकेट गुमाएर २८० रन मात्र बनाउन सक्यो । मात्र ८ […]

अफगनिस्तानमाथि न्युजिल्याण्डको सहज जित

काठमाडौं । न्युजिल्याण्डले विश्वकपमा लगातार तेस्रा जित हात पार्ने क्रममा अफगानिस्तानलाई ७ विकेटले हराएको छ । अफगानिस्तानलाई १७२ रनमा समेटेको न्यूजिल्याण्डले ३२.१ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि केन विलियम्सनले अविजित ७९ रनको पारी खेले । यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले हजमतुल्लाको ५९ रनको मदतमा ४१.१ ओभरमा सबै विकेट गुमाएर १७२ […]

इंल्याण्डले बंगलादेशलाई दियो ३८७ रनको विशाल लक्ष्य

काठमाडौं । विश्वकप क्रिकेटमा इंग्ल्याण्डले बंगलादेशलाई ३८७ रनको विशाल लक्ष्य दिएको छ । बंगलादेशले केहीबेरमा जवाफ व्यटिङ गर्नेछ । कार्डिफमा पहिले ब्याटिङ थालेको इंग्ल्याण्डले जेसन रोयको १५३ रनको मदतमा ६ विकेट गुमाएर ३८६ रन बनायो । उसको सुरुवात राम्रो रह्यो । जेसन रोय र जोनीले पहिलो विकेटका लागि १२८ रनको महत्वपूर्ण साझेदारी गरे । जोनी […]

भारतविरुद्ध खेल्न पाइन भने पनि आश्चर्य हुन्न’

काठमाडौं । अष्ट्रेलियालाई वेष्टइण्डिजविरुद्ध जित दिलाउने क्रममा नाथन कल्टरनाइलले ९२ रनको उत्कृष्ट पारी खेले । तर अब हुने खेलमा आफू टिममा नपरे आश्चर्य नहुने उनैले बताएका छन् । जब आद्रे रसेलले ३१ औं ओभरमा एलेक्स क्यारीको विकेट लिए, अष्ट्रेलिया १४७÷६ को अवस्थामा थियो । तर फास्ट बलिङ र कहिले काँही ठूला सटका लागि चिनिएका कल्टरनाइलले […]

बंगलादेशविरुद्ध जेसन रोयको शतक

काठमाडौं । जेसन रोयले विश्वकप २०१९ मा पहिलो सशक बनाएका छन् । कार्डिफमा बंगलादेशविरुद्ध ब्याटिङ थालेको इंल्याण्डले निकै राम्रो सुरुवात गर्यो । ओपनर रोय र जोनी बास्टोले पहिलो विकेटका लागि १२८ रनको साझेदारी गरे । जोशी ५१ रनमा आउट भए । त्यसपछि रोयले जोए रुटसँग मिलेर पारी सम्हालेका छन् । रोयले शतक पुरा गरेका छन् […]

श्रीलंका र पाकिस्तानले अंक बाँडे

काठमाडौं । वर्षाले खेल हुन नसकेपछि विश्वकप क्रिकेटमा श्रीलंका र पाकिस्तानले अंक बाँडेका छन् । ब्रिस्टोलमा खेल सुरु हुनु अघि नै वर्षा भएको थियो । दुबै टिमका सदस्यहरु खेल सुरु हुनु पर्ने समय कटेको केही घन्टासम्म पनि मैदानमै बसेका थिए । तर पानी नरोकिएपछि एक बल पनि नखेलेर खेल रद्द भयो । विश्वकपमा पानीले खेल […]

पाकिस्तान र श्रीलंकाबीचको खेल सुरु हुनुअघि वर्षा

२४ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा शुक्रबार पाकिस्तान र श्रीलंकाबीचको खेल सुरु हुनु अघि वर्षा सुरु भएको छ । ब्रिष्टलस्थित काउन्टी ग्राउन्डमा नेपाली समयअनुसार पाकिस्तान र श्रीलंकाबीचको खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुने तालिका थियो । तर पानी पर्न थालेपछि टस नै भएको छैन । पाकिस्तान र श्रीलंकाबीचको खेल केही ढिलो हुने निश्चित […]

अष्ट्रेलियन स्टार्कको विश्व रेकर्ड

२४ जेठ, काठमाडौं । अष्ट्रेलियाका तीव्र्र गतिका बलर मिचेल स्टार्कले नयाँ विश्व रेकर्ड राखेका छन् । विश्वकप क्रिकेटमा वेष्ट इन्डिजविरुद्ध अष्ट्रेलियाले १५ रनले पराजित गर्दा बलिङतर्फ मिचेल स्टार्कले उत्कृष्ट बलिङ गरेका थिए । उनले वेष्ट इन्डिजका पाँच विकेट लिएका थिए । यो विकेटसँगै मिचेल स्टार्क एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी […]

के अम्पायरको खराब निर्णयको शिकार भयो वेस्ट इन्डिज ?

२४ जेठ, काठमाडौं । वेस्ट इन्डिजका अलराउण्डर कार्लोस ब्रेथओएटले विश्वकप खेलमा अस्टे«लियासँगको हारको कारण अम्पायरको खराब निर्णय रहेको बताएका छन् । बिहीबार अस्ट्रेलियासँगको खेलमा २८९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ओभर सकिँदा ९ विकेट गुमाएर २७३ रन मात्रै बनाउन सक्यो । खेलपछि क्रिकेट जानकारहरुले अम्पायरको निर्णयको आलोचना गरिरहेका छन् । ब्रेथवेटले अम्पायरको खराब निर्णयपछि पनि […]

अफगानिस्तानलाई झड्का, शाहजादले विश्वकप गुमाए

काठमाडौं । अफगानिस्तानका भरपर्दा खेलाडी मोहम्मद शाहजाद विश्वकप क्रिकेटबाट बाहिरिएका छन् । घुँडाको चोटका कारण विकेटकिपर ब्याट्सम्यान शाहजादले विश्वकप क्रिकेटका बाँकी खेल गुमाएका हुन् । पाकिस्तानसँग भएको अभ्यास खेलमा शाहजादको घुडामा चोट लागेको थियो । तर घाइते भएपनि अष्ट्रेलिया र श्रीलंकाविरुद्ध खेलेका थिए । तर बाँकी खेल गुमाउने भएका छन् । सुरुवाती दुई खेल गुमाएको […]

विश्वकप क्रिकेटमा आज पाकिस्तान र श्रीलंका भिड्दै

२४ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज पाकिस्तानले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । ब्रिष्टलस्थित काउन्टी ग्राउन्डमा नेपाली समयअनुसार पाकिस्तान र श्रीलंकाबीचको खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । पाकिस्तान र श्रीलंका दुवै टिम जितको खोजीमा हुनेछन् । दुवै टिमले पहिलो खेलमा भने हार ब्यहोरेका थिए । श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित हुँदा यता पाकिस्तान […]

जित्यो अष्ट्रेलिया, कल्टरनाइल र स्टार्क चम्किए

२३ जेठ, काठमाडौं । नाथन कल्टरनाइलको ब्याटिङ र मिचेल स्टार्कको उत्कृष्ट बलिङसँगै अष्ट्रेलियाले विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । बिहीबार राति भएको खेलमा अष्ट्रेलियाले वेष्ट इन्डिजलाई १५ रनले हराएको हो । कुनै बेला जित नजिक पुगेको वेष्ट इन्डिजले अन्तिममा लय गुमायो । २८९ रनको चुनौती पछ्याएको वेष्ट इन्डिजले निधारित ५० ओभरमा […]

भारतीय बलिङमा रोचक बुमराह

२३ जेठ, काठमाडौं । विश्वकप सुरु भएको सातौं दिनमा पहिलो खेल खेलेको भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले हरायो । भारतको जितमा रोहित शर्माको शतक, युजभेन्द्र चाहलको ४ विकेट महत्वपूर्ण रह्यो । बलिङमा १० ओभर गरेर ४४ रन दिँदै २ विकेट लिएका भुवनेश्वर कुमार र १० ओभरमा ३५ रन दिएर दुई विकेट लिएका जसप्रित बुमराहको भूमिका […]