Comments Add Comment

सूचना प्रविधि -समाचार

List Grid
असार ९ र १० गते नेपाली टेलिभिजनमा विदेशी च्यानल बन्द

२ असार, काठमाडौं । प्रस्तावित विज्ञापन ऐन २०७६ को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरु आन्दोलित भएका छन् । विधेयकले विदेशी च्यानलहरुमा क्लिन फिड हुनुपर्ने प्रावधान गरेको भन्दै उनीहरुले यो व्यवस्था अब्यवहारिक भएको बताएका छन् । यो ब्यबस्था लागू गर्दा हुन आउने परिस्थितिबारे जानकारी गराउन इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले […]

सामसुङको फोल्डेबल फोन तत्काल नआउने

सामसुङको अल्ट्रा प्रिमियम स्मार्टफोन सामसुङ ग्यालेक्सी फोल्ड प्राप्त गर्न प्रयोगकर्ताहरुले अझै केही समय कुर्नुपर्ने भएको छ । कोरियन हेलाल्डको रिपोर्ट अनुसार सामसुङले यसअघि भनिएको जुलाई महिनामा सामसुङ फोल्ड स्मार्टफोन लञ्च गर्नेछैन । यसअघि सामसुङको फोल्डेबल फोन अप्रिल महिनामा र त्यसपछि जुलाई महिनामा बजारमा ल्याउने बताइएको थियो । तर अप्रिलको मितिमा फोल्डेबल फोन बजारमा आएन भने […]

सिपाघाटमा नयाँ टेलिफोन एक्सचेन्जको उद्घाटन

३२ जेठ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेपलाञ्चोक जिल्लाको सिपाघाटमा नयाँ टेलिफोन एक्सचेन्जको उद्घाटन गरे । नयाँ स्थापित एक्सचेञ्जबाट सञ्चालित टेलिफोनमार्फत मण्डन देउपुर वडा नम्बर ६ का वडाध्यक्ष डिल्लीप्रसाद आचार्यलाई फोन गरेर उनले सो एक्सचेञ्जको उद्घाटन गरेका हुन् । सो अवसरमा उनले ‘जहाँ जनता त्यहाँ विकास’ भन्ने नारालाई साकार पार्ने क्रममा […]

हुवावेको अपरेटिङ्ग सिस्टम एन्ड्रोइडभन्दा ६० प्रतिशत धेरै तेज

गुगलले आफ्नो अपरेटिङ सिस्टम एन्ड्रोइड प्रयोग गर्नमा प्रतिबन्ध लगाएपछि चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले आफ्नै अपरेटिङ्ग सिस्टम हङ्गमेङ्ग ल्याउँदैछ । हुवावेको यो अपरेटिङ्ग सिस्टम एन्ड्रोइडभन्दा ६० प्रतिशतसम्म धेरै तेज हुनसक्ने दाबी गरिएको छ । ग्लोबल टाइम्समा स्राेतको हवाला दिँदै छापिएको समाचार अनुसार छिट्टै नै लञ्च हुने हङ्गमेङ्ग गुगलको एन्ड्रोइडभन्दा निकै तेज हुनेछ । समाचार अनुसार शाओमी […]

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् । यो योजना अन्तर्गत एनसेलका ग्राहकले सात दिन र तीस दिन समयसिमा भएको गज्जबको डेटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी डेटा भोलुम प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ । यो अफर यहि जेठ ३० गते (बिहिबार) […]

नासाले खोल्दैछ पर्यटकका लागि अन्तरीक्ष स्टेशन

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको अन्तराष्ट्रिय अन्तरीक्ष स्टेसनमा आगामी वर्षबाट पर्यटकहरु समेत जान पाउने भएका छन् । त्यसका लागि अन्तरीक्ष पर्यटकहरुले एक रातको ३५ हजार डलर शुल्क तिर्नुपर्नेछ । नासका अनुसार स्पेस स्टेसनलाई पर्यटन तथा अन्य व्यापारिक प्रयोजनका लागि प्रयोग गरिँदैछ । अन्तराष्ट्रिय स्पेस स्टेसनका उप–निर्देशक रोविन ग्याटेन्सका अनुसार हरेक वर्ष कम अवधिका दुईवटा निजी अन्तरीक्ष […]

अब आइफोन र आइप्याड पनि माउसले चलाउन मिल्ने

एप्पलले हालै आफ्नो डेभलपर्स कन्फ्रेन्स डब्लु डब्लु डीसी २०१९ का क्रममा आफ्नो नयाँ अपरेटिंग सिस्टम आइओएस १३ सार्वजनिक गर्‍यो । नयाँ आइओएस १३ मा प्रयोगकर्ताका लागि एप्पल डिभाइसहरुमा केही उत्कृष्ट फिचरहरु प्राप्त हुनेवाला छन् । एप्पलले एकसाथ आइओएस, म्याक ओएस, वाच ओएस तथा टिभी अपरेटिंग सिस्टमको अपडेटेड भर्सन ल्याएको छ । उक्त नयाँ अपरेटिङ सिस्टम […]

दूरसञ्चार प्राधिरकणमा अध्यक्ष नियुक्तिका लागि खुल्यो दरखास्त

२७ जेठ, काठमाडौं । सरकारले दूरसञ्चार प्राधिरकणमा अध्यक्ष नियुक्तिका लागि सरकारले दरखास्त आह्वान गरेको छ । हाल सरकारले पुरुषोत्तम खनाललाई प्राधिरकणको कार्यवाहक अध्यक्ष बनाएको छ । सोमबार एक सूचना जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न योग्यता तोकेर अध्यक्षका लागि दरखास्त आह्वान गरेको हो । यसअघि अध्यक्षमा नियुक्त भएका दिगम्बर झाले गत पुसमा राजीनामा […]

यी हुन् आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको सबैभन्दा धेरै पेटेन्ट लिने कम्पनीहरु

काठमाडौं । कृत्रिम विवेक अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको बौद्धिक सम्पत्ति अधिकार सुरक्षित गर्ने मामिलामा दक्षिण कोरियाली कम्पनी सामसुंग तेश्रो स्थानमा देखिएको छ । दुई अमेरिकी दिग्गज कम्पनी आर्टिफिसियल इन्टेलिजेन्सको पेटेन्ट दर्तामा शिर्ष दुई स्थानमा रहेका छन् । १८ हजार ३६३ वटा आर्टिफिसियल इन्टेलिजेन्स -एआई)सँग सम्बन्धित पेटेन्ट सहित माइक्रोसफ्ट कम्पनी पहिलो स्थानमा रहेको छ । त्यस्तै […]

हुवावेलाई प्रयोगकर्ताको साथ, कम्पनीद्वारा ग्राहकलाई कुनै फरक नपर्ने ‘ग्यारेन्टी’

२४ जेठ, काठमाडौं । अमेरिकी सरकारले प्रतिबन्धहरू लगाएपछि गुगलले एन्ड्रोइड लाइसेन्स रद्द गरिदिँदा हुवावेले अप्ठेरो र जटिलाहरूको सामना गर्नुपर्यो । हुवावेका लागि पछिल्ला केही महिना महत्तवपूर्ण र उत्साहजनक थियो । मोबाइलफोनको बिक्रीमा उल्लेख्य वृद्धि भयो र सोही कारण हृवावे विश्वकै दोस्रो ठूलो स्मार्टफोन उत्पादक कम्पनी बन्यो साथै यसको अग्रणी र नवीन फाइभजी प्रविधि अन्तर्राष्ट्रिय समाचारमा […]

६ खर्बको बन्यो भारतीय सफ्टवेयर बजार

प्रविधि जगतमा विश्वकै उदीयमान बजारको रुपमा रहेको भारतमा सफ्टवेयरको बजार तिव्र दरमा वृद्धि भैरहेको छ । चालु वर्ष सन् २०१९ मा भारतीय सफ्टवेयर बजारमा १३.७ प्रतिशतको वृद्धि भई ६ अर्ब १० करोड अमेरिकी डलरको बन्ने एक रिपोर्टले देखाएको छ । इन्टरनेसनल डाटा कर्पोरेसनको रिपोर्ट अनुसार सन् २०१८ को पछिल्लो ६ महिनामा एसिया प्रशान्त क्षेत्रको सफ्टवेयर […]

विश्वकै खतरनाक भाइरस भएको ल्यापटप

आफ्नो ल्यापटपमा भाइरस देखियो भने हामी चिन्तित हुन्छौँ । प्रयोगकर्ताका लागि कम्प्युटर सिस्टममा भाइरस हुनु भनेको गडबडी हो, जसले ल्यापटपका डाटाहरुलाई खतरामा पार्दछ । भाइरस लागेको ल्यापटपलाई भाइरस मुक्त नपारेसम्म प्रयोगका लागि लायक हुँदैन । यस्तो ल्यापटप बेच्न चाहँदा पनि खासै मूल्य नपर्न सक्दछ । तर विश्वमा एउटा यस्तो भाइरस ग्रस्त ल्यापटप छ, जसको मूल्य […]

टेलिकमलाई २० अर्ब तिर्न पत्र आएपछि कर्मचारी विरोधमा, व्यवस्थापन दबाबमा

२२ जेठ, काठमाडौं । सबैभन्दा बढी आम्दानी गर्ने सरकारी संस्थान नेपाल टेलिकमका कर्मचारीहरु केही दिनदेखि सरकारको विरोधमा उत्रेका छन् । विरोधको कारण हो, मोबाइल सेवाको लाइसेन्सबापत तिनुपर्ने २० अर्ब रुपैयाँ दस्तुर । केही महिनादेखि यो रकम तिर्नुपर्ने/नपर्ने अन्योल थियो । नेपाल दूसञ्चार प्राधिकरणले सञ्चालक समितिबाट निर्णय गरेर २० अर्ब रुपैयाँ नवीकरण शुल्क तिर्न लेखेरै पठाएपछि […]

हुवावेले भन्यो-ग्राहकको अनुभवप्रति सचेत छौं, समस्या आउँदैन 

काठमाडौं । हुवावेले आफ्ना प्रयोगकर्तालाई कुनै अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ । उसले आफूमाथि ल्याउन खोजिएको संकट पार लगाउन कम्पनी सक्षम रहेको भन्दै ग्राहकलाई धैर्य र विश्वास कायम गर्न अपील गरेको छ । अहिलेसम्म कम्पनीका प्रयोगकर्तालाई वर्तमानमा विकसित घटनाक्रमले कुनै कसर नपारेको दावी पनि कम्पनीको छ । गुगलको प्रतिबन्धले हुवावे फोन प्रयोगकर्तामा कुनै असर […]

दुर्गममा सेवा फैलाउँदै टेलिकम

२० जेठ, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले हालै रसुवा, ताप्लेजुङ, डोल्पा र मुस्ताङका विभिन्न दूर्गम र विकट भेगहरुमा मोवाइल सेवा शुभारम्भ गरेको छ । हालसम्म मोबाइल तथा टेलिफोन जस्ता सञ्चार सेवाबाट वञ्चित भौगोलिक रुपले अति विकट यी स्थानहरुमा हालै कम्पनीले सञ्चार सेवा पुर्‍याउन सफल भएको हो । कम्पनीले ४ हजार २९० मिटर […]

एनसेलको फोरजी अब देशको एक हजार बढी स्थानमा

१९ जेठ, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले नविन प्रविधि भित्र्याई त्यसको लाभ ग्राहकहरुलाई प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम देशकै बृहद् चौथो पुस्ताको मोबाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन (एलटिई) नेटवर्क थप विस्तार गरी देशका १,००० भन्दा बढी स्थानहरुमा फोरजी सेवा पुर्याएको छ । एनसेलले आइतबार आफ्नो फोरजी सेवा देशका सातै प्रदेशका १,००० भन्दा बढी स्थानमा बसोबास […]

फेसबुक संस्थापक जुकरबर्गलाई विश्वासको मत, अध्यक्षबाट हट्नु परेन

फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले फेसबुक कम्पनीको अध्यक्ष तथा सीईओको आफ्नो पद जोगाउन सफल भएका छन् । फेसबुकको वार्षिक बैठकका क्रममा भएको नयाँ नेतृत्वसम्बन्धी चुनावका क्रममा जुकरबर्गले आफ्नै नेतृत्वलाई निरन्तरता दिने पक्षमा विश्वासको मत आर्जन गर्न सफल भएका हुन् । जुकरबर्गले कम्पनीको अध्यक्षको पद छाड्नुपर्ने भनी आवाज उठिरहेको समयमा जुकरबर्गका लागि यो […]

बजेट दियो टुटल र पठाओलाई राहत

१८ जेठ, काठमाडौं । कर विवादमा मुछिएका ‘राइड सेयरिङ’ कम्पनी टुटल र पठाओले कर, जरिवाना, थप दस्तुर, शुल्क तथा ब्याज मिनाहा पाउने भएका छन् । यी कम्पनीहरुले तिर्नै नसक्ने गरी कर निर्धारण भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत नै उनीहरुलाई आर्थिक वर्ष २०७५/७६ अघिको करसहित सबै खाले जरिवाना र शूल्क मिनाहा दिने गरी घोषणा गरेका […]

गुगलले बन्द गर्यो युट्युब गेमिङ एप

इन्टरनेट जाएन्ट गुगलले अन्ततः आफ्नो युट्युब गेमिङ एप पूर्ण रुपमा बन्द गरेको छ । गुगलका अनुसार अब गेमिङ सँग सम्बन्धित सामाग्रीहरु केवल युट्युबको मूख्य एपभित्रै रहनेछन् । अर्थात् गेमिंग एप अब युट्युब प्लेटर्फममा मात्रै चल्नेछ । स्मरण रहोस् गुगलले गत महिना नै युट्युब गेमिङ एपलाई युट्युबको मुख्य एपमै विलय गराउने घोषणा गरेको थियो । युट्युब […]

‘टाइम्स अफ नेपाल’ एप सार्वजनिक

‘टाइम्स अफ नेपाल’ भन्ने एप सार्वजनिक भएको छ । ये एपले देश-विदेशका समाचार बिभिन्न स्रोतबाट सङ्कलन गरी क्याटेगोराइज गरेर पाठकवर्गलाई पुर्याउनेछ । यसमा २० बढी समाचार पोर्टलका समाचारहरु इन्टिग्रेट गरिएका छन् । साथै एपमा ‘तपाईका लागि’ भन्ने पृष्ठ छ, जसमा पाठकले रुचाएका समाचार मात्र देखिन्छन् । एपमा समाचार सेभ गर्न मिल्ने विकल्प पनि  छ । […]

विश्वकप क्रिकेटको अपडेट हाम्रो पात्रोमा

१७ जेठ, काठमाडौं । विश्वकप क्रिकेटको अपडेट नेपाली एप हाम्रो पात्रोमा पनि उपलब्ध हुने भएको छ । हाम्रो पात्रोले विश्वकप क्रिकेट २०१९ को हरेक बलको अपडेट तथा प्रेडिक्ट एण्ड विन सहितको नयाँ अपडेट सार्वजनिक गरेको छ । यो अपडेट गुगल प्लेस्टोरबाट लिन सकिनेछ । ‘विश्वकप फुटबल सन् २०१४ तथा २०१८ पछि क्रिकेटको कुनै पनि संस्करणमा […]