Comments Add Comment
No ads found for this position

अक्षय कुमार

List Grid
अजयसँग तुलना गर्दा यसो भन्छन् अक्षय

बलिउड नायक अक्षय कुमार चलचित्र ‘सूर्यवंशी’को छायांकनमा व्यस्त छन् । रोहित सेट्टीको निर्देशनमा बनेको यो चलचित्रमा अक्षयको जोडीको रुपमा नायिका कट्रिना कैफ छिन् । अक्षयले यो चलचित्रमा प्रहरी अफिसरको भूमिका निर्वाह गर्दैछन् । अहिले अक्षयको तुलना अर्का बलिउड नायक अजय देवगणसँग भइरहेको छ । रोहितको निर्देशनमा बनेको चलचित्र ‘सिंघम’मा अजय देवगण प्रहरी बनेका थिए । […]

शिल्पादेखि प्रियंकासम्म, जो अक्षयको प्रेममा डुबे

बलिउड नायक अक्षय कुमारलाई खेलाडी नायकको रुपमा चिनिन्छ । उनलाई यो उपनाम उनले खेलेको चलचित्रका कारण दिइएको हो । तर, प्रेम जीवनमा पनि अक्षय कुनै ‘खेलाडी’ भन्दा कम छैनन् । अक्षयले धेरै जना युवतीको भावनासँग खेलेका छन् । अक्षय कुमारको प्रेम जीवन कुनै चलचित्रको पर्दा भन्दा कम छैन । बलिउड प्रवेश अगाडि नै अक्षय कुमार […]

अक्षयले स्विकारे–‘हो मसँग क्यानडाको नागरिकता छ’

नायक अक्षय कुमारको नागरिकताको बिषयलाई लिएर अहिले भारतमा ठूलै चर्चा भैरहेको छ । ट्विटरमा अक्षयको नागरिकतालाई लिएर चर्चा ठूलो छ । भारतमा जारी लोकसभा चुनावमा केही दिन अगाडि बलिउडका अधिकांश सेलिब्रिटीले भोट दिदै गर्दा अक्षयले भने दिएनन् । अक्षयले भोट नदिएपछि एक पत्रकारले उनलाई भोट नदिनुको कारणबारे प्रश्न सोधेका थिए । जसमा अक्षयले कुनै जवाफ […]

‘भोट किन गर्नुभएन’ ? भन्ने प्रश्नमा अक्षयको यस्तो रियाक्सन

नायक अक्षय कुमार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा अन्र्तवार्ता अहिले हिट छ । अक्षय कुमारले काम गरेका बलिउड चलचित्र हेर्दा पनि उनको देशभक्ती भावना देखिन्छ । अक्षय कुमार राष्ट्रियता बोकेका चलचित्रमा मात्र काम गरिरहेका छन् । तर, कतिपयले उनको यो खालको राष्ट्रियतालाई नौटंकी भन्ने गरेका छन् । अहिले भारतमा लोकसभाको चुनाव चलिरहेको छ । […]

चलचित्र भिड्ने भएपछि अक्षयलाई सलमानको फोन

बलिउडका दुई प्रतिक्षित चलचित्र ‘सुर्यवंशी’ र ‘इन्शाअल्ला’ एक साथ रिलिज हुने कुराले निकै चर्चा पाइरहेको छ । नायक अक्षय कुमार अभिनित ‘सुर्यवंशी’ र नायक सलमान खान स्टारर ‘इन्शाअल्ला’ दुबै चलचित्रले सन् २०२० को इदलाई आफ्नो रिलिज मिति तय गरेका छन् । इद सलमान खानको लागि पेवा रिलिज मिति जस्तै भएको छ । केही वर्षदेखि सलमानले […]

कन्फर्मः ‘सुर्यवंशी’मा अक्षयको जोडी कट्रिना

रोहित सेट्टीको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘सुर्यवंशी’मा नायक अक्षय कुमारको जोडी को रहने भन्ने विषयमा धेरै बहस भइसकेको छ । भारतीय मिडियाले पनि विभिन्न नायिकाहरुको नाम जोडेर खबर बनाइरहेका छन् । तर, अब खेलाडी कुमार अक्षयसँग रोमान्स गर्न नायिका कट्रिना कैफ तयार भएकी छिन् । अक्षय कुमारले आफ्नो ट्विटरमा कट्रिनालाई आफ्नो टिममा स्वागत पनि […]

अमिताभको फिल्मको रिमेकमा अक्षय

बलिउडमा नायक अक्षय कुमार अभिनित चलचित्र एक बर्षकै ४–५ वटा रिलिज हुन्छन् । अक्षयले बक्स अफिसमा असफल चलचित्र पछिल्लो समयमा दिएका पनि छैनन् । हाल अक्षय कुमार चलचित्र ‘गुड न्युज’को छायांकनमा व्यस्त छन् । यस चलचित्र पश्चात अक्षयले ‘सुर्यवंशी’को छायांकन सुरु गर्नेछन् । यस्तैमा, अक्षय कुमारले नयाँ चलचित्रमा काम गर्ने समाचार बाहिरिएको छ । बलिउडका […]

अक्षयका फिल्मले किन २ सय करोड कमाउन सक्दैनन् ?

नायक अक्षय कुमार अहिले बलिउडमा चर्चित छन् । उनले अभिनय गरेको चलचित्र बक्स अफिसमा सफल पनि छन् । बक्स अफिसमा ब्याक टू ब्याक हिट चलचित्र दिइरहेका नायक अक्षय कुमारको पोल्टामा अहिलेसम्म २ सय करोडको चलचित्र भने परेको छैन । अक्षयले अभिनय गरेका पछिल्ला चलचित्रले सय करोडको आँकडा त पार गरेका छन्, तर उनी २ सय […]

सय करोड नजिक अक्षयको ‘केशरी’

भारतीय बक्स अफिसमा नायक अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘केशरी’ सफल देखिएको छ । यो चलचित्र बक्स अफिसमा सय करोड नजिक पुगेको छ । चलचित्रले नेपाली बक्स अफिसमा भने निकै कमजोर व्यापार गरेको छ । भारतीय बक्स अफिसमा बिहिबार २१.०६ करोडको ओपनिङ गरेको चलचित्रले शुक्रबार १६.७५ करोडको कमाई गरेको थियो । चलचित्रले शनिबार १८.७५ […]

इदमा सलमान र अक्षयको महाभिडन्त

हरेक वर्षको इदमा सलमान खानको नयाँ चलचित्र रिलिज भइरहेको हुन्छ । इदमा अरु कलाकारले चलचित्र रिलिज गर्ने हिम्मत नै गर्न सक्दैनन् । यो वर्षको इदमा सलमान खान अभिनित चलचित्र ‘भारत’ रिलिज हुँदैछ । अर्को वर्ष अर्थात् सन् २०२० को इदका लागि सलमान खानले नयाँ चलचित्र घोषणा गर्नुपूर्व नै अक्षय कुमारको ‘सुर्यवंशी’ले उक्त मितिमा रिलिज गर्ने […]

‘सूर्यवंशी’मा अक्षय र ज्याक्लिनको जोडी

बलिउड चलचित्र ‘ब्रदर्स’ र ‘हाउसफुल ३’मा देखिएका दुई कलाकार नायक अक्षय कुमार र नायिका ज्याक्लिन फर्नान्डेजको जोडीलाई दर्शकले खुबै रुचाए । उक्त जोडीलाई दर्शकले पुनस् पर्दामा देख्न पाउने भएका छन् । अक्षय र ज्याक्लिनको जोडी चलचित्र ‘सूर्यवंशी’का लागि पक्का भएको हो । छायांकनमा जानु पूर्व नै यो चलचित्रको विषयमा निकै चर्चा भइरहेको छ । सार्वजनिक […]

इदमा फिल्म रिलिज गर्न अक्षयले सलमानलाई सोधे ?

हामी सबैलाई थाहा छ, हरेक वर्षको इदमा सलमान खानले आफ्नो नयाँ चलचित्र रिलिज गर्ने गर्छन् । इद त सलमानको पेवा जस्तै भै सकेको छ । यस वर्षको इदमा पनि सलमानले आफ्नो नयाँ चलचित्र ‘भारत’ रिलिज गर्दैछन् । तर, अर्को वर्षको इदमा भने अक्षय कुमारको ‘सुर्यवंशी’ रिलिज गर्ने  पक्का भएको छ । सुर्यवंशीले इदलाई आफ्नो रिलिज […]

यस्तो छ अक्षय कुमारको ‘सुर्यवंशी’ अवतार

बलिउड नायक अक्षय कुमार अभिनित पछिल्लो चलचित्र ‘२.०’ ले बक्स अफिसमा कमाल गर्यो । अहिले अक्षय कुमार नयाँ चलचित्र ‘सुर्यवंशी’मा व्यस्त छन् । निर्माण घोषणा देखि नै चर्चामा रहेको यो चलचित्रको हालै मात्र एक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अक्षय कुमारलाई प्रहरीको भूमिकामा प्रस्तुत गरिएको छ । उनी हातमा पेस्तोल बोकेर कुदिरहेका छन् […]

पुलवा हमलामा निधन भएका सैनिकका परिवारलाई अक्षयको ५ करोड सहयोग

बलिउड नायक अक्षय कुमारले पछिल्ला केही बर्षयता खेलेका चलचित्रलाई हेर्ने हो भने, उनी राष्ट्रियता बोकेका कथामा बढी केन्द्रित छन् । उनै, अक्षय कुमार भारतमा विभिन्न समयमा च्यारेटी गर्न पनि अगाडि छन् । भलै, उनी आफूले गरेको च्यारेटीको प्रचार पनि खुलेरै गरिदिन्छन् । केही दिन अगाडि मात्र भारतको पुलवामा भएको हमलामा ४० जना भन्दा बढी भारतीय […]

रोहितले भने–‘सूर्यवंशी’ तामिलको रिमेक होइन’

‘सिम्बा’ निर्देशक रोहित सेठ्ठी अहिले नयाँ चलचित्रको निर्देशनमा जुटेका छन् । उनले निर्देशन गर्ने नयाँ चलचित्रको नाम ‘सुर्यवंशी’ राखिएको छ । चलचित्रको मुख्य भूमिकाको लागि अक्षय कुमार पक्का भएका छन् । यस्तैमा रोहितले ‘सुर्यवंशी’ चलचित्र एक तामिल चलचित्रको रिमेक बनाउन लागेको हल्ला फैलिएको थियो । रोहितलाई ’थेराम अधिगारम वन्द्रु’ नामक तामिल चलचित्रको रिमेक गरी ‘सुर्यवंशी’ […]

अक्षय र करिनाको ‘गुड न्यूज’

नायक अक्षय कुमार र नायिका करिना कपुरको जोडी एकसाथ पर्दामा फेरि देखिने भएको छ । यो चलचित्रको छायांकन बुधबारबाट सुरु भएको हो । अक्षयले सामाजिक संजालमा १० बर्षको च्यालेञ्ज भन्दै सुटिङ छायांकन सुरु भएको उल्लेख गरेका छन् । अक्षय र करिनाले ४ वर्ष पछि पुन पर्दामा काम गर्न लागेका हुन् । उनीहरुले यस अघि चलचित्र […]

ऋतिकले नसकेको पूजाको करिअर सम्हाल्दै अक्षय

नायक अक्षय कुमार र निर्देशक रोहित सेट्टी पहिलो पटक एकसाथ काम गर्दैछन् । रोहितले निर्देशन गर्न लागेको चलचित्र ‘सूर्यवंशी’मा अक्षय कुमार मुख्य भूमिकामा छन् । यो चलचित्रको छायांकन अप्रिलबाट सुरु हुँदैछ । चलचित्रलाई यही बर्षको अन्त्यमा रिलिज गर्ने तयारीमा रोहित छन् । रोहितले निर्देशन गरेको ‘सिम्बा’ चलचित्रले बक्स अफिसमा धुम मच्चाइरहेको छ । यो चलचित्रको […]

सलमान सर्वाधिक कमाउने बलिउड कलाकार

फोर्ब्स म्यागेजिनले सन् २०१८ मा सबैभन्दा धेरै कमाई गर्ने भारतीय सेलिव्रेटीको नाम सार्वजनिक गरेको छ । सर्वाधिक कमाई गर्ने १०० सेलिब्रिटीको नाम सार्वजनिक गर्दै फोर्ब्सले उनीहरुको कमाई पनि सार्वजनिक गरेको हो । यो सूचीको सबैभन्दा पहिलो नम्बरमा बलिउड नायक सलमान खान छन् । सलमानले चलचित्र, रियालिटी शोको माध्यमबाट यो बर्ष २ सय ५३ करोड कमाई […]

२.० को ओपनिङ ६१ करोड, तर पटकथा फितलो

बिहिबारदेखि रिलिज भएको चलचित्र ‘२.०’ले पहिलो दिनमा राम्रो कमाई गरेको छ । यो चलचित्रले बिहिबार भारतीय बक्स अफिसमा ६१ करोड कमाई गरेको छ । चलचित्रले हिन्दी भाषामा २० करोड कमाई गरेको छ । अन्य विभिन्न भाषामा चलचित्रले ४१ करोड कमाई गरेको छ । शंकरको निर्देशनमा तयार भएको यो चलचित्रमा रजनीकान्त, अक्षय कुमार, एमी ज्याक्सन लगायतका […]

ट्विटरमा ‘२.०’को उच्च प्रशंसा

आजबाट विश्वभरका १० हजार बढी हलमा चलचित्र ‘२.०’ रिलिज भएको छ । यो चलचित्र निर्माण गर्न नै ४ बर्ष लागेको थियो । चलचित्रको बजेट ५ सय करोडको हारहारीमा पुगेको छ । यसैले पनि यो चलचित्रले विश्वभरबाट उच्च व्यापार गर्न आवश्यक छ । चलचित्र रिलिज भएसँगै यसको बिषयमा सामाजिक संजालमा बहस सुरु भएको छ । शंकरको […]

दिशाले अस्विकार गरिन् अक्षयसँगको फिल्म

बलिउडमा नायिका दिशा पटानीको छुट्टै पहिचान बनिसकेको छ । यो बर्ष रिलिज भएको चलचित्र ‘बागी २’पछि दिशालाई बलिउडका ठूला ठूला चलचित्रको अफर आइरहेको छ । तर, उनी यसै काम गर्ने मनस्थितीमा भने छैनन् । यसैले पनि उनले अफरलाई स्विकार गर्न हतार गरेकी छैनन् । हालै मात्र उनलाई बलिउडका सफल निर्देशक आर बल्कीले एक चलचित्रमा अफर […]