Comments Add Comment

अपराध

List Grid
भारतीय गाडीबारे गृहको स्पष्टिकरणः उद्योगमैत्री वातावरण बनाउन पत्राचार

२ असार, काठमाडौं । भारतीय सवारी साधानलाई चेकजाँच गर्न असहयोग गरेको सामाचार बाहिरिएपछि गृह मन्त्रालयले खण्डन गरेको छ । उद्योगमैत्री वातावरण सिर्जना गर्नका लागि मालवाहक भारतीय गाडीलाई निर्वाध आवागमन गर्न दिन पत्राचार गरिएको गृह मन्त्रालयको दाबी छ । सोमबार गृह प्रवक्ता सह–सचिव रामकृष्ण सुवेदीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘प्रस्तुत परिपत्र नेपाल प्रवेशपछि सडकमा गुड्ने […]

समुदायसँग सहकार्यमा ७४ वटा सीसी क्यामरा जडान

२ असार, काठमाडौं । महानगरीय प्रहरी वृत्त, बानेश्वरले समुदायसँग सहकार्य गरेर ७४ वटा सीसी क्यामरा जडान गरेको छ । अपराध अनुसन्धानमा सहयोग पुग्ने उद्देश्यले समुदायबाट ३७ लाख ३५ हजार रुपैयाँ संकलन गरेर सीसी क्यामरा जडान गरिएको हो । वृत्तका प्रमुख डीएसपी गोविन्दराज काफ्लेको अगुवाइमा सुरक्षित नागरिक समाज, सामुदायिक विकास समिति, एकीकृत उपभोक्ता संघ लगायतको आर्थिक […]

धापासीमा ‘स्वीमिङ पुल’मा डुुबेर एक जनाको मृत्यु

२ जेठ, काठमाडौं । टोखा नगरपालिकाको धापासीमा ‘स्वीमिङ पुल’ मा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भएको छैन । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंका अनुसार नेचर क्लबमा रहेको ‘स्वीमिङ पुल’मा डुबेर आइतबार अपरान्ह ४ बजे उनी गम्भीर घाइते भएका थिए । ‘घाइते भएपछि उहाँलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको रहेछ’, […]

भारतीय गाडीलाई सीमा प्रवेशमा कडाइ गर्न गृहकै असहयोग !

२ असार, काठमाडौं । तराईका सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले भारतीय गाडी चेकजाँचमा कडाइ गरेसँगै गृह मन्त्रालयले निर्वाध आवागमन गर्न दिन निर्देशन दिएको छ । पर्सामा भारतीय सवारीलाई चेकजाँच गरेर ७ वटा गाडी भन्सार कार्यालयमा बुझाइएपछि मन्त्रालयले सवारी साधानको निर्वाध आवागमन गर्न दिन निर्देशन दिएको हो । एउटै व्यहोराको पत्र झापा, मोरङ, […]

सुध्रिँदैनन् पाकेटमार ! जेलबाट निस्किने वित्तिकै उही धन्दा

१ जेठ, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले पाँच महिनाअघि सार्वजनिक गरेको ७७ पाकेटमार मध्ये एक थिए, कालिमाटी बस्ने लालध्वज जिम्बा । केही दिन जेल बसेर छुटेका उनी फेरि चोरी धन्दामा सामेल भए । पछिल्लो पटक धनुषाका लक्ष्मेश्वर यादवको साथबाट ७७ हजार रुपैयाँ लुट्दालुट्दै २१ जेठमा पक्राउ परेका छन् । बल्खुको बयोदा हस्पिटल जानका लागि […]

अदालतको आदेशपछि छुटे प्रनेश गौतम

१ असार, काठमाडौं । युट्युब भिडियोमा गरिएको फिल्म समीक्षालाई लिएर पक्राउ परेका युवा प्रनेश गौतमलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । आइतबार जिल्ला अदालत, काठमाडौंले साधारण तारेखमा उनलाई छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि गौतमलाई छाडिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी उत्तरराज सुवेदीले बताए । चलचित्र वीर विक्रम २ का निर्देशक मिलन चाम्सले दिएको […]

परिवारै मिलेर ठगीः काका–भतिज समातिए, भाउजू फरार

१ असार, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले ठगीमा संलग्न भएको आरोपमा काका–भतिजालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रविसेका जितबहादुर तामाङ र रामबहादुर तामाङ छन् । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार उनीहरु नाताले काका–भतिजा हुन् । उनीहरुले नयाँ बसपार्क, बौद्धलाई आधार इलाका बनाएर सक्कली भनेर नक्कली डलर र सुन साटेर लाखौं रुपैयाँ ठगी […]

काठमाडौंमा ८२ पाकेटमार पक्राउ

१ असार, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष अभियान सञ्चालन गरेर सवारी साधानमा पाकेटमारी गर्ने र विभिन्न ठाउँबाट चोरी गर्ने व्यक्तिलाई सार्वजनिक गरिएको हो । काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार सार्वजनिक सवारी साधानमा पाकेटमारी र चोरीका घटना बढेको सूचनाको आधारमा जेठ महिनाभर चलाइएको अपरेशनका […]

सरकारी कार्यालयमा दलाल सल्बलाएः आईजीपी खनाल

३१ जेठ, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सरकारी कार्यालयमा प्रभाव जमाउन केही दलाल सल्बलाएको बताएका छन् । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो प्रादेशिक सम्मेलनलाई सम्बोधन गर्दै खनालले दलाल सल्बलाएको बताएका हुन् । ‘नेपाल प्रहरीमा मात्र होइन, सरकारी वकिलदेखि अन्य सरकारी कार्यालयमा केही दलाल प्रभाव जमाउन सलबलाएका छन्,’ उनले […]

तत्कालिन माओवादी मुलधारमा आएको १२ वर्ष भइसक्यो, सेना अझै बंकरमा

३१ जेठ, काठमाडौं । तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएको १२ वर्ष नाघिसके पनि द्वन्द्वका समयमा सुरक्षित बासस्थानका रुपमा प्रयोग गरिएका बंकर अझै विस्थापित हुन सकेका छैनन् । बंकर विस्थापित गरेर सैनिक अधिकृतलाई ब्यारेकमा राख्न वर्षेनी एक अर्ब रुपैयाँभन्दा बढी रकम विनियोजन हुँदै आए पनि अझै दुई हजार ६ सय ३९ संरचना निर्माण हुन बाँकी […]

कमलपोखरीमा पार्क बनाउन प्रहरी चौकी सार्ने निर्णय

३० जेठ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, कमलपोखरीको कार्यालयलाई नक्सालको मालिगाउँमा सार्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । गृह मन्त्रालयको प्रस्तावमा कमलपोखरी प्रहरीलाई मालिगाउँमा रहेको बाल मन्दिरको जग्गामा सार्ने निर्णय भएको हो । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रहरी चौकी सार्ने निर्णय भएको बताए । काठमाडौं महानगरपालिकाले ‘बृहत कमलपोखरी’ योजना अघि […]

फोहोर फाल्ने ठाउँमा भेटियो शिशुको शव

३० जेठ, काठमाडौं । काठमाडौंको लाजिम्पाटमा शिशुको शव भेटिएको छ । गएराति सांग्रिला होटल अगाडि फोहोर फाल्ने ठाउँमा अज्ञात शिशुको शव भेटिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले बच्चालाई जन्म दिएर फ्याँकिएको हुनसक्ने आशंका गरे । उनले अनलाइनखबरसँग भने, ‘बच्चा ९ महिनाको भएको अनुमान गरिएको छ । कसले फ्यालेको हो भन्ने खुलेको […]

५७ लाख ७९ हजारसहित पक्राउ परे भारतीय नागरिक

२९ जेठ, वीरगञ्ज । बाराबाट प्रहरीले स्रोत नखुलेको ५७ लाख ७९ हजार ४ सय ९० रुपैयाँ सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार मोतिहारी जिल्ला थाना छौडादानो ग्राम दर्पा वडा नं ११ पिपरा टोल बस्ने २४ बर्षीय वृजकिशोर कुमार पक्राउ परेका हुन् । बारा सुवर्ण गाउँपालिका वडा नं ७ सनफुलवा स्थित दशगजा […]

लागूऔषध कारोबारीको खुट्टामा प्रहरीको गोली

२९ जेठ, पोखार । पोखराको उत्तमचोकमा गोली चलेको छ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । लागू औषध लिएर हिँहेको खबरपछि पछ्याउँदै गएको प्रहरीलाई नै आक्रमण प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए । प्रहरीले चलाएको गोलीबाट गोविन्द थापा घाइते भएका छन् । खुट्टामा गोली लागेर […]

यूएनका पूर्वकर्मचारी बाल यौन दुराचार मुद्दामा दोषी ठहर

२८ जेठ, काभ्रेपलाञ्चोक । संयुक्त राष्ट्र संघ (यूएन) का पूर्वकर्मचारी जोन पिटर डाल्गिस दोषी ठहर भएका छन् । जिल्ला अदालत, काभ्रेपलाञ्चोकले डाल्गिसलाई बाल यौन दुराचार सम्बन्धी मुद्दामा सोमबार दोषी ठहर गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २५ चैतमा काभ्रेको मन्डन देउराली नगरपालिकाबाट उनलाई पक्राउ गरेको थियो । न्यायाधीश अर्जुन अधिकारीको इजलासले उनलाई दोषी […]

अनौठो सर्पसहित भारतीय नागरिक पक्राउ

२८ जेठ, वीरगञ्ज । सशस्त्र प्रहरीले अनौठो सर्पसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको भगालपुर भोलेनाथनगरी १७ बस्ने २७ बर्षका अमित कुमारलाई पक्राउ गरेको हो । भारतको रक्सौलबाट नेपालतर्फ सर्प ल्याउँदै गर्दा वीरगञ्ज महानगरपालिका१६ भन्सार मुलगेटबाट पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । दुर्लभ अजिंगर भएको आशंकामा उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीको भनाइ […]

बलात्कार आरोपमा पूर्वप्रहरी खरेल जेल चलान

२८ जेठ, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रहरी राजु (भुवन) खरेललाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । घरमा काम गर्ने महिलाकी ७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमाथि सुनुवाई गर्दै जिल्ला अदालत, काठमाडौंले खरेललाई पुर्पक्षका लागि थुनामा राख्न सोमबार आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार, जगन्नाथदेवल चलान गरिएको महानगरीय प्रहरी […]

छोरीलाई बलात्कार गरेको आरोपमा उपसचिव पक्राउ

२८ जेठ, काठमाडौं । छोरीमाथि बलात्कार गरेको आरोपमा नेपाल सरकारका उपसचिव पक्राउ परेका छन् । पीडितको परिचय खुल्ने भएकाले आरोपितको नाम पनि प्रहरीले गोप्य राखेको छ । ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय कर्मचारीले १८ वर्षीया छोरीलाई आमा नभएको वेलामा बलात्कार गर्ने गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ । ललितपुर प्रहरी परिसर, जावलाखेलको मुद्दा शाखाका […]

वन अधिकृतको श्रीमती हत्या गरेर भारतमा घरजम !

२७ जेठ, काठमाडौं । भक्तपुरको कटुञ्जेमा झण्डै दुई दशकअघि भएको एउटा हत्याकाण्ड सुल्झाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राहत महसुस गरेको छ । एक त उपत्यकामा सरकारी कर्मचारीकी श्रीमतीको घरभित्रै दिनदहाडै विभत्स हत्या, त्यसमाथि मृतकका श्रीमान तत्कालीन प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल निकट थिए । त्यसैले अपराध महाशाखा र सीआईबी पुग्ने हरेक अधिकृतलाई यो […]

सुन लुट्न ७० हजारको चिनियाँ पेस्तोल !

२७ जेठ, काठमाडौं । काठमाडौंको तीनकुनेबाट पेस्तोलसहित पक्राउ परेका साङ्गे टेम्वा शेर्पाले सुन लुट्ने योजना बनाएको खुलेको प्रहरीले दाबी गरेको छ । योजना अनुरुप शेर्पा आफैं चीन गएर पेस्तोल खरिद गरेको प्रहरीले जनाएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका एक अधिकृतले दिएको जानकारी अनुसार शेर्पाले केरुङबाट आउने सुन लुटपाटको योजना बनाएका थिए । तर, योजनालाई […]

बानेश्वरबाट पेस्तोलसहित एकजना पक्राउ

२७ जेठ, काठमाडौं । प्रहरीले काठमाडौंको बानेश्वरस्थित गैरीगाउँबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सोलुखुम्बुका साङ्गेल शेर्पा रहेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी उत्तमराज सुवेदीले घटनाबारे पुष्टि गरे पनि थप विवरण खुलाएनन् । ‘अनुसन्धान गरिरहेका छौं’, उनले अनलाइनखबरसँग भने । काठमाडौं प्रहरीको नयाँ प्रमुखको रूपमा जिम्मेवारी पाएपछि एसएसपी सुवेदीले […]