Comments Add Comment
No ads found for this position

अष्ट्रेलिया

List Grid
कथा हो, कथा होइन !

एउटै विस्तरामा सुतेका छौं । वाइनले रमरम पारेको छ । निन्द्राले झुमझुम । कहिले निन्द्राको तन्द्रा त कहिले वाइनको । ऊ एकोहोरो बोलिरहेकी छे । ऊ आज पुरै रित्तिन चाहन्छे । रक्सीकै गिलासजसरी । तर, म न रक्सीको गिलास नै रित्याउन सक्छु, न त उसलाई नै खाली पार्न सक्छु । ऊ वर्षौंदेखि बोकेको भारी बिसाएर […]

पहिलो खेलमा भारतविरुद्ध अष्ट्रेलियाको रोमाञ्चक जित

५ मंसिर, काठमाडौं । तीन खेलको टि–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा घरेलु टोली अष्ट्रेलियाले भारतमाथि रोमाञ्चक जित निकालेको छ । बुधबार भएको खेलमा अष्ट्रेलियाले भारतलाई ४ रनले पराजित गरेको हो । वर्षाको कारण १७ ओभरमा छोट्याइएको खेलमा १७४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १६९ रन मात्रै बनाउन सक्यो । खेलको एक […]

अष्ट्रेलिया क्रिकेटको ‘कालो वर्ष’, एकपछि अर्को लज्जास्पद हार

१२ कात्तिक, काठमाडौं । क्रिकेटको सबैभन्दा ठूलो पावर हाउस मानिन्थ्यो अष्ट्रेलिया । पाँचपटक विश्वकप विजेता । आईसीसीको वरियतामा प्राय शीर्ष स्थान । टिमका हरेक खेलाडी ‘म्याचविनर’ । यस्तो थियो अष्ट्रेलियाको पहिचान । अष्ट्रेलिया भन्नासाथ अरु टिम त्यसै आतंकित हुन्थे । तर यो सबै अब इतिहास भइसक्यो । हालै पाकिस्तानसँग टी-२० सिरिज ३-० ले गुमाउँदा उसको […]

युएईले अष्ट्रेलियालाई दियो ११८ रनको लक्ष्य

५ कात्तिक, काठमाडौं । ऐतिहासिक टि-ट्वान्टी क्रिकेट खेलमा युएईले अष्ट्रेलियालाई ११८ रनको लक्ष्य दिएको छ । अबुधावीस्थित शिख जायद रंगशालामा घरेलु टिम युएईले अष्ट्रेलियालाई ११८ रनको सामान्य लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ११७ रन बनाउन सक्यो । युएईका लागि सैमन अनवरले ४१ रन बनाए […]

ग्राहकको हत्या गरेको आरोपमा नेपाली सेफलाई अष्ट्रेलियामा जेल सजाय

११ जेठ, सिड्नी । भिक्टोरियास्थित बालारात करी रेष्टुरेन्टमा कार्यरत एक नेपाली सेफ आफ्नो ग्राहकको हत्यामा दोषी ठहर भएका छन् । ५१ वर्षीय सेफ हरिप्रसाद ढकाल अष्ट्रेलियामा अवैध रुपमा बसोबास गरिरहेको पनि खुलेको छ । जेल सजाय भुक्तान गरेपछि उनलाई नेपाल फिर्ता पठाइनेछ । उनीमाथि पाकिस्तानी मूलका आईटी क्षेत्रका कामदार अब्दुल्लाह सिद्दिकीलाई २०१६ अक्टोबर २५ मा […]

अष्ट्रेलियाले जित्यो त्रिदेशीय श्रृङ्खलाको उपाधि

९ फागुन, काठमाडौं । न्यूजिल्याण्डमाथि १९ रनको जित हात पार्दै अष्ट्रेलियाले त्रिदेशीय श्रृङ्खलाको उपाधि जितेको छ । अकल्याण्डमा भएको फाइनलमा अष्ट्रेलियाले १५१ रनको लक्ष्य पाएको थियो तर, वर्षाले खेल प्रभावित भयो । सुरुमा अष्ट्रेलियाले ५.३ ओभरमा ५० रन बनाउँदा पानीले खेल रोकियो । पुन सुचारु भएको खेलमा भ्रमणकारी टोलीले १४.४ ओभरमा ३ विकेट गुमाएर १२१ […]

विदेशी कालो धनलाई सेतो बनाउने माध्यम बन्दै अष्ट्रेलियाको रियल स्टेट

७ फागुन, क्यानबरा । बिगत केही वर्षयता थुप्रै सम्मानित अन्तर्राष्ट्रिय निकायहरुले सम्पत्ति शुद्धीकरणविरुद्धको कानूनलाई रियल स्टेटमा कार्यान्वयन गर्न अष्ट्रेलिया असफल भएको भनेर खिसी गरिरहेका छन् । संघीय सरकारले एक दशक अगाडि नै यसको कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको थियो । उदाहरणका लागि सन् २०१५ मा पेरिसस्थित सम्पत्ति शुद्धीकरणको विश्वव्यापी नियमक निकाय फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले […]

८ रन जोड्दा ५ विकेट गुमाएको इंल्याण्ड सम्हालियो, तर ट्राभिसले अष्ट्रेलियालाई जिताए

११ माघ, काठमाडौं । ट्राभिस हेडको ९६ रनको मदतमा अष्ट्रेलियाले चौथो एक दिवसीयमा इंग्ल्याण्डमाथि ३ विकेटको जित हात पारेको छ । पाँच म्याचको श्रृंखलामा अष्ट्रेलियाको यो पहिलो जित हो तर, इंग्ल्याण्डले सिरिज आफ्नो पक्षमा पारिसकेको छ । एडिलेडमा १९७ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ३७ ओभरमा ७ विकेट गुमाएर भेट्टायो । उसको सुरुवात राम्रो रहेन । […]

अष्ट्रेलियामा ६० हजारभन्दा बढी अवैध आप्रवासी, चाइनीज र मलेसियन धेरै

अष्ट्रेलिया । अष्ट्रेलियामा ६० हजारभन्दा बढी बिदेशी विद्यार्थी तथा पर्यटकहरु लुकिरहेको तथ्य भेटिएको छ । गृह मन्त्रालयले यी अवैध आप्रवासीहरुलाई पत्ता लगाउन आफूहरु असक्षम भएको स्वीकारेको छ । मन्त्रालयले घरबेटीहरु तथा बालस्याहार केन्द्रहरुलाई आफ्नो घरमा विदेशीहरुलाई राख्नुपूर्व वा डे केयरमा बच्चा भर्ना गर्नुपूर्व उनीहरुको भिसा परीक्षण गर्न अनुरोध गरेको छ । साथै मानिसहरुले बैंक खाता खोल्दा, […]

जेडिनेकको हृयाट्रिकसँगै अष्ट्रेलिया विश्वकपमा

२९ कात्तिक, काठमाडौं । माइल जेडिनेकको हृयाट्रिकको मदतमा अष्ट्रेलिया विश्वकपमा छनोट भएको छ । एएफसी प्ले अफ अन्तरगत मंगलबार भएको दोस्रो लेगमा होण्डुरसमाथि ३-१ गोल अन्तरको जित निकालेको अष्ट्रेलिया समग्रमा ३-१ ले विजयी भयो । पहिलो लेग गोलरहित बराबरीमा टुंगिएको थियो । घरेलु मैदानमा भएको खेलमा अष्ट्रेलियाको तीन गोल नै दोस्रो हाफमा गरेको थियो । […]

मेल्बर्नमा यही २८ तारिखमा सत्य-स्वरुप लाइभ कन्सर्ट हुँदै

२५ अप्रील, मेल्बर्न । नेपाली सुगुम क्षेत्रमा नक्षत्रका रुपमा रहेको सत्यराज र स्वरुपराज आचार्यको मेल्बर्नमा लाइभ कन्सर्ट हुने भएको छ । नेपाली स्रोताका माझ प्रीय यी दुई दाजुभाईको उपस्थितिमा यही अप्रील २८ तारिखमा ‘सेवेन इपिक इन्टर्टेन्मेन्ट’को आयोजनामा मेल्बर्नमा कन्सर्ट हुन भएको हो । मेल्बर्नको एस्कटभेलमा हुने यो कार्यक्रमलाई सफल पार्न अहिले आयोजकले तयारी तीव्र पारेको […]

अष्ट्रेलियामा ४५७ भिसा कार्यक्रम खारेजले नेपाली समुदायलाई के असर हुन्छ ?

अष्ट्रेलियाले दक्ष बिदेशी कामदारका लागि दिँदै आएको अस्थायी प्रकृतिको भिसा ४५७ लाई बन्द गर्ने घोषणा गरेको छ । अष्ट्रेलियाका प्रधनमन्त्री माल्कम टर्नबुलले मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधानका लागि ‘विवादास्पद ४५७ भिसा कार्यक्रम’ रद्ध गर्ने घोषणा गरेका हुन् । यो घोषणासँगै नेपाली समुदायमा अब ४५७ भिसा सधैका लागि बन्द भएको हो कि भन्ने परेको छ । यसले […]

न्याभको मल्टिकल्चरल क्रिकेट टुर्नामेन्ट सम्पन्न

१८ अप्रील, मेलबर्न । नेपाली एसोसिएसन अफ भिक्टोरियाको आयोजनामा सञ्चालन रिएको पहिलो न्याभ मल्टिकल्चरल क्रिकेट टुर्नामेन्ट सम्पन्न भएको छ । गत अप्रील १४ मा सुरुभएको टुर्नामेन्ट यही अप्रील १६ मा सकिएको हो । टुर्नामेन्टमा नेपाली, बङ्लादेशी, भारतीय, श्रीलङ्कन र भुटनीज टिमको सहभागिता रहेको थियो । टुर्नामेन्टको अन्तिम दिन गत आईतबार सेमिफाइनल र फाइनल खेलहरु भएका […]

अष्ट्रेलियाको एसेसमेन्ट लेभलमा नेपाल दोस्रो तहमै रहन सफल

१८ चैत, काठमाडौं । नेपाली बिद्यार्थीको अध्ययनको प्रमुख गन्तब्य अष्ट्रेलियाले आफ्नो देशमा पढ्न आउने बिद्यार्थीको देश तथा बिश्वबिद्यालयहरुको एसेसमेन्ट लेभल हेरेफेरमा नेपाल दोस्रो तहमै रहन सफल भएको छ । अष्ट्रेलियाको अध्यागमन र सीमा सुरक्षा बिभागले शुक्रबार अद्याबधिक गरेको नतिजाअनुसार नेपाल साविकको दोस्रो स्थानमै रहन सफल भएको नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए । […]

अष्ट्रेलियाको समुद्री तटमा नेपाली छात्राको शव भेटियो

३ फागुन, सिड्नी । अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुद्री तटमा एक नेपाली युवती मृत भेटिएकी छन् । एक युवक हराइरहेका छन् । न्यु साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत २० बर्षीया नेपाली छात्राको पहिचान हुन सकेको छैन । कलेजका साथीहरुका अनुसार उनी नेपालकी हुन् । तर, उनको परिवार अहिलेसम्म सम्पर्कमा नआएको न्यु साउथ वेल्स प्रहरीले जनाएको […]

समुद्री किनारमा सुरक्षित रहने ८ उपायहरु

२९ डिसेम्बर, सिड्नी । पछिल्ला बर्षहरुमा समुद्रमा डुवेर होनाहार नेपाली युवाहरुले ज्यान गुमाउने क्रम बढिरहेको छ । खासगरी डिसेम्बर र जनवरी महिनाका बिदाहरुमा अष्ट्रेलियाका नेपाली युवाहरुले समुद्रीकिनारमा छुट्टी मनाउन जाँदा ज्यान गुमाउने प्रबृत्ति बढि देखिएको छ । सन् २०१५ मा तीन जना नेपाली युवाले समुद्रमा डुबेर ज्यान गुमाए भने सन् २०१६ को जुन र डिसेम्बरमा […]

अष्ट्रेलियाबाट गाउँको बिद्यालयलाई १२ लाख रुपैयाँ सहयोग

२८ डिसेम्बर, मेलवर्न । अष्ट्रेलियामा रहेर नेपालका बिभिन्न कल्याणकारी र सामाजिक काममा आर्थिक सहयोग गर्ने नेपालीहरु धेरै छन् । प्राकृतिक प्रकोप वा मानबिय बिपत्ति आइपर्दा मात्र हैन, आफु पढेको स्कुलको भवन निर्माण, छात्रबृत्ति कोषको स्थापना र बिद्युतिय पुस्तकालयको निर्माणका लागि पनि अस्ट्रेलियामा रहने नेपालीहरुको सहयोग उल्लेखनिय छ। यसै क्रममा बाग्लुङको बिहुँकोट अमर उच्च माबिका लागि […]

नेपाल फेष्टिबलको धन्यवाद ज्ञापन सम्पन्न

१२ डिसेम्बर, सिड्नी । गैरआवासीय नेपाली संघ न्यू साउथवेल्सले आइतबार राति नेपाल फेस्टिबलका आयोजक तथा सहभागीहरुका लागि धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गरेको छ । आयोजक, स्वयंसेवक, पत्रकार, प्रायोजक तथा आमसञ्चार माध्यमका प्रतिनिधिहरुका लागि आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा सम्मानपत्रहरु पनि प्रदान गरिएको थियो । पितृशोकका कारण नेपाल फेस्टिबलमा सहभागी हुन नपाएका गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष […]

अष्ट्रेलियामा नेपालीको पहिलो संस्थाले पायो नयाँ नेतृत्व

१२ डिसेम्बर, सिड्नी । यसै बर्ष आफ्नो चालिसौं स्थापना दिवस मनाएको अष्ट्रेलियाको सवैभन्दा पुरानो नेपाली संस्था-‘नेप्लिज अष्ट्रेलियन एसोसिएसन’को आइतबार सिड्नीमा साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले चुरामणि बेलबासेको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा निशारानी राजभण्डारी, महासचिवमा डा. मधुसुदन पुडासैनी, सचिवमा ऋषि आचार्य र कोषाध्यक्षमा नारायण खनाल चुनिएका छन् । […]

नेपाल महोत्सव उदघाटन गर्न परराष्ट्रमन्त्री महत अष्ट्रेलियामा

सिड्नी । आगामी शनिवार सिड्नीमा हुने नेपाल महोत्सव उदघाटन गर्न नेपालका परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत बुधवार साँझ अष्ट्रेलिया आइपुगेका छन् । उनलाई सिड्नी अन्तर्राष्ट्रिय बिमानस्थलमा नेपाली दूतावास क्यानबेराका कार्यवाहक राजदूत राजेन्द्र पाण्डे, न्यु साउथवेल्सकालागि नेपाली महावाणिज्य दूत दिपक खड्का, महोत्सव आयोजक समितिका संयोजक दिनेश पोखरेल, गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका प्रवक्ता रञ्जु थापा लगायत […]

अष्ट्रेलियामा तीन शहरमा नेपाल महोत्सव हुने

अष्ट्रेलिया । अष्ट्रेलियाको बिभिन्न तीन शहरमा यसपटक नेपाल महोत्सव आयोजना गरिने भएको छ । महोत्सव सम्पन्न गर्नका लागि यहाँका नेपाली समुदाय तयारीमा जुटेका छन् । आगामी नोभेम्बर १२ शनिबार क्वीन्सल्यान्ड राज्यको ब्रिसबेनमा आयोजना हुने महोत्सव करिव २० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । किङ्ग जर्ज स्क्वायरमा आयोजना हुने महोत्सवमा नेपाली खाना, कला संस्कृति […]