Comments Add Comment
No ads found for this position

आन्दोलन

List Grid
प्रधानमन्त्री फर्किए, गुठी आन्दोलन रोकिएन

२ असार, काठमाडौं । साताव्यापी युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित गुठी विधेयक आवश्यक परे सच्याउन सरकार तयार रहेको प्रतिक्रिया दिए । तर, प्रधानमन्त्रीको आश्वासनको कुनै वास्ता नगरी आइतबार साँझ नै भक्तपुरमा मसाल जुलुस निस्कियो । असार ४ गते माइतीघर मण्डलामा हुने प्रदर्शन अझै स्थगित भएको छैन । त्रिभुवन अन्तराष्ट्रिय […]

संसदले कर्मचारी चलाउने कि कर्मचारीले संसद ?

२० पुस, काठमाडौं । संसदीय मामिलाका जानकारहरुले सभामुख कृष्णबहादुर महराको कार्यशैलीलाई देखेर पूर्वसभामुख ओनसरी घर्तीलाई सम्झन थालेका छन् । सभामुख महराभन्दा घर्तीले संसद राम्रोसँग चलाएको चर्चा हुन थालेको छ । यसको एउटा उदाहरण हो– संसदका कर्मचारीहरुको आन्दोलन । संसद सचिवालयका कर्मचारीहरुले असहयोग अन्दोलन सुरु गरेको धेरै भइसक्यो । अहिले संसदले कर्मचारी चलाउनुपर्नेमा कर्मचारीले चाहिँ संसदलाई […]

प्रदेश ५ का शिक्षक कर्मचारी विद्यालय बन्द गरेर मन्त्रालय घेराउमा

७ मंसिर, बुटवल । नेपाल शिक्षक महासंघले प्रदेश ५ मा सबै विद्यालय बन्द गराएर शुक्रबार सामाजिक विकास मन्त्रालय घेराउ गरेको छ । सामुदायिक विद्यालय बन्द गरेर शिक्षक तथा कर्मचारीले विरोध प्रदर्शन गर्दै मन्त्रालय घेराउ गरेका हुन् । बिहान १० बजे बुटवलको राजमार्ग चौराहाबाट विरोध प्रदर्शनसहित मन्त्रालय पुगेका शिक्षक तथा कर्मचारीले केही बेर नाराबाजीसमेत गरे । […]

कर्मचारीको चेतावनी : तलब बृद्धि र स्वेच्छिक अवकाश नदिए आन्दोलन

२ जेठ, काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले आगामी बजेटमा तलबभत्ता वृद्धि र स्वेच्छिक अवकाशको प्रक्रिया अघि नबढाए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । सरकारले यसै साता नीति तथा कार्यक्रम र जेठ १५ मा बजेट ल्याउने तयारी गरिरहेका बेला कर्मचारीले तलब वृद्धिको माग गरेको हो । आधिकारिक ट्रेड युनियनले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी […]

तलब बृद्धि र स्वेच्छिक अवकाश नदिए कर्मचारी आन्दोलनको चेतावनी

२ जेठ, काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले आगामी बजेटमा तलबभत्ता वृद्धि र स्वेच्छिक अवकाशको प्रक्रिया अघि नबढाए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । सरकारले यसै साता नीति तथा कार्यक्रम र जेठ १५ मा बजेट ल्याउने तयारी गरिरहेका बेला कर्मचारीले तलब वृद्धिको माग गरेको हो । आधिकारिक ट्रेड युनियनले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी […]

गोविन्द केसीको समर्थनमा देशभरका चिकित्सक आन्दोलनमा

२५ साउन, काठमाडौं । देशभरका सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । चिकित्सा क्षेत्रका विविध माग राखेर अनसनरत डा. गोविन्द केसीको माग र उनको जीवनप्रति सरकार गम्भीर नभएको भन्दै उनीहरु बुधबारदेखि आन्दोलनमा उत्रिएका हुन् । विरोधमा उत्रिएका चिकित्सकहरुले केसीको मागमा दबाब बढाउन बुधबारबाट हातमा कालोपट्टी बाँधेर काम सुरु गरेका छन् । नेपाल चिकित्सक […]

गलत हल्लाले म्यादी प्रहरी आन्दोलनमा

२४ जेठ, काठमाडौं । थोरै तलब पाएको भन्दै ललितपुरका म्यादी प्रहरीले नाराबाजी गरेका छन् । प्रहरीले गलत हल्लाको पछि लागेर आचरणविपरीतको काम गरेको भन्दै उनीहरुमाथि कारबाही गरिने जनाएको छ । ‘गलत हल्लाकै भरमा उनीहरुले आन्दोलन गर्न खोजेका रहेछन्,’ महानगरीय प्रहरी आयुक्त डिआइजी बमबहादुर भण्डारीले भने, ‘गलत समाचारको पछि लागेर उनीहरुले तलब बुझ्न नमानेका रहेछन् ।’ […]

हिन्दु धर्म रक्षाको आन्दोलनमा तयार रहन खुमबहादुरको निर्देशन

१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले हिन्दु धर्मको रक्षाका लागि सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन् । हिन्दु धर्म नरहे राष्ट्रियता पनि नरहने भन्दै उनले आन्दोलनको लागि तयार रहन आफ्ना समर्थकहरुलाई निर्देशन दिए । प्रज्ञा भवन कमलादीमा बुधबार आयोजित कार्यक्रममा नेता खड्काले भने, ‘केही साथिहरुले फागुनबाट, केही साथिहरुले चैतबाट आन्दोलन गर्नुपर्छ भनिरहनु […]

संविधान संशोधनविरुद्धको आन्दोलन आफैंलाई घातकः सिंह

१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान संशोधनको विरोधमा पाँच नम्बर प्रदेशमा भइरहेको आन्दोलन रोक्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । बन्द हड्ताल र आन्दोलन देशलाई मात्र नभइ स्वयम् आन्दोलनकारीलाई नै घातक हुने बताए । बुधबार काठमाडौंको चन्द्रागिरीमा अनलाइनखबरसँग कुरा गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले विगतको सहमति कार्यान्वयन गर्न र तीन […]

अनशन तोडेपछि डा. केसीले भने- आन्दोलन जारी छ

१० साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीले सोमबार अनसन तोडे पनि आफ्नो आन्दोलन जारी रहेको बताएका छन् । आफूले उपचार गर्दै आएका तीन बिरामीको हातबाट सोमबार जुस पिएर अनसन तोडेका डा. केसीले यो आन्दोलन प्रारम्भिक चरणको मात्रै भएको बताए । ‘सबै नेपालीमा गुणस्तरीय शिक्षा र स्वास्थ्य पुर्‍याउनुपर्छ […]

थारुवानले सार्वजनिक गर्‍यो असहयोग आन्दोलन

२४ असार, काठमाडौ । आन्दोलरत थरुहट/थारुवान संयुक्त संघर्ष समितिले एक महिना लामो असहयोग र भद्र अवज्ञा आन्दोलन घोषणा गरेको छ । समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । घोषित आन्दोलनको कार्यक्रममा असार २४ गतेदेखि साउन २३ गतेसम्म नेपाल सरकारद्धारा आयोजित सम्पूर्ण कार्यक्रमहरुलाई असहयोग, बहिस्कार र भद्र अवज्ञा गर्ने, सो समयमा […]

संघीय गठबन्धनको आन्दोलनमा एमाओवादी पनि !

३१ वैशाख, काठमाडौं । सरकारविरुद्ध आन्दोलनरत संघीय गठबन्धनको पत्रकार सम्मेलनमा सत्ता साझेदार दल एमाओवादीका नेता पनि देखिए । आफ्नै दल सहभागी सरकारविरुद्धको आन्दोलनलाई सघाउन उपस्थित भएका एमाओवादी नेता हुन् गोपाल किराती । गठन्धनका नेताहरुसँगै अग्रपंक्तिमा एमाओवादी स्थायी समिति सदस्य किरातीलाई आसन ग्रहण गराइएको देखेर पत्रकारहरु पनि छक्क परे । पत्रकारहरुको उत्सुकता मेटाउने कोशिस गर्दै उनले […]

मधेसी दलहरुको गठबन्धनभित्रै विवाद

२५ वैशाख, काठमाडौं । आन्दोलनसशक्त बनाउन मधेसी दलहरुले गठन गरेको संघीय गठबन्धनमा विवाद भएको छ । मधेसी मोर्चाको नेतृत्वमा आन्दोलन गर्ने कि संघीय मोर्चाको नेतृत्वमा आन्दोलन गर्ने कि संघीय गठबन्धनको नेतृत्वमा भन्नेमा विवाद भएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । मधेसी मोर्चालाई छायामा पार्ने गरी मधेसी नेताहरुले संघीय गठबन्धन बनाएका थिए । संघीय समाजवादी […]

थरुहटद्वारा आन्दोलनको घोषणा, जेठमा एकदिने आमहडताल

२१ वैशाख, काठमाडौं । थरुहट प्रदेशको माग गर्दै आन्दोलन गर्दै आएको थारुहट/थारुवान संघर्ष समितिले वैशाख २४ गतेबाट आन्दोलन गर्ने घोषणा गरेको छ । थरुहट संघर्ष समितिले मंगलबार पत्रकार सम्मेलन गरेर विरोधसभादेखि आमहडतालसम्मका आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । घोषित आन्दोलनका कार्यक्रमहरुमा वैशाख २४ गते सम्पूर्ण जिल्लामा थारुजातीय संगठनहरुवीच सर्वपक्षीय बैठक गर्ने, २५ गते महोत्तरी, सर्लाही, […]

मजदुरलाई प्रचण्डको आह्वानः बन्द उद्योग खुलाउन आन्दोलन गर्नुस्

१९ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बन्द भएका राष्ट्रिय उद्योगहरु खुलाउन आन्दोलन गर्न मजुरहरुलाई आहृवान गरेका छन् । विश्व मजदुर दिवसको अबसरमा आइतबार शान्तिबाटिकामा आयोजित सभामा प्रचण्डले नयाँ संविधानका मजदुरहरुका केही अधिकार सुनिश्चित गरेको बताए । उनले संविधानमा प्राप्त अधिकारको रक्षा गर्दै बाँकीका लागि संघर्ष गर्दै जानु पर्नेमा जोड दिएका छन् । […]

लुम्बिनी अञ्चल अस्पतालका कर्मचारी आन्दोलनमा, काम प्रभावित

१४ वैशाख, बुटवल । लुम्बिनी अञ्चल अस्पताल विकास समितिका कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि कामकाज प्रभावित भएको छ । कर्मचारी युनियनको नेतृत्वमा विगत ३ दिनदेखि अस्पतालमा आन्दोलन जारी छ । आन्दोलनकारीले संवेदनशील क्षेत्र अस्पताल अगाडि नाराबाजी गर्दै प्रदर्शन गरे । आन्दोलनमा उनीहरुले २०४६ सालदेखि अस्थायी सेवा गरेर स्थायी भएका कर्मचारीहरुको ७५ प्रतिशत सेवा अवधि अस्थायी सेवामा गणना […]

भूकम्प पीडितलाई एकमुष्ट राहत नदिए आन्दोलन गर्ने कांग्रेसको चेतावनी

१४ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक महिनाभित्र भूकम्प पीडितलाई एकमुष्ट राहत दिन सरकारसँग माग गरेको छ । नभए आन्दोलनमा उत्रने उसको चेतावनी छ । कांग्रेसका २२ सांसदले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै भूकम्प प्रभावितको राहत र पुनर्निर्माणमा असन्तुष्टि जनाएका छन् । सरकार कहिले ‘पुनर्निर्माणको महाअभियानको थालनी’ त कहिले […]

आन्दोलन छोडेर संवैधानिक प्रक्रियामा आउनुस्: उपप्रधानमन्त्री थापा

अमेरिका । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले संविधानमा देखिएका असहमति संशोधन मार्फत पुरा गर्न सकिने हुँदा आन्दोलनको कार्यक्रम छाडेर प्रक्रियामा आउन मधेसवादी दललाई आग्रह गरेका छन् । अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्डमा प्रवासी नेपाली एकता समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले संविधान संशोधनको बाटोमा आउन असन्तुष्ठ दलहरुलाई आग्रह गरेका हुन् । उनले अमेरिकाको संविधान पटक […]

वैशाख १५ देखि साझा आन्दोलन गर्ने मधेसीसहित २७ दलको घोषणा

१० वैशाख, काठमाडौं । संविधान पुनर्लेखनका लागि दवाव दिन भन्दै मधेसीसहितका २७ दलले नयाँ आन्दोलन कार्यक्रम घोषणा गरेका छन् । घोषित कार्यक्रममा जिल्ला प्रशासन कार्यालयमा कालो झण्डा देखाउनेदेखि सिंहदरबार घेर्नेसम्म छन् । संघीय समाजवादी फोरमको कार्यालय तीनकुनेमा आयोजित पत्रकार सम्मेलनमा आन्दोलन घोषणा गरिएको हो । आन्दोलनकारी दलहरुको समुहलाई ‘संघीय गठवन्धन’ नाम दिइएको छ । आगामी […]

मधेसी मोर्चा सम्मिलत २७ दलीय गठबन्धनले आज आन्दोलन घोषणा गर्दै

१० वैशाख, काठमाडौं । संयुक्त मधेसी मोर्चासम्मिलत २७ दलीय ‘संघीय गठबन्धन’ ले शुक्रबार अपरान्ह आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । संघीय समाजवादी फोरमको केन्द्रीय कार्यालय तीनकुनेमा शुक्रबार अपरान्ह पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागिएको हो । मोर्चाका नेताहरुले केही दिन यता आन्दोलनको तयारीका लागि राजधानीमा बैठकको आयोजना गरेका थिए । यसैक्रममा […]