Comments Add Comment
No ads found for this position

खानेपानी

List Grid
विदेशमा पानी बेच्ने गृहकार्यमा सरकार, १३ वटा मुहान भेटिए

२ असार, काठमाडौं । नेपालका एक दर्जनभन्दा बढी क्षेत्रबाट विदेशमा निर्यातयोग्य पानीको उत्पादन गर्न सकिने देखिएको छ । खानेपानी विभागले गरेको एक अध्ययनबाट ती क्षेत्रको पहिचान भएको हो । विभागले ‘बेबी वाटर’ भनिने नेपालको हिमनदी र पहाडी क्षेत्रको ठूला मुहानका पानीलाई खाडीसहित युरोपियन देशहरुमा निर्यात गर्न सकिने सम्भावनाबारे ‘डेस्क स्टडी’ गरेको थियो । उक्त अध्ययनका […]

ललितपुरमा खुल्यो ‘वाटर एटीएम’, लिटरको १० रूपैयाँ

२१ फागुन, काठमाडौं । बैंकको ‘एटिएम’बाट आवश्यकताअनुसार पैसा झिकेको त थाहा छ । तर, एटीएमबाट पानी आउँछ भन्ने अश्चर्य लाग्न सक्छ । हो, अब प्यास मेटाउनका ‘एटिएम’बाट पानी पिउन पाइने भएको छ । नेपालमै पहिलो पटक ललितपुर उपमहानगरपालिकाको प्राङ्गणमा वाटर एटीएम मेसिन जडान गरिएको हो । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा स्थापना गरिएको वाटर एटीएमको खानेपानी […]

ललितपुरमा खुल्यो ‘वाटर एटीएम’, लिटरको १० रूपैयाँ

२१ फागुन, काठमाडौं । बैंकको ‘एटिएम’बाट आवश्यकताअनुसार पैसा झिकेको त थाहा छ । तर, एटीएमबाट पानी आउँछ भन्ने अश्चर्य लाग्न सक्छ । हो, अब प्यास मेटाउनका ‘एटिएम’बाट पानी पिउन पाइने भएको छ । नेपालमै पहिलो पटक ललितपुर उपमहानगरपालिकाको प्राङ्गणमा वाटर एटीएम मेसिन जडान गरिएको हो । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा स्थापना गरिएको वाटर एटीएमको खानेपानी […]

के संघीयताले काठमाडौंको खानेपानी संकट हटाउला ?

इटालियन कम्पनी सीएमसीलाई दिइएको ठेक्का रद्द भएसँगै मेलम्ची खानेपानी आयोजना छिट्टै टुङ्गिएला र आफूले चाहेजति पानी प्रयोग गर्न पाइएला भन्ने काठमाडौँबासीको सपनाको भाका पुनः एकपटक सरेको छ । आयोजना कहिले टुङ्गिने हो, सर्वसाधारण त के, सम्बन्धित अधिकारीलाई पनि थाहा छैन । मेलम्चीको मिति सर्दै गर्दा पानीको क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने विज्ञहरू रनभुल्लमा छन् । ठूलो […]

महाँकालचौर वितरण केन्द्रबाट अब पाँच दिन बिराएर खानेपानी

१९ मंसिर, काठमाडौं । काठमाडौंको महाँकालचौर क्षेत्रमा अब पाँच दिन बिराएर मात्र खानेपानी आउने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले एक सूचना जारी गरी पानी वितरणमा परिवर्तन भएको जानकारी दिएको हो । लिमिटेड अन्तर्गतको महाँकालचौर पानी वितरण केन्द्रबाट यसअघि दुई दिन बिराएर पानी वितरण हुँदै आएको थियो । तर, उत्पादनमा कमी भएको […]

पाइप फुटेपछि बोडे खानेपानी प्रणाली प्रभावित

१४ कात्तिक, काठमाडौं । काठमाडौंको बानेश्वर, त्रिपुरेश्वर र भक्तपुरको मध्यपुर थिमी क्षेत्रमा एक साता खानेपानी वितरण रोकिने भएको छ । सडक निर्माणका क्रममा खानेपानीको ट्रान्समिसन मेन पाइपमा क्षति पुगेपछि वितरण प्रभावित भएको हो । बानेश्वर शाखा, मध्यपुर थिमी शाखा र त्रिपुरश्वर शाखा अन्तर्गतका केही क्षेत्रमा पानी वितरणमा हुने अवरोध हुने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले एक […]

दशैं त सकियो, खोई मेलम्ची ? अधिकारीहरु ‘तैं चुप मैं चुप’

९ कात्तिक, काठमाडौं । मेलम्ची कहिले आउँछ काठमाडौं ? प्रश्न भईंमा खस्न नपाउँदै मन्त्री मात्र होइन, सचिवदेखि आयोजना प्रमुख सबैले जवाफ दिन्थे-दशैंमा । मेलम्ची खानेपानी आयोजनाको पानी दशैंमा आउँछ भन्दा भदै २०७५ सालको दशैं आयो र गयो तर, मेलम्चीको अत्तोपत्तो छैन । पछिल्लो पटक केपी ओली नेतृत्वको सरकारले काठमाडौंवासीलाई दशैंमा मेलम्चीको पानी खुवाउने नयाँ भाका […]

दशैं त सकियो, खोई मेलम्ची ?

९ कात्तिक, काठमाडौं । मेलम्ची कहिले आउँछ काठमाडौं ? प्रश्न भईंमा खस्न नपाउँदै मन्त्री मात्र होइन, सचिवदेखि आयोजना प्रमुख सबैले जवाफ दिन्थे-दशैंमा । मेलम्ची खानेपानी आयोजनाको पानी दशैंमा आउँछ भन्दा भदै २०७५ सालको दशैं आयो र गयो तर, मेलम्चीको अत्तोपत्तो छैन । पछिल्लो पटक केपी ओली नेतृत्वको सरकारले काठमाडौंवासीलाई दशैंमा मेलम्चीको पानी खुवाउने नयाँ भाका […]

दुर्इ महिनापछि मेलम्चीको पानी अाउँछः अायोजना प्रमुख

११ असोज, काठमाडौँ । काठमाडौँ उपत्यकावासीले दुई महिनाको प्रतिक्षापछि मात्र मेलम्चीको पानी पिउन पाउने भएका छन् ।  राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महिनाभित्र खान पाउने भएका हुन् । मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताएका छन् । कँडेलका अनुसार करीब २५ हजार ८०० मिटरमध्ये […]

दुर्इ महिनापछि मेलम्चीको पानी अाउँछः अायोजना प्रमुख

११ असोज, काठमाडौँ । काठमाडौँ उपत्यकावासीले दुई महिनाको प्रतिक्षापछि मात्र मेलम्चीको पानी पिउन पाउने भएका छन् ।  राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महिनाभित्र खान पाउने भएका हुन् । मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताएका छन् । कँडेलका अनुसार करीब २५ हजार ८०० मिटरमध्ये […]

ट्यांकरको पानी पिउनुहुन्छ ? जान्नुस् अनुगमनमा देखिएका ५ तथ्य

३० भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानीको आपूर्ति पर्याप्त छैन । मेलम्चीको पानी आउछ, पानीको दुःख हट्छ भनेको पनि वर्षौ भइसक्यो । अब त यो आयोजना बन्दा पनि माग धान्न नसक्ने सरकारी अधिकारीहरु नै बताउँछन् । मेलम्ची पर्खिरहेका उपत्यकाबासी मध्ये धेरैका घरमा धारको पानी आउँदैन । त्यसैले जार वा ट्यांकरको पानी किनेर खानुको विकल्प छैन […]

संसदीय समितिले भन्यो : पिउनयोग्य पानीको मापदण्ड बनाऊ

१२ भदौ, काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पिउन योग्य स्वच्छ पानीको मापदण्ड निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाका धारामा आउने पानी गुणस्तरहीन भएको निश्कर्ष निकाल्दै यस्तो निर्देशन दिएको हो । पिउने पानीमा नेपाल गुणस्तर चिह्नको व्यवस्था मिलाउन पनि समितिले खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देश गरेको छ […]

पहिलो पटक डडेल्धुरामा खानेपानीका धारामा मिटर जडान

१० साउन, डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका मटहल्दोमा जिल्लामै पहिलो पटक खानेपानीको धारामा मिटर जडान गरिएको छ । खानेपानीलाई मितव्ययी ढंगबाट उपभोग गर्ने र सबै उपभोक्तालाई बराबर पानी वितरण गर्ने उद्देश्यले डडेल्धुराको परशुराम नगरपालिका-१२ पुन्तुरा मटहल्दोमा लालढुंगा खानेपानी उपभोक्ता समितिले मिटर जडान गरेको हो । यसले उपभोक्तालाई जिम्मेवार बनाउने उपभोक्ता समितिले जनाएको छ । आयोजना […]

ढुङ्गाखानी कि पानी ? काभ्रेमा क्रसर उद्योगका कारण खानेपानीका स्रोत मासिदै

६ जेठ, काभ्रे । काभ्रेको बनेपा, पनौती र धुलिखेलमा कुशादेवी र भूमिडाँडाका ५ वटा स्रोतबाट खानेपानी ल्याउन धमाधम काम भइरहेको छ । १ अर्ब १२ करोड रुपैयाँ लागतको उक्त परियोजनाबाट आगामी दशैंसम्म खानेपानी ल्याइसक्ने योजना छ । तर यस क्षेत्रमा एक दशकदेखि सञ्चालित ढुङ्गा खानी र क्रसर उद्योगहरुका कारण खानेपानीको काममा अवरोध भएको छ । […]

मन्त्री विनाको दावीः मेलम्चीको पानी दशैंअघि नै काठमाडौंका घरघरमा

७ चैत, काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले मेलम्ची खानेपानी दशैंअघि नै काठमाडौं उपत्यका भित्रका घरघरमा वितरण हुने बताएकी छन् । अबको २५ दिनभित्र मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा आइपुग्ने दावी गर्दै मन्त्री विनाले दशैअघिनै उपत्यकामा पानी वितरण गर्ने प्रतिबद्धता जनाएकी हुन् । काठमाडौंमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले २५ दिन भित्र मेलम्चीको […]

भरतपुर खानेपानी ब्यवस्थापन बोर्डको ४५ लाख बक्यौंता उठ्न बाँकी

४ चैत, चितवन । चितवनको भरतपुर महानगरपालिका क्षेत्र भित्र खानेपानी वितरणको जिम्मा लिएको भरतपुर खानेपानी व्यवस्थापन बोर्डको झण्डै ४५ लाख बक्यौंता उठन बाँकी रहेको छ । गएको असर मसान्तसम्म १ करोड ३७ लाख रकम २८ हजार रकम पानीको महसुल उठन बाँकी रहेकोमा चालु आ.वमा घटेर ४५ लाख पुगेको हो । त्यसमध्ये १५ लाख रकम पुराना […]

कर्णाली प्रदेशको राजधानीमा खानेपानी समस्या

४ चैत, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खानेपानीको अभाव भएको छ । डेढ लाख जनसंख्या रहेको सुर्खेतको उपत्यका वीरेन्द्रनगरमा कर्णाली प्रदेशको राजधानी भएपछि बढ्दो शहरीकरण तथा जनसंख्याका कारण पानीको समस्या छ । राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी संस्थाले पानी पु¥याउन सकेको छैन । विसं २०५७ मा स्थापित सुर्खेत उपत्यका खानेपानी उपभोक्ता […]

खानेपानीको धाराबाट ढल आएको बुद्धनगरबासीको गुनासो

३० फागुन, काठमाडौं । खानेपानीको पाइपबाट धमिलो पानी आएपछि बुद्धनगरवासी समस्यामा परेका छन् । काठमाडौं महानगरपालिका वडानम्बर १० स्थित एभरेष्ट मार्गमा रहेका घरमा विगत तीन दिनदेखि लगातार दुर्गन्धित धमिलो पानी आइरहेको स्थानीयको भनाइ छ । स्थानिय वासिन्दा सन्तोष गुप्ताले भने, ‘पानी आउने पालोको दिनबाहेक पनि लगातार गन्हाउने पानी आइरहेको छ । गुनासो गर्दा पनि खानेपानी […]

खानेपानीको धाराबाट रगत आउन थाल्यो !

८ फागुन, बनेपा । तीन दिन भयो बनेपामा खोनपानी संस्थानले वितरण गर्ने पानीको धारामा रगत आउन थालेको छ । बनेपा-८ र ९ स्थित दक्षु टोल, कसाई टोल र पुरानो बजारमा वितरण भएको पानीमा लगातार रगत र गनाउने ढल आउन थालेको हो । खानेपानीको धारामा रगत र ढल आउन थालेपछि स्थानीयबासीले मंगलबार बनेपा नगरपालिका पुगेर उजुरी […]

बझाङ सदरमुकाम चैनपुरमै खानेपानीको हाहाकार

२४ माघ, बझाङ । जिल्लाको सदरमुकाम चैनपुरमै खानेपानीको हाहाकार भएको छ । वार्षिक खानेपानी मर्मत भनेर विभिन्न निकाय र जयपृथ्वी नगरपालिकाबाट करोडौँ रकम विनियोजन गरिन्छ तर उचित काम र व्यवस्थापनको कमजोरीका कारण जिल्लाको सदरमुकाम चैनपुरमा बस्दै आएका विभिन्न निकायका कर्मचारी र विद्यार्थीको पढाइमा खानेपानीको व्यवस्था नहुँदा समस्या भएको छ । अध्ययनका लागि चैनपुरमा डेरा लिएर बस्नुपर्ने […]

जलस्रोतको धनी नेपालमा फिलिपिन्सदेखि बेलायतसम्मको पानी

१३ साउन, काठमाडौं । जलस्रोतमा विश्वमै दोस्रो ठूलो देश मानिने नेपालमा वर्षेनी ठूलो परीमाणमा पानीको आयात भएको पाइएको छ । नेपालमा बेलायत, फिलिपिन्सदेखि जापान, मलेसियाबाट खानेपानी आयात हुने गरेको देखिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष (आव) २०७३/७४ मा विभिन्न मुलुकबाट ३ लाख ५५ हजार ४ सय ३४ लिटर खानेपानी (मिनरल वाटर) […]