Comments Add Comment
No ads found for this position

दाङ

List Grid
सपनाको गन्तव्य दुनै

पहिले गाडी नपुगेको जिल्ला भनेर चिनिन्थ्यो डोल्पालाई, तर नेपाली सेनाले बाटो खोलिदिएपछि यो परिचय अब पुरानो भएको छ । यसै वर्षदेखि डोल्पा सदरमुकाम दुनै सडक सन्जालमा जोडिएको छ । यसपटक डोल्पाको दुनैसम्म जसरी पनि जाने योजना बनाएँ मैले । दुनै नजिकका गाउँमा त पहिले पनि पटकपटक पुगेर फर्किएको थिएँ । यसपटक भने दाङबाट मोटरसाइकल चढेर […]

दाङमा नेकपा नेतृ शान्ता चौधरी बेहोस

२८ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा संसदीय दलकी सचेतक शान्ता चौधरी गृह जिल्ला दाङमा बेहोस भएकी छन् । तुल्सीपुरस्थित उच्च सरकारी वकिल कार्यालयको भवन उद्घाटन कार्यक्रममा उनी बेहोस भएकी हुन् । बेहोस भएपछि उनलाई राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारपछि उनको होस खुलेको छ । उच्च सरकारी वकिल कार्यालय […]

दाङमा १७ लाखको रिचार्ज चोरेर ससुरालीमा लुकाउने पक्राउ

१५ कात्तिक, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, दाङले १७ लाख रुपैयाँ बराबरको एनटीसी रिचार्ज कार्ड चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको माडी गाउापालिका–१ का २१ वर्षीया दलबहादुर पुन छन् । विशेष सुराकीका आधारमा उनलाई रोल्पा प्रहरीको सहयोगमा प्युठानको स्वर्गद्वारी–७ स्थित ससुराली घरबाट पक्राउ गरिएको दाङ प्रहरी प्रमुख एसपी कृष्णहरि शर्माले अनलाइनखबरलाई […]

दाङमा अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ

३१ भदौ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, दाङले एउटा अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको घोराही–१३, बडहाराका २७ वर्षीय वीरबहादुर चौधरी छन् । विशेष सूचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले घोराही –१५, बुद्धी ग्यारेज नजिकबाट उनलार्इ पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपी कृष्णहरि पोखरेलले बताए । उनका अनुसार चौधरीले पाइन्टको […]

विदेशको कमाइले ‘सुपरमार्केट’

२४ भदौ, दाङ । पछिल्लो समय दाङमा सुविधासम्पन्न पसल(सुपरमार्केट) खुल्ने क्रम बढेको छ । एउटै छातामुनि सम्पूर्ण दैनिक उपभोग्य वस्तु तथा सेवा प्राप्त गर्न सक्ने गरी सुपरमार्केट सञ्चालन भएका छन् । दाङमा अहिलेसम्मकै ठूलो लगानीमा टि–मार्ट सञ्चालन भएको छ । घोराही उपमहानगरपालिका–१५ को भिग्रेली चोकमा दुई युवाले संयुक्त लगानीमा टि–मार्ट सञ्चालन गरेका छन् । घोराही–२ का […]

जंगली जनावरलार्इ थापेको धरापमा मान्छे परेपछि…

९ असार, दाङ । जंगली जनावरलाई थापेको भरुवा बन्दुकको धरापमा परेर दाङमा दुर्इ जना घाइते भएका छन् । घाइते हुनेमा दंगीशरण गाउँपालिका–१ का २० वर्षीय कृष्णबहादुर घर्ती र २३ वर्षीय भिमबहादुर घर्ती छन् । स्थानीय भालुखोलास्थित सामुदायिक बनमा शुक्रबार राति आफ्ना हराएका गाई बस्तु खोज्न गएको अवस्थामा अपरिचित व्यक्तिहरुले जंगली जनावरलाई थापेको भरुवा बन्दुकको धरापमा […]

कर्णाली र प्रदेश ५ जोड्ने दाङ–सुर्खेत सडकको २२ वर्षपछि स्तरोन्नति हुँदै

३० वैशाख, दाङ । २२ वर्षदेखि ओझेलमा परेको दाङ–सुर्खेत जोड्ने करिब ६२ किलोमिटर सडकको स्तरोन्नतिको काम चालु आर्थिक वर्षमा तीव्र गतिमा अगाडि बढ्को छ । अघिल्ला वर्षभन्दा यस वर्ष विशेष रुपमा बजेटसमेत वृद्धि भएपछि निर्माणको कामले गति लिँदा पक्की सडकको यात्राको प्रतीक्षामा रहेका पश्चिम दाङवासी आशावादी बनेका छन् । सो सडक पछिल्लो समयमा कर्णाली र  प्रदेश […]

दाङ राजधानी बन्ने हल्लापछि ऋण लिएर जग्गा किन्नेहरूको बिचल्ली

  ५ माघ, दाङ । घोराही निवासी उमेश भण्डारीले प्रदेश ५ को मुकाम दाङ तोकिने आशाले बेलझुण्डीमा प्रतिकठ्ठा सात लाख पर्ने जग्गालाई १५ लाख रुपैयाँको दरले एक बिघा जग्गा किने । ऋण लिएर ८० लाख रुपैयाँ बैनासमेत बुझाइसकेका उनी अस्थायी मुकाम रुपन्देही तोकिएपछि चिन्तामा छन् । यसैगरी जग्गा व्यवसायी सुशान्त वलीसहित पाँच जनाको समूहले घोराहीको […]

अस्थायी राजधानी नतोकेको विरोधमा दाङका सबै दल आन्दोलनमा

४ माघ, दाङ । प्रदेश ५ को अस्थायी मुकाम रुपन्देही तोकेको विरोधमा दाङमा शुरु भएको आन्दोलनको अगुवाई राजनीतिक दलहरुले गर्ने भएका छन् । यसअघि दाङ प्रादेशिक राजधानी सरोकार समितिको अगुवाईमा आन्दोलन भए पनि बिहीबारदेखिको आन्दोलनमा प्रमुख दलहरु नै सहभागी भएका हुन् । बिहीबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले अब आन्दोलनको नेतृत्व प्रमुख दलले लिने निर्णय गरेको […]

दाङलाई अस्थायी मुकाम नतोकेकोमा माओवादी नेता महरा आक्रोशित

३ माघ, दाङ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराले सरकारले पाँच नं प्रदेशको अस्थायी मुकाम वुटवल तोकेपछि आक्रोश व्यक्त गरेका छन् । प्रदेश ५ को राजधानी दाङ हुनुपर्छ भन्ने लबिङमा रहेका महरा सरकारले रुपन्देहीमा अस्थायी मुकाम आक्रोशित भएका हुन् । महरालेे प्रदेशका अस्थायी राजधानी विवेकसम्मत र सन्तुलित रुपमा तोक्न नसक्नु सरकारको असक्षमता पुष्टि […]

रूपन्देही अस्थायी मुकाम तोकिएपछि दाङमा चर्कियो आन्दोलन

३ माघ, दाङ । सरकारले प्रदेश ५ को अस्थायी मुकाम रूपन्देही तोकेपछि दाङमा आन्दोलन चर्किएको छ । बुधबार विहानैदेखि प्रदर्शन गर्दैै आएका आन्दोलनकारीले सरकारले दिउँसो रुपन्देहीलाई अस्थायी मुकाम तोकेपछि थप आक्रोशित भएका छन् । मन्त्रिपरिषदको निर्णय लगत्तै आन्दोलनकारीले घोराही, तुलसीपुर, लमही लगायतका स्थानमा टायर बालेर विरोध जनाएका छन् । उनीहरुले सरकारले निर्णय नसच्याए दाङबाट आठौं […]

लमही नगरपालिकाका दुई कर्मचारी घुस लिँदालिँदै पक्राउ

२३ पुस, काठमाडौं । दाङको लमही नगरपालिकाका दुई जना कर्मचारी घुस लिँदालिँदै पक्राउ परेका छन् । पक्राउ पर्नेमा नगरपालिकाको नक्सा फाँटमा कार्यरत् सव–ओभरसियर संगीता श्रेष्ठ र अमिन कृष्णकुमार नेपाली छन् । उनीहरुलाई अख्यिार दुरुपयोग अनुसन्धान आयोग, कोहलपुरको टोलीले सुराकीको आधारमा नक्सा पास गरिदिनका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको हो । […]

अध्ययन टोलीको निष्कर्ष-प्रदेश ५ को राजधानी दाङ उपयुक्त

७ पुस, घोराही । सरकारको अध्ययन टोलीले प्रदेश नम्बर ५ को राजधानी दाङमा स्थापना गर्न उपयुक्त हुने निष्कर्ष निकालेको छ । क्षेत्रीय प्रशासक सुरेश प्रधान संयोजकत्वको प्रदेश राजधानी सम्भाव्य स्थानको पहिचान, अध्ययन तथा विश्लेषण समितिले यस्तो निष्कर्ष निकालेको हो । अध्ययन टोलीका सदस्यसचिव एवम् भवन डिभिजन कार्यालय दाङका प्रमुख राजेन्द्रप्रसाद पाण्डेले भने, ‘राजधानीका लागि आवश्यक […]

दाङ अपडेटः प्रदेश र प्रतिनिधिसभाका सबै क्षेत्रमा वाम उम्मेदवारको अग्रता

२२ मंसिर, दाङ । दाङका प्रतिनिधिसभा र प्रदेशसभाका सबै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु अगाडि छन् । क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ एक हजार ४ सय २० मत गणना हुँदा वाम गठबन्धनका मेटमणि चौधरी १ हजार ६११ मतसहित अग्रस्थानमा छन् । उनलाई नेपाली कांग्रेसकी सुशिला चौधरीले १ हजार २१८ मतसहित पछ्याइरहेकी छन् । यसैगरी […]

दाङमा डेरा जमाएर शंकर पोख्रेलले थाले मुख्यमन्त्रीको होमवर्क

१४ मंसिर, दाङ । केन्द्रीय राजनीतिमा प्रभाव जमाइरहेका एमाले स्थायी समिति सदस्य शंकर पोख्रेल एमाले र माओवादीले प्रदेश नं ५ को मुख्यमन्त्रीका रुपमा अघि सारेर दाङ पठाएपछि यसको तयारीमा लागेका छन् । पोखरेल अहिले भावी मुख्यमन्त्रीकै हैसियतमा चुनावी मैदानमा उत्रिएका छन् । श्रीमती सुजिता शाक्यका साथ घोराहीमा डेरा लिएरै बसेका पोख्रेल दिनरात फोनबाट बिभिन्न जिल्लाका […]

दाङ बम विष्फोटमा मृत्यु भएका सुरक्षाकर्मीलाई शहीद घोषणा गर्न माग

१३ मंसिर, काठमाडौं । दाङको तुलसीपुरमा अज्ञात समूहले गराएको बम विष्फोटमा मृत्यु भएका सुरक्षाकर्मी विनोद चौधरीलाई शहीद घोषणा गर्न माग गरिएको छ । बुधबार नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले एक विज्ञप्ति जारी गर्दै चौधरीलाई शहीद घोषणा गर्न माग गरेको हो । समितिका संयोजक बालकृष्ण खाँणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका बेला शान्ति सुरक्षाका […]

खुमबहादुरको गृहक्षेत्रमा कांग्रेसको किल्ला जोगिन्छ कि ढल्छ ?

१३ मंसिर, दाङ । प्रदेश नम्बर ५ को सम्भावित राजधानीका रुपमा चर्चामा रहेको दाङ जिल्लाको निर्वाचनमा धेरैको ध्यान केन्द्रित छ । यहाँ माओवादीका कृष्णबहादुर महरा, एमालेका शंकर पोखरेल र कांग्रेसका दीपक गिरीजस्ता दह्रा नेताहरु उम्मेदवार छन् । पहिलो र दोस्रो संविधानसभा चुनावमा दाङमा ५ वटा निर्वाचन क्षेत्र थिए । हाल प्रतिनिधिसभामा ३ वटा निर्वाचन क्षेत्र […]

कृष्णबहादुर महराको उपप्रधानमन्त्री पद दंगालीको हातमा

१३ मंसिर, दाङ । माओवादीका शीर्षनेता कृष्णबहादुर महरा पार्टीका तर्फबाट अनवरतरुपमा मन्त्री बनिरहन पाउने भाग्यमानी नेता हुन् । उनी अहिले पनि विनाविभागीय मन्त्री छन् । चुनावपछि वाम गठबन्धनले बहुमत ल्यायो भने एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्दा माओवादी नेता महरा सम्भावित उपप्रधानमन्त्री हुन् । चुनाव जितेर नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बने भने पनि महरा मन्त्री […]

देउखुरीका मतदाताको अनौठो सोचः जसले दाउरा दिन्छ, उसैलाई भोट !

१३ मंसिर, देउखुरी । देशभर चुनावको माहोल छ । उम्मेदवारहरु कहिल्यै नपुगेका ठाउँमा पनि भोट माग्दै पुगेका छन् र विकासका आश्वासन दिएका छन् । मतदाताहरुले पनि आफूहरुलाई परेको अप्ठ्यारा सुनाउँदै बिभिन्न माग राख्दै आएका छन् । धेरैजसो मतदाताहरु सडक, पुल, खानेपानी, अस्पताल, स्कुल-कलेज लगायत विकासका काम गर्नेहरुलाई भोट दिने बताउँछन् । तर, दाङ देउखुरीको एक […]

दाङको तुल्सीपुरमा बम विष्फोट, म्यादी प्रहरीसहित ८ घाइते

१२ मंसिर, घोराही । दाङको तुलसीपुरमा आज अज्ञात समूहले बम विष्फोट गराउँदा ८ जना घाइते भएका छन् । घाइतेमध्य एकजना म्यादी प्रहरीसहित २ जनाको अवस्था गम्भीर छ । तुलसीपुर उपमहानगरपालिका ५ ‘घ’ लाइनमा तुलसी बोर्डिङ स्कुल नजिक डिलाइट कर्नर पसल छेउमा बम बिष्फोट भएको थियो । बम विष्फोटमा म्यादी प्रहरी तुलसीपुर उपमहानगरपालिका १८ का १९ […]

दाङ–१ बाम गठबन्धनलाई राप्रपाको समर्थन

११ मंसिर, दाङ । आसन्न प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनमा दाङ क्षेत्र नं. १ मा बाम गठबन्धनका उम्मेदवारहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सघाउने भएको छ । बामपन्थी गठबन्धनको संयुक्त निर्वाचन परिचालन कमिटी क्षेत्र नं. १ का संयोजक शुरामणी वेल्वासे र राप्रपा क्षेत्र नं. १ का अध्यक्ष विनोदकुमार केसीले संयुक्त विज्ञप्ति जारी गर्दै बाम गठबन्धनलाई क्षेत्र नं. […]