Comments Add Comment

नीता ढुंगाना

List Grid
सहिमाको तीज गीतमा नीताको छमछमी(फोटो फिचरसहित)

गायिका सहिमा श्रेष्ठ नेपाली सांगीतिक क्षेत्रका लागि नयाँ नाम होइन । चलचित्र र आधुनिक गीतमा उनी चर्चित छिन् । उनै, सहिमाले यो बर्ष पनि तीजको गीत सार्वजनिक गर्ने तयारी गरेकी छिन् । ‘यसपालिको तीजमा केही त होला की’ बोलको गीतको ललितपुरमा छायांकन गरिएको छ । गीतमा अमर राइको शब्द छ भने सन्तोष श्रेष्ठले संगीत भरेका […]

नीता र आमेष भन्छन्–‘हामी एक अर्काका लागि सधै विशेष छौ’

नायिका नीता ढुंगाना र नायक आमेष भण्डारीको प्रेम अहिले टुटेको छ । उनीहरु, केही बर्ष अगाडि नै अलग हुने निर्णयमा पुगेका थिए । फक्रिएको प्रेम ‘फूलै फूलको मौसम तिमीलाई’ ओइलाएपछि ओइलाउन थालेको थियो । पछि, उनीहरुको प्रेमको मुना सुक्यो । तर, अहिले पनि नीता र आमेष एक अर्काको मिल्ने साथी छन् । एक म्यूजिक भिडियोको […]

बोल्ड नीता

नायिका नीता ढुंगाना चलचित्र र म्यूजिक भिडियोमा व्यस्त छिन् । नीताको क्रेज चलचित्र क्षेत्रमा उचाइका पनि पुग्न सकेको छैन भने उनी हराएकी पनि छैनन् । नायिका ढुंगाना मिहिनेत गर्दै जाँदा कुनै न कुनै दिन प्रतिफल मिल्ने बताउँछिन् । उनै, नीता अशोक शर्माको निर्देशनमा बन्न लागेको चलचित्र ‘रातो टिका निधारमा’मा देखिदैछिन् । यो चलचित्रमा उनी कलाकार […]

रातो पहिरनमा खुलेकी नीता

नायिका नीता ढुंगाना बिहिबार बेलुकी चलचित्र ‘ए मेरो हजुर ३’को प्रिमियरमा पुगेकी थिइन् । नायिका ढुंगाना र चलचित्रकी निर्देशक झरना थापाविच गहिरो मित्रता भएकाले पनि उनी प्रिमियमार पुगेकी हुन् । अभिनेत्री नीता ढुंगानो रातो वन पिसले उनलाई आकर्षक देखायो । नीताले पनि खुलेको पहिरनमा आफूलाई निर्धक्क उभ्याएकी थिइन् । चलचित्र हेरिसकेपछि उनले नायक अनमोल केसी […]

भोजपुरी फिल्मको गीतमा नीता ढुंगानाको धमाका

नेपाली फिल्ममा अभिनेत्री नीता ढुंगानाको उपस्थिती पातलिदै गएको अवस्था छ । एकाध फिल्ममा देखिएकी यी ‘सिम्पल कान्छी’ अहिले के गर्दैछिन् ? उनको प्रशंसकले सोधीखोजी गरिरहेकै होलान् । अतः नीता यतिबेला भोजपुरी फिल्मका सुपरस्टार दिनेशलाल यादव ‘निरहुआ’सँग रोमान्स गरिरहेका छिन् । यो अफस्किन रोमान्स भने होइन । भनिहालौं, भोजपुरी फिल्म बिहार क्षेत्रमा बढी लोकप्रिय छ । […]

नीता, साम्राज्ञीपछि अशोकको फिल्ममा खुश्बु

निर्देशक अशोक शर्माले आफ्नो नयाँ चलचित्र ‘रातो टिका निधारमा’का लागि ३ नायिकालाई फाइनल गरेका छन् । उनले सबैभन्दा पहिले नायिका नीता ढुंगानालाई चलचित्रमा अनुवन्धित गरेका थिए । यसपछि, अशोकले सोमबार मात्रै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फाइनल गरेका थिए । चलचित्रका लागि साम्राज्ञीले १६ लख पारिश्रमिक लिएको चर्चा चलचित्र वृत्तमा चलेको छ । अशोकले चलचित्रका लागि […]

‘रातो टिका निधारमा’मा नीता फाइनल

चलचित्र ‘जय भोले’पछि निर्देशक तथा निर्माता अशोक शर्मा नयाँ चलचित्रको निर्माणको तयारीमा छन् । उनले बनाउन लागेको नयाँ चलचित्रको नाम ‘रातो टिका निधारमा’ राखिएको छ । नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले अभिनय गरेको सफल चलचित्र ‘अल्लारे’को हिट गीतबाट यसपटक अशोकले चलचित्रको नाम सापटी लिएका छन् । यो चलचित्रको लिड भूमिकाका लागि नायक र […]

नीता भन्छिन्–‘नायिका हुँदा ५ बर्षसम्म मात्र काम पाइन्छ’

बाल कलाकारको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेकी नीता ढुंगाना नायिका भएपछि सफलता हात पार्न अझै पनि संघर्षरत छिन् । उनले काम गरेका धेरै चलचित्र असफल छन् भने केही सफल देखिएका छन् । तर, नीतालाई भने अब नायिका भन्दा पनि राम्रो भूमिकाको लोभ लाग्न थालेको छ । काठमाण्डौमा आयोजना भएको चलचित्र ‘साइनो’को गीत रिलिज कार्यक्रममा उनले […]

लगानीकर्ता नपाएपछि रोकियो नीताको निर्मात्री बन्ने योजना

करिब २ बर्ष अगाडि नायिका नीता ढुंगानाले जन्मदिनको अवसर पारेर चलचित्र निर्माण गर्ने घोषणा गरिन् । तर, घोषणा भएको दुई वर्ष बितिसक्दा पनि उक्त चलचित्रको काम सुरु भएको छैन । नायिका नीता ढुंगाना आफूले लगानी गर्ने मान्छे नपाएकोले चलचित्रको काम रोकिएको बताउँछिन् । अनलाइनखबरसँगको कुराकानीमा उनले भनिन्–‘अरु सबै तयारी पूरा भइसकेको छ । तर, कुरा […]

माघमा परमिता र नीताको ‘दि कर्मा’

मंसिर ७ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘दि कर्मा’को प्रदर्शन मिति धकेलिएको छ । काम नसकिएको भन्दै यो चलचित्रलाई अब माघ ४ गते रिलिज गर्ने यसको निर्माणपक्षले तयारी गरेको छ । देवकुमार श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रले नेपाल र भारतको सिमानामा हुने अपराधिक गतिविधीको कथालाई उठाएको छ । जय मिडिया म्यानेजमेन्टको ब्यानरमा बनेको चलचित्रलाई […]

भूवनको लगानीमा ‘साइनो’ घोषणा, नीता र मिरुना मुख्य हिरोइन

नेपाली चलचित्रकी पहिलो नायिका भूवन चन्दले अब चलचित्र निर्माण गर्ने भएकी छिन् । उनले, निर्माण गर्न लागेको चलचित्र ‘साइनो’को आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणा गरिएको छ ।  निर्मात्री चन्दले पारिवारिक प्रेम कथामा यो चलचित्र निर्माण हुने जानकारी दिइन् । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्रलाई रमेश थापाले निर्देशन गर्दैछन् । चलचित्रमा नीता ढुंगाना, […]

दी कर्मा गीतः नीताको जवानीको बजार लागेपछि

नायिका नीता ढुंगाना नृत्यमा सफल मानिन्छिन् । उनै, नीताको नृत्य रहेको चलचित्र ‘दि कर्मा’मा समावेश ‘बजार लाग्या छ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा चलचित्रका मुख्य कलाकार नीता र नायक करण वर्माको नृत्य छ । भिडियोमा नायिका परमिता आर एल राणाको रिसाहा अवतार देख्न सकिन्छ । साथमा कलाकार वुद्दि तामाङ र निर्देशक देवकुमार […]

नीता ढुंगानाः जहाँ पुग्छिन्, अवार्ड पाउँछिन्

नायिका नीता ढुंगानाले चलचित्र ‘पञ्चायत’मा गरेको अभिनयको सर्वत्र प्रशंसा भैरहेको छ । नीताले यो चलचित्रमा १४ बर्षकी यूवतीको भूमिका निर्वाहा गरेकी छिन् । यसैले पनि नीता यो बर्ष आयोजना भएको अवार्डको मुख्य हकदार हुन् । तर, नायिका नीता ढुंगाना जुन अवार्ड समारोहमा पुगेकी छिन्, त्यहाँ उनले अवार्ड पाएकी नै छिन् । यो बर्ष आयोजना भएको […]

नाजिर र नीता उत्कृष्ट नायक-नायिका, प्रदिप र प्रियंका पपुलर

काठमाण्डौको राष्ट्रिय सभा गृहमा आयोजना भएको ‘तेश्रो सिनेमा सर्कल अवार्ड’मा नायक नाजिर हुसेन र नायिका नीता ढुंगाना उत्कृष्ट हुन सफल भएका छन् । नीताले चलचित्र ‘पञ्चायत’बाट अवार्ड जित्दा नाजिरले चलचित्र ‘तिमी सँग’बाट अवार्ड जितेका हुन् । कार्यक्रममा निर्देशक किशोर रानालाई नगद ५१ हजार सहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको थियो । उप-राष्ट्रपति नन्दबहादुर पुनको […]

जन्मदिनमा दीपाको कुराले रोइन् नीता

नायिका नीता ढुंगानाले शुक्रबार बेलुकी काठमाण्डौको एक होटलमा आफ्नो जन्मदिन मनाउँदै गर्दा उनका आँखाभरी आँशु भयो । निर्देशक तथा कलाकार दीपाश्री निरौलाको कुराले नीताको आँखा रसाएको हो । केक काट्नु अगाडि शुभकामना दिने क्रममा नीतालाई दीपाले काममा मिहिनेत गर्न र अरु कुरा नसोच्न आग्रह गरिन् । दीपाले भनिन्-‘हाम्रो निर्माणमा बनेको पहिलो चलचित्र ‘६ एकान ६’मा […]

जन्मदिनमा नीताः निर्मात्री बन्ने तयारी

नेपाली चलचित्र क्षेत्रमा आफ्नो अलग्गै स्थान बनाउन सफल नायिका नीता ढुंगानाको आज जन्मदिन हो । नीताले आफ्नो जन्मदिनको अवसर पारेर आज बेलुकी विशेष कार्यक्रमको समेत आयोजना गरेकी छिन् । नीताले गतबर्ष नै आफ्नो जन्मदिनमा चलचित्र निर्माण गर्ने बताएकी थिइन् । नीताका अनुसार उनले चलचित्र निर्माण गर्नका लागि नीता फिल्म प्रोडक्शन हाउस स्थापना गरिसकेकी छिन् । […]

नीताको ब्रत अन्जान मान्छेका लागि

आज नेपाली महिलाहरुको महान् पर्व तीजको विशेष दिन । आज नेपाली महिलाहरु ब्रत बसेका छन् । बिबाहित महिलाहरु आफ्नो श्रीमान्का लागि र अविवाहितहरु राम्रो श्रीमान् पाउँ भन्ने कामना गर्दै ब्रत बस्छन् । नेपाली चलचित्रका धेरै नायिकाहरु पनि आज ब्रत बसेका छन् । नायिका नीता ढुंगाना पनि आज ब्रत बसेकी छिन् । तर, उनको ब्रत बस्नुको […]

अमेरिकामा अनमोल र साम्राज्ञीलाई पपुलर नायक-नायिकाको अवार्ड, भूवन ‘यूग नायक’

अमेरिकामा आयोजना भएको ‘नेम्पा पपुलर फिल्म अवार्ड’मा नायक अनमोल केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सुप्रसिद्ध नायक-नायिकाको अवार्ड प्रदान गरिएको छ । नेपाल चलचित्र संघले आयोजना गरेको ‘नेम्पा पपलुर फिल्म अवार्ड’मा अनमोल र साम्राज्ञी पपुलर नायक-नायिकाको अवार्ड प्राप्त गर्न सफल भएका हुन् । अवार्ड समारोहमा अनमोल र साम्राज्ञी दुबै उपस्थित थिएनन् । अगष्ट ३१ देखि […]

नीता बनिन् ब्यूटी पार्लरको ब्रान्ड एम्बेस्डर

काठमाण्डौको पेप्सीकोला र मिन भवनमा रहेको ‘रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’को ब्रान्ड एम्बेस्डरमा नायिका नीता ढुंगाना अनुबन्धित भएकी छिन् । उनी १ बर्षका लागि यो सेन्टरसँग जोडिएकी हुन् । यसैविच, रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खरिबोट मिनभवनको नयाँ आउटलेटको नायिका नीता ढुंगाना लगायतले उद्घाटन गरेका छन् । व्युटी पार्लरसँग जोडिन पाउँदा निकै खुसी […]

नीतालाई प्रशंसाको भोक

अधिकांस कलाकारहरु सकेसम्म मिडियामा आफ्नो बारेमा नकारात्मक चर्चा नहोस नै भन्न चाहन्छन् । तर, एकहोरो प्रशंसाले मात्रै कलाकारको करिअर उकालो लाग्न सक्दैन । आफ्ना काम र क्रियाकलापमा प्रशंसा एवं आलोचना दुबै पचाउन सक्ने कलाकार नै उचाईमा पुगेका छन् । कलाकारका दुबै पाटो केलाउनु मिडियाको पनि जिम्मेवारी हो । तर, नेपाली चलचित्रका केही कलाकारहरुमा आलोचना पचाउने […]

राजपाल यादवपछि भोजपुरी स्टार दिनेशलाल यादवसँग नीताको जोडी

नायिका नीता ढुंगाना अभिनय राम्रो गर्छिन् । तर, अभिनयले मात्र उनको क्रेज बनाउन सकेन । तर, पनि नीतालाई चलचित्रको अभाव भने छैन । उनले, बलिउडका चर्चित कमेडियन राजपाल यादवसँग चलचित्र ‘करोडपति’मा काम गरिन् । यो चलचित्र कहिले रिलिज हुन्छ भन्ने बिषयमा केही पनि बताइएको छैन । चलचित्रमा नीताको जोडीको रुपमा नायक आर्यन अधिकारी छन् । […]