Comments Add Comment
No ads found for this position

नीता ढुंगाना

List Grid
प्रेम टुट्दा र जोडिदा कसलाई फाइदा कसलाई घाटा ?

चलचित्र क्षेत्रका सेलिब्रिटीहरु प्रेममा परेपछि उनीहरुको फ्यान फलोइङ घट्ने आम मान्यता छ । त्यसैले पनि धेरै सेलिब्रिटीहरुले आफ्नो प्रेमलाई लुकाउन खोज्छन् । प्रेममा परेका सेलिब्रिटीहरुले चर्चा त पाउँछन्, तर काम कम पाउँछन् भन्ने टिप्पणी हुन गर्छ । कुनै पनि कलाकारको नाम अर्को कुनै चलचित्रकर्मीसँग जोडिदा उनीहरुले काम कम पाएको उदाहरण प्रशस्त छन् । प्रेमबाट अलग […]

धपक्कै बलेकी नीता

कुनै पनि चलचित्रको कार्यक्रममा नायिकाहरु सधै नै फोकस हुन्छन् । अझ, अवार्ड वा प्रिमियरमा पुग्दा त नायिकाहरुलाई पहिरनको सधै नै सकस हुन्छ । यसैले पनि नायिकाहरु अवार्ड वा प्रिमियरमा सधै नै आकर्षक पहिरन लगाउन होडबाजी गर्छन् । नायिका नीता ढुंगाना बिहिबार आयोजना भएको ‘दशौ डी सिने अवार्ड’मा पुगिन् । नायिकाहरुको उपस्थिती फितलो रहेको अवार्ड समारोहमा […]

फिल्म अवार्डको घट्दो आकर्षण: जित्ने पनि आउन छोडे

पछिल्लो समय नेपालमा फिल्म अवार्ड यति महत्वहिन भइरहेका छन् कि अवार्ड विजेतालाई नै कार्यक्रममा ल्याउन आयोजकलाई मुश्किल पर्न थालेको छ । आयोजकले अवार्ड पाउनेलाई फोन गरी-गरी बोलाउँदा पनि कलाकार उपस्थित हुन छाडेका छन् । बिहिबार बेलुकी आयोजना भएको ‘दशौ डी सिने अवार्ड’मा पनि यस्तै अवस्था देखियो । कुल २९ विधा र विभिन्न नाम दिएर आधा […]

‘डी सिने अवार्ड’मा अनमोल र नीता उत्कृष्ट, ‘कृ’ उत्कृष्ट फिल्म(फोटो फिचरसहित)

काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजना भएको ‘दशौ डी सिने अवार्ड’मा नायक अनमोल केसी र नायिका नीता ढुंगाना उत्कृष्ट नायक–नायिकाको अवार्ड जितेका छन् । छायाछवि क्रियशनको आयोजनामा भएको अवार्ड समारोहमा अनमोलले चलचित्र ‘कृ’बाट उत्कृष्ट नायकको अवार्ड जितेका हुन् । योसँगै अनमोलले यो बर्ष दोश्रो पटक अवार्ड जितेका छन् । उनले, यसअगाडि ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा उत्कृष्ट नायकको […]

‘दि कर्मा’मा नीता र परमिता भित्रिए

छायांकनमा जानु अघिदेखि नै विभिन्न कारणले चर्चा र विवादमा रहेको चलचित्र ‘दि कर्मा’को हाल धमाधम पोष्ट प्रोडक्शनको काम भैरहेको छ । चलचित्रको पोष्ट प्रोडक्शनको काम चलिरहेको समयमा यो चलचित्रमा ३ चर्चित अनुहारले काम गरेको खुलाइएको छ । चलचित्रको घोषणादेखि नै नायिकाको खोजी गरिएतापनि छायांकन सकिदासम्म निर्माणपक्षले यस बिषयमा जानकारी दिएको थिएन । चलचित्रको निर्माणपक्षका अनुसार, […]

रिलिज भयो सरोज र नीताको ‘पंचायत’

करिब ५० बर्ष अगाडिको कथालाई पर्दामा उतारेको चलचित्र ‘पंचायत’ आजबाट हलमा लागेको छ । देशभरका हलमा लागेको यो चलचित्रलाई शिवम् अधिकारीले निर्देशन गरेका हुन् । प्रिमियर र विदेशमा आयोजना भएको महोत्सवबाट समेत उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्रलाई दर्शकले रुचाउने अपेक्षा गरिएको छ । यो चलचित्रमा सरोज खनाल, नीता ढुंगाना लगायतका कलाकारको मुख्य भूमिका छ । रवि […]

‘पञ्चायत’मा नीताः २५ बर्षकी नायिका कसरी देखिइन् १४ बर्षकी फुच्ची ?

भोली शुक्रबारबाट देशभर चलचित्र ‘पंचायत’ रिलिज हुदैछ । अमेरिकामा भएको एक महोत्सवमा अवार्ड जितेर यो चलचित्र चर्चामा आएको थियो । गत साता काठमाडौंमा गरिएको प्रिमियर शोमा पनि यसले तारिफ पायो । यसैले पनि चलचित्र चल्नेमा यसको निर्माणपक्ष विश्वस्त छ । यो चलचित्रको मुख्य भूमिकामा नायिका नीता ढुंगाना देखिएकी छिन् । नीता यो चलचित्रमा १४ बर्षकी […]

‘पंचायत’को कथा अर्गानिकः सरोज खनाल

चैत्र २ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पंचायत’ अर्गानिक चलचित्र भएको यसको निर्माणपक्षले बताएको छ । चलचित्रको रिलिज मिति नजिकिदै गर्दा यसको यूनिट मोफसल दौडमा छ । चलचित्रको बारेमा जानकारी दिन चितवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै यसका निर्देशक शिवम् अधिकारीले ऐतिहासिक र मौलिक खालको चलचित्र बनेको भन्दै दर्शकको माया पाउने विश्वास व्यक्त गरे । […]

केकी र नीता त ‘आगो’ नाँच्ने रहेछन्ः राजाराम पौडेल

चलचित्र ‘ट्रक ड्राइभर, गुरुचेला’ लगायतमा पनि हाँस्य कलाकार राजाराम पौडेलले नायिकाहरुसँग नृत्य गरेका थिए । तर, त्यो समयमा उनी नायकको साथीको रुपमा मात्र नायिकासँग देखिन्थेँ । तर, यसपटक उनी केहि फरक अनुभव गर्दैछन् । फागूण २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हुर्रे’का २ वटा गीतमा नै राजारामले नायिकाहरुसँग गज्जबले कम्मर मर्काएका छन् । नायिका केकी […]

‘पंचायत’ले के ‘झोला’को इतिहास दोहोर्‍याउला ?

चलचित्र ‘पंचायत’ चैत्र २ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको कथावस्तु वि.सं २०३३ सालतिरको हो । पञ्चायती शासनको उग्रसमयमा एउटा गाउँको रोचक कथालाई चलचित्रले पर्दामा उतारेको छ । अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको ‘सान्फ्रान्सिस्को फिल्म फेस्टिभल’मा यो चलचित्रले उत्कृष्ट विदेशी भाषाको चलचित्रको अवार्ड पाएको थियो । यसले पनि चलचित्रको निर्माण कतिसम्म पावरफूल छ भन्ने संकेत गर्छ […]

‘पारस’मा नीता र प्रज्ज्वलको जोडी

मोडल प्रज्ज्वल सुजल गिरीले गतिलो अवसर पाएका छैनन् । चलचित्रमा उनले निरन्तर काम त गरिरहेका छन्, तर चर्चा खासै पाउन सकेका छैनन् । प्राय चलचित्रमा खलनायकको भूमिकामा देखिदै आएका प्रज्ज्वल अब भने एक चलचित्रमा मुख्य नायिकाको रुपमा देखिदैछन् । उनले चलचित्र ‘पारस’मा मुख्य नायकको रुपमा काम गर्न लागेका हुन् । यो चलचित्रमा उनको जोडीको रुपमा […]

नीताको खुलेको पहिरन

यस्तो लाग्दैछ, काठमाण्डौको जाडो नेपाली चलचित्रका नायिकाहरुका लागि सकिएको छ । फागूणसम्म काठमाण्डौमा जाडो नै हुने गरेतापनि नायिकाहरुका लागि भने माघको मध्य महिनामै जाडो सकिएको छ । केहि दिन अगाडि नायिका बर्षा सिवाकोटीको पहिरन हेर्दा यस्तै अनुमान गर्न सकिन्थ्यो । अब, नायिका नीता ढुंगानाले मंगलबार आयोजना भएको ‘कामना फिल्म अवार्ड’मा लगाएको पहिरन हेर्दा यसै भन्न […]

ब्रेकअपको २ बर्षपछि एकसाथ देखिए नीता र आमेष

‘म सधै नै सिंगल छु, उसको के छ भन्न सक्दिनँ’, ब्रेकअप भएको करिब २ बर्षपछि पहिलो पटक मिडियाको क्यामेरा अगाडि नायिका नीता ढुंगानाको साथमा देखिएका नायक आमेष भण्डारीले भने । मिडियालाई एकसाथ भेट्दा केहि अत्तालिएका आमेष र नीताले ब्रेकअप भएपनि दुबैजना राम्रो साथी भएको बताए । २ बर्षपछि आमेषलाई भेट्दा उसको कपालमा परिवर्तन भएको नीताले […]

नीताको कम्मर र गर्धनको ट्याटुको रहस्य

नायिका नीता ढुंगाना आइतबार चलचित्र ‘हुर्रे’को पत्रकार सम्मेलनमा उपस्थित भइन् । यो चलचित्रमा समावेश ‘पशुपति’ बोलको गीतको भिडियोमा नीताको आइटम नृत्य छ । जहाँ, उनले कम्मरमा ट्याटु बनाएकी छिन् । तपाइको कम्मरको ट्याटु सक्कली हो कि नक्कली भन्ने प्रश्नमा नीताले भनिन्-‘यो नक्कली हो । मैले चलचित्रका लागि मात्र यो ट्याटु बनाएकी हुँ ।’ तर, नीताको […]

‘हुर्रे’को ‘पशुपति’ बोलको गीत रिलिज, नीताको आइटम डान्स

नायिका नीता ढुंगाना पहिलो पटक आइटम गीतमा फिचर भएकी छिन् । फागूण २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हुर्रे’मा समावेश ‘पशुपति’ बोलको गीतमा नीताले आइटम नृत्य गरेकी छिन् । नीतालाई यति बोल्ड अवतारमा दर्शकले पहिलो पटक देखेका हुन् । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । यम थापाको लेखन तथा निर्देशनमा तयार […]

‘सेक्सी गर्ल’ नीता

नायिका नीता ढुंगाना सार्वजनिक कार्यक्रम होस् या चलचित्रको पर्दामा नै किन नहोस्, पहिरनको मामालामा सचेत छिन् । नीताका पहिरनहरुले मिडियामा त्यती चर्चा पाएका हुँदैनन् । सामान्य पहिरनमा नै नीतालाई दर्शकले चलचित्र वा सार्वजनिक कार्यक्रममा देख्दै आएका छन् । यसैले, दर्शकमा पनि नीताको छाप ‘सेक्सी हट गर्ल’ भन्दा पनि साधारण नायिकाको रुपमा परेको छ । तर, […]

नीतासँग प्रमोदको जोडी

नायिका नीता ढुंगाना र नायक प्रमोद भारद्धाजले छायांकन भैरहेको एक चलचित्रमा जोडी वाँधेका छन् । वैदेशिक रोजगारीका क्रममा खाडी मुलुकमा रहेका नेपालीहरुको कथामा चलचित्र ‘रियाल रिंगेट’ बनिरहेको छ । यो चलचित्रलाई दीपक अधिकारीले निर्देशन गरिरहेका छन् । दीपकले यहि चलचित्रबाट रजतपटमा डेब्यू गरेका हुन् । चलचित्रमा प्रमोद, नीताको साथमा छुल्ठिम गुरुङ, रामचन्द्र अधिकारी लगायतका कलाकारले […]

आर्यनको रोमान्स, ‘प्रियंकादेखि श्रृष्टीसम्म’

गतबर्ष बैशाखमा रिलिज भएको चलचित्र ‘के म तिम्रो होइन र’बाट नायक आर्यन अधिकारी चलचित्र क्षेत्रमा उदाए । यो चलचित्रले बक्स अफिसमा औषत व्यापार गरेपनि आर्यनको लुक्स, सिक्स प्याक शरीरले धेरै चर्चा पायो । आर्यनले अभिनयसँगै एक्सनमा पनि संभावना देखाएको चर्चा भयो । २ बर्षको अन्तरालमा आर्यन चलचित्र क्षेत्रमा गजबैले जमेका छन् । डेब्यू चलचित्रपछि उनको […]

पञ्चायतको गीतमा नीता भन्दैछिन्-‘छोरीको कर्म’

चलचित्र ‘पंचायत’मा समावेश ‘छोरीको कर्म’ बोलको गीतको भिडियो रिलिज भएको छ । फागूण १७ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको मर्मस्पर्शी गीत रिलिज गरिएको हो । यो गीतको भिडियोमा चलचित्रकी मुख्य कलाकार नीता ढुंगानालाइ फिचरिङ गरिएको छ । पचाँस बर्ष पुरानो ग्रामिण भेगको कथालाइ यो चलचित्रमा देखाइएको छ । सरु गौतमको आवाज रहेको यो गीतमा शिवम् […]

नीता अब निर्मात्री, जान्नुहोस् जन्मदिनमा के-के गरिन् नायिकाले ?

नायिका नीता ढुंगाना अब निर्मात्री बन्ने भएकी छिन् । नेपाली चलचित्रका नायिकाहरुले धमाधम चलचित्र निर्माण गरिरहेको समयमा नीताले पनि सोही बाटो समातेकी हुन् । नायिका मात्र भएर काम गर्दा केही बर्षमा नै चलचित्र क्षेत्रबाट हराउनुपर्ने अवस्था श्रृजना हुने भएकाले नायिकाहरुले चलचित्र निर्माणमा हात हालेर लामो समयसम्म यो क्षेत्रमा रहिरहने उपाय रोजेका हुन् । बिहिबार आफ्नो […]

जन्मदिनमा नीताले गरिन् ‘फिल्म प्रोडक्शन हाउस’को घोषणा, भन्छिन्-‘एक्लै हुँदा खुशी छु’

नायिका नीता ढुंगाना आज आफ्नो २५ औं जन्मदिन मनाउँदैछिन् । आजबाट २५ बर्षमा प्रवेश गरेकी हेटौडाकी नीताले जन्मदिनको अवसर पारेर नयाँ घोषणा पनि गरेकी छिन् । उनले भनिन्-‘चलचित्र अभिनयसँगै अब म निर्माणमा पनि हात हाल्दैछु । यसैले, ‘नीता ढुंगाना फिल्मस्’ आज घोषणा गर्दैछु । नीताले आज पत्रकार, आफन्त र साथीभाइसँग जन्मदिन सेलिव्रेशन गर्न पनि लागेको […]