Comments Add Comment
No ads found for this position

नेपाली चलचित्र

List Grid
‘दाल भात तरकारी’पछि आँचलको कुन फिल्म ?

नायिका आँचल शर्माले यो बर्षको पहिलो महिनामा रिलिज भएको चलचित्र ‘दाल भात तरकारी’मा काम गरिन् । यो चलचित्रले समिक्षागत रुपमा राम्रो प्रतिक्रिया पाएन । आँचलको भूमिका पनि संझनलायक थिएन । यसैले पनि यो चलचित्र गरेर आँचललाई के फाइदा भन्ने प्रश्न पनि उठ्न सक्छ । गतबर्ष ‘ब्ल्याक’ नामक चलचित्रबाट खासै राम्रो तारिफ नपाएकी आँचलले यो बर्ष […]

निर्माता संघको विज्ञप्ती–‘शुक्रबारमात्र फिल्म प्रदर्शनको प्रावधान लागू होस्’

बलिउड चलचित्र ‘भारत’लाई बुधबार नै नेपालमा रिलिज गरि पाउँ भनेर वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टले जिल्ला अदालत, काठमाण्डौमा मुद्दा दायर गरेपछि अदालतले वितरण कम्पनीको पक्षमा फैसला ग¥यो । योसँगै अब जुनसुकै बारमा पनि विदेशी चलचित्र रिलिज हुने बाटो खुलेको छ । योसँगै सलमान खान स्टारर चलचित्र ‘भारत’ भोलीदेखि नै नेपालमा रिलिज हुँदैछ । यसको प्रत्यक्ष असर […]

गौरी, करिश्मा र रेखालाई साथमा राख्दै सरिताको प्रश्न–‘म गैह्र कलाकार कसरी ?’

जेठको २५ गते हुन लागेको चलचित्र कलाकार संघको साधारण सभामा अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी कलाकार सरिता लामिछानेले आफ्नो एजेन्डा र गुनासो पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेकी छिन् । सरिताको पत्रकार सम्मेलनमा नायिकात्रय गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापा उपस्थित थिए । तिनै जना नायिकाले महिला नेतृलाई साथ दिन आग्रह गरे । पत्रकार […]

सुपुष्पाको उत्साह

‘रणवीर’ डेब्यू नायिका सुपुष्पा भट्ट अहिले उत्साहित छिन् । पहिलो चलचित्र असफल हुँदा उनले निर्वाहा गरेको भूमिकाको प्रशंसा भएको थियो । यसैले, पनि सुपुष्पालाई चलचित्रको अफर आइरहेको थियो, तर उनले ब्यानर र टिम हेरेको देखिन्छ । सुपुष्पा भट्ट अहिले दशैंमा रिलिज हुन लागेको चलचित्र ‘छ माया छपक्कै’मा काम गरिरहेकी छिन् । यो चलचित्रको ब्यानर र […]

लण्डनमा बोल्ड सुहाना

चलचित्र ‘ए मेरो हजुर ३’को रेड कार्पेट प्रिमियर बेलायतमा गरिएको छ । आइतबार बेलुकी अल्डरसटस्थित एम्पायर हलमा चलचित्रको प्रिमियर भएको हो । सपन इन्टरटेनमेन्टले आयोजना गरेको प्रिमियरमा चलचित्रकी नायिका सुहाना थापा, निर्देशक झरना थापा र निर्माता सुनिलकुमार थापा उपस्थित थिए । चलचित्रको प्रदर्शन अगाडि आयोजित कार्यक्रममा सुहाना, झरना र सुनिलले दर्शकको माया नै आफूहरुको सफलता […]

भूवन भन्छन्–‘रीमा मेरो मनपर्ने नायिका’

नायक भूवन केसीले नायिका रीमा विश्वकर्मालाई आफ्नो मनपर्ने नायिका भनेका छन् । नायक भूवन केसी र नायिका रीमा विश्वकर्माले पहिलो पटक चलचित्रको पर्दामा रोमान्स गर्दैछन् । चलचित्र ‘मिस्टर नेपाली’को पत्रकार सम्मेलनमा उपस्थित भूवनले नायिका रीमालाई फुर्काउँदै उनको कामबाट आफू प्रभावित भएको बताए । उनले भने–‘रीमा मेरो बेष्ट नायिका हुन् । उनको कामबाट म प्रभावित छु […]

बोल्ड साम्राज्ञी, स्टाइलिस पुष्प

भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’को फस्टलुक सार्वजनिक भएसँगै यसको चर्चा बढेको छ । चलचित्रको फस्टलुकमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायिक पुष्प खड्कालाई देखाइएको छ । पूनम गौतमको निर्माणमा तयार भएको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्रको निर्माण टिमले उपलब्ध गराएको केही तस्वीरमा नायिका साम्राज्ञी र नायक पुष्प बोल्ड र […]

रविन्द्रको योजना–‘आफ्नै भवन र राजनीति मुक्त कलाकार संघ’

चलचित्र कलाकार संघले, जेठ २५ गते नयाँ नेतृत्व चयन गर्दैछ । यस भन्दा अगाडि हुन लागेको साधारण सभामा उजुरी परेपछि स्थगित भएको थियो । यसपटक भने, कलाकार संघको साधारण सभा हुने पक्का जस्तै छ । यसपटक, चलचित्र कलाकार संघको निर्वाचनले फेरि माहोल तताएको छ । अध्यक्ष रामकेशर बोगटीको दुर्घटनामा परेर निधन भएपछि कलाकार संघले नयाँ […]

सरिता लामिछाने भन्छिन्–‘अध्यक्ष पदमा उम्मेदवारीपछि म असुरक्षित महशुश गर्दैछु’

जेठ २५ गते आयोजना हुन लागेको चलचित्र कलाकार संघको निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएसँगै आफू असुरक्षित भएको कलाकार सरिता लामिछानेले बताएकी छिन् । अनलाइनखबरसँग फोनमा कुरा गर्दै उनले सुरुमै भनिन्–‘म मेरो एजेन्डा मंगलबार आयोजना हुने पत्रकार सम्मेलनमा प्रस्तुत गर्नेछु । तर, अहिले म आफूलाई ह्यारेसमेन्ट हुन थालेको महुशश गर्दैछु ।’ भावूक हुँदै लामिछानेले भनिन्–‘शनिबारदेखि […]

वर्षाको पहिरन विवादपछि संजोगले लेखे–‘म कठिन समयमा तिमीलाई माया गर्नेछु’

नायिका वर्षा राउत अहिले अष्ट्रेलियामा छिन् । अष्ट्रेलियामा आयोजना भएको चलचित्र ‘जात्रै जात्रा’को विशेष शोमा उनले लगाएको पहिरनको धेरै नै ट्रोल भयो । कतिपय ट्रोलले वर्षाको व्यक्तिगत जीवनमा समेत असर पर्ने देखिएको छ । वर्षा राउतले गतबर्षको फागूणमा मात्र नायक संजोग कोइरालासँग बिबाह गरेकी हुन् । बिबाहपछि नायिका वर्षा राउत संभवत पहिलो पटक विवादमा फसिन् […]

लालबन्दीको बीणा हल–‘कमजोर पर्दामा रमाएका छन् दर्शक’

शनिबार बिहानीको शो । सर्लाहीको बिणा चलचित्र मन्दिरमा चलचित्र ‘कप्स’ प्रदर्शन भइरहेको थियो । मोफसलको यही हलबाट चलचित्र विकास बोर्डले बक्स अफिसको सुरुवात गर्दै थियो । यो हलमा दर्शकको उपस्थिती निकै नै कम थियो ।स्पेशल सिटमा ४५ जना र बाल्कोनीमा ३० जना बसेर चलचित्र हेरिरहेका थिए । स्पेशलमा ४ सय सिट छन् । बाल्कोनीमा १ […]

‘मिस्टर नेपाली’को घोषणा, भूवनसँग रीमाको जोडी

देवचुली फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘मिस्टर नेपाली’को आज औपचारिक घोषणा गरिएको छ । चलचित्रको छायांकन पनि आजैबाट सुरु भएको छ । नवलपरासीमा यो चलचित्रको छायांकन हुनेछ । प्रेमराज दाहालको निर्माणमा तयार हुन लागेको चलचित्रमा देव नारायण भुषालको लेखन तथा निर्देशन रहनेछ । यो चलचित्रमा नायक भूवन केसी र नायिका रीमा विश्वकर्माको जोडीलाई […]

भदौ २० मा नीताको ‘सोच’

एक्सन तथा लभ स्टोरी कथामा तयार भएको चलचित्र ‘सोच’को फस्टलुक र रिलिज मिति तय गरिएको छ । पुजन सिंहको कथा र निर्देशनमा बनेको यो चलचित्र भदौ २० गतेबाट रिलिज हुने जानकारी निर्माणपक्षले दिएको छ । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको चलचित्रको पोष्टरमा कलाकारद्धय प्रज्ज्वल गिरी, पुजन सिंह र नायिका नीता ढुंगानालाई प्रस्तुत […]

‘पानीफोटो’ मार्फत खगेन्द्रको निर्देशनमा डेब्यू

  कलाकारको रुपमा आफ्नो छुट्टै स्थान बनाइसकेका खगेन्द्र लामिछानेले अब चलचित्र निर्देशन गर्ने भएका छन् । उनको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘पानीफोटो’ आज घोषणा गरिएको छ । पन्ध्र बर्ष अगाडि वेपत्ता भएको आफ्नो छोराको पर्खाइमा बसेका बाबुआमाको कथामा यो चलचित्र बन्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । चलचित्रमा सुनिल पोखरेल, निशा […]

साम्राज्ञी र पुष्पको रोमान्टिक अवतारमा ‘मारुनी’

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह करिब एक बर्षपछि ‘मारुनी’ चलचित्रमा देखिदैछिन् । गतबर्षको असोजमा उनी अभिनित चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ रिलिज भएको थियो । भदौ १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मारुनी’को फस्टलुक सार्वजनिक गरिएको छ । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गरेको यो चलचित्रलाई नवल नेपालले निर्देशन गरेका छन् । राजा प्रधान, दर्शना केसी, […]

‘कागजको टिकटमा व्यापार गर्ने भ्रष्ट हुन्’: मन्त्री बाँस्कोटा

शनिबार सर्लाहीको लालबन्दीमा रहेको बिणा चलचित्र मन्दिरबाट मोफसलमा बक्स अफिसको सुरुवात भएको छ । सूचना तथा संचार प्रविधी मन्त्री गोकुल प्रसाद बाँस्कोटाले अनलाइन टिकेटिङ्ग प्रिन्ट गर्दै मोफसलमा बक्स अफिसको औपचारिक सुरुवात गरे । कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले पहिला कागजमा टिकट काटाएर चलचित्र देखाउनेहरु भ्रष्टचारी भएको बताए । उनले भने–‘कागजको खोस्टोलाई टिकट बनाएर व्यापार गर्नेहरु भनेको […]

‘जात्रै जात्रा’को अष्ट्रेलिया शोमा खुलेकी वर्षा

चलचित्र ‘जात्रै जात्रा’ले अहिले नेपालमा मात्र होइन, विदेशमा पनि आक्रामक व्यापार गरिरहेको छ । विशेषगरि, अष्ट्रेलियामा चलचित्रले नयाँ रेकर्ड राखिरहेको छ । यही क्रममा शुक्रबार बेलुकी अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको प्रदर्शनमा चलचित्रका मुख्य नायक विपिन कार्की, नायिका वर्षा राउत, निर्देशक प्रदिप भट्टराई, कार्यकारी निर्माता तथा कलाकार रविन्द्र सिंह बाँनिया उपस्थित थिए । चलचित्रको अष्ट्रेलियामा २० […]

मोफसलमा बक्स अफिस प्रणाली सुरु

काठमाण्डौमा बक्स अफिस प्रणालीको सुरुवात भएको एक वर्ष पार गरिसकेको छ । तर, यसको प्रभावकारी कार्यान्वयन भने भएको छैन । काठमाण्डौ भित्र नै बक्स अफिस प्रभावकारी रुपमा लागू नभएको अवस्थामा चलचित्र विकास बोर्डले मोफसलमा बक्स अफिसको सुरुवात गरेको छ । आगामी साउनसम्म देशैभर बक्स अफिस कार्यन्वयन गर्ने नीति अनुसार सर्लाही जिल्ला लालबन्दीमा रहेको वीणा चलचित्र […]

१ महिनामा ३ फिल्म किन चले ?

लगातार नेपाली चलचित्र चल्दै चल्देनन् भनेर टिप्पणी गरिन्छ । झन्, नेपाली चलचित्रका लागि दर्शक नै कम भए पनि भनिन्छ । गएको बर्ष पनि चलचित्र एक बर्षमा जम्मा ४ वटा चलेका थिए । यसैले, नेपाली चलचित्र एक–दुई महिना नचल्दा दर्शक हराएको सूचना नै जारी हुन्छ । तर, गएको १ महिनामा ३ वटा नेपाली चलचित्र बक्स अफिसमा […]

असोज ३ मा ‘लभ डायरिज, सरौतो र घामद शेरे’

असोज ३ गतेको डेटलाई यो बर्ष निर्माताले विशेष रुपमा हेरेको देखिएको छ । दशैंको छेकोमा चलचित्र रिलिज गर्दा दशैसम्म दर्शक हलमा आउँछन् र दशैंको बिदासम्म चलचित्र चल्ने भएको सोचका साथ निर्माताले धमाधम चलचित्रको रिलिज तय गरेका छन् । असोज ३ लाई प्रदर्शन मिति सुरुमा चलचित्र ‘लभ डायरिज’को निर्माण टिमले तोकेको हो । सुशिल श्रेष्ठ, रुबिना […]

अनुपको ‘कप्स’ले मल्टिप्लेक्समा शो नै पाएन

नायक अनुप विक्रम शाही पछिल्लो पुस्तामा चिनिएको नाम हो । चलचित्रको पर्दामा अनुपलाई लिएर काम गर्दा निर्माताले लगानी पनि राम्रै गरेका छन् । अनुप पनि अब आफूलाई निर्माताले १ करोडसम्म लगानी गर्न तयार भएको बताउँछन् । तर, अनुप विक्रम शाहीले अभिनय गरेका चलचित्रले बक्स अफिसमा खरो व्यापार गर्न सकेका छैनन् । अनुपलाई बरु दर्शकले खलनायकको […]