Comments Add Comment
No ads found for this position

परमिता आर एल राणा

List Grid
मलाई ‘किङ्ग’ चाहिदैनः परमिता

नायिका परमिता आर एल राणा अब गायिका पनि बनेकी छिन् । परमिताले सार्वजनिक गरेको ‘क्विन’ बोलको गीतलाई दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन् । परमिता कोही पनि यूवती ‘क्विन’ हुनसक्ने बताउँछिन् । तर, ‘क्विन’ भैसकेपछि ‘किङ’को आवश्यकता पर्छ भन्ने नभएको उनले बताइन् । उनले भनिन्–‘किङ विना शासन गर्ने पनि धेरै छन् । मलाई पनि किङ चाहिएको […]

परमिताको आवाजमा ‘क्विन’ रिलिज, फिल्मको स्क्रिप्ट पनि लेख्दै

नायिका परमिता आर एल राणाको आवाजमा ‘क्विन’ नामक गीत सार्वजनिक भएको छ । नेपाली र अंग्रेजी शब्दमा परमिताले गाएको यो गीतले आम महिलाहरुलाई प्रतिनिधित्व गरेको छ । सिकेको सम्पादन र निर्देशन रहेको यो गीतको भिडियोलाई आकर्षक बनाइएको छ । पिरोको यो गीतमा शब्द तथा संगीत छ । भिडियोमा परमिता आफैले मोडलिङ गरेकी छिन् । उनको […]

‘चङ्गाचेट’को व्यापार मल्टिप्लेक्समा सुखद

गत शुक्रबारदेखि रिलिजमा आएको कमेडी कथाको चलचित्र ‘चङ्गाचेट’ले दोश्रो हप्ताको शनिबार पनि दर्शकको राम्रो साथ पाइरहेको छ । तिहारको बिदामा बलिउडको ठूलो चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ रिलिज भएको थियो । तर, निकै खराब समिक्षाका कारण यो चलचित्र कमजोर देखिन थालेको छ भने यसको फाइदा नेपाली चलचित्रले उठाएका छन् । चलचित्रले शुक्रबार र शनिबार काठमाण्डौका मल्टिप्लेक्स […]

परमिताको हिसीसँग ब्रेकअप, भनिन्-‘पीडा सिकाएकोमा धन्यवाद’

नायक आयुष्मान देशराज जोशीसँगको लामो प्रेम सम्बन्धबाट अलग भएपछि नायिका परमिता आर एल राणाले अर्का एक यूवकसँग मन साटिन् । हिसी लोसांग नाम गरेका यूवा र परिमिताको प्रेम सम्बन्ध सबैका लागि खुल्ला किताब नै बनेको थियो । परमिताको जन्मदिनमा हिसीले औठी लगाइदिएपछि उनीहरुविच इन्गेजमेन्ट नै भएको भन्ने खालका खबर पनि आएका थिए । तर, पछि […]

निर्माताको दाबी-‘चङ्गा चेट’लाई दर्शकले रुचाए’

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘चङ्गा चेट’लाई शनिबार दर्शकको उत्साहजनक साथ मिलेको छ । शनिबार देशभरका अधिकांश हलमा दर्शकको भीड लागेको यसको निर्माणपक्षले बताएको छ । शनिबार दिनभर नै काठमाण्डौका विभिन्न हलमा पुगेका चलचित्रका निर्माता, निर्देेशक र कलाकार दर्शकको साथले उत्साहित देखिएका थिए । निर्देशक दिपेन्द्र के खनालले देशभर नै शनिबार चलचित्र हाउसफूलका साथ व्यापार गर्न […]

परमिताको फेरिएको लुक्स

नायिका परमिता आर एल राणा चलचित्र क्षेत्रमा आएको केही बर्षपछि बल्ल क्लिक हुन थालेकी छिन् । उनको कामलाई निर्माताले पत्याउन थालेका छन् । सायद, यही भएर पनि होला उनलाई दर्शकले पनि रुचाउन थालेका छन् । परमिता नेपाली चलचित्र क्षेत्रमा मोडलिङबाट आएकी हुन् । मोडल राणाको लुक्स पनि सोही कारण बदलिरहेको पाइन्छ । परमिताले हालै मात्र […]

‘गोजीमा दाम छैन’ हिट भएपछि निर्माताले दिए संगीतकारलाई ५० हजार

चलचित्र ‘चङ्गाचेट’मा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीत अहिले सर्वाधिक हिट छ । यो गीत श्रोताको मुखमा झुन्डिएको नै छ । गीत हिट भएकाले पनि चलचित्रको हाइप अझै बढेको छ । गीतले युटुबमा डेढ करोड भ्यूज पाएपछि यसको निर्माणपक्ष पनि दंग छ । सोही अवसरमा आज काठमाण्डौमा डेढ करोड भ्यूजको केक काट्दै सेलिव्रेशन गरिएको छ […]

‘चंगाचेट’का ४ अपराधी

कात्तिक १६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चंगाचेट’ अहिले गीतका कारण चर्चामा छ । ‘गोजीमा दाम छैन’ बोलको गीतले हंगामा नै मच्चाइरहेको छ । यसैविच, चलचित्रचको फस्टलुक रिलिज गरिएको छ । चलचित्रको फस्टलुकमा मुख्य ४ कलाकारको भिन्न रुप देखाइएको छ । जसलेगर्दा, चलचित्रप्रतिको कौतुहलता अझ बढ्नेछ । चलचित्रका मुख्य ४ कलाकार आयुष्मान देशराज जोशी, सुरक्षा […]

आयुष्मान र परमिताको ब्रेकअपपछिको मिलन

आइतबार आयोजना भएको चलचित्र ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक कार्यक्रममा केही भिन्न बन्यो । कार्यक्रम भिन्न बन्नुको कारण थियो पूर्व प्रेम जोडी आयुष्मान देशराज जोशी र परमिता आर एल राणाको उपस्थिती । सुरुवातमा परमिता आयुष्मान भन्दा पर बसेकी थिइन् । तर, चलचित्रका निर्माता माधव वाग्लेले परमितालाई आफू बसेको ठाउँ छाडिदिएपछि आयुष्मान र परमिता एकसाथ भए । […]

प्रेमीले लगाइदिएको औठी बारे परमिताको स्पष्टिकरण

नायिका परमिता आर एल राणाले आफ्नो २५ औं जन्मदिन मनाउने क्रममा उनका प्रेमी हिसी लोसांगले उनलाई औठी लगाइदिएका थिए । औठी लगाउने क्रममा परमिता भावूक बनेकी थिइन् । परमिताले इन्स्टाग्राममा पोष्ट गरेको भिडियोमा एक जना व्यक्तिले उनलाई -‘के तिमी इन्गेजमेन्ट गर्दैछौ ?’ भनेर सोधेका थिए । बिहिबार केही नेपाली मिडियामा परमिताले इन्गेजमेन्ट गरेको खबर समेत […]

दी कर्मा गीतः नीताको जवानीको बजार लागेपछि

नायिका नीता ढुंगाना नृत्यमा सफल मानिन्छिन् । उनै, नीताको नृत्य रहेको चलचित्र ‘दि कर्मा’मा समावेश ‘बजार लाग्या छ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा चलचित्रका मुख्य कलाकार नीता र नायक करण वर्माको नृत्य छ । भिडियोमा नायिका परमिता आर एल राणाको रिसाहा अवतार देख्न सकिन्छ । साथमा कलाकार वुद्दि तामाङ र निर्देशक देवकुमार […]

ढल्की ढल्कीमा प्रियंका हाबी, तर तारिफ परमिताको

सोमबार सार्वजनिक भएको चलचित्र ‘चङ्गाचेट’मा समावेश ‘ढल्की ढल्की’ बोलको गीतको भिडियोमा नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी हाबी छन् । भिडियोमा आयुष्मान र प्रियंकाको केमेष्ट्रीलाई बढी फोकस गरिएको छ । तर, दर्शकले भने भिडियोमा छोटो समय मात्र देखिएकी नायिका परमिता आर एल राणालाई अत्याधिक रुचाएका छन् । परमिताको स्टाइल, उनको अभिनय र पहिरनलाई […]

‘चङ्गाचेट गीत’: आयुष्मान र प्रियंकाको ‘ढल्की ढल्की’

कात्तिक १६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चङ्गाचेट’मा समावेश ‘ढल्की ढल्की’ बोलको डान्सिङ गीत सार्वजनिक भएको छ । अल्मोडाराना उप्रेतीको स्वर रहेको यो गीतमा हरिहर तिमिल्सिनाको शब्द, मिस्टर आरजेको संगीत छ । यो गीतमा चलचित्रका मुख्य कलाकारहरुलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, परमिता आर […]

‘रोज’को विशेष शोमा प्रदिपका यस्ता यूवती फ्यान

आफ्नै प्रेमीले प्रेमिकालाई किन मार्‍यो भन्ने कथाको वरिपरी घुमेको चलचित्र ‘रोज’ आजबाट देशभरका हलमा लागेको छ । देशभरका करिब ९५ पर्दामा रिलिज भएको यो चलचित्रको आज बिहान काठमाण्डौको बीग मुभिजमा विशेष शो आयोजना गरिएको छ । विशेष शोमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का, नायिकाद्धय मिरुना मगर र परमिता आर एल राणा, निर्देशक निरक पौडेल लगायत […]

मेरो लागि मर्छु भन्ने प्रेमी कहाँ गए थाहा छैनः परमिता

नायिका परमिता आर एल राणाको प्रेम जीवन संयोगान्त र वियोगान्त कथामा बनेको चलचित्र जस्तै छ । नायक आयुष्मान देशराज जोशीसँग जतिबेला उनको प्रेम थियो, सो समयमा उनी आयुष्मानलाई राजा भन्थिन् । आयुष्मान र परमिताको प्रेम चर्चा चलचित्र बजारका लागि टक अफ द टाउन नै थियो । तर, अहिले परमिता र आयुष्मान अलग मात्र भएका छैनन् […]

मिरुनाको गुनासो–‘मलाई सोध्न जरुरी ठानिएन’

नायिका मिरुना मगरले पहिलो चलचित्र ‘लालपूर्जा’मा काम गरिन् । यो चलचित्र बक्स अफिसमा नराम्रोसँग चिप्लियो । यसैले पनि मिरुना नोटिस भइनन् । दोश्रो चलचित्र ‘लाउरे’मा उनले काम गरिसकेकी छिन् । तर, कहिले चल्छ अत्तोपत्तो छैन । यसैले पनि मिरुनालाई दर्शकले अझै चिन्न सकेका छैनन् । अब, भने उनी चलचित्र ‘रोजी’मा काम गर्न तयार भएकी छिन् […]

‘दि कर्मा’मा नीता र परमिता भित्रिए

छायांकनमा जानु अघिदेखि नै विभिन्न कारणले चर्चा र विवादमा रहेको चलचित्र ‘दि कर्मा’को हाल धमाधम पोष्ट प्रोडक्शनको काम भैरहेको छ । चलचित्रको पोष्ट प्रोडक्शनको काम चलिरहेको समयमा यो चलचित्रमा ३ चर्चित अनुहारले काम गरेको खुलाइएको छ । चलचित्रको घोषणादेखि नै नायिकाको खोजी गरिएतापनि छायांकन सकिदासम्म निर्माणपक्षले यस बिषयमा जानकारी दिएको थिएन । चलचित्रको निर्माणपक्षका अनुसार, […]

प्रदिप र परमिताको जोडी पर्दामा

नायक प्रदिप खड्काले नायिका पूजा शर्मा, अश्लेषा ठकुरी र जसिता गुरुङसँग पर्दामा रोमान्स गरिसकेका छन् । चलकेटी नायक प्रदिपले लभ स्टोरी चलचित्रमा नै आफूलाई भिजाइरहेका छन् । उनै, प्रदिप अब नयाँ चलचित्र ‘रोजी’मा काम गर्ने तयारीमा छन् । गोपिकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टका लागि उद्धव पौडेलको प्रस्तुतीमा यो चलचित्र बन्दैछ । यो चलचित्रमा नायक प्रदिप […]