Comments Add Comment

प्रदेश ५

List Grid
विपक्षी भन्छन्– प्रदेश ५ को बजेट वितरणमुखी, पहाडमुखी !

२ असार, बुटवल । प्रदेश ५ सरकारले आर्थिक बर्ष २०७६/०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट ल्याएपछि बजेटका बिषयमा टीकाटिप्पणी शुरु भैसकेको छ । प्रदेश ५ का सांसदहरुले बजेटबारे मिश्रित प्रतिक्रिया दिएका छन् । सत्ताधारी प्रदेशसभा सदस्यहरुले बजेट समग्रमा राम्रो रहेको रहेको प्रतिक्रिया दिइरहँदा प्रमुख प्रतिपक्षी दलका सांसदहरुले भने बजेट वितरणमुखी, पहाडमुखी […]

प्रदेश ५ याेजना आयोगका उपाध्यक्ष  डा.श्रेष्ठले दिए राजीनामा 

२ जेठ,बुटवल ।  प्रदेश ५ योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।  श्रेष्ठले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा दिएका हुन् । डा. श्रेष्ठलाई  ०७४ चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा नियुक्ति गरेको थियो । श्रेष्ठले १५ महिना प्रादेशिक योजना आयोगको उपाध्यक्षको जिम्मेवारीमा रहँदा प्रदेशको वस्तु विवरण (स्थितिपत्र) र आवधिक योजना […]

प्रदेश ५ को नाम र राजधानी तोक्न बिलम्ब, समितिको म्याद थपेको थप्यै

३० जेठ, बुटवल । प्रदेश ५ ले छिट्टै नाम र स्थायी राजधानी पाउने सम्भावना टरेको छ । प्रदेशको स्थायी राजधानी र नामाकरण सिफारिस गर्न गठित विशेष समितिको पुनः म्याद थपिएपछि प्रदेशको स्थायी राजधानी र नामको विषय लम्बिनी निश्चित भएको हो । समितिले प्रतिवेदन बुझाउन यही जेठ २६ गतेसम्मलाई तोकिएको म्याद सकिएपछि तेस्रोपटक ६ महिना थप गरिएको […]

प्रदेशसभामा सांसदको प्रश्न- स्थानीय तह भ्रष्टाचारमा डुब्दा पनि किन कारवाही हुन्न ?

२५ चैत, बुटवल । प्रदेश ५ का स्थानीय तहहरु भ्रष्टाचारमा चुर्लुम्मै डुबेको दावी गर्दै कारवाही गर्न प्रदेश सभाका सदस्यले सरकारसँग माग गरेका छन् । प्रदेश सभाको सोमबारको वैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसबाट प्रतिनिधित्व गर्ने नवलपरासीका सांसद बैजनाथ कलवार जैसवालले स्थानीय तहहरुमा मौलाएको भ्रष्टाचार र स्थानीय तहमा प्रदेश सभा सदस्यको भूमिका शून्य हुँदा संघीयता नै […]

आँधी प्रभावितलाई प्रदेश ५ का सांसदको एक दिनको पारिश्रमिक

२४ चैत, बुटवल । प्रदेश ५ का प्रदेशसभा सदस्यहरुले प्रदेश बारा पर्साका हावाहुरी प्रभावितलाई एक दिनको पारिश्रमिक प्रदान गर्ने भएका छन् । प्रदेश सभाको आइतबार बसेको बैठकले प्रदेश २ को बारा र पर्सामा केही दिन आएको भीषण हावाहुरीबाट प्रभावित नागरिकलाई राहतका लागि प्रदेश सभा सदस्यहरुले एक दिनको पारिश्रमिक बरारबको रकम प्रदान गर्ने प्रस्ताव पारित गरेको […]

प्रदेश ५ सरकारले ‘लुम्बिनी भ्रमण वर्ष’ घोषणा गर्दै

२४ फागुन, बुटवल । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित प्रदेश ५ सरकारले आउँदो नयाँ वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउँदैछ । विश्व शान्तिका अग्रदूत गौतमबुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन र संघीय सरकारको नेपाल भ्रमण वर्षलाई टेवा पुर्‍याउने उद्देश्यले प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै लुम्बिनी भ्रमण वर्ष मनाउने घोषणा गरेको […]

प्रदेश ५ को राजधानी बुटवल स्थापित भइसक्योः कांग्रेस नेताहरु

३ माघ बुटवल । नेपाली कांग्रेसका नेताहरुले प्रदेश ५ को राजधानी रुपन्देही स्थापित भैसकेको दाबी गरेका छन् । उनीहरुले अब राजधानीका सम्बन्धमा षडयन्त्र नगर्न पनि चेतावनी दिए । पूर्ववर्ती सरकारले प्रदेश ५ को राजधानी बुटवल घोषणा गरेको एक वर्ष पुगेको अवसरमा नेपाली कांग्रेस, रुपन्देहीले बुटवलमा गरेको खबरदारीसभामा बोल्ने कांग्रेस नेताहरुले रुपन्देहीबाट प्रदेश राजधानी एक इञ्च […]

प्रदेश ५ मा भूमि व्यवस्था आयोग गठन गर्न माग

८ पुस, बुटवल । प्रदेशसभा ५ मा प्रदेश भूमि व्यवस्था आयोग तत्काल गठन गर्न गरिनुपर्ने माग उठेको छ । आइतबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै सत्तारुढ दल नेकपाका सांसद भोजप्रसाद श्रेष्ठले पार्टीले चुनावमा पनि सुकुम्बासीलगायत भूमिसंग सम्बन्धित समस्या यथाशीघ्र समाधान गर्ने वाचा गरेकाले आयोग गठनमा ढिला नगर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए । उनले वैज्ञानिक […]

प्रदेश ५ को संसद् बैठक बस्दै, तीन विधेयक पेस हुने

८ पुस, बुटवल । प्रदेश ५ को प्रदेशसभा बैठक आज बस्दैछ । मंसिर २६ बाट सुरु भएको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्न लागेको हो । दिउँसो १ बजे बस्ने बैठकमा २ विधेयकमाथि छलफल तथा ३ विधेयक पेस गर्ने तयारी रहेको प्रदेश संसद् सचिवालयले जनाएको छ । मंसिर २६ गते बसेको बैठकले प्रदेश ५ जाँचबुझ […]

विदेशबाट फर्केकाहरु भन्छन् : हाम्रो सीप र पूँजी उपयोग होस्

६ पुस, बुटवल । वैदेशिक रोजगारीबाट फर्किएका नेपालीले आफूहरुले विदेशमा सिकेको सीप, कमाएको पूँजी र अनुभवको सदुपयोग हुने कार्यक्रम ल्याउन प्रदेश सरकारलाई आग्रह गरेका छन् । विदेशमा काम गरेर फर्केकाहरुको संस्था रिटर्नी माइग्रेन्ट नेपाल प्रदेश ५ ले केन्द्र सरकारले जस्तै प्रदेश सरकारले पनि प्रदेशको विकास निर्माण र समृद्धिमा आफूहरुलाई नीति र योजनामै समेट्न माग गरेको […]

प्रदेश ५ को हिउँंदे अधिवेशन मंसिर २६ गतेदेखि

१७ मंसिर, बुटवल । प्रदेश ५ को प्रदेशसभाको हिउँदे अधिवेशन यही मंसिर २६ गतेदेखि सुरु हुने भएको छ । प्रदेश ५सरकारको सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मंसिर २६ गते दिउँसो १ बजेका लागि संसद बैठक आव्हान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । मंसिर २६ गते दिउँसो १ बजेका लागि संसद बैठक आव्हान गर्न […]

प्रदेश ५ का १५ लाख नागरिक बहुआयामिक गरिबी

१७ मंसिर, बुटवल । प्रदेश ५ का १२ जिल्ला मध्ये कपिलवस्तुमा गरिबीको रेखामुनि रहेको जनसंख्या अनुपात सबैभन्दा बढी देखिएको छ । अन्य ११ जिल्लाको तुलनामा कपिलवस्तुमा सबैभन्दा बढी अर्थात ३५.५ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् । पश्चिम नवलपरासी र रुपन्देहीमा सबैभदा कम प्रतितशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि छन् । कपिलवस्तुमा ९१ हजार २ सय ६४ […]

प्रदेश ५ को राजधानी र नाम सिफारिस समितिको संयोजक तोकियो

४ मंसिर, बुटबल । प्रदेश पाँचको नाम र स्थायी राजधानी तोक्न गठित विशेष समितिले चार महिनामा बल्ल संयोजक पाएको छ । मंगलबार बसेको समितिको वैठकले सत्तारुढ दल नेकपाका सांसद जितेन्द्र कुमार पुनलाई संयोजक तोकेको हो । पुन रोल्पाबाट तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् । निर्धारित तीन महिनाको अवधिसम्म समितिले संयोजक तोक्न र कार्यविधि बनाउन […]

प्रदेश ५ सरकारद्वारा १५ विधेयक स्वीकृत

८ कात्तिक,बुटवल । प्रदेश ५ मन्त्रिपरिषद वैठकले विभिन्न मन्त्रालयले पेश गरेका कार्यविधि, निर्देशिकासहित १५ वटा विधेयकलाई स्वीकृत गरेको छ । बिहीबार बसेको वैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट पेश भएको जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट पेश […]

प्रदेशमा कर्मचारी आउनै मान्दैनन्, केन्द्रले पठाउन चासो दिँदैन

रूकुम जिल्ला साविक चुनवाङ गा.वि.स. ६ लाखरखोलामा ०२४ सालमा निम्नमध्यम वर्गीय किसान परिवारमा जन्मेका घर्तीमगर रुकुम पूर्वक्षेत्र नं.२ बाट प्रदेशसभा चुनावमा निर्वाचित भई अहिले प्रदेश ५ को प्रदेश सभाका सभामुख छन् । ०३८ सालमा अनेरास्ववियुको संगठित सदस्य भई राजनीति शुरु गरेका घर्ती प्रवीणता प्रमाणपत्र तह अध्ययन गर्दागर्दै पढाइ छाडेर राजनीतिमा लागे । ०४१ देखि ०४५ […]

प्रदेश ५ का कुन जिल्लामा नेकपाको कार्यदलमा को को परे ?

१९,असोज बुटवल । नेपाल कम्युनिस्ट पार्टीले प्रदेश ५ का जिल्लामा पार्टी गतिविधि सञ्चालनका लागि कार्यदल गठन गरेको छ । नेकपा प्रदेश कमिटीको पहिलो बैठकले जिल्ला मातहतका पार्टी कमिटीहरुको एकता प्रक्रियालाई केन्द्रको निर्देशनअनुसार सम्पादन गरी प्रदेश कमिटी सिफारिस गर्न प्रदेश अन्तर्गतका जिल्लाहरुमा कार्यदल बनाएको छ । कुन जिल्लाको कार्यदलमा को को ? रुपन्देहीमा गोपाल भट्टराई, निर्मल […]

प्रदेश ५ का सबै जिल्लामा नेकपाको कार्यदल गठन, कुन जिल्लामा को को ?

१९,असोज बुटवल । नेपाल कम्युनिस्ट पार्टीले प्रदेश ५ का जिल्लामा पार्टी गतिविधि सञ्चालनका लागि कार्यदल गठन गरेको छ । नेकपा प्रदेश कमिटीको पहिलो बैठकले जिल्ला मातहतका पार्टी कमिटीहरुको एकता प्रक्रियालाई केन्द्रको निर्देशनअनुसार सम्पादन गरी प्रदेश कमिटी सिफारिस गर्न प्रदेश अन्तर्गतका जिल्लाहरुमा कार्यदल बनाएको छ । कुन जिल्लाको कार्यदलमा को को ? रुपन्देहीमा गोपाल भट्टराई, निर्मल […]

प्रदेश ५ स्थापना दिवस मनाइने, फागुन ३ गते सार्वजनिक विदा

३१ भदौ, बुटवल । नदीजन्य पदार्थको जथाभावी उत्खनन् र दोहन रोक्न प्रदेश ५ सरकारले नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि पारित परेको छ । सरकारले तोेकेको मापदण्ड ६ महिनाभित्र पूरा नगरे क्रसर उद्योगहरु सञ्चालन गर्न नदिने गरी कार्यविधि  बनाइएको छ । यी दुई कार्यविधि पारित भएसँगै नदीजन्य पदार्थ उत्खननका नाममा भइरहेको बेथिति र अनियमिमता अन्त्य हुने अपेक्षा […]

प्रदेश मन्त्रीको गुनासोः पुल बनाउने इन्जिनियर नै दिएन केन्द्रले

२९ भदौ, बुटवल । प्रदेश ५ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकारलाई सम्बन्धित क्षेत्रमै काम गरेका अनुभवी कर्मचारी केन्द्र -संघीय) सरकारले नदिएको गुनासो गरेका छन् । आवश्यकता अनुसार मागेजति कर्मचारी अझै नदिएको केन्द्र सरकारले दिएका कर्मचारी पनि सम्बन्धित क्षेत्रमा कामै नगरेका र अनुभवै नभएका भएपछि निर्माण कार्यमै समस्या पर्ने मन्त्री चौधरीको गुनासो […]

प्रदेश ५ का सबै स्थानीय तहमा खेल मैदान, साढे ५५ करोड वजेट विनियोजन

२० भदौ, बुटवल । प्रत्येक ५ का सबै नगरपालिका र गाउँपालिकामा कम्तीमा एउटा खेल मैदान बन्ने भएका छन् । खेलकुदको विकास र सार्वजनिक जग्गाको अतिक्रमण रोक्न प्रदेश सरकारले नीति तथा कार्यक्रममा ‘एक पालिका एक खेल मैदान’ कार्यक्रम समावेश गरेको थियो । सोही कार्यक्रमलाई कार्यान्वयन गर्न प्रदेश सरकारले ५५ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ […]

प्रदेश ५ ले भदौभित्रै प्रदेश प्रोफाइल ल्याउने

१८ भदौ, बुटवल । प्रदेश ५ का समग्र क्षेत्रको तथ्याङ्कसहितको जानकारीमूलक दस्तावेज (प्रदेश प्रोफाइल) निर्माणमा प्रदेश योजना आयोग जुटेको छ । प्रदेश सरकारले बनाउने नीति, कार्यक्रम र योजनाका लागि महत्वपूर्ण पक्ष तथ्याङ्क हुने भएकाले प्रदेशभित्रका १२ वटै जिल्लाका महत्वपूर्ण तथ्याङ्क समेटेर प्रोफाइल बनाउन थालिएको हो । प्रोफाइलमा प्रदेशका १२ जिल्ला, ५२ निर्वाचन क्षेत्र र १०९ […]