Comments Add Comment
No ads found for this position

बर्षा सिवाकोटी

List Grid
बर्षा सिवाकोटीसँग बर्षा राउतले हेरिन् ‘वीर विक्रम २’,भन्छन्–‘हामी दुश्मन होइनौ’

नायिकाद्धय बर्षा सिवाकोटी र बर्षा राउतविच चलचित्र क्षेत्रमा चर्को दुश्मनी रहेको चर्चा चल्छ । उनीहरुले गर्ने विभिन्न खालको क्रियाकलापले पनि उनीहरुविचमा दुश्मनी रहेको देखिन्छ । तर, नायिका बर्षा राउत आइतबार नायिका बर्षा सिवाकोटी अभिनित चलचित्र ‘वीर विक्रम २’ हेर्न कुमारी हल पुगेकी छिन् । चलचित्र हेरेर निस्किएकी बर्षा राउतले आफू र बर्षा सिवाकोटीविच कुनै पनि […]

बर्षा सिवाकोटीले राउतलाई लेखिन्–‘खै कसले भनेछ हामी दुश्मन अरे’

नायिका बर्षा राउतलाई सम्बोधन गर्दै नायिका बर्षा सिवाकोटीले लेखेको एउटा स्टाटस अहिले चर्चामा छ । दुबै नायिकाको चलचित्र रिलिज हुन केही दिन मात्र बाँकी रहेको समयमा नायिका सिवाकोटीले राउतको नाममा स्टाटस लेखिन् । उनले लेखिन्–‘खै कसले भनेछ हामी दुश्मन अरे । हामीले एक अर्काको अस्तित्व स्विकार गर्न सकेनौ अरे । हामी प्रतिस्पर्धी पक्कै हौला, एकै […]

पोखरा र चितवनमा पल, नाजिर र बर्षाको कस्तो देखियो क्रेज ?

जेठको ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘विर विक्रम २’को टिमले पोखरा र चितवनमा कन्सर्ट सम्पन्न गरेको छ । पोखरा र चितवनमा कन्सर्ट गरेर चलचित्रको टिम काठमाण्डौ फर्किएको छ । पोखराको चिप्लेढुंगामा आयोजित कन्सर्टमा चलचित्रका मुख्य कलाकारहरु पल शाह, बर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्दी तामाङ, बाल कलाकार मनिष, गायक दिपक लिम्बु सहभागी भए । चलचित्रका […]

‘वीर विक्रम २’को ट्रेलर सार्वजनिक

चलचित्र ‘वीर विक्रम २’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा प्रेम, मित्रता, एक्सन र दुश्मनीले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो । मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्रमा नायकद्धय पल शाह, नाजिर हुसेन, नायिका बर्षा सिवाकोटी, कलाकार बुद्दि तामाङ मुख्य भूमिकामा छन् । चलचित्रको कार्यकारी निर्माता अर्पण सापकोटा हुन् भने […]

कस्तो बन्यो ‘वीर विक्रम २’ को फस्टलुक ?

चलचित्र ‘वीर विक्रम २’को फस्टलुक सार्वजनिक गरिएको छ । जेठको ३ गतेबाट रिलिज हुन लागेको चलचित्रको फस्टलुकमा मुख्य कलाकारहरुलाई समावेश गरिएको छ । चलचित्रको फस्टलुक रंगिन छ । चलचित्रको फस्टलुकमा नायक पल शाह, नाजिर हुसेन, नायिका बर्षा सिवाकोटी र कलाकार वुद्दि तामाङलाई फिचरिङ गरिएको छ । चलचित्र ‘वीर विक्रम २’लाई मिलन चाम्सले निर्देशन गरेका हुन् […]

२६ बर्षमा बर्षा, यस्तो छ फिल्मी यात्रा

नायिका बर्षा सिवाकोटी म्यूजिक भिडियोमा राम्रै चलिरहँदा चलचित्रमा प्रवेश गरिन् । चलचित्र ‘नाई नभन्नु ल २’मा काम गरेपछि उनी नायिका बनिन् । बर्षाले ‘नाई नभन्नु ल २’बाट आफ्नो चलचित्र यात्रा सुरु त गरिन्, तर ‘पुरानो बुलेट’सम्म आइपुग्दा आफूलाई सुरक्षित बनाउन अझै सकेकी छैनन् । उनले चलचित्र ‘पशुपति प्रसाद’मा छोटो भूमिकामा काम गरेपनि राम्रै चर्चा पाएकी […]

बर्षासँग पलको यस्तो वाचा

जेठको ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘विर विक्रम २’को पहिलो गीत ‘पिरतीको मिठो तिर्सना’ले चलचित्र बजारमा राम्रै चर्चा पाइरहँदा यसको निर्माणपक्षले दोश्रो गीत सार्वजनिक गर्ने तयारी गरेको छ । सार्वजनिक हुन लागेको दोश्रो गीतमा नायक पल शाह र नायिका बर्षा सिवाकोटीलाई फिचरिङ गरिएको छ । चलचित्रको ट्रेलर अगावै दोश्रो गीत सार्वजनिक गर्ने यसको निर्माणपक्षले […]

फेरिएकी बर्षा

केही समय अगाडि मिडियामाथि नै आक्रोश पोखेर चर्चामा आएकी नायिका बर्षा सिवाकोटीको पछिल्लो समयमा पहिरन फेरिएको छ । बर्षालाई अहिले सार्वजनिक कार्यक्रममा कस्तो पहिरन लगाउने भन्ने सोचले हैरान बनाउँछ । उनी, चलचित्रको कार्यक्रममा हट पहिरन लगाएर पुग्ने गरेकी छिन् । बिहिबार बेलुकी चलचित्र ‘कागजपत्र’ हेर्न पुगेकी बर्षाको पहिरनले सबैलाई लोभ्यायो । तर, बर्षाले लगाएको पहिरनमा […]

मिडियासँग बर्षाको आक्रोशः ‘म भेट्दा बोलेकी छु त, अरु के गर्नुपर्ने हो ?

पछिल्लो समयमा युटुबको विकाससँगै सेलिब्रेटीहरुमा सिमित घेरामा रुमल्लिने बानी परेको गुनासो सुनिन थालेको छ । कलाकारले केही युटुबरलाई मात्र च्याप्ने र उनीहरुकै पछि दौडने शैलीको विकास भएको चर्चा चलचित्र बजारमा चल्न पनि थालेको छ । यस्तै, युटुबर पनि न्यूज भन्दा भ्यूजको पछि लागेको भन्दै आलोचना पनि चर्किन थालेको छ । यही क्रममा नायिका बर्षा सिवाकोटीले […]

रेड हट बर्षा

नायिका बर्षा सिवाकोटी पछिल्लो समय फेसनमा पनि विशेष ध्यान दिन थालेकी छिन् । जीम जान थालेकी बर्षा शारीरिक रुपमा फिट देखिएपछि पहिरनमा विशेष सजग छिन् । उनै बर्षाले अनलाइनखबरको ‘ओके र्यापिड फायर’मा प्रश्नको जवाफ दिदै केही कुराहरु खोलेकी छिन् । बर्षालाई सोधिएका प्रश्न र उनको जवाफ यस्तो छ: १.पल शाह कि जीवन लुइटेल ? पल […]

वर्षालाई प्रश्न–‘मिलन चाम्ससँग प्रेम र बिहेको चर्चा के हो ?’(भिडियो कुराकानी)

नायिका वर्षा सिवाकोटी समय–समयमा प्रेम सम्बन्धको चर्चाले रंगिने गर्छिन् । चलचित्र ‘विर विक्रम २’मा जोडिएसँगै उनको नाम यो चलचित्रका निर्देशक मिलन चाम्ससँग जोडिएको छ । चलचित्र बजारको चर्चालाई मान्ने हो भने वर्षा र मिलन गहिरो प्रेम सम्बन्धमा छन् । चलचित्र बजारमा उनीहरुले चाडै नै बिहे गर्दैछन् भन्ने चर्चा पनि नचलेको होइन । तर, यो बिषयमा […]

हङकङमा रुचाइयो अनुप र बर्षाको ‘पुरानो बुलेट’

चलचित्र ‘पुरानो बुलेट’को विश्वव्यापी प्रदर्शन हङकङबाट सुरु भएको छ । भिषण राइको निर्देशनमा तयार भएको यो चलचित्रले पूर्वेली जनजीवनलाई केन्द्रित गरेर यो चलचित्र निर्माण गरिएको हो । यो चलचित्रको प्रस्तुति, कलाकारको कामलाई हङकङका दर्शकले रुचाएको आयोजकले बताएको छ । चलचित्रमा अनुपविक्रम शाही, बर्षा सिवाकोटी र माला लिम्बुको मुख्य भूमिका छ । न्यानो काख अभियानको सहयोगार्थ […]

फितलो भूमिकामा पनि नायिकाको ठूलो हल्ला

  हुनत, चलचित्र क्षेत्र भनेकै हल्ला गरेर विक्ने र टिक्ने ठाउँ हो । हल्ला गर्न सकिएन भने राम्रो काम गरेर पनि टिक्न मुश्किल पर्छ भनिन्छ । तर, कहिलेकाही कलाकारले नचाहिदो हल्ला गरिदिन्छन् । जसलेगर्दा, उनीहरुको भूमिका र कामलाई लिएर ठूलै आशा राखेका दर्शकले चलचित्र चलेपछि भने निराश हुनुपर्छ । नेपाली चलचित्रका कलाकारहरुमा देखिने यस्तो खालको […]

बर्षाको ‘थकाली’ गेटअप

नायिका बर्षा सिवाकोटीको यो बर्ष २ वटा सिनेमा रिलिज हुने प्रवल संभावना छ । उनले अभिनय गरेको चलचित्र ‘पुरानो बुलेट’को त गीत पनि रिलिज भैसकेको छ । अर्कोतिर, चलचित्र ‘विर विक्रम २’को छायांकन भैरहेको छ । नेपाली चलचित्रमा पछिल्लो समय शरीर मेन्टेन गरेर आकर्षक देखिने धुनमा लागेकी नायिका सिवाकोटी नै हुन् । तर, दर्शकले उनलाई […]

मंसिर १५ कुर्दै अनुप र बर्षा

नायिका बर्षा सिवाकोटी र नायक अनुप विक्रम शाहीले एकसाथ काम गरेको चलचित्र ‘जय शम्भु’ चलेन । अब यो जोडी नयाँ चलचित्र ‘पुरानो बुलेट’ मार्फत दर्शकमाझ आउँदैछन् । यो चलचित्र चैत्र १ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा समावेश ‘दही चिउरा असार पन्ध्रमा’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा चलचित्रका मुख्य नायक अनुप विक्रम शाहीले […]

आकाश र नाजिर ‘विर र विक्रम’ बन्दै, बाजा बजाएर गरियो स्वागत

निर्देशक मिलन चाम्सले चलचित्र ‘विर विक्रम २’ निर्माणको घोषणा गरेका छन् । आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा मित्रताको कथामा बन्ने चलचित्रको घोषणा गरियो । यो चलचित्र ‘विर विक्रम’को सिक्वेल भने नहुने पत्रकार सम्मेलनमा बताइयो । चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आई प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन कात्तिक २६ गतेबाट सुरु हुँदैछ । चलचित्रको […]

मिलनले जुराए फिल्म अघि नै भिडियोमा आकाश र बर्षाको जोडी

हिजोआज कलाकारको जोडी चलचित्रको पर्दामा आउनु अगाडि नै सस्तो बन्न थालेको गुनासो सुनिन्छ । चलचित्रको पर्दामा कलाकारको केमेष्ट्री हेर्नका लागि दर्शकले प्रतिक्षा नै गर्न नपर्ने अवस्था छ । किनकी, युटुबमा भेटिने बग्रेल्ती इन्टरभ्यू, म्यूजिक भिडियोमा दिनदिनै अभिनयका कारण कलाकारको जोडी सस्तो बन्ने गरेका छन् । धेरै जोडीलाई हेरेर पनि यो उदाहरण दिन सकिन्छ । निर्देशक […]

‘विर विक्रम २’मा आकाश, बर्षासँग रोमान्स गर्ने

निर्देशक मिलन चाम्सले सुरुमा ‘ब्याचलर बन्टी’ चलचित्र बनाउने योजना पछि सारेका छन् । अब, उनी चलचित्र ‘विर विक्रम २’ निर्माण गर्ने तयारीमा लागेका छन् । नायक अनमोल केसीको समय नमिलेका कारण मिलनको ‘ब्याचलर बन्टी’ प्रोजेक्ट पछि सरेको हो । बक्स अफिसमा हिट भएको ‘विर विक्रमको सिक्वेलमा’मा नायकको रुपमा आकाश श्रेष्ठलाई अनुवन्धित गरिएको छ । नायक […]

‘बकम्फुसे राजा’ बर्षा राउत फाइनल, सिवाकोटीले के गर्लिन् ?

चलचित्र ‘बकम्फुसे राजा’ निर्देशन गर्न लागेका संचारकर्मी प्रकाश सुवेदी यो चलचित्रमा २ नायिकालाई मुख्य भूमिकामा काम गराउने तयारीमा छन् । चलचित्रका लागि उनले नायिकाद्धय बर्षा राउत र बर्षा सिवाकोटीलाई अफर गरेका छन् । हुनत, २ बर्षाविच देखिएको शितयुद्धको प्रत्यक्ष प्रभाव यो चलचित्रमा पनि देखिएको छ । उनले दुबै बर्षा लाई अफर गरेपनि नायिका बर्षा राउतले […]

‘बकम्फुसे राजा’मा २ बर्षालाई अफर, के सँगै काम गर्लान् ?

आफूहरुको सम्बन्धमा कुनै पनि खटपट नआएको र एकसाथ काम गर्न तयार रहेको बताइरहेका नायिकाद्धय बर्षा राउत र बर्षा सिवाकोटीलाई चलचित्र ‘बकम्फुसे राजा’का लागि अफर गरिएको छ । संचारकर्मी प्रकाश सुवेदीले निर्देशन गर्न लागेको यो चलचित्रको घोषणा केही दिन अगाडि गरिएको थियो । चलचित्रको शिर्ष भूमिकामा कलाकार खगेन्द्र लामिछानेले काम गर्न लागेको चर्चा छ । यसैविच, […]

रेड हट वर्षा

नायिका वर्षा सिवाकोटीको फेसन कहिले बोल्ड हुन्छ त कहिले साधारण ? पहिरनको मामालामा वर्षा त्यती चुजी देखिन्नन् । तर, आइतबार राजधानीको कुमारी हलमा आयोजना भएको उनी अभिनित चलचित्र ‘जय शम्भु’को विशेष शोमा भने वर्षा वन पिस पहिरनमा खुलिन् । चलचित्र हेर्न सिंगल हलमा शनिबार दर्शक आएपछि उनी खुशी छिन् । यसैले, उनी चलचित्रको प्रचारमा लागिरहेकी […]