Comments Add Comment
No ads found for this position

बलिउड

List Grid
बेली डान्स गर्दा जान्वीलाई गाली नै गाली

बलिउड नायिका जान्वी कपुरले बेली डान्स गरेको भिडियो इन्स्टाग्राममा पोस्ट भएपछि उनलाई गाली गर्नेको समुह ठूलो देखिएको छ । जान्वीले बेली डान्सको बेइज्जत गरेको भन्दै दर्शकले उनलाई गाली गरेका छन् । जान्वीले हाफ पाइन्ट लगाएर बेली डान्स गरेकी छिन् । धेरैले उनले गरेको डान्स बेली डान्स नभएको भन्दै गाल गरेका छन् । कतिपयले जान्वीको अभिनयलाई […]

सारा र इशानको जोडी पर्दामा

चलचित्र ‘सिम्बा’बाट निकै चर्चा कमाएकी नायिका साराअली खानको क्रेज अहिले लोभलाग्दो बनिसकेको छ । उनको व्यस्ता पनि दिन प्रतिदिन बढ्दै गइरहेको छ । हाल सारा चलचित्र ‘लभ आजकल २’को छायांकनमा व्यस्त छिन् । यो चलचित्रमा साराले आफ्नो ‘क्रस’ कात्तिक आर्यनसँग रोमान्स गरिरहेकी छिन् । यस्तैमा साराले नयाँ चलचित्रमा काम गर्ने समाचार बाहिरिएको छ । बलिउड […]

कंगनाको आरोप–‘करणले पैसा खुवाएर मेरो फिल्मलाई ‘झुर’ भन्न लगाए’

बलिउड नायिका कंगना रनावतको विवादस्पद छविले उनलाई सधै चर्चामा ल्याउने गर्दछ । कंगना रनावतले बलिउडका अन्य कलाकारसँग दुश्मनी मोल्न कहिले छाडेकी छैनन् । कंगनासँगै उनको बहिनी पनि अरुलाई आरोप लगाउन र तर्क गर्न सिपालु छिन् । केही समय अगाडि मात्रै बहिनी रंगोलीले कंगनाले बलिउडका हस्तीहरुको चलचित्र छोडेको तर्क दिएकी थिइन् । उनले कंगनालाई हिरोको उपमा […]

‘मि टू’ प्रकरणमा नाना पाटेकरलाई ‘क्लिन चिट’

बलिउड नायिका तनुश्री दत्तले गतबर्ष ‘मि टू’ प्रकरणमा मुख खोलेपछि यसले भारतमा ठूलै चर्चा पायो । यसपछि, अन्य नायिकाहरुले पनि आफूमाथि भएको यौन हिंसाको बिषयमा मुख खोले । तनुश्रीले नानाको विरुद्धमा मुम्बई प्रहरीमा उजुरी समेत दिएकी थिइन् । तर, मुम्बई प्रहरीले कुनै पनि प्रमाण नभेटिएको भन्दे यो मुद्दामा नानालाई ‘क्लिन चिट’ दिएको छ । नानालाई […]

अजयसँग तुलना गर्दा यसो भन्छन् अक्षय

बलिउड नायक अक्षय कुमार चलचित्र ‘सूर्यवंशी’को छायांकनमा व्यस्त छन् । रोहित सेट्टीको निर्देशनमा बनेको यो चलचित्रमा अक्षयको जोडीको रुपमा नायिका कट्रिना कैफ छिन् । अक्षयले यो चलचित्रमा प्रहरी अफिसरको भूमिका निर्वाह गर्दैछन् । अहिले अक्षयको तुलना अर्का बलिउड नायक अजय देवगणसँग भइरहेको छ । रोहितको निर्देशनमा बनेको चलचित्र ‘सिंघम’मा अजय देवगण प्रहरी बनेका थिए । […]

दीपिकालाई १४ करोड पारिश्रमिक

बलिउड नायिका दीपिका पादुकोण चलचित्र ‘छप्पक’को छायांकनमा व्यस्त छिन् । यो चलचित्रमा दीपिकाले एसिड पिडित युवतीको भूमिका निर्वाह गरिरहेको छिन् । केही दिन अघि मात्र दीपिकाले नायक रणवीर सिंहसँग नयाँ चलचित्रमा काम गर्ने समचार बाहिरिएको थियो । ‘८३’ नामक चलचित्रमा रियल लाइफ जोडी रणवीर र दीपिकाले स्क्रिन शेयर गर्न लागेको खबर बाहिरिएको थियो । ‘८३’मा […]

तैमुरका कारण सैफको फेरियो दैनिकी

बलिउड नायक सैफअली खान कुनै समय बलिउडमा निकै खोजिने र रुचाइएको नाम हो । अहिले पनि सैफको क्रेज राम्रो छ । उनी लगातार चलचित्रमा काम गरिरहेका छन् । सैफलाई ‘भूत पुलिस, जवानी जानेमन, तन्हाजी’ लगायत चलचित्रमा दर्शकले देख्न पाउनेछन् । यस्तैमा, सैफले आफूलाई ८ बजेपछि सुटिङ गर्न मन नलाग्ने बताएका छन् । हालै एक मिडियामा […]

कसले गर्यो अमिताभको ट्विटर ह्याक ?

बलिउडका चर्चित नायक अमिताभ बच्चनको ट्विटर ह्याक भएको छ । टर्कीको एक ग्रुपले उनको ट्विटर एकाउन्ट ह्याक गरेको हो । अमिताभ बच्चनको एकाउन्ट ह्याक गरेर पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तस्बिर राखिएको छ र पाकिस्तानलाई माया गर्ने लेखिएको छ । अमिताभ ट्विटरमा निकै नै सक्रिय छन् । ३ करोड ७० लाख भन्दा बढी फ्यान फलोअर्स भएका […]

‘रंग दे बसन्ती’मा काम नगरेकोमा पछुतो लाग्छ’: साहिद

बलिउड साहिद कपुरलाई बलिउडको भर्सटायल नायकको रुपमा हेर्ने गरिन्छ । उनी हरेक चलचित्रमा आफूलाई केही न केही फरक अवतारमा प्रस्ततु गरिरहेका हुन्छन् । ‘हैदर, जब वि मेट, कमिने, रंगून, पद्मावत’लगायत चलचित्रबाट उनले आफूलाई भर्सटायल कलाकारको रुपमा परिचित गराइसकेका छन् । अहिले साहिद नयाँ चलचित्र ‘कबिर सिंह’को प्रचारमा व्यस्त छन् । चलचित्रको ट्रेलर सार्वजनिक भइसकेको छ […]

कार्तिकको लोभलाग्दो क्रेज

बलिउडमा अहिले नायक कार्तिक आर्यनको चर्चा निकै चुलिएको छ । ‘सोनु कि टिटु की स्वीटी’को सफलतापछि उनी चर्चामा आएका थिए । अझ, ‘लुका छुप्पी’ले बक्स अफिसमा कमालको व्यापार गरेपछि उनको क्रेज गज्जब बनेको छ । अहिले कार्तिक नायिका साराअली खानसँग जोडी बाधेर चलचित्र ‘लभ आज कल २’को छायांकनमा व्यस्त छन् । यो चलचित्रमा काम गरिरहँदा […]

भारतले जितेपछि पूनमको यस्तो हर्कत

बलिउडकी मोडल पूनम पाण्डे सधै नै विवादित छिन् । पूनम पाण्डे अश्लिल हाउभाउका कारण बढी विवादित बन्छिन् । उनको हातमा अहिले चलचित्र छैन । बलिउडमा जम्ने उनको योजना खासै सफल भएन । पाण्डे अहिले सामाजिक संजालमा उत्तेजक तस्वीर राखेर चर्चामा छिन् । उनै पाण्डेले आइतबार बेलुकी भएको भारत र अष्ट्रेलियाविचको विश्वकप क्रिकेट खेलपछि एउटा उत्तेजक […]

सलमानको १४ वटा फिल्म सय करोड क्लबमा

बलिउडमा नायक सलमान खानले नयाँ नयाँ रेकर्ड राखिरहेका छन् । चलचित्र हिट वा फ्लपले उनको करिअरलाई कुनै पनि असर पारेको छैन । किनकी, सलमान खानले बनाएको रेकर्ड तोड्न बलिउडका अन्य नायकलाई मुश्किल पर्ने देखिएको छ । नायक खान अभिनित नयाँ चलचित्र ‘भारत’ अहिले बक्स अफिसमा राम्रो कमाइका साथ चलिरहेको छ । यो चलचित्रले रिलिजको चौथो […]

रंगोलीको दाबी–‘कंगनाको करिअर सक्न चाहनेले हल्ला फैलाए’

बलिउड नायिका कंगना रनावतकी बहिनी रंगोलीको विवादस्पद बयानले भारतीय मिडिया तातिरहेका हुन्छन् । कंगनाको विषयमा रंगोली बोल्छिन् र चर्चामा आउँछिन् । कंगना अभिनित चलचित्र ‘मेन्टल हे क्या’ रिलिजको तयारीमा छ । सुरुमा यो चलचित्रलाई कंगना आफैँले निर्देशन गर्न चाहेको कुरा अहिले निकै चर्चामा छ । यो विषयमा रंगोलीले एक ट्विट गरेकी छिन् । उनले त्यहाँ […]

ऐश्वर्यादेखि कट्रिनासम्म, जसलाई सलमानले थप्पड हाने

बलिउड नायक सलमान खान निकै दयालु देखिन्छन् । उनी दयालु हुन थालेको पछिल्लो एक दशक भयो । त्यो अघि उनको शैलीले धेरैलाई तनाव पनि दिएको छ । ‘दंबग ब्याई’ सलमानले धेरै ठाउँमा आफ्नो दंबग रुप देखाएका छन् । सलमानले धेरै चोटी अरुलाई थप्पड हानेका छन् । हालै सलमानले एक सेक्युरेटी गार्डलाई थप्पड हानेको भिडियो निकै […]

राजकुमार हिरानीको फिल्ममा साहरुख ?

चलचित्र ‘जिरो’को असफल भएपछि नायक साहरुख खानले कुनै पनि चलचित्रको घोषणा गरेका छैनन् । तर, अब भने साहरुखले नयाँ चलचित्रमा काम गर्ने मुड बनाएका छन् । आफ्नो नयाँ चलचित्रको निर्देशनका लागि साहरुखले निर्देशक राजकुरमार हिरानीलाई रोजेको खबर चर्चामा छ । साहरुख र राजकुमारबीच भेटवार्ता पनि भइसकेको छ । उनीहरु एक(अर्कासँग काम गर्न एकदमै उत्साहित छन् […]

अक्षयले रोहितलाई किन लखेटे ?

बलिउड चलचित्र ‘सुर्यवंशी’को धमाधम छायांकन भइरहेको छ । रोहित सेट्ठीको निर्देशनमा तयार भैरहेको यो चलचित्रमा अक्षय कुमारले मुख्य भूमिका निर्वाह गरिरहेका छन् । चलचित्रमा अक्षय कुमार प्रहरी अफिसरको भूमिकामा देखिनेछन् । अक्षयको जोडी भएर नायिका कट्रिना कैफले काम गरिरहेकी छिन् । यस्तैमा, सुटिङ सेटबाट एक तस्विर बाहिरिएको छ । जुन तस्विरले निकै चर्चा पाइरहेको छ […]

मौनीको लुक्समा किन हुँदैछ ट्रोल ?

बलिउड नायिका तथा टेलिभिजनकी चर्चित कलाकार मौनी रोयको सुन्दरताको बिषयमा भनिराख्न पर्दैन । उनी, चलचित्र र टेलिभिजन दुबैमा आफ्नो अभिनय र सुन्दरताका कारण चर्चामा छिन् । तर, यतिबेला भने उनै मौनी रोयको लुक्समाथि ट्रोल सुरु भएको छ । हालै मात्र एक कार्यक्रममा पुगेकी मौनीको तस्वीर सार्वजनिक भएसँगै उनको लुक्समा ट्रोल सुरु भएको छ । कालो […]

किन आफ्नो बायोपिक बनोस् भन्ने चाहदैनन् सलमान खान ?

नायक सलमान खान अभिनित चलचित्र ‘भारत’ आजबाट रिलिज भएको छ । विश्वभर रिलिज भएको चलचित्रले समिक्षकको राम्रै प्रतिक्रिया पाइरहेको छ । यसैविच, बलिउड मिडियामा नायक सलमान खानको जीवनीमा आधारित चलचित्र बन्न लागेको खबर पनि सार्वजनिक भैरहेको छ । सलमानको परिवारले नै यो चलचित्र बनाउन लागेको चर्चा चलिरहेको छ । तर, नायक सलमान खानले भने आफ्नो […]

ऋतिक र टाइगरको ‘फाइटर्स’

बलिउडमा राम्रो स्थान बनाएका नायकद्धय ऋतिक रोशन र टाइगर श्राफ एकसाथ पर्दामा देखिदैछन् । एक्सन चलचित्रमा निकै रुचाइएका यी दुइले एकसाथ चलचित्रमा काम गरिरहेको कुराले केही समयदेखि मिडियामा स्थान पाइरहेको छ । यी दुइले काम गरिरहेको यशराज ब्यानरको नयाँ चलचित्रको नाम भने सार्वजनिक भएको थिएन । तर, अब यसको निर्माणपक्षले चलचित्रको नाम सार्वजनिक गरेको छ […]

सलमानका कारण प्रियंकाले गुमाइन् भन्सालीको फिल्म

बलिउडमा नायिका प्रियंका चोपडा निर्देशक संजयलिला भन्साली निकट मानिन्छिन् । संजयले निर्देशन गर्ने चलचित्रमा प्रियंका पहिलो रोजाइमा पर्छिन् । उनी, संजयको नयाँ चलचित्रमा काम गर्ने तयारीमा समेत थिइन् । तर, संजयले बनाउन लागेको नयाँ चलचित्र ‘इन्साअल्ला’मा उनका लागि स्थान मिलेन । यसको पछाडि, नायक सलमान खानको हात रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्र […]

ट्रोलसँग जुध्ने सलमानको यस्तो स्टाइल

नायक सलमान खान अहिले चलचित्र ‘भारत’को प्रमोशनमा व्यस्त छन् । बलिउडमा सर्वाधिक धेरै चर्चामा रहने यी नायकको ट्रोल पनि खुबै बनिरहेको हुन्छ । तर, सलमान यस्ता खालका ट्रोलले आफूलाई कुनै पनि फरक नपार्ने बताउँछन् । हालै मात्र मिडिया कुराकानीमा सलमानले भनेका छन्–‘हामीले यस्ता खालका व्यक्तिलाई खासै महत्व नै दिनुहुन्न ।’ सलमानले अगाडि भने–‘धेरै जसो ट्रोलरको […]