Comments Add Comment

भक्तपुर

List Grid
एक मिटर नाला सफा गर्दा ७ सय रुपैयाँ ज्याला !

२ असार, काठमाडौं । समय– आइतबार मध्यान्ह साढे १ बजे । स्थान– सूर्यविनायक नगरपालिका–५, तीनधारा । सन्दर्भ– प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन ! ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को पहेँलो ज्याकेट लगाएर हातमा साबेल (बेल्चा) बोकेका ३० भन्दा बढी कामदार तीनधारामाथिको चौतारामा भेटिए । उनीहरु १ आधा घण्टा जति काम गरेर त्यहाँ सुस्ताएका रहेछन् । उनीहरुलाई जिस्क्याउँदै स्थानीय […]

कौशलटार आगलागी प्रकरण: ‘उद्योग वरिपरि खाली स्थान भएकाले कम क्षति’

२० फागुन, काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३, कौशलटारमा गएराति भएको आगलागीमा परेको उद्योग वरिपरि खाली स्थान भएकाले ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ । स्थानीय राजु श्रेष्ठले सञ्चालन गरेको श्रेष्ठ फर्निचर उद्योगमा गएराति सवा ११ बजेतिर लागेको आगो सोमबार बिहान मात्रै नियन्त्रणमा आएको थियो । यद्यपि, घर वरिपरि खाली स्थान भएका कारण अन्य […]

नाबालक छोराकै अघि बाबुको हत्या !

१२ फागुन, काठमाडौं । भक्तपुरमा गाडीभित्र शंकास्पद अवस्थामा शव भेटिएको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोल घर भई आदर्श भन्ने ठाउँका २६ वर्षीय निकेश भुजुको शव भक्तपुर नगरपालिकाको ब्रमायणीमा बा ५च ६४२१ नम्बरको मारुती गाडीमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । शनिबार विहान ९ बजे ४ वर्षीय छोरासँगै घरबाट गाडी बनाउन (मर्मत) भन्दै […]

भक्तपुरमा गाडीभित्र शव भेटियो, चारजना पक्राउ

१२ फागुन, काठमाडौं । भक्तपुरमा गाडीभित्र शंकास्पद अवस्थामा शव भेटिएको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोल घर भई आदर्श भन्ने ठाउँका २६ वर्षीय निकेश भुजुको शव भक्तपुर नगरपालिकाको ब्रमायणीमा बा ५च ६४२१ नम्बरको मारुती गाडीमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । शनिबार विहान ९ बजे ४ वर्षीय छोरासँगै घरबाट गाडी बनाउन (मर्मत) भन्दै […]

सडक पीडितको नारा : जनतामारा विकास चाहिँदैन, सर्वोच्चको आदेश पालना होस्

५ पुस, काठमाडौं । ८१ वर्षीय अक्कलबहादुर कार्की पुसको ठिहिर्‍याउने जाडोको बेवास्ता गरेर एकाविहानै माइतीघर मण्डलामा नारा लगाइरहेका थिए । सडक विस्तारले घरविहीन हुन लागेपछि बाध्य भएर धर्नामा आउनुपरेको उनको भनाइ छ । काठमाडौं, थली निवासी कार्कीको ५ आना जग्गा थियो । सडक विस्तार भएपछि उनको जग्गा तीन आनामा सीमित भयो । उनको घर वरिपरि […]

‘जनतामारा विकास चाहिँदैन, सर्वोच्चको आदेश पालना होस्’

५ पुस, काठमाडौं । ८१ वर्षीय अक्कलबहादुर कार्की पुसको ठिहिर्‍याउने जाडोको बेवास्ता गरेर एकाविहानै माइतीघर मण्डलामा नारा लगाइरहेका थिए । सडक विस्तारले घरविहीन हुन लागेपछि बाध्य भएर धर्नामा आउनुपरेको उनको भनाइ छ । काठमाडौं, थली निवासी कार्कीको ५ आना जग्गा थियो । सडक विस्तार भएपछि उनको जग्गा तीन आनामा सीमित भयो । उनको घर वरिपरि […]

यसरी पुनर्निर्माण हुँदैछ प्रसिद्ध भैरवनाथ मन्दिर (फोटोफिचर)

२९ कात्तिक, काठमाडौं । भक्तपुर नगरपालिकास्थित प्रसिद्ध भैरवनाथ मन्दिरको पुनर्निमाण शुरु भएको छ । वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिको पराकम्पले हल्लाएको भक्तपुर नगरपालिका ४ टौमढीस्थित प्रसिद्ध भैरवनाथ मन्दिरको पुरानै शैलीमा पुनर्निर्माण थालिएको हो । दशैंअघिबाट मन्दिरको पुनर्निर्माण थालिएको नगरपालिकाको सम्पदा शाखाका प्रमुख रामगोविन्द श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार अहिले मन्दिरको […]

टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि सूर्यविनायक तनावग्रस्त

१७ असोज, काठमाडौं । भक्तपुरको सूर्यविनायकमा टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि स्थिति तनावग्रस्त बनेको छ । प्रहरीका अनुसार बा ४ ख ३६५० नम्बरको टिपरले बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको सनाखत भएको छैन । दुर्घटनापछि स्थानीयको भिडले टिपरमा आगजनी गरेको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन […]

प्रहरी टोली कसरी पुग्यो अपहरणकारीको डेरामा ?

२४ साउन, काठमाडौं । गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादलाई प्रहरीले आइतबार सानेपाबाट नियन्त्रणमा लिएको थियो । कानुनी प्रक्रिया पूरा गरेपछि साँझ वीर हस्पिटलमा नुरप्रसादलाई आमाको जिम्मा लगाउने तयारी हुँदै थियो । कान्छा छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गरिरहेकी गंगामायाको अनसन तोड्ने क्रममा जेठा छोरा नुरप्रसादको खोजी गरिदिनु भन्ने गंगामायाको आग्रहअनुरुप प्रहरीले उनलाई नियन्त्रणमा लिएको […]

बाढीमा डुब्यो भक्तपुर, क्रेन र डुंगाबाट उद्धार (भिडियोसहित)

२८ असार, भक्तपुर । हनुमन्ते खोलाको बाढीका कारण भक्तपुर डुबानमा परेको छ । भक्तपुरका राधेराधे, जगाती, मध्यपुर ठिमी, सल्लाघारी, सिर्जनानगर, हनुमानघाट लगायतका क्षेत्र जलमग्न छन् । दुवाकोट, दक्षिणी बेल्ट, राधेराधे-निकोसेरा सडक, लिवाली, चाँगुनारायण ईट्टाभट्टाको तल्लो बेल्ट, ब्रम्हायणी, नगरकोट जाने नयाँबाटोलगायतका क्षेत्र पनि जलमग्न छन् । लिवाली जलमग्न हुँदा जगातीबाट कमलविनायक सडक आज बिहान साढे ४ […]

भक्तपुरमा बञ्चरो प्रहार गरी श्रीमतिको हत्या

२५ जेठ, काठमाडौं । भक्तपुरको चाँगुनारायण–७, सैजुमा श्रीमतिको हत्या गरेर एक जना फरार भएका छन् । मृत्यु हुनेमा भोजपुरको अरुण गाउँपालिका–४ घर भइ हाल भक्तपुर बस्दै आएकी २८ वर्षीय सलेना माझी छिन् । गएराति कोठामा सुतेकै अवस्थामा उनलाई श्रीमान २९ वर्षीय उमेश माझीले टाउकोमा बञ्चरो प्रहार गरी घाइते बनाएका थिए । लगत्तै, उपचारका लागि उनलाई […]

२७ वर्षीय युवतीलाई होटलमा लगेर बलात्कार, अभियुक्त समातिए

४ जेठ, काठमाडौं । काठमाडौं शंखरापुर–५ का एक युवक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । भक्तपुर नगरपालिका–१ की २७ वर्षीय युवतीलार्इ बलात्कार गरेको आरोपमा ३० वर्षीय सन्तोष दंगाल पक्राउ परेका हुन् । एक होटलमा लगेर फकाएर जबरजस्तीकरणी गरेको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, भक्तपुरका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले […]

भक्तपुरमा विस्केटजात्राको पहिलो दिन, यसरी तानियो रथ, १५ तस्वीर

२७ चैत, भक्तपुर । सांस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्का (बिस्केट) जात्रा मंगलबार सुरु भएको छ । नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्रा आज साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै सुरवात गरिन्छ । काठैकाठले प्यागोडा (छाने) शैलीमा निर्मित तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने […]

सुरु भयो विस्केट जात्रा, हेर्नुस् १५ तस्वीर

२७ चैत, भक्तपुर । सांस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्का (बिस्केट) जात्रा मंगलबार सुरु भएको छ । नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्रा आज साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै सुरवात गरिन्छ । काठैकाठले प्यागोडा (छाने) शैलीमा निर्मित तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने […]

आजदेखि बिस्केट जात्रा : झडप रोक्न दिउँसै रथ तान्ने तयारी

२७ चैत, भक्तपुर । सांस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्का (बिस्केट) जात्रा सोमबारदेखि सुरु हुँदैछ । नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्रा आज साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै सुरुआत गरिन्छ । काठैकाठले प्यागोडा(छाने) शैलीमा निर्मित तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र […]

भक्तपुरमा पार्किङ गरेको बसबाट ब्याट्री र टिभी चोरियो

८ चैत, काठमाडौं । भक्तपुर नगरपालिका–९ लिवालीस्थित सडकमा पार्किङ गरेर राखेको गाडीमा बिहीबार बिहान चोरी भएको छ । बा ५ ख २१ नम्बरको बसबाट बसको एउटा ब्याट्री, २१ ईञ्चको टिभी १ थान र क्यासेट एउटा गरी करिब ३५ हजार रुपैयाँ बराबरको सामान चोरी भएको हो । प्रहरीका अनुसार उक्त बसका सह–चालक रौतहट चन्द्रनिगाहपुर–२ का २३ […]

भक्तपुरमा पुल बनाउँदा ५ जिल्लाको टेलिफोन अवरुद्ध

१३, फागुन, काभ्रे । पुल निर्माणका क्रममा अप्टिकल फाइबर चुँडिएपछि भक्तपुरसहित ५ जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । विहान सवा दश बजेदेखि टेलिकमले प्रदान गरेको सबै सेवा अवरुद्ध भएपछि सेवाग्राहीमारमा परेका छन् । भक्तपुरको राधेराधेमा पुल निमार्णका क्रममा अप्टिकल फाइबर चुडिएपछि भक्तपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा टेलिकमले दिएको सेवा अवरुद्ध भएको […]

चाँगुनारायणमा एक महिला मृत भेटिइन्

२६ माघ, काठमाडौं । भक्तपुरको चाँगुनारायण–६, खरिपाटीस्थित बेसी टोलमा एक महिलालाई मृत अवस्थामा फेला पारिएको छ । मृत अवस्थामा फेला पर्नेमा ३० वर्षीय पुतली तामाङ छिन् । उनलाई शुक्रबार बिहान ९ बजे मृत भेटिएको हो । अहिले महानगरीय प्रहरी परिसर, भक्तपुरको प्रहरी टोली घटनास्थलतर्फ गएर अनुसन्धान सुरु गरेको छ ।

भक्तपुरमा ५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

२२ माघ, भक्तपुर । भक्तपुर–१०, कमलविनायकमा ५ वर्षीय बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर बुङमति घर भइ कमलबिनायक बस्दै आएका १८ वर्षीय वसन्त तामाङ छन् । प्रहरीका अनुसार तामाङले बालिकालाई डेरा कोठामा लगेर कोही नभएको अवस्थामा जबरजस्तीकरणी गरेका थिए । अभिभावकको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको […]

भक्तपुरमा इँटा उद्योगबाट ३ लाख ९८ हजार रुपैयाँ चोरी

१९ माघ, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ जगातीमा रहेको इँटा टायल प्रालिमा चोरी भएको छ । टायलको लेखा शाखाबाट नगद ३ लाख ९८ हजार २ सय ५५ रुपैयाँ गएराति चोरी भएको हो । जिल्ला प्रहरी कार्यालय, भक्तपुरले जनाएअनुसार झ्यालको डण्डी भाँचेर प्रवेश गरी दराजमा रहेको नगद चोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । फरार चोरहरुको […]

चार दिनदेखि हराएका युवक अस्पतालनजिकै मृत भेटिए

१४ माघ, भक्तपुर । भक्तपुरको वंशुगोपालबाट चार दिनअघि हराएका एक पुरूष आइतबार सल्लाघारीमा अस्पतालनजिकैको झाडीमा मृत अवस्थामा भेटिएका छन् । डा. इवामुरा अस्पतालनजिक झाडीमा ३३ वर्षीय देवकुमार मानन्धरको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । शव फेला परेको थाहा पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय अपराध महाशाखाको टोली घटनास्थल पुगेको थियो । अनुसन्धानका क्रममा […]