Comments Add Comment

योजना आयोग

List Grid
प्रदेश ५ याेजना आयोगका उपाध्यक्ष  डा.श्रेष्ठले दिए राजीनामा 

२ जेठ,बुटवल ।  प्रदेश ५ योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।  श्रेष्ठले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा दिएका हुन् । डा. श्रेष्ठलाई  ०७४ चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा नियुक्ति गरेको थियो । श्रेष्ठले १५ महिना प्रादेशिक योजना आयोगको उपाध्यक्षको जिम्मेवारीमा रहँदा प्रदेशको वस्तु विवरण (स्थितिपत्र) र आवधिक योजना […]

प्रदेश योजना आयोग सदस्य बन्न डा. रेणु अधिकारीद्वारा अस्वीकार

२६ चैत, काठमाडौं । अधिकारकर्मी डा.रेणु अधिकारीले प्रदेश ३ को योजना आयोग सदस्य पद अस्वीकार गरेकी छन् । प्रदेश सरकारले नियुक्तिको निर्णय गरे पनि अधिकारीले व्यक्तिगत कारण देखाउँदै उक्त पद अस्वीकार गरेकी हुन् ।आफू अन्य क्षेत्रमै काममा व्यस्त रहनुपर्ने भन्दै अधिकारीले प्रदेश सरकारलाई यसको जानकारी गराएकी छन् । अधिकारीलाई प्रदेश ३ को सरकारले गत साता […]

५ वर्षमा प्रतिव्यक्ति आय दुई हजार डलर प्रदेश ५ को लक्ष्य

१४ भदौ, बुटवल । पाँच वर्षमा गरिबीको दर १० प्रतिशतमा झार्ने र प्रतिव्यक्ति आय वार्षिक दुई हजार अमेरिकी डलर पुर्‍याउने लक्ष्यसहित प्रदेश ५ सरकारले आवधिक योजना तर्जुमाको तयारी थालेको छ । प्रदेशको योजनावद्ध दिगो विकास र समृद्धिका लागि संघीय सरकारले जस्तै प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको पञ्चवर्षीय योजना बनाउन लागेको हो । […]

प्रदेश ५ को लक्ष्य : ५ वर्षमा प्रतिव्यक्ति आय दुई हजार डलर

१४ भदौ, बुटवल । पाँच वर्षमा गरिबीको दर १० प्रतिशतमा झार्ने र प्रतिव्यक्ति आय वार्षिक दुई हजार अमेरिकी डलर पुर्‍याउने लक्ष्यसहित प्रदेश ५ सरकारले आवधिक योजना तर्जुमाको तयारी थालेको छ । प्रदेशको योजनावद्ध दिगो विकास र समृद्धिका लागि संघीय सरकारले जस्तै प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको पञ्चवर्षीय योजना बनाउन लागेको हो । […]

योजना आयोगको उपाध्यक्षमा वाग्ले नियुक्त

१९ साउन, काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बिहान बसेको बैठकले बाग्लेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले मंगलबार मात्र राजीनामा दिएका थिए । बिहीबार उपाध्यक्षमा नियुक्त वाग्ले श्रेष्ठ र गोविन्दराज पोखरेल उपाध्यक्ष हुँदा आयोगको सदस्य थिए […]

राजस्व अनुसन्धान विभाग अर्थ मन्त्रालयमै राख्न बजेट महाशाखाको लविङ

८ बैशाख, काठमाडौं । राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्ने मन्त्रालय पुनर्संरचना कार्यदलको प्रस्तावप्रति अर्थ मन्त्रालयले आपत्ती जनाएको छ । एउटै मन्त्रालयले योजना बनाउने, बजेट विनियोजन गर्ने, राजस्व संकलन गर्ने र त्यसको अनुसन्धान गर्दा शक्ति पृथकीकरणको सिद्धान्त विपरित हुने भन्दै कार्यदलले यस्तो प्रस्ताव गरेको थियो । उक्त प्रस्तावप्रति नै अर्थ मन्त्रालयको बजेट महाशाखामा हलचल […]

शीतलनिवासमा ‘चिल्ड्रेन पार्क’ का लागि बजेट थप्न माग

८ वैशाख, काठमाडौं । राष्ट्रपति कार्यालयले ‘शीतलनिवास’ भित्रै ‘चिल्ड्रेन पार्क’ बनाउन प्रस्ताव गरेको छ । राष्ट्रपति कार्यालयको पुरानो रातो भवन पछाडिको खाली जमीनमा पार्क बनाउने अवधारणासहित राष्ट्रपतिको कार्यालयले राष्ट्रिय योजना आयोगसँग बजेट माग गरेको छ । ‘राष्ट्रपति कार्यालयले शीतलनिवासभित्रै चिल्ड्रेन पार्क बनाउने भन्दै आगामी आर्थिक वर्ष ०७३/०७४को बजेटमा योजना आयोगले दिएको सिलिङभन्दा १६ करोड रुपैयाँ […]

गृह मन्त्रालयले माग्यो सिलिङ भन्दा ५ अर्ब बढी बजेट

८ वैशाख, काठमाडौं । आगामी आर्थिक वर्षका लागि गृह मन्त्रालयले ४७ अर्ब रुपैयाँको बजेट माग गरेको छ । यो बजेट राष्ट्रिय योजना आयोगले मन्त्रालयलाई दिएको सिलिङभन्दा ५ अर्ब रुपैयाँले बढी भएको योजना आयोगका सचिव सुरेशमान श्रेष्ठले जानकारी दिए । योजना आयोगले गृहमन्त्रालयलाई आर्थिक वर्ष ०७३/०७४ का लागि ४१ अर्ब ८८ करोड ९४ लाख रुपैयाँ बराबरको […]