Comments Add Comment
No ads found for this position

वर्षा सिवाकोटी

List Grid
‘वीर विक्रम २’मा काम गरेपछि वर्षाले गरिन् मिलनको प्रशंसा

चलचित्र ‘वीर विक्रम २’ले बक्स अफिसमा अपेक्षित कमाई गरेन । मल्टिप्लेक्समा कमजोर देखिएको चलचित्रको व्यापार सिंगलमा सुरुवाती दिनमा सुखद देखिएको थियो । चलचित्र ‘वीर विक्रम २’ रिलिज भएको एक सातापनि नायिका वर्षा सिवाकोटीले निर्देशक मिलन चाम्सको प्रशंसा गर्दै फेसबुकमा स्टाटस लेखेकी छिन् । बजारमा दुइको प्रेम चर्चा चलेपनि दुबैले यो कुरालाई अस्विकार गरिसकेका छन् । […]

आँचल र वर्षा मेरा मिल्ने साथीः वर्षा सिवाकोटी

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘वीर विक्रम २’ले २ दिन सिंगल हलमा राम्रो व्यापार गरेपछि नायिका वर्षा सिवाकोटी उत्साहित छिन् । यो चलचित्रबाट उनले आशा पनि धेरै राखेकी थिइन् । यो चलचित्रले मित्रता र प्रेमको कथालाई उठान गरेको छ । चलचित्रमा नायक पल शाह र नाजिर हुसेनको मित्रता देखाइएको छ । शनिबार दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न […]

जब पल, बर्षा र नाजिर हल पुगे…(फोटो फिचरसहित)

शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘वीर विक्रम २’ले काठमाण्डौका सिंगल थिएटरमा सुखद व्यापार गरेको छ । मल्टिप्लेक्समा शुक्रबारदेखि नै औषत देखिएको चलचित्रको व्यापार शनिबार पनि औषत नै छ । सिंगल हलमा भने चलचित्रको व्यापार सुखद छ । निर्देशक मिलन चाम्सले पनि कतै ‘जात्रै जात्रा’ त कतै ‘वीर विक्रम २’को व्यापार माथि रहेको बताए । उनले, दुबै […]

‘वीर विक्रम २’ मा वर्षाको आशालाग्दो काम

शुक्रबार अर्थात आजबाट रिलिज भएको चलचित्र ‘वीर विक्रम २’ले औषत सुरुवात गरेको छ । चलचित्रको व्यापार सिंगलमा भन्दा मल्टिप्लेक्समा केही सुखद छ । तर, चलचित्रको व्यापार भोलीबाट अझै बढ्न आवश्यक छ । दुई साथीको मित्रता, प्रेमको कथामा तयार भएको यो चलचित्रमा नायिका वर्षा सिवाकोटीको सोलो भूमिका छ । वर्षाले पनि लामो समयदेखि आफूले च्यालेन्जिङ भूमिका […]

स्टाइलिस्ट वर्षा

शुक्रबारदेखि रिलिज हुने तयारीमा रहेको चलचित्र ‘वीर विक्रम २’ नायिका वर्षा सिवाकोटीको महत्वकांक्षी प्रोजेक्ट हो । यो चलचित्रमा उनले मिहिनेत गरेको बताइन् । यति धेरै मिहिनेत गर्दा पनि चलचित्र चलेन भने के काम गर्नु भन्ने सोच वर्षालाई आउँछ । मिलन चाम्स निर्देशित यो चलचित्रमा पल शाह र नाजिर हुसेनको प्रेममा उनी छिन् । उनलाई चलचित्र […]

पहिरनका कारण ट्रोल बनेपछि झनै उत्साहित वर्षा

नायिका वर्षा सिवाकोटीको अहिले ट्रोल बनिरहेको छ । ‘विर विक्रम २’मा काम गर्नु अगाडिसम्म वर्षाको बजारमा, सामाजिक संजालमा खासै चर्चा हुन्थेन । तर, यसपटक उनको शैली परिवर्तन भएपछि उनी छाएकी छिन् । चलचित्रले कस्तो व्यापार गर्ला, वर्षाको अभिनयले कस्तो तारिफ पाउला त्यो त चलचित्र रिलिज भएपछिको कुरा भयो । तर, वर्षा अहिले चर्चामा आउने शैली […]

वर्षाको स्टाइल

चलचित्र ‘वीर विक्रम २’ नायिका वर्षा सिवाकोटीका लागि विशेष छ । यो चलचित्र चलेको खण्डमा उनको करिअर फुल्ने छ । यसैले पनि वर्षाले यो चलचित्रको प्रचारका लागि कुनै पनि कसर बाँकी राखेकी छैनन् । नायिका वर्षा सिवाकोटी आज आयोजित चलचित्रको गीत रिलिज कार्यक्रममा बोल्ड बनेर पुगिन् । कालो पहिरनमा वर्षा खुलेकी मात्र थिइनन् जीम गरेर […]

‘वीर विक्रम २’ गीतः पल र वर्षाको वाचा–कसम

जेठ ३ गतेलाई प्रदर्शन मिति तोेकेको चलचित्र ‘वीर विक्रम २’को दोश्रो गीत ‘वाचा कसम’ सार्वजनिक भएको छ । यो गीतले विशेषगरि, प्रेममा परेपछि खाइने वाचा र त्यसलाई निभाउन प्रेमी प्रेमिकाले कतीसम्म त्याग गर्न सक्छन् भन्ने भन्न खोजेको छ । चलचित्रको यो गीतलाई नरेश भट्टराइले लेखेका हुन् । ताराप्रकाश लिम्बुको संगीत रहेको गीतमा तारा र दीपा […]

मेरो खिल्ली उडाउन एउटा गुट नै सक्रिय थियोः वर्षा(भिडियो कुराकानी)

नायिका वर्षा सिवाकोटी नेपाली चलचित्रमा रुचाइएकी नायिकामा पर्छिन् । उनी बेला–बेला विभिन्न कुराहरुका कारण विवादित पनि बनिरहेकी हुन्छिन् । वर्षाले खेलेका चलचित्र भन्दा छाडेका चलचित्र धेरै हुँदा उनको आलोचना बढी भएको पाइन्छ । अनलाइनखबरको ‘सेलिब्रेटी शो’मा उनले यो बिषयमा बोलेकी छिन् । उनले भनेकी छिन्–‘मैले चलचित्र छाडेर अर्की नायिका आउँदा सबैले मेरो खिल्ली उडाउनुभयो । […]

वर्षाको फिटनेस राजः भात नखाने, मस्त पसिना बगाउने 

वर्षा सिवाकोटी, जसलाई चिनाउने एउटै विशेषण हो, अभिनेत्री । ‘नाई नभन्नु ल-२’, ‘पशुपतिप्रसाद’ हुँदै ‘वीर विक्रम-२’सम्म आइपुग्दा उनले जोडेको चिनारी यही हो । तर, अभिनेत्रीको रुपमा आफ्नो चमकदमक टिकाइराख्न उनले कति मेहनत गरेका छन् ? यसबारे सायदै सोधीखोजी हुन्छ । अनलाइनखबरले उनीसँग यसपाली फिटनेस र सौन्दर्यकै सेरोफेरोमा रहेर कुराकानी गरेको छ । उनको फिल्मी पाटोलाई […]

कुर्ता-सुरुवालप्रेमी वर्षाको घरमा जुत्ताको बिस्कुन

पछिल्लो समयकी व्यस्त नायिकामा पर्छिन् वर्षा सिवाकोटी । दर्शकमाझ उनको क्रेज पनि बढ्दो छ । ‘नाई नभन्नु ल २’ बाट आˆनो अभिनय यात्रा सुरु गरेकी वर्षाले आधा दर्जनभन्दा बढि चलचित्रमा काम गरिसकेकी छिन् भने उनलाई दर्शकले कयौँ म्युजिक भिडियोमा पनि देखिसकेका छन् । वर्षा आफ्नो फेसनप्रति पछिल्लो समयमा निकै सावधान छिन् । क्यामराको ध्यान कसरी […]

पल, बर्षा र नाजिरको ‘पिरतीको मिठो तिर्सना’

मिलन चाम्सको निर्देशनमा बनेको चलचित्र ‘वीर बिक्रम २’मा समावेश ‘पिरतीको मिठो तिर्सना’ बोलको गीत सार्वजनिक भएको छ । बिहिबार काठमाण्डौमा एक कार्यक्रम गर्दै चलचित्रको उक्त गीत सार्वजनिक गरिएको हो । दशक अगाडि निर्माण भएको चलचित्र ‘देउता’को उक्त गीतलाई रिमेक गरी ‘वीर बिक्रम २’मा राखिएको हो । मुस्ताङमा खिचिएको यस गीतको नयाँ भर्सन भिडियोमा नायक पल […]

वर्षा शिवाकोटीले ट्रोल सेयर गर्दा वर्षा राउतको चित्त दुखाई(भिडियोसहित)

नेपाली फिल्म इन्डष्ट्रीभित्र एउटै नाम भएका दुई नायिका वर्षा राउत र वर्षा सिवाकोटीविच चर्को प्रतिस्पर्धा छ । सिवाकोटीले छोडेको फिल्म ‘गोपी’ राउतले लिएपछि त उनीहरुबीच अघोषित दुश्मनी नै सुरु भएको बताइन्छ । यसअघि पनि फिल्म ‘मेरो पैसा खोई’ मा राउतले शिवकोटीलाई विस्थापित गरेकी थिइन् । तर, दुबै वर्षाले आफूहरुबीच कुनै वैमनष्यता नरहेको दावी गर्दै आएका […]

वर्षा र मिलनबीचको दुरी र मजबुरी

पछिल्लो समय सिनेनगरीमा नायिका वर्षा सिवाकोटी र निर्देशक मिलन चार्म्सबीचको निकटताको चर्चा हुने गरेको छ । मिलनको फिल्म विरविक्रम-२ मा वर्षा अनुवन्ध भएपछि उनीहरुको निकटता बढेको हो । यद्यपि, यसलाई ‘अफेयर’ कै नाम दिन भने सकिँदैन । बहिबार चलचित्र ‘पुरानो बुलेट’ को घोषणा कार्यक्रममा यी दुई एक साथ देखिए । भेट्नासाथ उनीहरुले एक-अर्कालाई हग गरेका […]

वर्षाको चश्मामा टल्किएका मिलन

कलाकारहरुले केही तस्वीर रमाइलोका लागि खिचाउँछन् र सामाजिक संजालमा पोष्ट गर्छन् । तर, कहिलेकाहीँ ती तस्वीरले केही गाेप्य कुरा खोलिदिन्छन् । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको प्रेमको चर्चा एक नायिकाको भिडियो सेल्फीबाट सुरु भएको थियो । काठमाडौंको डेजाभु क्लवमा नायिकाले रमाइलो गर्ने क्रममा खिचेको भिडियो सेल्फीमा प्रियंका र आयुष्मानको रोमान्स पनि कैद […]

किन एकपछि अर्को फिल्ममा ‘आमा’ बन्दैछिन् प्रियंका ?

प्रियंका कार्की मिति गुज्रिसकेकी हिरोइन होइनन् । अहिले ३१ वर्षमा हिँडिरहेकी उनीसँगै अझै केही वर्ष हिरोइन बनेर खाने उमेर, सौन्दर्य र फिगर छ । तर हालै ‘नाई नभन्नु ल ५’ मा अर्की नायिका स्वस्तिमा खड्काकी आमाको भूमिका गर्न प्रियंका तयार भएको खबर आयो । यसअघि ‘छक्का पञ्जा-२’ मा पनि उनी स्वस्तिमाकै आमाको रुपमा देखिएकी थिइन् […]

स्वस्तिमाको फूपू बन्ने अफर वर्षालाई अमान्य

हुन त, कलाकार भैसकेपछि हरेक खालका भूमिकामा काम गर्नुपर्छ भनिन्छ । तर, चलचित्र क्षेत्रमा उदाउँदै गरेका कलाकार पाको भूमिका गर्न हिच्किचाउँछन् । नायकको रुपमा उदाउँदै गरेका कलाकारले नकारात्मक भूमिका गर्न नमानेजस्तै नायिकाहरुमा पनि यो कुरा लागू हुन्छ । नायिकाको अफर पाइरहेका धेरै सुन्दरीहरु भाउजु, दिदी वा आमाकोे भूमिका गर्न मान्दैनन् । नायिका वर्षा सिवाकोटीले पनि […]

‘गाँजा’ खोज्ने यूवाहरुको कथामा ‘गाँजाबाजा’

चलचित्र ‘गाँजाबाजा’ यूनिट अहिले काठमाण्डौ बाहिरको दौडधुपमा छ । चलचित्रको बिषयमा सुरुवातदेखि नै विवाद भएकाले पनि यसको निर्माणपक्ष बिषयवस्तुलाई स्पष्ट पार्न चाहिरहेको देखिन्छ । निर्देशक गणेशदेव पाण्डे आफ्ना कलाकारहरुको साथमा विभिन्न शहरमा पुगेर चलचित्रको कथावस्तु प्रष्ट्याउने कोशिशमा छन् । उनले पोखरा पुगेर भने-‘यो चलचित्र भूकम्प पश्चातको समयमा यूवाहरुको गाँजा हन्टिङ्गको कथा हो । गाँजाको नशाका […]

‘रानीमहल’मा बर्षाको प्रेम को–कोसँग ?

पाल्पामा रहेको रानीमहललाई प्रेमको प्रतिकको रुपमा मानिन्छ । सोहि, प्रेमको प्रतिकको रुपमा मानिने ‘रानीमहल’कै नाममा अब चलचित्र बन्ने भएको छ । यो चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर तयार पारिने काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बताइएको छ । काठमाण्डौको पाँचतारे अन्नपूर्ण होटलमा आयोजना भएको पत्रकार सम्मेलनमा डेढ करोड लगानीमा बन्ने चलचित्रको घोषणा गरियो । चलचित्रको छायांकन […]