Comments Add Comment
No ads found for this position

सरकार

List Grid
राष्ट्रियसभा सदस्यमा सरकारले गरेको सिफारिस असंवैधानिकः कांग्रेस

८ फागुन, काठमाडौं । राष्ट्रियसभाका तीन सदस्यमा आफ्नो सरकारले पठाएको नाम फिर्ता लिएर अर्को नाम पठाएकोमा कांग्रेसले विरोध गरेको छ । यो संविधान र राष्ट्रिय सहमतिको भावना विपरित भएको कांग्रेसले बताएको छ । देउवा सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो । तर, मन्त्रिपरिषदको मंगलबार विहान बसेको बैठकले देउवा […]

राष्ट्रियसभा सदस्यमा तीन जना सिफारिस

८ फागुन, काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको हो । अब राष्ट्रपतिले नियुक्त गरेपछि उनीहरुले राष्ट्रियसभा सदस्यमा औपचारिकता पाउनेछन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस रद्ध गरेर केपी शर्मा ओली […]

वामपन्थी सरकारको योजना-मेडिकल कलेज सरकारले नै चलाउने

६ फागुन, काठमाडौं । वाम गठबन्धनको सरकारले सरकारी अस्पताललाई नै मेडिकल कलेज सञ्चालनको अनुमति दिने योजना अघि सार्ने भएको छ । एमाले र माओवादी सम्मिलित कार्यदलले सरकारले गर्नुपर्ने तत्कालिन र दीर्घकालीन कामको सन्दर्भमा मेडिकल कलेज सरकारले नै चलाउनुपर्ने सुझाव तयार पारेको छ । पार्टी एकता संयोजन समितिले एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा सात सदस्यीय कार्यदल […]

लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त

३ फागुन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले सांसद लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त गरेकी हुन् । पण्डित वातावरण मन्त्री भएका छन् थापा महिला तथा बालबालिका मन्त्री भएकी छिन् । मन्त्रीद्वयले बिहीबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ […]

प्रधानमन्त्री देउवाले दिए राजीनामा

३ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन् । नयाँ सरकार गठन प्रक्रिया सुरु भइसकेपछि देउवाले देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि वाम गठबन्धनले दाबी पेश गरिसकेको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट गरिएको सम्बोधनका क्रममा उनले तीनै चरणको निर्वाचन सम्पन्न […]

प्रदेश ६ मा सरकार गठनको तयारी, भण्डारीलाई रोजेको मन्त्रालय लिन प्रस्ताव

२९ माघ, सुर्खेत । वाम गठबन्धनले प्रदेश ६ मा सरकार गठनका लागि फागुन ३ गते प्रदेश प्रमुखसामू दाबी पेश गर्ने भएको छ । वाम गठबन्धनमा प्रदेश ६ को मुख्यमन्त्री माओवादीले लिने सहमति भएको छ । माओवादीले पनि संसदीय दलको नेतामा महेन्द्रबहादुर शाहीलाई चयन गरिसकेको छ । शाहीले अनलाइनखबरसँग भने, ‘सभामुखको निर्वाचन सकियो । अब फागुन […]

१५ वर्ष पुगेका भाडाका गाडी निजी प्लेटमा बदल्न नपाइने

२९ माघ, काठमाडौं । सरकारले १५ वर्ष पुराना सार्वजनिक सवारीको ‘हेरफेर दर्ता’ रोकेको छ । यातायात व्यवस्था विभागले १५ वर्ष आयु कटेका भाडाका गाडीलाई अन्य प्लेटमा परिवर्तन गर्न नमिल्ने व्यवस्था गरेको हो । आगामी चैतदेखि २० वर्ष पार गरेका सबै सार्वजनिक सवारीलाई मुलुकभर गुड्न नदिने तयारीमा छ, विभाग । सोही कारण पुराना सार्वजनिक सवारीलाई निजी […]

प्रदेश ७ को सरकार चलाउन ३४ कर्मचारी मात्रै हाजिर

२९ माघ, कैलाली । ७ नम्बर प्रदेश सरकार सञ्चालनका लागि नेपाल सरकारले २ सय ८७ कर्मचारीको अन्तरिम दरवन्दी स्वीकृत गरे पनि अहिलेसम्म धेरै कर्मचारी अस्थायी राजधानी धनगढी आइपुगेका छैनन् । प्रदेशसभाको पहिलो बैठक सम्पन्न भएर सभामुख चयन प्रक्रियालगायतको महत्वपूर्ण कार्य सुरु हुँदासमेत दरबन्दीअनुसार कर्मचारीको उपस्थिति हुन नसकेको हो । १ सय ५ जना कर्मचारी खटेको […]

भूकम्पपीडितले दोस्रो किस्ता पाउने म्याद थपियो

२६ माघ, काठमाडौं । सरकारले भूकम्पपीडितलाई दोस्रो किस्ताको अनुदान रकम दिने समयावधि थप गरेको छ । शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्पपीडितलाई प्रदान गरिने दोस्रो किस्ताको रकम वितरण गर्ने म्याद चैत मसान्तसम्म पुर्‍याउने निर्णय गरेको हो । दोस्रो किस्ता लिने म्याद थपिएसँगै यसअघि २०७३ पुस मसान्तभित्र पहिलो किस्ता […]

निर्वाचन आयोगले सरकारलाई भन्यो-आर्थिक सहायता नबाँड्नू

१७ माघ, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै आर्थिक सहायता नबाड्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ माघबाट आचारसंहिता लागू भएको छ ।आचारसंहिता लागू भएको अवधिसम्म आर्थिक सहायता रकम उलब्ध नगर्न नगराउन अर्थ मन्त्रालय र सहायता रकम वितरण नगर्न नगराउन गृह मन्त्रालयलाई निर्देशन दिइएको आयोगले जनाएको छ […]

कहाँ खर्च हुन्छ प्रदुषणका नाममा उठेको अर्बौं रुपैयाँ ?

१६ माघ, काठमाडौं । सरकारले चालू आर्थिक वर्ष ०७४/७५ को पहिलो ६ महिनामा मात्रै पेट्रोलियम पदार्थबाट ४० करोड रुपैयाँ प्रदुषण शुल्क असुल गरेको छ । आयल निगमका अनुसार आव ०७३/७४ मा उक्त शीर्षकमा ८५ करोड रुपैयाँ संकलन भएको थियो । सरकारले पेट्रोलियम पदार्थको प्रयोगबाट निम्तिने वातावरण प्रदुषण न्यूनीकरणका लागि उपभोक्ताबाट यस्तो कर असुल गर्छ । […]

रमेश बिजीको गुनासो: लोकदोहोरी क्षेत्रमा सरकारको हेपाहा प्रवृत्ति

३० जनवरी, टोकियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष रमेश बिजीले लोकदोहोरी क्षेत्र अझैपनि नेपाल सरकारको नजरमा पर्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । प्रतिष्ठान जापान शाखाको पहिलो अधिवेशनमा सहभागी हुन जापान आएका बिजीले लोकदोहोरी क्षेत्रलाई सरकारले हेपाहा प्रवृत्तिले हेर्ने गरेको गुनासो पोखे । ‘प्रतिष्ठानबाट कयौं पटक माग लिएर सरकारसमक्ष पुग्यौं […]

मन्त्रिपरिषद् निर्णय: बाँदरमुढेमा मारिएकालाई शहीद घोषणा, सबै प्रदेशमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र

१२ माघ, काठमाडौं । सरकारले चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहीबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले ०६२ जेठ २३ गते दक्षिण चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रुवाहक बसमा भएको बम विस्फोटमा परी मृत्यु हुनेलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले सशस्त्र द्वन्द्वकालमा कास्की जिल्लामा तत्कालीन […]

ठूलो प्रदेशको ‘छरितो मन्त्रिपरिषदमा’ को-को पर्लान् ?

१० माघ, काठमाडौं । जनसंख्या, र साधन स्रोतको हिसाबले देशकै सबैभन्दा ठूलो र धनी प्रदेश मानिएको ३ नम्बर प्रदेशको पहिलो सरकार कस्तो बन्ला ? एमालेको एकल बहुमत रहेको यो प्रदेशमा नयाँ सरकारको खाका नबन्दै मुख्यमन्त्री र मन्त्रीका लागि प्रदेश सांसदहरुको दौडधूप बढेको छ । सुवास नेम्वाङ नेतृत्वको वामपन्थी गठबन्धनको कार्यदलले मुख्यमन्त्री र सभामुखहरुको टुंगो नलगाउँदै […]

सरकारले खटाएको ठाउँमा जाने एमाले निकट कर्मचारीको घोषणा

 ९ माघ, काठमाडौं । एमाले निकट कर्मचारीहरुले सरकारले पठाएको जुन सुकै स्थानमा जान तयार रहेको घोषणा गरेका छन् । तर, प्रदेश वा स्थानीय तहमा पठाउँदा एक तह बढुवा हुनु पर्ने माग अघि सारेका छन् । सरकारले प्रदेश र स्थानीय तहहरुमा आवश्यकता अनुसार कर्मचारी पठाउन सकेको छैन । कर्मचारी समायोजन तथा व्यवस्थापन ऐनमा स्वच्छिक अवकास […]

एक्ली लिम्बुवान सांसद भन्छिन्- सरकारले १४ नम्बरको जुत्ता भिरायो !

७ माघ, विराटनगर । प्रदेश १ मा संघीय लिम्बुवान पार्टीकी एक्ली प्रदेश सांसद बिष्णु तुम्बाहाम्फेले प्रदेश १ को नाम लिम्बुवान र राजधानी धरानको विजयपुर हुनुपर्ने बताएकी छिन् । बिराटनगरको वीरेन्द्र सभागृहमा प्रदेश सभा सदस्यहरुको सपथ लिएर बाहिर आएकी तुम्बाहाम्फेले राजधानीका लागि बिराटनगर उपयुक्त नभएको बताइन् । ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बुवान नाम र राजधानी बिजयपुरमा हुनुपर्ने […]

सरकारलार्इ विवेकशील साझाले भन्यो- सीमा मिचिएको तथ्य के हो ?

५ माघ, काठमाडैं । विवेकशील साझा पार्टीले वीरगञ्जमा भारतका तर्फबाट नेपालको सीमा मिचिएको बारे ध्यानाकर्षणा भएको बताएको छ । हराएका र क्षतिग्रस्त भएका पिलरको नेपाल र भारतले संयुक्त रूपमा निर्माण र मर्मत गर्ने क्रममा वीरगन्ज महानगरपालिका-१, छप्कैया क्षेत्रमा स्थानीयवासीको ३० बिघाभन्दा बढी जमिन मिचिएको बारे देशवासीलार्इ सत्थतथ्य जानकारी गराउन विवेकशीलले अाग्रह गरेको हो । प्रवक्ता […]

प्रदेश प्रमुख तोक्ने सरकारको तयारी

२ माघ, काठमाडौं । सातवटै प्रदेशका प्रमुख तोक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एमाले र माओवादीका नेताहरुसँग छलफल गर्दैछन् । यो अनौपचारिक छलफलपछि दिउँसो मन्त्रिपरिषद बैठक बोलाइएको छ । एमाले र माओवादीका नेताहरुलाई अनौपचारिक छलफलका लागि बिहान ९ बजेपछि बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । देउवाले आजै आफ्नै पार्टीका शीर्ष नेताहरुसँग पनि परामर्श गर्ने […]

स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीसँग सरकारले माग्यो निवेदन

१ माघ, काठमाडौं । तपाईं ५० वर्ष उमेर पुगेको निजामती कर्मचारी हुनुहुन्छ र स्थानीय तहमा समायोजन हुन तयार हुनुहुन्न भने अब जागिर छाडेर अवकाश लिन पाउनुहुन्छ । यसका लागि फागुन १३ गतेभित्र सम्वन्धित कार्यालयमा निवेदन दिनुपर्नेछ । ५० वर्ष उमेर कटेका कर्मचारीले स्वेच्छिक अवकाश लिने विकल्प सरकारले दिएको छ । यसका लागि सामान्य प्रशासन मन्त्रालयले […]

देउवाको प्रश्नः बहुमत नै नभई सरकार छाड् भन्न लाज लाग्दैन ?

३० पुस, कैलाली । प्रधानमन्त्री शेरवहादुर देउवाले सरकारमा बसिरहने आफ्नो रहर नभएको बताएका छन् । अहिले प्रतिनिधिसभाले पूर्णता नै नपाएको भन्दै उनले राष्ट्रियसभा निर्वाचन गराउनु आफ्नो बाध्यता भएको बतए । आइतबार कैलालीको गोदावरीमा वाह्र राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘बहुमत ल्याउनुस्, सरकार बनाउनुस् । कसले रोकेको छ ?’ राजनीतिक कुरा बोल्न योजना […]

प्रचण्डले लेखे देउवालाई मन्त्री फिर्ता बोलाएको पत्र, सत्ता हस्तान्तरणमा ढिलासुस्ती गरेको आरोप

२८ पुस, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्दै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको जानकारी गराएका छन् । पार्टी अध्यक्ष प्रचण्डको पत्र दिएर विनाविभागीयमन्त्री गिरिराजमणि पोखरेल प्रधानमन्त्री कार्यालय पुगेका थिए । पत्र बुझेपछि देउवाले धन्यवाद भनेका छन् । प्रचण्डले पत्रमा निर्वाचन सम्पन्न गर्न अप्ठ्यारो नपरोस् र समयमै चुनाव होस् भनेर सरकारमा बसेको […]