Comments Add Comment
No ads found for this position

सरकार

List Grid
प्रदेश प्रमुख नियुक्ति गर्न सरकारलाई आयोगको पुनः आग्रह

२८ पुस, काठमाडौं । निर्वाचन आयोगले प्रदेश प्रमुख नियुक्ति गर्न सरकारलाई पुनः आग्रह गरेको छ । राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुँदैछ । र, निर्वाचन कार्य तालिका समेत प्रकाशित भइसकेको छ । प्रदेशसभाको प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीको नतिजा प्रदेश प्रमुख समक्ष बुझाउनु पर्ने व्यवस्था रहेको छ । त्यसैले आयोगले प्रदेश […]

३८ वर्षअघि छिन्ताङमा मारिएका १६ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

२८ पुस, काठमाडौं । सरकारले छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले यो निर्णय गरेको हो । २७ कात्तिक ०३६ मा धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बाहनामा प्रहरीले गोली चलाउँदा १६ जनाको हत्या भएको थियो । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा गोली चलाएको आरोप  […]

सरकार छाड्ने माओवादी केन्द्रको निर्णय

२७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार छाड्ने निर्णय गरेको छ । नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न सरकार छाड्न लागिएको उसले बताएको छ । माओवादी नेता एवं विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले भने, ‘सरकार छाड्ने निर्णय भएको छ ।’ यद्यपि मन्त्रीहरुले राजीनामा दिने कि पार्टीले फिर्ता बोलाउने भन्ने अझै टुंगिएको छैन । केही मन्त्री […]

राजधानी प्रदेश सभाले तोक्ने हो, सरकारले होइन: कानूनमन्त्री थापा

२७ पुस, पोखरा । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले प्रदेशको राजधानी सरकारले नभइ प्रदेश सभाले तोक्ने बताएका छन् । मन्त्री थापाले प्रदेशको राजधानी कहाँ बनाउने भनेर देशमा ठूलो तरंग उत्पन्न भएको बताउँदै प्रदेश राजधानी तोक्ने अधिकार सरकारलाई नभइ प्रदेश सभालाई भएको बताएका हुन् । पोखरा उद्योग वाणिज्य संघले बिहीबारदेखि आयोजना गरेको राष्ट्रिय औद्योगिक […]

डा. केसीको गिरफ्तारी सरकारका लागि लज्जाजनकः रविन्द्र मिश्र (भिडियोसहित)

२५ पुस, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले डा. गोविन्द केसीको गिरफ्तारी सरकारका लागि लज्जाजनक भएको बताएका छन् । उनले डा. केसीलाई तत्काल रिहा गर्न र उनले लगाएका आरोपमाथि छानविन गर्न माग गरेका छन् । अदालतको मानहानीको मुद्दा लागेपछि पक्राउ परेका डा. केसीको समर्थनमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुलाई सम्बोधन गर्दै मिश्रले डा. […]

सरकारलाई नेविसंघको ७२ घण्टे अल्टिमेटम

२४ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्नै पार्टी नेतृत्वको सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । नेविसंघले विद्यार्थीहरुको पक्षमा विगतमा उठाइएका विभिन्न माग ७२ घण्टाभित्र सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसहितको ज्ञापनपत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो । सोमबार विहान प्रधानमन्त्री निवाश बालुवाटार पुगेका उनीहरुले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा […]

‘यति बुझ्नुस्, प्रजातन्त्र दिवस मनाएर मात्रै घर जान्छौं’

२३ पुस, काठमाडौं । वामपन्थी गठबन्धनका नेताहरुले शेरबहादुर देउवा अझै केही महिना सत्ता लम्ब्याउने खेलमा लागेको आरोप लगाएका छन् । सरकारले माघ २४ मा राष्ट्रियसभा निर्वाचनको मिति तोक्नुले पनि अब कम्तिमा दुई महिना नयाँ सरकार गठन हुन नसक्ने अड्कलबाजी भइरहेका बेला हामीले कानुनमन्त्री तथा कांग्रेस नेता यज्ञबहादुर थापालाई सोध्यौं-नयाँ सरकार कहिले आउला ? मन्त्री थापाले […]

अब सातै प्रदेशको ‘अस्थायी राजधानी’ काठमाडौं !

२३ पुस, काठमाडौं । प्रदेशहरुको अस्थायी केन्द्र तोक्न नपाउँदै ठाउँठाउँमा आन्दोलन शुरु भएपछि देउवा सरकार आत्तिएको छ । अब प्रदेशसभालाई नै सो अधिकार दिने भन्दै अस्थायी केन्द्र तोक्ने निर्णयबाट सरकार पछि हटेको छ । अहिले प्रदेशका अस्थायी राजधानी तोक्नुभन्दा बरु काठमाडौंमै सबै प्रदेशका सांसदहरुलाई बोलाएर सपथग्रहण गराउने सरकारले नयाँ जुक्ति निकालेको छ । सोमबार बस्ने […]

सरकारलाई वाम नेताको चुनौतीः राजधानी नतोक्ने भए प्रदेश प्रमुख पनि नियुक्त नगर

२३ पुस, काठमाडौं । सरकारले प्रदेशको अस्थायी मुकाम नतोक्ने र प्रदेशसभा सदस्यहरुलाई काठमाडौंमै सपथ खुवाउने तयारी गरेपछि वाम गठबन्धनका नेताहरुले असन्तुष्टि जनाएका छन् । प्रदेशको अस्थायी राजधानी नतोक्नु सरकारको अक्षमता र संघीयताको मर्म विपरीत हुने वाम गठबन्धनको निष्कर्ष छ । सरकारले प्रदेश प्रमुख नियुक्ति र अस्थायी मुकाम तोक्न वाम गठबन्धनसँग राजनीतिक सहमति मागेको थियो । […]

वैदेशिक रोजगारीमा सरकारी हस्तक्षेप सफलः ५० हजार कामदार कोरियामा

२१ पुस, काठमाडौं । वैदेशिक रोजगारीका लागि सरकारी तवरबाटै कामदार पठाउने गरी भएको हस्तक्षेप सफल भएको छ । १० वर्षबीचमा इम्प्लोइमेन्ट पर्मिट सिस्टम (ईपीएस) भाषा परीक्षा पास गरेर कोरिया जाने नेपालीको संख्या ५० हजार नाघेको छ । उनीहरुमध्ये अधिकांशले खाडी मुलुकमा भन्दा राम्रो सेवा, सुविधा, सम्मान र काम गर्ने वातावरण पाएका छन् । अहिले पनि […]

देउवालाई प्रचण्डको जवाफ-जनताले सत्ता हस्तान्तरण गरिसके, तपाईले त सघाउने मात्र हो

२० पुस, काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिनापछि प्रधानमन्त्री शेरवहादुर देउवाले वामपन्थी गठबन्धनलाई चुनाव जितेकोमा बधाई दिएका छन् । मंसिर २१ मा सम्पन्न निर्वाचनमा वामपन्थी गठबन्धनले बहुमत ल्याएको भए पनि तथा कांग्रेस सभापति समेत रहेका देउवाले औपचारिक रुपमा बधाई समेत दिएका थिएनन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आफैंले डाकेको सर्वदलीय बैठकमा […]

वाम असहमतिको अर्थः विवादबाट बच्ने, भोलिका लागि बाटो राख्ने

२० पुस, काठमाडौं । शेरबहादुर देउवा सरकारले नियुक्त गर्ने प्रदेश प्रमुखबाट सपथ नलिने चेतावनी दिएको एमाले बालुवाटार बैठकमा केही फरक अडानमा देखियो । जसका कारण प्रदेश प्रमुख नियुक्तिका लागि सरकारलाई बाटो त फुक्यो तर देउवा सरकारले गरेको नियुक्तिको भारी नयाँ सरकारले नबोक्ने सन्देश पनि दियो । आफैंले बोलाएको पाँच पार्टीको बैठकमा प्रधानमन्त्री देउवाले राजनीतिक सहमतिका […]

सरकार गठन अघि नै पार्टी एकीकरणः प्रचण्ड

२० पुस, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन अघि नै एमाले र माओवादी केन्द्रका वीचमा पार्टी एकता हुने उद्घोष गरेका छन् । भरतपुर महानगरपालिकाको नगरपरिषद् उद्घाटन गर्न चितवन आएका प्रचण्डले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकार गठनको वाटो खुलिसकेकाले अब पार्टी एकता हुने बताए । पार्टी एकिकरणमा कुनै विवाद नभएको दाबी गरे […]

सरकार र निर्वाचन आयोगविरुद्ध वाम युवाद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक

१९ पुस, काठमाडौं । वाम गठबन्धनका युवा तथा विद्यार्थीहरुले सरकार र निर्वाचन आयोगविरुद्ध विरोधका थप कार्यक्रम सार्वजनिक गरेका छन् । बुधबार बिहान बसेको संयुक्त बैठकले निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन परिणाम सार्वजनिक गर्न आलटाल गरेको र सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो । बैठकले गरेको निर्णयअनुसार बुधबार दिउँसो दुई बजे […]

राजमार्गको सीमाः २५ गजबाट कसरी पुग्यो ३१ मिटरसम्म ?

१९ पुस, काठमाडौं । राजमार्गहरुको ‘सडक सीमा’ कति हो ? यसमा धेरै अन्योलमा छन्, कसैले २५ मिटर भन्छन् त कसैले ३१ । वास्तवमै राजमार्ग मात्रै होइन, सहायक राजमार्ग, जिल्लास्तरीय सडक र शहरी सडकको सीमा कति हो भन्नेमा आम नागरिक अलमलमा छन् । सरकारी अधिकारी पनि यो अन्योल चिर्ने गरी खुलेर बोल्दैनन् । कारण, सडक सीमाका […]

अध्यादेश त जारी भयो, कहिले बन्छ नयाँ सरकार ?

१४ पुस, काठमाडौं । अध्यादेश जारी भएसँगै राष्ट्रियसभा निर्वाचनका लागि बाटो खुलेको छ । तर, नयाँ सरकार गठनका लागि केही महिना समय लाग्ने देखिएको छ । लामो बहस र विवादपछि राष्ट्रपति विद्या भण्डारीले शुक्रबार राष्ट्रियसभा सदस्य निर्वाचनसम्वन्धी अध्यादेश जारी गरेकी हुन् । यसले राष्ट्रियसभाका ४२ सदस्य एकल संक्रमणीय र १४ बहुमतीय मत प्रणालीबाट चुनिने सुनिश्चित […]

सरकारले किन्यो पहिलो विद्युतीय कार

१४ पुस, काठमाडौं । राष्ट्रिय योजना आयोगले इलेक्ट्रिक कार खरिद गरेको छ । यो सरकारी स्रोतबाट खरिद गरिएको पहिलो विद्युतीय सवारी साधन भएको आयोगको भनाइ छ । आयोगका उपाध्यक्ष स्वणिर्म वाग्लेका अनुसार यसअघि विदेशी सहायतामा सरकारलाई विद्युतीय सवारी साधन उपलब्ध भएको थियो । अहिले भने सरकारी खर्चमै खरिद गरेको हो, जसको मूल्य ६० लाख रुपैयाँ […]

राष्ट्रियसभा निर्वाचनको मिति तोक्न प्रधानमन्त्रीलाई आयोगको आग्रह

१४ पुस, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश जारी भए लगतै निर्वाचन आयोगका पदाधिकारीहरुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । भेटमा देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउन सफल भएकोमा बधाइ दिएका छन् । भेटमा […]

अध्यादेश त जारी भयो, अबको प्रक्रिया के हुन्छ ?

१४ पुस, काठमाडौं । दुई साताभन्दा लामो आरोप-प्रत्यारोप र बहसपछि अन्ततः सरकारले सिफारिस गरेको राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भयो । सबैभन्दा ठूलो दल एमाले आफ्नो अडानबाट पछि हटेपछि राष्ट्रपति विद्या भण्डारीले अध्यादेश जारी गरेकी हुन् । अब राष्ट्रियसभाको निर्वाचन एकल संक्रमणीय मत प्रणालीका आधारमा हुनेछ । एमालेले बहुमतीय प्रणालीको अडान लिएको थियो । जे […]

माघ पहिलो साता नयाँ सरकारः सचिव ज्ञवाली

१३ पुस, भक्तपुर । एमाले केन्द्रीय सचिव प्रदीप ज्ञवालीले आगामी माघ पहिलो साताभित्रै वामगठबन्धनको सरकार गठन हुने बताएका छन् । रफत सञ्चार क्लबमा आज (बिहीबार) आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले माघ पहिलो सातमै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने बताएका हुन् । उनले एमाले र माओवादीबीच बृहत छलफल र बहस भइरहेको कारण […]

स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरी नियुक्त

१३ पुस, काठमाडौं । सरकारले स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको मन्त्रालयकी प्रमुख विशेषज्ञ रहेकी चौधरीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । स्वास्थ्य सचिवका लागि चौधरीसँगै प्रमुख विशेषज्ञद्धय डा. विनोदमान श्रेष्ठ तथा डा. सुशीलनाथ प्याकुरेल पनि दाबेदार थिए । चौधरी स्वास्थ्य सचिव बनेकी हुन् । डा. चौधरी स्वास्थ्य सचिव […]